यसपटकको दशै र तिहारको समयमा व्यक्तिगत यात्रामा एक महिनाको लागि वाहिर गए । यो मेरो जीवनमा नै पहिलो यात्रा त्यो पनि मुलुक वाहिरको हो । यस यात्राले जीवन बाच्ने अर्को तरिकाको अनुभुती गराएको छ । सायद यो शुरुवात्लाई आगामी दिनमा देशका विभिन्न भागमा गएर पनि कुनै न कुनै रुपमा निरन्तरता दिनु राम्रो हुनेछ ।
न्युजील्याण्डको भ्रमण
न्युजिल्ायण्मा विक्रम र महेशको परिवार रहेको अष्टे्रलियामा रहदै आएका जेठी भाउजु र दिपेशको परिवार पनि दशैमा त्यही जाने कुराले मलाई दशैमा न्युजिल्याण्ड जान प्रेरित गर् यो । त्यसैले एक महिनाको लागि असोज २६ गते न्युजिल्याण्ड पाल्मसटर्नको लागि प्रस्थान गरे । नेपालवाट बैंकक हुदै अक्ल्याण्डसम्म थाइ एअरवेज र त्यसपछि एअर न्युजिल्याण्डवाट असोज १३ गते दिउसो पाल्मस्रटन पुगे । विक्रम म्यासी युनिभसिर्टीमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा विषयमा पिएचडी गर्दैछ भने अर्को महेसको श्रीमती भावना नेपाल आइटीमा अध्ययन गर्दैछ । आमा र श्रीमती उषासहित माहिलो भदा दिपेश असोज २३ गते नै त्यहा पुगिसकेकोले दशैमा हामी १० जना जम्मा भएका थियौं । यो एउटा रमाइलो जम्घट नै थियो ।
म त्यहा पुगेको भोलीपल्ट त्यहाका एउटा रमाइलो पर्यटकीय क्षेत्र क्यासल प्वाइन्ट ९ऋबककतभि एयष्लत० घुम्न गइयो। समुन्द्रको किनारमा अवस्थित यो ठाउ अति नै मनमोहक थियो । विक्रमको सुपरभाइजरको घरमा निशुल्क बसाइको व्यवस्था थियो । तीनवटा गाडीमा हामी दश जनासहित छिमेक मै बस्ने सरिना र विसादको परिवार पनि थियो हामी १३ जनाको टोली भोलीपल्ट विहान समुन्द्र वरिपरी घुमेर घरमा फर्कियौ र खाना खाएर पाल्मस्रटनका लागि प्रस्थान गर् यौ ।
बाटोमा पर्ने विजुलीवाट हावा निकाल्ने मिल ९ध्ष्लम ुष्िि० हेर् यौ । एकदमै कडा हावाको निरन्तर प्रवाहका कारण प्रतिपोल करिव एकहजार किलोवाट विद्युत उत्पादन हुने सैयौ पोलहरु थिए । पाल्मस्रटनका लागि आवश्यक विजुली यहीवाट निकालिदो रहेछ । नेपालमा पनि केही समय पहिला हावावाट विद्युत निकाल्ने हल्ला चलेकोले पनि यो ठाउको घुमाइ मेरा लागि उत्सुकतापुर्ण थियो । त्यहा पुगिसकेपछि लाग्यो हाम्रा नेताहरुले पहिला जति कुरा गरे अध्ययनको आधारमा भन्दा पनि सुनेको आधारमा मात्र गफ गरेका रहेछन् भन्ने लाग्यो । किन की निरन्तर हावाको प्रवाह हुने यस किसिमको क्षेत्र नेपालमा कहा कहा छ भन्ने वारेमा कसैले अध्ययन गरेको जानकारी अहिलेसम्म वाहिर आएको छैन । हावावाट विद्युत निकाल्न आवश्यक पुर्वाधार र यो उपलव्ध रहेको क्षेत्रको पहिचान भएपछि मात्र यसको सम्भावना वारे तथ्यगत रुपमा छलफल चलाउनु राम्रो हुन्छ । त्यस ठाउको भ्रमणपछि हावावदारी गफ गरेर जनतामा विश्वास गुमाउने हल्का कुरा नेताहरुको मुखवाट अभिव्यक्त नभइदिए हुन्थ्यो भन्ने अनुभुत भएको छ ।
शनिवार साझ घर फर्किइयो । आइतवार दशैको टिका थियो । झण्डै १० वटा जति नेपाली परिवार रहेको त्यस ठाउका सवै जना महेशको घरमा जम्मा हुने भाउजुले सवैलाई टिका लगाइ दिने सवै परिवारले कम्तिमा एक-एक थोक खानेकुरा ल्याउने र दशै मनाउने योजना अनुसार साझमा कार्यक्रम शुर भयो । झण्डै दुई दर्जन सहभागिको बीचमा सम्पन्न दशै कार्यक्रम आफ्नै ढंगवाट रमाइलो भयो । अधिकंाश परिवार विद्यार्थीको थियो । एउटा परिवार रसुवाको लोप्साङ शेर्पा भने म्यासी युनिभसर्िटीको प्राध्यापक डा। मिचेल नेपाल घुम्न आउदा ट्रेकस्रको रुपमा भेट भई विवाह गरेर गएका विवाहका आधारमा नागरिक बनेका नेपाली थिए ।
अर्को दिन आइतवार विहान रेलवाट म विलिङटन गए । दुईघण्टाको यात्राको वाटोवाट विलिङटन पुग्दा त्रिभुवन श्रेष्ठजी स्टेसनमा कुरी बस्नुभएको थियो । त्रिभुवनजी भिक्टोरिया युनिभसर्िटीवाट पिएचडए गरेर विगत ८ बर्षदेखि त्यहाको श्रम विभागमा काम गर्नुहुदो रहेछ । उहासंगै काम गर्ने एकजना स्थानियवासी पाउल बेर्कर टे्रकिङको सन्दर्भमा नेपाल आइसकेको र अहिलेको राजनीतिक र सुरक्षा अवस्थाको वारेमा जान्न इच्छुक भएकोले १० वजे श्रम विभागको कार्यलयमा नै भेटघाट मिलाइएको थियो । उनीसंग झण्डै ४५ मिनेट कुराकानी भयो । कुराकानीको अन्त्यमा उनले सोधे नेपालको लागि कसरी सहयोग गर्न सकिन्छ मैले भने २०११ हाम्रो पर्यटन वर्ष हो । नेपालको वारेमा सकारात्मक प्रचार गरेर बढि भन्दा बढी पर्यटनलाई जान पे्ररित गर्नुकासाथै तेन्जिङ-हिलारीको सम्बन्धलाई जनताको स्तरमा विकास गर्न पहल गर्न सक्ल्छन् । त्यसै गरी उनी श्रम विभागमा भएकोले नेपाली श्रमिकहरुको कार्य अवस्थामा आएका समस्या समाधानमा सहयोग गर्न पनि आग्रह गरे यद्यपी नेपाली श्रमिकको संख्या न्युजिल्याण्डमा अत्यन्त सानो छ ।
संसदको कामको वारे राष्ट्रिय र अन्तरराष्ट्रिय आगन्तुकलाई जानकारी गराउनका लागि त्यहा हरेक घण्टा संसद भवनको अवलोकन गराइदो रहेछ । त्रिभुवनजीले यसको लागि पनि व्यवस्था गर्नुभएको थियो । ११ वजेवाट शुरु हुने उक्त कार्यक्रममा म सहभागि भए । एकजना गाइडले त्यसको इतिहास काम गर्ने तरिका यसको सजावट सांसदहरुको क्रम सभामुख र प्रधानमन्त्रीहरु को र कुन समय भए भन्ने फोटोसहितको जानकारी र पुस्तकालय र यसको व्यवस्थापनको वारेमा जानकारी गराइन ।
यो हेर्दै गर्दा अनुभुती हुन्थ्यो थोरै खर्चमा गर्न सकिने धेरै कुरा रहेछन् । सवै कुरा गर्न तत्काल नसके पनि केही कुरा कम्तिमा पनि संविधानसभाको पहिलो वैठकदेखिको कुरालाई मात्र पनि व्यवस्थित गर्न सके पनि इतिहास अध्ययनका लागि केही हदसम्म सहजता दिन सकिने अनुभुती भयो । एउटा चाख लाग्दो कुरा चाही के भने महिला अधिकारको सन्दर्भमा न्युजिल्याण्ड धेरै कुरामा पहिलो बनेको छ । तर राष्ट्रको महिला कार्यकारी प्रमुख बन्न मताधिकार पाएको १०२ वर्षपछि १९९५ मा सम्भव भएछ । यसलाई हेर्दा लाग्यो राजनीतिक कुरा जति सहज भए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सजिलो छैन । धैर्यता र निरन्तर कि्रयासिलता विना व्यवहारिक रुपमा अधिकार उपभोगको वातावरण बन्न सक्दैन ।
त्यसपछिको झण्डै दुई घण्टाको समय समुन्द्रको किनारतिर घुम्न गइयो जहा श्रमिकहरुले ८ घण्टाको कार्यदिवसको माग गरेर पहिलोपटक धर्ना दिएका थिए । श्रमिक आन्दोलनको रुपमा यो ठाउ साच्चै ऐतिहासिक स्थल रहेकोछ । त्यसपछि सिटी मयुजियम हेर्न गइयो । उक्त मयुजियममा राखिएको श्रृंखलावद्ध दसतावेजीकरणका रुपमा हरेक वर्ष भएको सवैभन्दा महत्वपुर्ण र ऐतिहासिक घटनालाई राखिएको दृश्यले खास गरी इतिहासको विद्यार्थीलाई सवैभन्दा सहज हुने पाइयो । यो पक्ष साच्चै अनुकरणीय लाग्यो ।
अपरान्हमा सार्वजनिक क्षेत्रका श्रमिकहरुको युनियन पव्लिक सर्भिस एसोसियसन पिएसए संग भेटघाट भयो । र साझ एम्नेष्टि इन्टरनेसनलका प्रतिविधिसंग नेपालमा मानव अधिकारको वर्तमान अवस्थाको वारेमा छलफल गरी साझ त्रिभुवनजीको घरमा वास वसियो । अर्को दिन विहान ११ वजे त्यहाको टे्रड युनियन महासंघका महासचिवसंग वैठक सकेर २ वजेको बसवाट पाल्मस्रटन फर्किए ।
त्यसपछिका दिनहरु घुमघाममा विते । कार्तिक १० गते अक्ल्याण्ड गए । त्यहा पहिला नै नेसनल डिष्ट्रिव्युटसन युनियनको महासचिव रोवर्ट रिडसंग भेट्ने कार्यक्रम थियो । यहाले मलाई एअरपोर्टमा भेट भयो । त्यसपछि कार्यालय गइयो । प्रवाशी परियोजना हेर्ने डेनिस मागासहितका केही साथिहरुसंग कार्यालयमा कुराकानी भयो ।
अपरान्हमा पहिला हंगकंगमा रहदा एएमआरसीमा काम गर्ने चा मि क्योंग ९ऋजब ःष् प्थगलन० अक्ल्याण्डमा रहेको र प्रवाशी कोरियन श्रमिकको वारेमा अनुसन्धान गरिरहेको कुरा थाहा भयो । रोवर्टसंग उनलाई भेट्नका लागि गइयो । यो रमाइलो प्रशंग पनि थियो झण्डै १५ वर्षपछि हाम्रो भेट हुदै थियो । भेट रमाइलो भयो । एकअर्काको बीचमा हामी के गर्दैछौ र हाम्रो संस्थागत संलग्नताको वारेमा छलफलपछि आगामी दिनमा सुचनाको आदानप्रदान र काममा ऐक्यवद्धताको विकास गर्ने कुरा गरियो ।
त्यसै दिन वेलुका न्युजिल्याण्डको आदिवासी माउरी समुदायको राजनीति र श्रमिक वर्गका कारेमा एउटा प्रवचन कार्यक्रम रहेछ । अक्ल्याण्ड युनिभसर्िटीको हलमा आयोजित उक्त कार्यक्रममा हामी सवै गयौ । कार्यक्रम रोचक रह्यो कि आदिवासीका लागि सरकारले थुप्रै विशेष अधिकारहरुको व्यवस्था गर् यो । तर परिणाम त्यसले वर्गिय समस्यालाई सम्वोधन गर्न सकेन । हुने खाने वर्गका व्यक्तीहरु धनी हुदै जाने नीति निर्माणका तहहरुमा पहुच बढ्दै जाने युवाहरुमा श्रम गरी खानेभन्दा पनि कुवाटोमा लाग्ने प्रबृत्तीमा बृद्धी भएको छ । यस किसिमका कुराहरु किवी समुदायको कुनै पनि बुद्धिजीवीले उठाउन अप्ठेरो हुने अवस्था रहेकोले माउरी समुदायकै एकजना महिला कानुनविद यसको स्रोतव्यक्तीका रुपमा रहेकी थिइन भने अर्का माउरी अधिकारवादी महिला टिप्पणीकार थिइन । स्रोतव्यक्तीको आलोचनात्मक विश्लेषणसहितको प्रस्तुतीले कार्य्रक्रम रोचक बनाएको थियो । अझ हाम्रो देशमा आदिवासी समुदायको अधिकारको वारेमा चर्को आवाज उठिरहेको सन्दर्भमा मेरा लागि अन्यत्रको अनुभववाट सिक्न यो एउटा राम्रो अवसर नै थियो ।
अघिल्लो दिनको कुराकानीको सन्दर्भमा रोवर्ट रिडले भनेका थिए उनको कार्यालयमा एकजना कर्मचारी देवी पाण्डे नेपाली रहिछन् । कार्तिक ११ गते उनीसंग भेट्ने र कुराकानी गर्ने सोच बनाइयो । विहान कार्यालय गएर उनीसंग कुराकानी भयो । देवीमा त्यती धेरै उत्साह त देखिएन तर पनि एउटा नेपालीको नाताले अरु कसैले पहल गर्ने हो भने नेपालीको बीचमा केही सहयोग गर्न भने तयार रहेको कुरा बताइन । छलफलको बीचमा नै प्रकाश रिाजतकार जो अक्ल्याण्ड युनिभसर्िटीमा प्राध्यापन गर्दैछन् संग पनि त्यही भेटघाट भयो । उहाहरु बीच पनि परिचय भयो । यसले आपसमा भेटघाट गर्न सहयोग नै पुग्नेछ ।
यसै दिन प्रकाशजीको घरमा विहानको खाजा खाएपछि शहरका केही भाग घुम्न गइयो । हरेक थुम्कोवाट पुरा शहर देखिने गरी विकास गरिएको अक्ल्याण्ड शहरको व्यवस्थापन निकै रोचन र पर्यटकीय रहेछ । शिक्षा निशुल्क रहेको न्युजिल्याण्डमा आफ्नो काउ_िन्सलभन्दा वाहिर अर्को काउ_िन्सलमा पढ्न जानेका लागि शुल्क तिर्नुपर्दो रहेछ । यस किसिमको व्यवस्था अन्तरगत तोकिएको संख्यामा लिइने भर्नाको लागि अर्को क्षेत्रका विद्यार्थिका लागि शुल्क सम्बन्धित क्षेत्रमा बसोवास गर्ने मान्छे वा पढेका विद्यार्थिको नामका आधारमा तलमाथि हुदो रहेछ । माथिल्लो पद वा प्रख्यात व्यक्ती अध्ययन गरेको वा वसोवास गर्ने क्षेत्रका विद्यालय अन्यभन्दा महंगो हुदा रहेछन् । अक्ल्याण्ड शहरमा पर्ने सर एडमण्ट हिलारीले पढेको विद्यालय यस्तै एउटा महंगो विद्यालयमा पर्दो रहेछ । घरजग्गाको मुल्य पनि यस्तो क्षेत्रमा अन्यत्रभन्दा बढी रहेछ । एउटा डाडामा गएर प्रकाशजीलेउक्त स्थान देखाएर यी सव कुराको जानकारी गराउनु भयो ।
अपरान्हमा एआइटिकै अर्का एकजना साथि उत्तम प्रधानले शहरका अन्य भागमा घुमाउने काम गर्नुभयो । उहाले पनि समुन्द्रका विभिन्न रोचक ठाउ र पहाडका थुम्काहरु देखाउनु भयो । यी सवै नै रोमााचक थिए ।
साझ प्रकाशजीका घरमा नेपालीहरुको बीचमा कार्यक्रम राखिएको थियो । झण्डै १६-१७ जना नेपालीको बीचमा सम्पन्न उक्त अन्तरकि्रया कार्यक्रम मुलत संविधान निर्माण प्रकि्रया र नया संविधानमा गैर आवशिय नेपालीको नागरिकताको सम्बन्धमा गरिएको व्यवस्थाका वारेमा केन्द्रीत थियो । छलफल मेरा लागि पनि लाभदायी नै भयो ।
कार्तिक १२ गते विहान प्रकाशजीसंगै उहाको युनिभसर्िटी गइयो । त्यहाको अवलोकनपछि न्युजिल्याण्डको सडक विभागमा कार्यरत ईाजनियर राजन पन्तसंग शहरका मुख्यमुख्य भाग र अक्ल्याण्ड वार मेमोरियल म्युजियम र बोटानिकल गार्डेन हेरेर पुन प्रकाशजीसहित संगै खाना खाएर एअरपोर्टका लागि विदा भइयो । युनियनका साथि रोवर्टको घरमा छाडिएको सुटकेस लिएर उनीसंगै एअरपोर्ट गए । साझ सिड्नी पुगियो ।
यसरी दुई हप्ताभन्दा लामो न्युजिल्याण्डको बसाइ अत्यन्त उपलव्धीमुलक र रोचक रह्यो । खास गरी त्यहा रहनु हुने नेपाली र युनियनका साथिहरुको जुन चासो र सहयोग मैले पाए साच्चै नेपाली हुनुको आत्मियता अल्मुआइ बीचको भावनात्मक सम्बन्ध र युनियन आन्दोलनका सहकर्मी बीचको ऐकयवद्धताको गहिरो सम्बन्धको साचो अनुभुती यस पटक भयो भन्ने लागेको छ । न्युजिल्याण्डमा सहयोग पुर् याउनु हुने सवै साथिहरुलाई सलाम ।
अष्ट्रेलियाको यात्रा
कार्तिक १२ गते साझ सिड्नी पुगेपछि नेत्र थापासंगै उनको घरमा गइयो । भाइ भदा र थुप्रै आफन्तहरु रहेको उक्त शहरमा कस्कोमा वस्ने भन्नेमा नै हानथाप पर् यो । एअरपोर्टको नजिक पनि रहेकोले पहिलो दिन नेत्रको घरमा गए । त्यसपछि सोचे सुट्केस त्यही राखेर अन्य आफन्तलाई भेटघाट गर्दा सहज हुन्छ । भोलिपल्ट विहान केही परिचितसंग टेलिफोनमा कुरा भयो । अपरान्ह १ वजे रेडियो नेपाली आवाजमा प्रत्यक्ष कुराकानी भयो । त्यसपछि नेत्र र रमेश थापाको परिवारसहित दुईवटा गाडी लिएर वोलोंगङ घुम्न गइयो । शहरवाट झण्डै २ घण्टाको दुरीमा रहेको उक्त स्थान रमणीय थियो । पहिला त्यहा रहेको बुद्ध मन्दीर हेर्न गइयो । मन्दीर सुन्दर थियो । तर त्यहा लेखिएको सुचनाले मन अमिलो बनायो । बुद्धको जन्म स्थान भारत भनेर लेखिएको सुचनाले हरेक नेपालीलाई पोले झै मलाई पनि छोयो । यसको वारेमा केही गर्नुपर्दछ भन्ने कुरा मनमा लिएर फर्किइयो ।
साझ धु्रव सुवेदीजीको छोराको जन्मदिन रहेछ । धेरैसंग भेट हुन्छ भन्ने आशामा त्यहा गइयो । भेट पनि भयो । रमाइलोसंग साझ वित्यो ।
अर्को दिन आइतवार छुट्टी थियो । नरेश थापाको विदा भएकोले नरेस राजु सारा र माजुसहित घुम्न गइयो । सिड्नीको अति सुन्दर मानिने ओपेरा हाउसदेखि रमणीय हार्वर पुल म्यान्ली बीइच बोन्डाई बीइच लगायतका ठाउको भ्रमण गरियो । त्यसै साझ नेकपा एमाले समर्थक साथिहरुको बीचमा छलफल थियो । झण्डै तीन दर्जन सहभागितको बीचमा सम्पन्न उक्त अन्तरकि्रयामा संविधान निर्माण प्रकि्रयादेखि पार्टीको आन्तरिक अवस्थाको वारेमा समेत छलफल भएको थियो ।
कार्तिक १५ गते गैर आवासीय नेपाली संघ अष्टे्रलियाको आयोजनामा साझको खानासहितको अन्तरकि्रया कार्यक्रम आयोजना गरिएको थियो । सभासद महालक्ष्मी उपाध्याय सहितको सहभागितामा सम्पन्न उक्त अन्तरकि्रया कार्यक्रम मर्यादित र सौहार्दतापुर्ण रुपमा सम्पन्न भयो । देश वाहिर बस्ने सवै नेपालीको सद्भाव र चिन्ता भनेको देशमा राजनीतिक स्थायित्व कायम गर्ने सन्दर्भमा रहेको थियो । राति १२ वजेसम्म चलेको उक्त छलफलपछि राजु वाग्लेको घरमा वसियो जहा अरु थप छलफल समेत भएको थियो ।
मंगलवार विहान सिड्नी स्थित सर्च फाउन्डेसनको कार्यालयमा कोअर्डिनेटर पिटर मुर्फि माइनिङ युनियनका अध्यक्ष टोनी माहेर लगायतसंग भेटघाट गरी खाना खानका लागि सिड्नीस्थित महाबाणिज्यदुत दिपक खड्काको निमन्त्रणामा दिवा खानाको लागि गइयो । कार्यालय व्यवस्थापन नेपालीपन आउने हिसावले सजाइएको भए पनि नेपाल पर्यटन वोर्डवाट निकालिएको पोस्टरमा बुद्धको जन्मस्थान लुम्बिनी लेखिएको कुरामा विदेशीका लागि चिनाउने होभने लुम्बिनी मात्र होइन नेपाल लेख्न सुझाव पठाउन पनि भनियो । बासतवमा बुद्धको जन्मस्थान भारत भन्ने कुराले मलाई पोलिनै रहेको थियो ।
उक्त दिन साझ नवेसको घरमा खाना खान जाने कार्यक्रम थियो । त्यसैले पाच वजे उसको घरमा गइयो । पहिलो पटक वुहारी मिक्कीसंग पनि भेट भयो । नेत्र थापा र सारा सापकोटा पनि खाना खानको लागि त्यही आमन्त्रित थिए भने अष्ट्रेलिया पढ्न गएकी अनुपा उपाध्यायलाई पनि त्यही वोलाएर भेटघाट गरियो । भदाको वुहारी भोजको रुपमा मम पाटी गरियो । जे होस् खानपिन र कुराकानी रमाइलो भयो ।
अष्ट्रेलियाको झण्डै दुई हप्ताको बसाईमा संसद भवन हेर्नु उपयुक्त हुने साथिहरुको सुझाव अनुसार कार्तिक १७ गते राजधानी क्यानवेरा जाने निधो भयो । झण्डै तीन घण्टाको वाटो रहेको उक्त शहर जानका लागि सुरेस थापा सानो छोरासहित आएका थिए भने धर्म अधिकारीले पनि साथ दिएका थिए । विहान ८ वजे घरवाट निस्किएका हामी राती १० वजे मात्र घर आइपुग्यौ ।
क्यानवेरामा सहायक राजदुत लोक बहादुर थापाको घरमा खानासहित ८-१० जना नेपालीसंगै खाना खादै फेरी पनि संविधान निर्माणको वारेमा छलफल भयो । त्यसपछि दुतावास हेर्न गइयो जहा भएको छोटो छलफलमा अष्ट्रेलियामा रहेका नेपालीको तथ्यांक तयार गर्ने बुद्धको जन्मस्थान लगायत कतिपय विषयमा रहेका भ्रमपुर्ण प्रचारको वारेमा औपचारिक रुपमा अष्टे्रलियन सरकारसंग पत्राचार गर्नुपर्ने सुझाव राख्ने काम भयो । थापाजीले पनि चनिमा रहदा आफुले गरेको पहलको सकारात्मक नतिजा आएको र यहा पनि त्यस्तो पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।
त्यसपछि हामी वार मेमोरियल म्युजियम हेर्न गयो । हरेक राजनीतिज्ञले नीति निर्माण गर्नुपुर्व युद्धले गरेको क्षती र नागरिकले बगाएको रगतलाई सम्झनु पर्दछ भन्ने सोचका साथ संसद भवनको ठिक अगाडी निर्माण गरिएको यो म्युजियम साच्चै रोचक थियो । पहिलो र दोस्रो विश्व युद्धमा जीवन दिने नागरिकहरुको अभिलेखकासाथै लडाइमा प्रयोग भएका सामग्री र अन्य सान्दर्भिक सुचनामुलक सामग्री राखिएको यस संग्रहालय साच्चै सम्वेदनसील रुपमा सजाइएको रहेछ ।
यसपछि संसद भवन हेर्न गयौ । राजनीतिक निर्णयको प्रकि्रया बुझ्न सवैका नागरिक र पर्यटकलाई समेत विहान १० देखि ५ वजेसम्म खुल्ला गरिने यो भवन साच्चै अवलोकन गर्न लायक रहेछ ।
त्यसपछि नेपालको विश्व विद्यालयमा अध्यापन गर्दागर्दै अष्ट्रेलिया जानुभएको र हाल उच्च पदस्थ कर्मचारीको रुपमा त्यहा कार्यरत डा। होममुर्ती पन्तको निमन्त्रणा स्विकार गर्दै उहाको घरमा गयौ र साझ झण्डै ७ वजे मात्र सिड्नीको लागि निस्कियौ । यात्रा लामो र समय छोटो भए पनि यो दिन उपयोगी उपलव्धीमुलक र रोचक नै रह्यो । साझ सुरेस थापाको घरमा खाना खाएर बस्नका लागि नेत्रको घरमा नै गइयो ।
कार्तिक १८ गते मेलवोर्नमा नेपाली बाणिज्य दुत चन्द्र योाजनले त्यहास्थित नेपालीहरुसंग अन्तरकि्रया कार्यक्रम राख्नु भएको थियो । उक्त कार्यक्रममा सहभागि हुनका लागि दिउसो १।३० वजेको जहाजवाट त्यता लागियो । साझ गोर्खा रेष्टुरेण्टमा राखिएको छलफल राम्रो भयो । राजु अधिकारीले एाआरएनको तर्फवाट कार्यपत्र प्रस्तुत गरेका थिए भने यता त्यही दिन काठमाडौमा संविधान निर्माणमा रहेको असहमती टुंगो लगाउन बनेको कार्यदलले नागरिकता सम्बन्धि व्यवस्थाको टुंगो लगाएको खवर पुगेको थियो । तरै पनि जे कुरा प्रसताव गरिएको थियो
त्यसको अवधारणा आधारहरु र प्रस्तावित व्यवस्थाको वारेमा छलफल गरियो । छलफलपछि प्राय सवै सहाभागी विषयबस्तुका वारेमा स्पष्ट हुन पाएकोले खुशी रहेका देखिन्थे । काठमाडौमा जे निर्णय भएको थियो सामान्यतया सवै खुशी नै थिए तर जेण्डरको आधारमा जुन विभेदपुर्ण व्यवस्था राखिएको छ त्यसको वारेमा असमती जनाउने समुह वास्तवमा यहीका सहभागि रहेका थिए । उनीहरुको भनाइ थियो – जेण्डर समान प्रावधानका लागि प्रयाश गर्नोस हाम्रो साथ तपाइहरुको पक्षमा हुनेछ ।
१९ गते मध्यान्हमा अष्ट्रेलियन काउ_िन्सल अफ टे्रड युनियन ९ब्ऋत्ग्० को अध्यक्ष गेड कर्नेसंग भेटघाट सकेर ग्रेट वसियन रोड ड्राइभका लागि प्रस्थान गरियो । जादाजादै वाटो छलिएकोले २ घण्टामा पुग्ने भनेर हिडेको ठाउ पुगन ४ घण्टा लाग्यो । यता शहरमा मिलाइएको एमाले समर्थक नेपालीहरुको वैठकमा आउन नभ्याइने भएपछि वैठक क्या_िन्सल गरिएको खवर गरी बल्ल ४.३० वजे एपोलो बिइच भन्ने ठाउमा पुगियो ।
त्यहा केहीवेर बसेर खाजा खाइयो र वसियन रोड ड्राइभमा यात्रा शुरु गरियो । झण्डै २ घण्टाको ड्राइभपछि साझ ७।०० वजे लाइट हाउस पुगियो । वाटो हराउदा जति अन्यौलता भएको थियो बास्तवमा लक्ष्यित ठाउमा पुगेपछिको यात्रा साहै उत्साहपुर्वक र सुन्दर भएको थियो । त्यसपछि मेलवर्न तर्फको यात्रा शुरु गरियो । हामी राति १० वजे बासस्थानमा आइपुग्यौ र आराम गरियो ।
भोलिपल्ट विहान पार्टीका समथृक साथिहरुसंग छोटो भेटघाट गरिसकेपछि एआइटिका पुराना साथिहरु ीगरिजा श्रेष्ठ र रोशन खनालसंग गइयो र त्यही अपरान्ह एडिलेड गए जहा दिपेशको परिवार रहन्थ्यो भने नवेश पनि तिहारकोलागि आइपुगेको थियो ।
साझ तिहारको सन्दर्भमा नेपाली बीच भेटघाट सेल खाने कार्यक्रम रहेछ । रातिसम्म चल्यो । भोलिपल्ट विहान जर्मनहरुको बस्ती भएको ठाउमा घुम्न गइयो जहा वारीमा आफै गएर स्ट्रवेरी टिपेर किन्न पाइने रहेछ । त्यहि गरियो। फर्कने क्रममा वाटरफल हुदै घर फर्किइयो र मधुकर-सावुको घरमा तयार गरिएको टिका कार्यक्रममा सहभागि भइयो । दुई भदा र बुहारीलाई टिका लगाई खाना खाएर त्यहीवाट रमेशको घरमा रातीको खानाका लागि जम्मा भएको नेपालीहरु बीच छलफल शुरु भयो । छलफलको विषय फेरी पनि संविधान नागरिकता लगायतका विषयमा थिए । त्यसको साथमा त्यहा बस्ने नेपालीले थोरै मात्र पनि सहयोग गरेमा नेपालमा केही उदाहरणीय काम हुन सक्ने कुरामा छलफल भयो । नेपालको तर्फवाट यस कामको समन्वय गर्ने गरी स्पष्ट योजना पाएमा उनीहरुले वर्षमा केहि हजार डलर सहयोग गर्न सकिने बताएका छन् । यो राम्रो कुरा हो ।
त्यसको भोलिपल्ट एकदिनको समय थियो । कार्तिक ८ गते भरोसा भ्यालीमा अवस्थित १०९ वर्ष पहिला बनाएको व्हिस्परिङ वाल हेर्न गइयो । यो निक्कै रोचक र यस अनुसार नेपालमा काम गर्न सकेमा उपयोगी पनि थियो तर त्यसको सम्भ्ावना भने तत्काल देख्न सकिदैन । आखिर जे होस् १०० वर्ष पहिलासम्म मरुभुमीको रुपमा रहेको यस स्थानमा परेको पानी जम्मा गरेर पिउने लगायत िसंचाइको लागि समेत व्यवस्था गरेपछि यसको विकास भएको पृष्टभुमीमा नेपालमा संधै खेप्न परेको पिउने पानीको अभावको अवस्थाको सम्बोधन गर्न यो प्रविधि सहयोगी बन्न सक्दछ ।
त्यहावाट फर्किएपछि नभरी पनि संगै हिडेका नुवाकोटमा विद्यालय पढ्दै वेलाका साथी मणीनाथ पनेरुको घरमा खाना खान गयौ । लामो समयसम्म छलफल भयो । त्यहा रहेको सप्ताहित नेपाली रेडियोका माथी भुवनसंग अन्तरवार्ताका काम भयो । राती घर फर्किएर अको दिन विहान ८।२० उडानवाट सिड्नी गए । त्यस दिन अपरान्ह लिनासंग भेटघाट थियो । नेत्रसहित गएर भेट्ने काम भयो जसले नेपालीहरु बीच संगठन निर्माणमा सहयोग गर्ने बताएकी छिन् । साझ रमेश थापाको घरमा सवैको बीचमा भेटघाट गर्ने र खाना खाएर विदा हुने कार्यक्रम थियो । हिराजीको छोरी-छोरा र ज्याइलाई पनि त्यही बोलाएर छोटै भए पनि भेट भयो । यसरी अष्टे्रलियाको अन्तिम साझमा धेरै साथिहरुसंग भेटघाटसहित संगै खाना खाएर विदा भइयो । यहाको झण्डै दुई हप्ताको बसाइ व्यक्तिगत रुपमा साच्चै रमाइलो उत्साहजनक र उपलव्धीमुलक रहेको अनुभुती भएको छ भने यसलाई संस्थागत रुपमा विकास गर्न सकेमा नेपालीहरु र त्यहाको टे्रड युनियन श्रम सम्बन्धि संघसंस्था र राजनीतिक दलसंग समेत सम्बन्ध विस्तार गर्न सकिने सम्भावना बनेको छ ।
अष्ट्रेलिया बसाईको अन्तिम दिन कार्तिक २४ गते विहान नवेश र धर्मसहित युनियन एड-अफिदाको कार्यालयमा पिटर हेनिङ र केन डेभिससंग भेटघाट गरी तपेन्द्र र नरेस थापासहित खाना खाएर एअरपोर्ट लागियो । झण्डै १० घण्टाको उडानपछि बैंककमा १२ घण्टाको ट्रान्जिट थियो । त्यस समयलाई उपयोग गर्ने सन्दर्भमा क्रयातेलाई एअरपोर्ट वोलाएर उनको घरमा गएर बसियो । अुण्डै डेढ घण्टाको ड्राइभमा रहेको उन्को घर पुग्दासम्म हंगकंगमा रहदाका घेरै साथिहरुको वारेमा अपडेट हुने अवसर मिल्यो ।१९९४-९७ को समयमा हंगकंगमा रहदाका विभिन्न देशका साथिहरु बीच आगामी मार्च २४ तारिक देखि नेपालमा पुनरमिलन कार्यक्रम राख्ने योजना उनीहरुले गरिरहेकोले पनि यो भेट महत्वपुर्ण रह्यो । भोलिपल्ट विाहान उनले ९ वजे एअरपोर्टमा पुर् याएर आफु काममा लागिन भने म ठिक एक महिनाको यात्रापछि नेपाल आएर आफ्नो संधैको कार्यतालिका अनुसारको काममा संलग्न हुन थाले ।
यसरी यस पटकको दशै र तिहारका समय जसलाई नेपालमा लामो विदा र चाडपर्वको अवधिको रुपमा लिइन्छ विताइयो । सायद विदेशमा रहेका धेरै आफन्त र मित्रहरुसंगको यस प्रकारको भेटघाट र सहयोग व्यक्तीगत रुपमा नै गरिए पनि अनुभव र अनुभुतीको उपयोग गर्न सकिए मुलुकको लागि पनि केही योगदान पुर् याउन सकिन्छ की
मंसिर २ २०६७