ऐतिहासिक नक्खु जेलव्रेक भएको ४० वर्ष भएछ । नेपालको राजनीतिक परिवर्तन, खास गरी कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुग्नुको पछाडी उक्त जेलव्रेकको घटनाले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । यद्यपी अहिले मुलुकमा राजतन्त्रात्मक प्रणालीकै अन्त्य भइ संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको अवस्थामा राजनीतिक जेलनेलका कुरा अव इतिहास विषय मात्र बन्नुपर्दछ र लोकतान्त्रिक मुल्य मान्यताका आधारमा शान्तिपुर्ण रुपान्तरणको वाटोवाट मुलुक अगाडी बढ्नुपर्ने काुरा आजको वास्तविकता हो।
विश्व इतिहासले बताउछ, निरंकुश शासनभित्रका सवै किसिमका अन्याय र अत्याचारको अन्त्य र नागरिक अधिकारको सुनिश्चितताको पक्षमा लाग्ने हजारौ हजार योद्धाहरु जेल, सेल, नेल, हत्कडी लगायतका क्रुर यातनाको सामना गर्न बाध्य बनाइए । अन्यायका विरुद्ध जीवनको वाजी लगाएर लड्ने योद्धाहरुको लागि न्यायको आन्दोलनमा जसरी पनि जनताको विचमा पुग्ने कुरा संधै प्राथमिकतामा पर्नु स्वभाविक थियो, जसका लागि न्यायका पक्षमा क्रियासिल रहन शत्रुको जेलको घेरा तोडेर न्यायको पक्षमा लाग्ने सोच आम मान्यता कै रुपमा रहेको पाइन्छ । अमेरिकामा जनजीवीका, नागरिक अधिकार र राष्ट्रियताका अभियन्ताले १८६४ फेव्रुअरी ९ मा रिचर्ड भर्जिनियामा गरेको लिवी प्रिजन एस्केप, दक्षिण अफ्रिकामा रंगभेद विरोधी अभियन्ताहरुले डिसेम्वर ११, १९७९ मा गरेको प्रिटोरिया प्रिजन व्रेक, १९८३ सेप्टेम्वर २५ को नर्थ आयरल्याण्डको मेज प्रिजन व्रेक विश्व इतिहासमा महत्व राख्ने राजनीतिक जेलव्रेकका घटना हुन ।

नेपालमा जेलव्रेक

नेपालको इतिहास पनि यस सन्दर्भमा अछुतो रहेन । नेपालमा राजनीतिक जेलव्रेकको शुरुवात राणाशासन विरुद्ध क्रान्तिमा लागेका गणेशमान सिंहले २००१ असार ७ गते जेलको पर्खाल नाघेर भाग्ने क्रमवाट भएको पाइन्छ । २००८ माघ १८ गते रातीे एकदेव आलेको नेतृत्वको रक्षा दलले वाहिरवाट विद्रोह गरी डा. केआइ सिंह लगायतलाई जेलमुक्त गरी २४ घण्टाका लागि सत्ता नै कव्जा गरेको इतिहास पाइन्छ । पञ्चायतको शुरुवातसंगै तनहुवाट गिरफ्तार भइ जेल सरुवा हुदै पाल्पा जेल पुर्याइएका एकदेव आले २०१८ माघ २१ गते पाल्पा जेल तोडेर निस्किए । माघ २२ गते पृथ्वी नै प्रलय हुने हल्लाले सवै मानिस चिन्तित भएको मौका छोपी प्रहरीको बन्दुक कव्जा गरी जेलवाट निस्केका आले बनारस पुगेर पुष्पलालको सम्पर्कमा रही नेकपाको गतिविधिमा लागेका थिए ।

पञ्चहरुले जनतामाथि गरेको अन्याय र गलत क्रियाकलापको विरोध र भण्डाफोर गरेको आरोपमा पक्राउ परेका लक्ष्मीदत्त जोशी, राम थापा र अरुण पौडेल २०२६ साउन २७ गते कञ्चनपुर जेलवाट झ्याल फोरेर, डोरीको सहायताले वाहिर निस्केका थिए । राम बहादुर पुनपक्राउ परे भने लक्ष्मीदत्त र अरुण बनारसमा पुष्पलालको सम्पर्कमा पुगी पार्टी काममा जुटेका थिए । २०२६–२७ सालवाट विद्यार्थी आन्दोलनमा लाग्दै झापा आन्दोलनवाट प्रभावित माधव न्यौपाने २०३१ मा जुम्ला खलंगामा अध्यापन गर्दैगर्दा राजकाज मुद्दा लागेर भुमिगत भए । पार्टी कामको सिलसिलामा २०३३ मंसिर ८ मा साथिहरुसहित दांगमा गिरफ्तार न्यौपाने भुप केसीसहित २०३४ साउन ११ गते जेल तोडेर फरार भए र प्रवासमा गइ पार्टीे काममा लागे ।

प्युठानका जिल्ला शिक्षा अधिकारीलाइ जनकार्वाही गरेको आरोपमा गिरफ्तार दिर्घ बहादुर सिंह लगायतका युवाहरु राजकाज मुद्दामा प्युठान जेलमा राखिएका थिए । २०३४ पौष १६ मा दिर्घ सिंह धुवा निकासीका लागि बनाइएको चिम्नीको प्वालवाट छतमा निस्केर डोरीको सहायताले पर्खाल नाघेर निस्किए र भारत पसे ।
२०३७ साल असार १५ गते भारत प्रवासवाट पार्टी प्रकाशन लिएर आउने क्रममा १०–१२ जना किसानसहित गिरफ्तार भइ भैरहवा जेलमा राखिएका मोदनाथ प्रश्रीत र विष्णु पौडेल गिरफ्तारको ४५औ दिन भदौ १ गते झ्याल–ढोका फोड्दै डोरीको सहायताले पर्खाल नाघेर जनताको विचमा पुगे । पौडेल २०४६ सम्म नै भुमिगत रुपमा क्रियासिल रहे भने प्रश्रित त्यही मंसिरमा पुन गिरफ्तार भए ।

राजनीतिक जेलव्रेकको श्रृंखलाको निरन्तरताका रुपमा २०५७ चैत्र १७ गते माओवादी युद्धकालमा कमला नहर्की लगायत ६ जना महिला गोरखा जेलव्रेक गरेर निस्किए र पुन युद्धमा होमिए ।

नक्खु जेलव्रेक र वामपन्थी आन्दोलन

नेपालको राजनीतिक इतिहासमा अलग महत्व राख्ने २०३३ चैत्र १२ गतेको नक्खु जेलव्रेक भएको ४० वर्ष भएकोछ । २०२८÷२९ सालमा भएको झापा आन्दोलनको क्रममा सैयौ क्रान्तिकारीहरु गिरफ्तार भए । गिरफ्तारीको सिलसिलासंगै यानताले शरिर जति नै गाले पनि शत्रुको जेलवाट सकेसम्म छिटो निस्केर जनताको विचमा जानुपर्छ भन्ने सोच झापादेखि, विरगंज र काठमाडौ आउदासम्म पनि जेल तोडेर वाहिर निस्कने उपायको खोजी सवैको दिमागमा कायमै रह्यो ।

लामो जेल सजाय तोकिएका झापा आन्दोलनका अगुवा र यसका अनुयायी नेताहरु सरुवा हुने क्रममा नक्खुमा जम्मा हुन पुगे । २०३३ मंसिरसम्ममा सीपी मैनाली, विरबहादुर लामा, माधव पौडेल, नारद वाग्ले, भिष्म धिमाल, जीवन मगर, प्रदिप नेपाल, नरेस खरेल, घनेन्द्र बस्नेत, केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारी, कामेश्वर हलुवाई, राजेन राजवंशी, गोपाल शाक्य, धर्म घिमिरे, हर्क खड्का, अशोक न्यौपाने लगायतका राजबन्दीहरु नक्खुजेलमा एकै ठाउ जम्मा भए ।

नेपाली क्रान्तिको कामलाई अगाडी बढाउन कसरी वाहिर निस्कने भन्ने छलफल जारी नै थियो । रुद्र खरेलसंगको सामान्य झगडाको निहुमा केपी, आरके र मोहनचन्द्रलाई नख्खुबाट केन्द्रीय कारागार सारियो । बाकीको विचमा छलफल जारी रह्यो । तीनवटा विकल्प– गेटमा वसेको गार्डको हतियार कव्जा गरेर निस्कने वा पर्खाल नाघेर निस्कने वा सुरुंग खनेर निस्कने भन्ने विषमया छलफल हुदै जादा सवैभन्दा उपयुक्त र सुरक्षित उपाय सुरुंग खन्ने कुरामा सहमती भयो र फागुन १० गतेवाट सुरुंग खन्ने काम शुरु भयो । खन्ने, माटो व्यवस्थापन गर्ने, अरु बन्दी र प्रहरी प्रशासनको ध्यान अन्यत्रै भुल्याउने लगायतका विषयमा कार्य विभाजन भयो । सुरुंग खन्ने क्रममा आइपरेका कैयौ व्यवधानहरुको सामुहिक रुपमा व्यवस्थापन गर्दै अन्तत ३२ दिनको अनवरत प्रयत्नपछि चैत्र ११ गते सुरुंग मार्ग तयार भयो ।

यही विचमा निस्कने समयमा बत्ती निभाउनेदेखि वाहिर निस्केपछि कहा र कसरी जानेसम्मको योजना बनेको थियो । चैत्र १२ गते साझमा झ्याप्प बत्ती निभ्यो । माधव, सीपी र विर वहादुर सुरुंगमा पसे । तर, माधव पौडेल मात्र वाहिर निस्कन भ्याए । पुन बत्ती बल्यो । बत्ती योजना अनुसार नभएर हुरीका कारण गएको रहेछ । सवैको मन आत्तियो । अव के गर्ने ? पुन बत्तीको फ्युज उडाउने पटक–पटकको प्रयत्न सफल नभएपछि उज्यालोमा नै ज्यानको वाजी लगाएर निस्कने सोच बनाउदै गर्दा नारद र अशोकको प्रयत्नमा ठुलो आवाजसहित ट्रान्सफर्मर नै पड्कियो । पन्ध्रै जना बन्दीहरु वाहिर निस्किए । सम्भावित पुन गिरफ्तारी र मृत्युसम्मको जोखिमका विच मन–मष्तिष्कमा क्रान्तिपछिको उज्यालो वोकेर वनजंगल, खोलानालाको हण्डर र ठक्कर खादै २÷३ दिन फर्पिंगको वरपर विताए । र, स–साना समुह बनाएर विभिन्न ठाउमा जाने लक्ष्यसहित अगाडी बढे । यस क्रममा पाचजना घनेन्द्र, नरेस, नारद, भिष्म र धर्म विभिन्न ठाउवाट पुन गिरफ्तार भए । कामेश्वर सम्पर्कविहिन भए । वाकी ९ जना जनताको विचमा पुगे र जेल तोडेर प्राप्त गरेको नाफाको जीन्दगीलाई हत्केलामा राखेर निरंकुशताको विरुद्ध जनताको अधिकार प्राप्तीको अभियानमा जुटे ।

नेपालको राजनीतिक परिवर्तन र कम्युनिष्ट आन्दोलनलाई आजको अवस्थामा पुर्याउन यस जेलव्रेकको विशेष योगदानलाई नकार्न सकिदैन । आन्दोलनको अग्रपंत्तीमा रहेर नेतृत्व गरीरहेका मुख्य नेताहरुको ठुलो समुह एकैपटक जेल तोडेर वाहिर आउनु र कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै अगाडी बढाउने क्रममा नेकपा मालेको गठन गरी पंचायती निरंकुशता विरुद्ध जनतालाई संगठित र परिचालन गर्ने काममा लागे । परिणाम नक्खु जेलव्रेकको १३ वर्षपछि पंचायतको अन्त्य गर्दै बहुदलिय व्यवस्था स्थापित भयो । र, अगाडी बढ्ने क्रममा नेकपा एमाले आज नेपाली वाम आन्दोलनको मुलधार र जनताको आशाको केन्द्रको रुपमा स्थापित हुपुग्यो ।
त्यति बहादुरीपुर्ण प्रक्रिया पुरा गर्दै आएको नेतृत्व आज त्यो उच्च आचार–विचार, नैतिकवल, सामुहिकता, त्याग, निष्टा, विवेक, कमरेड्ली भावना, जनताप्रतिको उत्तरदायित्व, विश्वास र बलिदानलाई जीवन्त राख्दै नया पिढीमा सम्प्रेषण गर्न कहा चुक्यो?, आजको ज्वलन्त प्रश्न हो । सायद समय अझै घर्केको छैन । विगतको त्यो अनुभव र अनुभुतीलाई स्मरण गर्दै समयसापेक्ष सिकाइका रुपमा अगाडी बढाउन पहल गर्ने की ?