सवैभन्दा बढी नेपालीहरुले लामो विदासहित मनाउने पर्व दशैको रमझम चलिरहेको छ । विगत एक दशक लामो युद्ध कालमा आफ्नो गाउ जानसम्म पनि डराउनुपर्ने अवस्थाको अन्त्य भएको कारण पनि यस वर्ष देशभित्रवाट मात्र होइन विदेशवाट जन्मथलो फर्कनेको संख्यामासमेत बृद्धी भएको छ ।  विगत पाच वर्षको अवधिमा यो क्रम वर्षेनी बढ्दो छ ।

यस पक्षलाई हेर्दा शान्ति प्रकि्रया शुरु भएपछि नागरिकमा बढेको आत्मविश्वास र ढुक्कपनको संकेतको रुपमा लिन सकिन्छ । तर अझै पनि शान्ति प्रकि्रयाको सवैभन्दा महत्वपुर्ण पक्ष माओवादी लडाकाको समायोजनाको कामको टुंगो लाग्न नसक्नुले दिगो शान्तिको वारेमा नागरिकको मनमा रहेको आशंका अझै पनि पुर्ण रुपमा हट्न सकेको छैन भने सत्य निरुपण आयोग लगायत आवश्यक संयन्त्रको गठन समेत हुन नसक्दा युद्धकालका घटनासंग जोडिएर लागेको चोटवाट उत्पन्न आक्रोश र द्धेषको अन्त्य गरी सद्भावको विकास गर्ने वातावरण बन्न सकेको छैन । यस्तै अवस्थामा यस वर्षको दशै पनि वित्ने क्रम जारी छ ।दशैको लामो विदा मनाउने क्रममा यसपटक विगतको याद आयो । चाडपर्वको रमाइलो भनेको सानो उमेर र जन्मथलोसंग जोडिएको उमंगमय वातावरणसंग धेरै हदसम्म जोडिएको हुदो रहेछ । सायद चाडपर्वमा आफ्नो परिवार र गाउघर फर्कने नेपालीहरुको आफ्नो परम्परा र संस्कारले गर्दा पनि होला । अरु मुलुकमा लामो विदा भयो वा चाडपर्व आयो भने टाढा र नया ठाउमा परिवार वा साथिसंगीसंग घुम्न जाने गर्दछन् जुन नेपाली संस्कारभन्दा विलकुल फरक छ ।

२०३० को दशकमा जुन समय म विद्यालयमा अध्ययनरत थिए दशैको छुट्टै रमाइलो हुने गर्दथ्यो । आफुभन्दा ठुला दाजु र दिदिहरु घरमा नभएको सन्दर्भमा दशैको तयारीका सन्दर्भमा निकै दायित्व म आफुमाथि पनि आउने गर्दथ्यो । आफुभन्दा ठुला दाजु दिदिसंग भन्दा पनि साना भदाभदै र भतिजाभतिजीको बीचमा हुर्किएको कारण परिवारमा रहेका नया पिढीमध्येको आफु ठुलो भएकोले पनि त्यो दायित्व पुरा गर्नै पर्दथ्यो ।

दशैको विदा भएपछि कतै रातो माटो र कतै कमेरो माटोले घर पोत्नका लागि विहानभरीको वाटो हिडेर माटो ल्याउने र घरको वाहिरी र भित्रि भागलाई चिटिक्क पारेर पोत्ने सिरक र डसनाका खोल अनि तन्न्ाा लगायतका ठुला खालका कपडालाई एकै पटक खरानी पानीमा पकाएर धुने धान र चिउरा कुट्ने लयाउतका कामको चटारोले साच्चै दशैको महत्व र उमंगलाई बढाई दिन्थ्यो ।

जमरा राखेपछि सप्तमीको दिनसम्ममा यो सवै काम सकेर फुलपाती जात्रा हेर्न जाने कुरा कार्यतालिका नै हुन्थ्यो । अनि सामान्यतया त्यही दिन काठमाडौमा रहेका दाजु र दिदिहरु घर आउने र घरगाउका भाइवहिनीहरुले दशैको लागि पिङ बाट्नका लागि गाउभरी घुमेर जम्मा गरेको बावियोको लठारो बाटेर अष्टमीको दिन पिङ झुण्ड्याएपछिको चचहुईको उमंग साच्चै रमाइलो हुने गर्दथ्यो ।

गाउभरीका साथिसंगी जम्मा भएर पालैपालो पिङ मच्चाउने प्रतियोगिता नै हुन्थ्यो । यता परिवारमा जम्मा भएको ठुलो संख्याका सदस्यका कारण खाना र खाजा खाएको र नखाएको समेत भान्सामा बस्ने आमा-भाउजुहरुलाई हामी आफैले सम्झाउन पर्दथ्यो । आज यी सवै कुरा सम्झना गर्दा पनि रमाइलो लाग्दछ । दशमीको दिनमा घरमा टिका लगाएर रमाइलोसंग खानपिन सकेपछि साझमा नजिक रहेका आफन्तहरुको घरमा टिका लगाउन समुह नै बनाएर जाने गरिन्थ्यो । टिकाको भोलिपल्टवाट टाढा रहेका मामा र ठुली-सानीआमाको घरमा टिका लगाउन पालो गरेर जाने गरिन्थ्यो । वास्तवमा यो प्रकि्रयाले आफन्त बीचमारहेको सम्बन्धलाई अझै प्रगाढ बनाउनुको साथै वर्ष दिनपछिको भेटघाटले हालखवर अद्यावधिक गर्ने अवसर बन्दथ्यो ।

सम्झदा लाग्छ चाडपर्वको महत्व आमाबुबाको उपस्थितिसंग धेरै हदसम्म जोडिएको हुन्छ । २०५१ सम्मको सवै दशै नुवाकोटको मुलघरमा जम्मा भएर नै मनाइन्थ्यो । घटस्थापनावाट नै गाउजाने र तयारीको सवै काममा सहभागि हुने गरिन्थ्यो ।

२०५२ र २०५३ मा क्रमश बुवा र आमाको मृत्युपछि दशै मनाउन नौरथाभरी गाउ रहने गरी जाने प्रकि्रयाको अन्त्य भयो । तरै पनि अर्को आमा जिवित रहेकोले २०६३ सालसम्म दशमीको दिन टिका लगाउन भने सवैजना नुवाकोटको घरमा नै जम्मा हुने परम्परा कायम थियो ।

तर आज यी सवै प्रकि्रया बन्द भएको छ । अघिल्लो पुस्ताका सवै आफन्तहरुको मृत्यु भइसकेको कारण पनि टिकाको नाममा भेटघाट गर्न जाने वाटो बन्द भएको छ । नया पिढीमा आफ्नै खालको व्यवस्तता बढेको र हालखवर बुझ्न कै लागि अव दशै कुर्नु नपर्ने भएको कारण पनि यो संस्कार र संस्कृति धरापमा पर्दै गएको छ । िलंगे पिङदेखि रोङटे जाते पिङ लगायत चाकाचुलीको अस्तित्व हराउदै गएको छ । यसको स्थान केटाकेटीहरु बीच लंगुवुर्जा र ठुलाका विच जुवा तासले लिएको कारण हिजोको त्यो आत्मियता र मित्रतापुर्ण खेल द्धेष र उठिवासमा समेत परिणत हुने गरेकोछ ।

विगतका ति सवै रमाइला क्षणहरु अव सम्म्झना मात्र बाकी रहेका छन् । काठमाडौ आएर बस्न थालेको तीन दशक भएछ । तर विगत पाच वर्षदेखि यो परमपरागत संस्कार संस्कृति र प्रकि्रयामा परिवर्तन भएको छ ।

२०६३ सालपछि अव टिका लगाउने दिन जम्मा हुने थलो ठुलो दाईको घर ललितपुर खुमलटारमा सरेको छ । तर सायद ढल्कदो उमेर फेरिदो परिवेस र परिवारिक संरचनाले गर्दा पनि होला दशै पर्व रमाइलोभन्दा पनि यसको उपयोग गर्ने प्रकि्रया र मनाउने तरिका बढी प्राविधिक बन्दै गए झै लाग्दछ ।
आजकल पर्वको लामो विदा विगतमा पढ्न नभ्याइएको किताव र गर्न नभ्याइएको काम सक्याउने अवसर बन्न थालेको छ । अझै पनि यसो कतै टाढा र नया ठाउ घुम्न जाने संस्कारको शुरुवात भने हुन सकेको छैन । अनि साथिसंगीसंगको भेटघाट र शुभकामनाको आदानप्रदानको माध्यम टेलिफोन फेसबुक च्याट र स्काइपी बन्न थालेको छ भने किसिम किसिमका पिङ खेल्दै लिइने रमाइलोको स्थान टेलिभिजन र रेडियोले लिएको छ । सायद यसलाइृ समयले ल्याएको परिवर्तनका रुपमा स्विकार गर्नु पर्दछ ।

यस वर्षको दशै विगतको भन्दा नितान्त फरक अनुभुत भएको छ । केही रेडियोले शुभकामनाको लागि आग्रह गर्दा पनि धक मान्नुपर्ने अवस्था अनुभुत हुदैछ । शान्ति र संविधानको पर्खाइमा बसेका नेपालीले यस वर्षको दशै मनाउदा समेत दिगो शान्ति र संविधानको प्रारम्भिक मस्यौदा पाउने कुरा समेत निश्चिन्त अभिव्यक्त गर्न नपाउदा शुभकामना पनि के भनेर दिनु भन्ने अनुभुती भएको छ । उल्लास र उमंगको त कुरा परै छाडौ । अझ इमेल एसएमएस मार्फत साथिहरुले शुभकामना पठाउदा आफ्नो संविधान बनाउन सफलता मिलोस् भन्ने कुरा समावेस गरेको पढ्दा मन चसक्क हुन्छ र कतै तिमी असफल र असक्षमहरुको जमात भनेर गिज्याउदै धिक्कारे झै लाग्न थालेको छ ।

यस्तै हो जीवन संधै सोचे जस्तो मात्र कहा हुदो रहेछ । अनि समुह वा जमातले गर्ने काम व्यक्तिको आकांक्षा र सक्षमतामा मात्र भर नपर्दो रहेछ । आम नागरिक र िसंगो राष्ट्रको भविष्य आफ्नो निर्णयमा रहेको अनुभुत गर्न र पुरा गर्न जागरुकता देखाउन सक्ने नेतृत्वको अभावको नियती यो भन्दा अरु के नै हुन सक्थ्यो र ।

असोज १८ २०६८