तीज नेपाली महिलाहरुको सांस्कृतिक पर्व हो । यस पर्वको रमझमलाई हेर्दा नेपाली महिलाहरुको राष्ट्रिय दिवस नै भनिदिए पनि हुन्छ । शहरीया महिलाको आखावाट मात्र हेर्दा यो पुजीवादी संस्कार–संकृतिवाट प्रभावित बन्दै गएको आधारमा विकृत लाग्न सक्छ । तर, ग्रामिण महिलाको आखावाट हेर्दा यसको महत्व अझै पनि घटेको छैन । गाउघरमा सिङ्गो वर्षाको समयभर काममा व्यस्त हुनुपर्ने कारण लामो समयसम्म आमा बुवा र दाजुभाई दिदिबहिनीसंग भेटघाट गर्न नपाइ संचोविसंचोको हालखवर समेत आदानप्रदान गर्न नपाउने अवस्था विद्यमान छ । यस अवस्थामा विवाह गरेर टाढाटाढा पठाइएका चेलीहरु माइत फर्कने र परिवारका सदस्यका साथसाथै गाउभरीका बालसंगीहरुको बीचमा भेटघाट गरी सुख–दुखका कुराहरु साटासाट गर्ने एउटा सुनौलो अवसरको रुपमा लिइने यो पर्वले खास गरी ग्रामिण महिलाहरुको जीवनमा बढी महत्व राख्दछ । कतिपयले यसलाई हिन्दु महिलाको पर्व भने पनि आम रुपमा यसको महत्वलाई सामाजिक, सांस्कृतिक÷सांगितिक र पारिवारिक मिलनको दृष्टिकोणवाट बढी हेरिनु उचित हुन्छ भन्ने लाग्दछ ।

समयको परिवर्तनसंगै यस पर्वको धार्मिक भन्दा पनि बढीे पारिवारिक महत्व बढ्दै गएको पाइन्छ । एउटै परिवारमा जन्मिएर हुर्किएका चेली माइतीसंगै बस्ने, आपसमा व्यक्तिगत र पारिवारिक अवस्थाको वारेमा समेत खुल्लाखुलस्त कुराकानी गर्ने, आपसी सम्बन्ध र सहयोगलाई बलियो बनाउदै लैजाने सन्दर्भ यस पर्वसंग जोडिएको सवैभन्दा महत्वपुर्ण पक्ष हो । यो पारिवारिक सम्बन्धले परम्परागत नेपाली समाजमा समेत महिलालाई मनोवैज्ञानिक बल प्रदान गर्दछ । विशेष गरी ग्रामिण क्षेत्रका विवाहित चेलीहरु समस्या पर्दा मेरो पछाडी सहयोगको एउटा बलियो आधारका रुपमा माइती र आफन्तहरु छन् भन्ने बल र ढाढसको काम यसले अझै गर्दैछ । भौतिक रुपमा जे जति सहयोग भए पनि मनोवैज्ञानिक रुपमा यो छोरी–चेलीको लागि अझै पनि ठुलो आधारको रुपमा रहेकै छ ।

सामाजिक सम्बन्ध यस पर्वको अर्को महत्वपुर्ण पक्ष हो । एउटै गाउ र ठाउमा जन्मि÷हुर्किएर विवाह वा अन्य कारणवाट विभिन्न ठाउमा पुगेका साथिसंगीहरु एक ठाउमा भेटघाट गर्ने र आपसमा अनुभव र अनुभुतीलाई साटासाट गर्ने सामाजिक अवसरका रुपमा यस पर्वको महत्व घटेको छैन । एउटै समुदायमा हुर्किएका चेलीहरुका बीच व्यक्तिगतदेखि पारिवारिक र आर्थिक राजनीतिक अवस्थाको वारेमा समेत अनौपचारिक छलफल गरी समसामयिक परिस्थितिको वारेमा समेत जानकार हुने काम यस सन्दर्भमा हुने गर्दछ । त्यसैगरी, सांगितिक क्षेत्र यस पर्वको सुन्दर पक्ष हो । नेपाली समाजको सम्पत्तीको रुपमा रहेको सांस्कृतिक विविधताको एउटा महत्वपुर्ण पाटोको रुपमा रहेको तीजको लय महिला भावना अभिव्यक्तीको एउटा सशक्त र शक्तिशाली माध्यमको रुपमा स्थापित छ । यस पर्वमा गाइने गीतको आफ्नै लय मात्र होइन विषयबस्तुको समेत छुट्टै पहिचान छ ।

परम्परागत रुपमा यस पर्वमा दिदिवहिनी जम्मा भएर महिलाले भोग्न परेका पीरमर्काका कुरालाई गीत र नृत्यका रुपमा अभिव्यक्त गर्दै मनभित्र गुम्सिएर रहेका कुरालाई सामुहिक रुपमा अभिव्यक्त गरी मन हलुका गरिन्थ्यो भने आज परिवेस वदलिएको छ । ग्रामिण क्षेत्र र सामाजिक आन्दोलनका अभियन्ताहरुले महिलामाथि विद्यमान शोषण र राष्ट्र, समाज र परिवारले महिला समुदाय विरुद्ध गर्दै आएको विभेदको अन्त्य गरी समानतामा आधारित समाज निर्मााणको आवाज घन्काउने पर्वको रुपमा पनि यो स्थापित हुदै आएको छ ।

विगततिर फर्कने हो भने महिलालाई समानताका अभियन्ताहरु तीज पर्वमा रहेको सामन्ती प्रबृत्तीमा परिवर्तन गरी जनवादीकरण गर्ने अभियानमा जुटेका थिए । २०४१–४२ सालवाट शुरु भएको यो अभियान २०४७ सालसम्म प्रगति मार्गमा नै अगाडी बढ्दै थियो । त्यतिखेर प्रगतिशिल महिला आन्दोलनले यस पर्वको सामाजिक महत्वलाई फराकिलो पार्दै परिवर्तनको दिशामा उपयोग गर्ने जुन प्रचलन चलाएका थिए त्यो प्रशंसनीय थियो । मुलत गण्डकी–लुम्बिनी क्षेत्रवाट शुरु भएको यो अभियानले छोटो अवधिमा नै राष्ट्रव्यापी रुप धारण गरिसकेको थियो । यस पर्वलाई महिलाले मात्र होेइन सामाजिक परिवर्तनका पक्षपाती संघसंस्था र राजनीतिक शक्तिले समेत समाजमा महिलामाथि हुदै आएको असमान व्यवहार र थिचोमिचोको विरोध गर्दै महिलामुक्ती र समान अधिकारको पक्षमा आवाज बुलन्द गर्ने दिनको रुपमा स्थापित गर्दै थिए ।

तीजको अवसरमा सामाजिक चेतना र महिला मुक्तिको पक्षमा गीत गाएकै कारण दर्जनौ महिलाहरुले प्रहरी दमनको समाना गर्ने मात्र होइन, जेल चलानीसम्म भएको घटना इतिहासमा ताजै छ । कविता पौडेल, मैया भट्टराई लगायतका महिला अगुवाहरु आज पनि ति दमनको सामना गर्ने व्यक्तित्वका रुपमा जिउदा साक्षी छन् । २०४७ सालमा पशुपतीमा तीज पर्वलाई जनवादी गीत–संगितका माध्यमवाट मनाउने क्रममा तत्कालिन अवस्थामा बन्दै गरेको २०४७ सालको संविधानमा महिलाको समान अधिकारको मागलाई बुलन्द गरिएको थियो । विडम्वना त्यही क्रममा भिडमा घुसेर कसैले रानीको गाडीमा ढुंगा हानेको कारण जनताले लडेर स्थापना गरेको अन्तरिम सरकारवाट दर्जनौ राजनीतिकर्मीलाई वारेण्ट काटियो । कतिपयलाई विना कारण गिरफ्तार समेत गरियो । त्यसपछिका केही वर्ष पशुपति क्षेत्रमा सांस्कृतिक कार्यक्रम गर्न प्रतिवन्ध नै लगाइयो । त्यतिखेरसम्म प्रगतिशिल अभियानको रुपमा यस पर्वलाई परिवर्तनको आयामाको रुपमा स्थापित गर्ने पिढीले यो परम्परालाई सायद उपयुक्त ढंगले नया पिढीमा हस्तान्तरण गर्न सकेन । जसका कारण यस पर्वमा फक्रदै गरेको त्यो प्रगतिशिलता सुस्ताउन पुग्यो ।

त्यो खाली ठाउमा शहर केन्द्रीत तीज कार्यक्रमहरु तडकभडककासाथ पार्टी प्यालेसहरुमा प्रवेश गरे । बढ्दो संचार माध्यमको कारण यसैको बढी प्रचार हुने, ग्रामिण क्षेत्रमा श्रमजीवी महिलाका गीतका भाखा र खुट्टाका चालहरु ओझेल पर्दै आधुनिक रुपमा तीजको विकृत रुपको मात्र चर्चा धेरै हुन थाल्यो ।

यसो भन्दैमा आज लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा हामीले त्यो इतिहासलाई विर्सन मिल्दैन । राजनीतिक रुपमा केही अधिकार प्राप्त गरे पनि त्यसको दिगोपनका लागि आर्थिक–सामाजिक–सांस्कृतिक रुपान्तरणको प्रक्रिया अझै जारी छ । यस प्रक्रियामा यस्ता पर्वहरुलाई कसरी उपयोग गर्ने र रुपान्तरणको पक्षमा लगाउने ? आज परिवर्तनकामीको लागि छलफलको विषय बन्नु नितान्त जरुरी छ । यसलाई ठिक ट्रयाकमा ल्याउने काममा संचार माध्यमदेखि सामाजिक अभियन्ता र राजनीतिकर्मीसमेतको सकारात्मक भुमिका हुनै पर्दछ ।

विगतमाभन्दा आज यो पर्र्वलाई सांस्कृतिक रुपमा अझै धेरै जाती, वर्ग र समुदायका महिलाले मनाउन थालिसकेको सन्दर्भमा यस पर्वसंग जोडिएको रुढिवादी संस्कार र परम्परालाई हटाउदै र पुजीवादीकरण हुने प्रक्रियावाट जोगाउदै जेण्डर समानताको आन्दोलनको पाटोको रुपमा नया संस्कृती निर्माणमा रुपान्तरण गर्नु जरुरी छ ।

अन्तमा, देश–प्रदेशमा रहेका सवै नेपाली दाजुभाई–दिदिवहिनीमा तीज २०७१ के हार्दिक शुभकामना ।

Teej-तीज पर्वलाई फर्किएर हेर्दा