दक्षिण एसियाली महिलावादी नेटवर्क “संगत” को आयोजनामा हुदै आएको वार्षिक कार्यक्रम फेमिनिष्ट क्यापासिटी विल्डिंग कोर्षको १९औ संस्करण यही सेप्टेक्वर १४ देखि अक्टोवर १४ सम्म काठमाडौमा सम्पन्न हुदैछ । कार्यक्रमको मुख्य स्रोत व्यक्तिका रुपमा रहेका दक्षिण एसियाको प्रसिद्ध महिलावादी नेता कमला भासिन नेपालको रहेको अवसरलाई उपयोग गर्दै उनको उपस्थितिमा थप कार्यक्रमहरु सम्पन्न भएका छन् ।
अन्तरक्रिया सम्पन्न
दक्षिण एसियामा महिला आन्दोलन र साझा मुद्दाहरु विषयक अन्तरक्रिया कार्यक्रम यही असोज १० गते सम्पन्न भएको छ । अखिल नेपाल महिला संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सवै राजनीतिक दल आवद्ध महिला संघहरु, सभासद र जनसंगठन लगायतका महिलाहरको सहभागिता थियो । कार्यक्रममा दक्षिण एसियाको स्थापित महिलावादी नेता कमला भासिनको प्रस्तुती रहेको थियो । कार्यक्रमको अन्त्यमा “उर्लदो एक अरव” अभियानको अन्तरराष्ट्रिय निर्देशक मोनिक विल्सनले पनि आफ्ना भनाइहरु राख्नुभएको थियो ।
संसारमा कुनै पनि धर्म छैन, जुन पितृसत्तावाट मुक्त होस भन्दै आफ्ना प्रस्तुती शुरु गर्नुभएको कमला भासिनले कार्यक्रममा समस्याको जरो पुरुष नभएर पुरुषसत्ता रहेको कुरामा जोड दिदै फरकफरक कोणवाट उदाहरणहरु पेस गर्नुभएको थियो । छोरीलाइ बस्तु सरह दान गर्ने दक्षिण एसियाका राजनीतिककर्मी र नीति निर्मातालाई चुनोतीकासाथ भन्नुभयो– सक्छौ संविधानमा भएको “महिला पुरुष समानता” को धारा लागु गर । सक्दैनौ उक्त धारा परिवर्तन गरी “महिला पुरुष फरक किसिमका नागरिक हुन र उनीहरुका विचमा समान व्यवहार गर्न सकिदैन” भन्ने कुरा लेख्ने आट गर ।
आन्दोलन फरक फरक क्षेत्रमा रहेका जनताहरुको सहभागितामा साझा उद्देश्यका लागि गरिने पहल र जागरुक अभियान भएको कुरा उल्लेख गर्दै यो कुनै संगठन विशेष वा विचारधारा र राष्ट्रको दायराभन्दा फराकिलो र सर्वपक्षिय हुने कुरा उहाले राख्नु भएको थियो ।
दक्षिण एसियामा महिला आन्दोलनको साझा विषयमा पितृसत्ताको अन्त्य हो । समाजमा विद्यमान धमृ, संस्कृति–संस्कार, आर्थिक–सामाजिक अवस्था, राजनीतिक प्रणाली लगायतको अवस्था अनुसार पितृसत्तँको स्वरुप फरक भए पनि दुनियाको कुनै पनि स्थान पितृसत्तामुक्त छैन । यसर्थ महिला आन्दोलनको दायरा अन्तरराष्ट्रिय छ ।
दोस्रो कानुन रुपमा समानताको लडाइ पनि अर्को फराकिलो मुद्दा हो , वंश, अंश, समान अवसर, अर्थपुर्ण सहभागिता, कामको समान पारिश्रमिक, जेण्डर सचेतना अभियान लगायतका मुद्दा हाम्रा साझा मुद्दाहरु हुन, जसको दायरा राष्ट्रिय वोर्डरभन्दा फराकिलो छ ।
दक्षिण एसियाका अधिकांश मुलुकहरुमा पेटभरी खाना, आंग भरी नाना र सुरक्षित छानाको प्राप्ती साझा मुद्दाको रुपमा कायम छ ।
आजको दुनियमा व्यक्तिगत वा नीजि कुरा राजनीतिक र सार्वजनिक (अर्थात पर्सनल इज पोलिटिकल) भन्ने नारा विश्व महिला आन्दोलनको साझा मुद्दाको रुपमा स्थापित छ भन्दै यी मुद्दाहरुको न्यायिक फैसलाका लागि विश्व महिला आन्दोलनको विचमा बलियो र फराकिलो एकता र ऐक्यवद्धता आवश्यक छ ।
दक्षिण एसिया महिलावादी ऐक्यवद्धता कार्यक्रम
यसै गरी असोज १२ गते दक्षिण एसिया महिलावादी ऐक्यवद्धता कार्यक्रम आयोजना गरिएको थियो । संगत र पिपल्स सार्कको तर्फवाट गरिएको उक्त कार्यक्रममा दक्षिण एसियाली महिलावादीको ऐक्यवद्धता, मिटो मेमोरियल अवार्ड वितरण (आनी छोइंगलाई), सुनिता अवेस्करण स्पिच तथा उर्लदो एक अरव अभियान–२०१५ काृ दक्षिण एसिया अभियानको शुरुवात गरिएको थियो । प्रज्ञा प्रतिष्ठानको मुल हलमा आयेजित उक्त कार्यक्रम हौसला र संगिन अपरान्हको रुपमा सम्पन्न भएको थियो ।