सोलुखुम्वुस्थित नाम्चे वजार पर्यटकिय हिसावले नेपालको एउटा आकर्षणका केन्द्र हो । खास गरेर युरोप र अमेरिकावाट आउने पर्यटकहरु नाम्चे वजारलाई आफ्नो गन्तव्य बनाएर आएका हुन्छन । यही सुचनाका आधारमा विगत केही वर्षदेखि यस क्षेत्रको भ्रमण गर्ने तिव्र इच्छा भए पनि खासै समयले साथ दिइरहेको थिएन । यस वर्ष उपसभामुख शिवमाया तुम्वाहांफे र सरिता न्यौपानेसहितको टिम मिलाएर यस क्षेत्रको भ्रमण गर्ने योजना बन्यो । सोनाम ग्याल्जेंग शेर्पाले धेरै पहिलादेखि गर्दै रहेको आग्रह पनि थियो । जसका कारण यस पटकको भ्रमणको व्यवस्थापन उहाले नै गर्नुभयो ।
नाम्चे नेपालकाे एउटा प्रमुख पर्यटकिय गन्तव्य हाे । जहाकाे केही परिवार वाहेक सवै शेर्पाकाे वस्ती छ । यसकाे व्यवस्थापन समग्रमा भन्दा समुदायले गर्दै अाएकाेछ । नेपालकाे संविधानले व्यवस्था गरेका अाधारभुत कुरा स्वास्थ्य, खानेपानी, शिक्षा, विद्युत लगायतका कुरा समुदायले व्यवस्थापन गरिरहेकाेछ । फाेहर व्यवस्थापन लगायतका सन्दर्भमा स्थानियकाे पहल र व्यवस्थापन अनुकरणीय छ । साच्चैभन्दा मुलुक संघियतामा गएकाे अवस्थामा स्थानिय सरकारकाे भुमिका र समन्वय अरु स्थानिय तहका लागि पनि नमुना हुन सक्छ । मुलत दुइ दिनकाे भ्रमणले दिएका सिकाइ यही नै भन्ने लाग्छ
२०७६ कार्तिक ६ गते विहान मनांग हेलिकोप्टरवाट करिव नौ वजे हामी काठमाडौ एआरपोर्टवाट नाम्चेका लागि प्रस्थान गर्यौ । ९.४५ वजे लुक्ला एयरपोर्टमा केही मिनेट ल्याण्ड गरी हेलिकोप्टरमा लगिएको तेलका ग्यालिनहरु निकालियो । उचाइमा जादाखेरी काठमाडौवाट लुक्लासम्म लगेको तौल माथि लैजान सम्भव हुदो रहेन छ । त्यसै कारण केही तौल तल नै झार्ने गरिदो रहेछ । उक्त समयमा हामीलाई स्थानिय गाउपालिकाको उपप्रमखुख र महिला समुहको अध्यक्षले स्वागत गर्दै चिया खुवाउनुभयो । त्यसपछि पुन हामी नाम्चेको लागि त्यही हेलिकोपटरवाट प्रस्थान गर्यौ । लुक्लावाट ६ मिनेटमा हेलिकोप्टरवाट नाम्चेमा ल्याण्ड गरियो । जहा सोनाम, लामाकाजी र वडा अध्यक्षले स्वागत गर्दे नाम्चेलरी होटलमा वस्ने व्यवस्था गरियो ।
त्यहा खाजा खाएर करिव ११ वजेतिर सगरमाथा संरक्षण क्षेत्रको अवलोकनमा लागियो । त्यहावाट हिमालका केही दृष्यावलोकन गरिसकेपछि त्यहाको संरक्षण अधिकृतले संरक्षण क्षेत्र र मध्यवर्ति क्षेत्रको अध्यक्ष सोनामले मध्यवर्ती क्षेत्रको वारेमा प्रस्तुती दिए । २०३२ सालमा शुरु भएको सगरमाथा संरक्षण क्षेत्रलाई २०३५ सालमा विश्व समपदाको रुपमा दताृ गरियो । यहाको विविध पक्षलाई देरेर केही भागलाई २०५८ मा मध्यवर्ती क्षेत्र घोषणा गरियो । यस क्षेत्रमा हिम चितुवा, रेड पाण्डा, कस्तुरी मृग लगायतका जनावर पाइन्छ भने चखेवा पन्छि गर्मीमा यहा वस्ने र जाडोमा चितवन जाने गर्दछ । यस क्षेत्रको अवलोकनका लागि विदेशीले तीन हजार, सार्क मुलुकका लागि पन्ध्र सयर र नेपालीलाइ १०० रुपैया प्रवेस शुल्क लिइदो रहेछ । गोकियो ताल यहाको अर्को महत्वपुर्ण समपदाको अनवेषणको काम जारीछ ।
यहाको मुख्य समस्यामा ड्रोन उडान सम्बन्धि कानुनको अभाव छ भने निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडानका लागि नीतिगत सुधारको आवश्यकता छ । यस विषयमा संघिय संसदमा छलफल हुन आवश्यक छ ।
नाम्चेमा रहेका विभिन्न संघसंस्थाको विचमा राम्रो समन्वय भएका कारण यहाको सवै काम सुचारु रुपमा चलेका छन । शिक्षा, स्वास्थ्य, वत्ती, पानी लगायतका कुरामा तीन तहको कर प्रणाली छ । जसको आर्थिक अवस्था असाध्यै कमजोर छ, उनिहरुले वडा कार्यालयमा
उक्त जानकारीपछि खाना खानको लागि पुन नाम्चे वजार फर्किने क्रममा वाटामा भारी वोकेका चौरीको फौज भेटियो । त्यही क्रममा साथिहरुले जानकारी गराउनु भयो चौरीको समुहमा हिड्दा यसको नेतृत्व जेष्ट चौरी गाइले गर्ने र अरु उनैको नेतृत्वमा पछि लाग्ने रहेछन ।
त्यहावाट लामाकाजी शेर्पाको होटलमा आलुको रोटीको खाना खाएर नाम्चेलरी होटलमा आएर केही समय आराम गरियो । साझ जनप्रतिनिधि लगायत विभिन्न संघसंस्थाको नेतृत्व र कर्मचारीहरुसंगको भेटघाट थियो । नाम्चे भ्रमणको पहिलो दिन निकै जानकारीमुलक रहन गयो ।
दोस्रो दिन विहान एभेरेष्ट भिउ प्वाइण्ट जानका लागि तयार भइयो । उकालो राम्रै भएको र हामिसंग पर्याप्त समय पनि नभएको कारण घोडाको व्यवस्था गरिएको थियो । शिवमायाजी र म घोडामा गयौ । सरिता शारीरिक अवस्थाको कारण नाम्चेमा नै वस्नु भयो । एभरेष्ट भिउ प्वाइण्टमा पुगेर विभिन्न हिमालको दृष्यमा रमाउदै चिया पिइयो । त्यहावाट खुम्विला हिमाल नजिकै देखिदो रहेछ, जसलाई शेर्पाहरुले देवता हिमाल मान्दा रहेछन्, जसको टुप्पामा चढ्न नहुने (भर्जिन) र हिमाल चढ्ने सिजनमा यसको पुजा गरेर मात्र वर्षको हिमाल चढ्ने यात्रा शुरु गर्ने संस्कृती रहेछ । २४ पटक सगरमाथा चढ्ने कामीरिता र २१ प्टक सगरमाथा चढ्ने आप्पा शेर्पा यही क्षेत्रका रहेछन ।
त्यहावाट खुम्जुंगका लागि प्रस्थान गरियो । खुम्जुंग अर्को असाध्यै रमाइलो ठाउ रहेछ । जुन हिमालको विचमा समथर जमिन, कता कता हिमाली उपत्यका जस्तो लाग्ने । हिलारीका नाममा निर्माण भएका विद्यालयदेखि अस्पतालसम्म यही क्षेत्रमा रहेछ । जहाका जनताले लामो समयसम्म नेपाल सरकारभन्दा हिलारी फाउन्डेसन मात्र आफ्नो विकासको साझेदार रहेको ठान्ने गर्दा रहेछन् । खुम्वुंगमा वडा सदस्यको घरमा खाना खायौ । सोलुखुम्वु आलुका लागि प्रख्यात भन्ने सुनिसकेपछि हामी आलुवाट बनेका फरक परिकार नै खानेमा पुगेका थियो । जसका कारण यहा पनि साक्वा (आलुको झोलमा अन्य तरकारीहरु मिसाएर पकाइएको तिउन खाले खाना) र आलुकै अर्को परिकार रिन्दुक (सोमारलाई भुट्ने र पानी मसला राखेर पकाउने अनि उसिनेको आलुलाइृ पिसेर टुक्रा–टुक्रा बनाएर पकाउने) तयार गरिएको रहेछ । खाना खाएर हामी खुण्दे हिलारी अस्पतालको अवलोकनमा गयौ । १५ वटा वेड रहेको अस्पतालमा दुइ जना डाक्टरसहित १५ जना नै कर्मचारी कार्यरत रहेछन । आधारभुत रुपमा १०० रुपैया शुल्क लिएर सवै किसिमको समस्याको परिक्षण गरिने र अस्पतालमा रहेको फार्मेसीवाट औषधी समेत दिइने उक्त अस्पतालका सवै जनशक्ति सोलुखुम्वु जिल्लाकै वासिन्दा रहेछन । त्यसपछि हामी नाम्चेको लागि प्रस्थान गर्यौ । खुम्जुंग र खुण्डेको अवलोकनपछि हामी साझ चार वजेतिर नाम्चे आइपुग्यौ । झण्डै दुइघण्टा आराम गरी साझ सात वजे नाम्चे महिला समुहको कार्यक्रममा सहभागि हुन गयौ ।
विश्व स्तरको ३/४ जना महिलासहित झण्डै ५०÷६० जना ट्रेकिंग गाइड यही क्षेत्रका रहेछन । त्यसमध्ये धेरै शेर्पा र केही गुरुंगहरु पनि रहेछन । यसको तालिम र परिक्षा अमेरिका र युरोपमा मात्र हुदो रहेछ । नेपालमा पनि यस किसिमको तालिम र परिक्षा केन्द्र राख्न आवश्यक छ भन्ने कुरा त्यहाका जनप्रतिनिधिहरुको रहेकोछ ।
महिला समुहको गठन
नाम्चेमा रहेको गुम्वामा आगो लागेपछि पुन निर्माणको लागि सहयोग संकलन गर्ने उद्देश्यले सातजना महिलाहरु जम्मा भएर २१ वर्ष पहिला शुरु गरिएको नाम्चे महिला समुह ११ वर्षदेखि दर्ता भएको संस्थाको रुपमा क्रियासिल छ । यसमा सवै किसिमका महिलाहरु सहभागि छन । समाजमा आवश्यक कुनै पनि काममा पुरुष समान रुपमा सामुहिक रुपमा सहभागि हुने र दायित्व पुरा गर्ने यो संस्थाको नाम्चे वजारमा उच्च सम्मानकासाथ लिने गरिन्छ । नया पिढीका सदस्यलाई नेतृत्व हस्तान्तरण गर्ने सोच राखे पनि अझै तिनै सातजनामध्येका आमालाई नै अगुवा बनाएर यो समुह क्रियासिल रहेछ । हरेक वर्ष कतै न कतैको अध्ययन तथा अवलोकन भ्रमण आयोजना गर्ने यो संस्था गत वर्ष काठमाडौ आउदा संसदको वैठक अवलोकन गरी उपसभामुखको कार्यकक्षमा थप छलफल गर्न पुगेको थियो । हरेक वर्ष कतै न कतैको भ्रमणमा निस्कने यो समुह यस वर्ष सिक्किम जाने तयारी रहेछ ।
नाम्चे पर्यटकका लागि मात्र होइन, नेपालीका लागि समेत सिक्न लायक धेरै कुरा रहेछन । अझ अहिले मुलुक संघियतामा गइसकेपछि स्थानिय तहले आफ्नो अग्रसरतामा कसरी समाजलाई व्यवस्थित गर्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण समेत हुन सक्छ ।
हामी नेपालीहरु सिक्नका लागि विदेशै जाने सोचवाट मुक्त भएर आफ्नै मुलुकभित्रको विभिन्न क्षेत्र र समुदायवाट सिक्ने कुरालाई प्रवद्र्धन गर्न सके आन्तरिक पर्यटनको विकास हुनुका साथै विविधतायुक्त मुलुकमा रहेका फरक संस्कार र संस्कृतीसमेत सिक्न र वुझ्न सहयोग पुग्न सक्छ । नाम्चेवाट सिक्न सकिने केही कुराहरु निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
- नागरिकहरु आफै सचेत र सहभागि हुदा मात्र समाजलाई व्यवस्थित गर्न सकिन्छ भन्ने कुराको एउटा राम्रो उदाहरण हुन सक्छ नाम्चे ।
- नाम्चेमा २० वर्ष पहिलादेखि पेय पदार्थको लागि प्रयोग गरिने सिसाको वोतलमाथि प्रतिवन्ध लगाइएको थियो । यो सफलता पुर्वक लागु भएको छ । अव २०२० वाट प्लाष्टिकको झोला र वोतलहरुमाथि पनि प्रतिवन्ध लगाउने योजना छ । यो समुदायको निर्णयको आधारमा गरिने यस किसिमको प्रतिवन्धमा सवैको साथ रहने र सफल हुने उदाहरणका रुपमा समेत लिन सकिन्छ ।
- नाम्चे क्षेत्रमा कुनै पनि गैर सरकारी संस्था त्यहाको स्थानिय सरकार र समुदायको अनुमती विना प्रवेस गर्ने र आफु खुशी काम गर्न पाउदैन । समुदायले आवश्यकता अनुभुती गरेको क्षेत्रमा तोकिएको व्यवस्थापन अन्तरगत मात्र त्यस्ता संस्थाहरुको प्रवेस हुने गरेकोछ । नेपालीको नाममा आएको परियोजनाहरु नागरिकको आवश्यकता अनुसार हुनुपर्ने कुराको उदाहरण हुन सक्दछ ।
- स्थानिय तहमा रहेका विभिन्न सामुदायिक संघसंस्थामा विविध रुपमा प्रतिष्पर्दा गरेर भन्दा पनि समुदायको समझदारीमा नेतृत्व चयन गर्ने र कार्य सम्पादनमा आपसी सहयोग रहने गरेकोछ ।
- सरकारले उपलव्ध गराएको शिक्षकका अलावा अभिभावकले आफ्नो गक्ष्य अनुसार नियमित आर्थिक सहयोगका आधारमा थप शिक्षक नियुक्त गरी संचालन गर्ने गरिएकोले यहाको सामुदायिक विद्यालय कुनै पनि निजी विद्यालयको भन्दा गुणात्मक छ । जसका कारण साना नानीहरु परिवारमा नै वसेर अध्ययन गर्दछन । जनसंख्या कम भएको कारण उच्च माध्यामिक विद्यालयमाथिको शिक्षाको लागि यहा विद्यालय खोल्नुभन्दा वाहिर पठाउदा राज्यकै लागि समेत सस्तो पर्ने भएकोले अधिकांश विद्यार्थीहरु काठमाडौ वा अन्य ठाउमा गएर अध्ययन गर्दा रहेछन ।
- मधयवर्ती क्षेत्र र निकुञ्जले स्थानिय नागरिकलाई दिइने सेवा र सुविधा पारदर्शी र लोककल्याणकारी सिद्धान्तमा आधारित भएकोले निकुञ्ज क्षेत्रमा चोरी शिकारी लगायतको समस्या छैन । वरु समुदाय आफै पनि संरक्षण कार्यको स्वयंसेवकका रुपमा सहयोगी बनेकोछन ।