“दुखले मानिसलाई स्पात बनाउछ र प्रेमले उत्साहित गर्छ”भन्ने कुरामा विश्वास गर्ने जेनी भोन वेष्टफालेनको जन्म जर्मनीको राइन प्रान्तको सल्वेडेल भन्ने ठाउमा भएको थियो । सन् १८१४ फेव्रुअरी १२ मा आमा अमेलिया जुलिया क्यारोलिना भोन वेष्टफालेन र बाबु लुडविग वेष्टफालेनको सन्तानको रुपमा भएको थियो । जेनीको जन्म र हुर्काइको परिवारसुसंस्कृत, शिक्षित र सभ्रान्त थियो ।
सरकारी जागिरे वावुको सरुवा जर्मनीकै ट्रियर भन्ने ठाउमा भएपछि उनको माक्र्स परिवारसंग भेट हुन गयो, जहा कार्ल माक्र्स जेनीका भाइ एड्गोर भोन वेष्टफालेनका साथी बन्न पुगे र घरमा आउजाउ हुन थाल्यो । यही क्रममा जेनी र माक्र्सको पनि आपसमा परिचय हुन पुग्यो । उहाहरुको बाबुहरु पनि आसपमा साथी भए । जेनीको वुवा र माक्र्स उमेरले बाबु–छोरा झै भए पनि सगै हिड्न र दर्शन अनि अंग्रेजी साहित्यको वारेमा चर्चा गर्न खुव रुचाउदथे । त्यसैले उनीहरु विचको सम्बन्ध पनि बलियो हुदै गएको थियो ।
प्रेम र विवाहको प्रसंग
भाइको साथिको रुपमा परिवारमा आउने जाने गर्ने माक्र्सको विवेक, तिक्ष्ण बुद्धी, तार्किक शक्ति, दर्शन र साहित्यप्रतिको लगाव र शुशिल स्वभावले जेनीलाई क्रमश आर्कषित गर्दै थियो । उता जेनीको रुपमा रहेको सुन्दरता, बुद्धिमा रहेको तिक्ष्णता र स्वभावमा रहेको चलाखीपनले माक्र्सलाई पनि प्रभाव पार्न थालेको थियो । यो आपसी आकर्षण १८३६ देखि स्पष्ट रुपमा आपसी प्रेममा बदलिदै गयो । तर, आपसमा परिचित दुवै परिवार विच रहेको सुमघुर सम्बन्धमा समस्या आउन सक्ने अनुमानका आधारमा उहाहरु विचको यो प्रेम सम्बन्धलाई लामो समयसम्म गोप्य नै राखियो ।कुलीन परिवारमा जन्मनु भएको जेनी र सामान्य परिवारका सदस्य माक्र्सको पारिवारिक फरक पृष्टभुमिका कारण परिवारले उहाहरु बिचको वैवाहिक सम्बन्धलाई अस्विकार गर्न सक्ने सम्भावनाका कारण लामो समय औपचारिक वैवाहिक सम्बन्धमा नवाधिएर नै रहनु भयो ।
सन् १८३६ वाट वर्लिन विश्वविद्यालयमा कानुन विषय पढ्न थालेका माक्र्स त्यहास्थित परिवर्तनको पक्षमा निष्कने पत्रिका “रिनिष्चे जीटुंग”मा काम गर्नुहुन्थ्यो । उक्त पत्रिकालाई तत्कालिन प्रतिक्रियावादी सरकारले प्रतिवन्ध लगाएपछि त्यसलाई उदारवादी स्वरुप दिएर संचालन गर्ने लगानीकर्ताको सोचमा असहमत हुदै माक्र्सले १८४३ मार्चमा राजिनामा दिनुभयो । यस अवभिमा माक्र्सको लेखनकला, विश्लेषण क्षमता र दृष्टिकोणले जेनीलाई थप प्रभाव पार्दै लगेको थियो ।
१८४३ सम्ममा उहाहरुको पारिवारिक अवस्थामा धेरै फेरवदल आइसकेको थियो । सन् १८३८ मा माक्र्सको बाबु र १८४२ मा जेनीको बाबुको मृत्यु भैसकेको थियो । माक्र्सले पत्रिकाको काम छाडेर पेरिस जाने निर्णय गरेपछि सन १८४३, जुन १९ मा जर्मनीको क्रेउज्नाचर भन्ने ठाउमा उहाहरुले विवाह औपचारिक रुपमा गर्नुभयोे । विवाहपछिको केही महिना विभिन्न स्थानको भ्रमण गर्दै त्यही वर्ष अक्टोवरमा उहाहरु दुवै पेरिस जानुभयो, जहा डेढ वर्ष खुशीसाथ नै वित्यो ।
पेरिसको वसाइमा माक्र्सले त्यहाको इतिहास,फ्रान्सेली राज्यक्रान्ति, श्रमजीवी वर्गको आन्दोलन लगायतका विषयमा गहन अध्ययन थाल्नुभयो । यसै विच १८४४ मे १ मा उहाहरुको जेठी छोरी क्यारोलिन जेनीको जन्म भयो ।
निर्वासनको जीवन
छोरी वर्षदिनको पनि नहुदै १८४५ को शुरुमा माक्र्सलाई सरकारावट २४ घण्टाभित्र पेरिस छाड्ने आदेश आयो । तयस समय जेनी दोस्रो पटक गर्भवती हुनुहुन्थ्यो । त्यस्तो अवस्थामा पनि विना हड्बढाहट जेनीले सवै कुराको व्यवस्था गरेर उहाहरु व्रसेल्स सर्नुभयो ।१८४८ मा व्रसेल्स सरकारले एकरात माक्र्सलाई गिरफ्तार ग¥यो । त्यसको वारेमा बुझ्न जादा जेनीलाई समेत घण्टौ कष्टडीमा राखेर केरकार गरेर मात्र छाडियो । अन्ततः उहाहरुलाई वेल्जियम छाड्न आदेश दिइयो । त्यसपछि जेनीको परिवार फेरी पेरिस हुदै जर्मनीको कोलोन्जे शहरमा गएर बस्न थाल्नु भयो ।
सन् १८४९ मा कोलोन्जेवाट पनि सरकारले यो परिवारलाई देश निकालाको सुचना दियो । त्यसपछि पेरिसमा निर्वासित जीवन विताउदै गर्दात्यही साल अगष्टमा पेरिस छाड्ने आदेश आयो । अन्ततः उहाहरु लण्डलमा गएर वसोवास गर्न थाल्नुभयो ।
एकपछि अर्को निर्वासन र निस्कासनको यस क्रममा कतिपय अवस्थामा साना नानीहरु र जेनीलाई मात्र छाडेर माक्र्स एक्लै मुलुक छाडेर हिड्नु पर्ने अवस्था पनि आएको थियो । त्यस्तो अवस्थामा पनि जेनीले कुनै दुख मनाउ गर्नुको बदला आफु सम्हालिने र परिवार सम्हाल्ने काममा गर्दै आउनु भयो । यसरी जीवनमा आउने कठिन घडीहरुमा जीवनसंगीको काममा सहयोद्धाको भुमिका मात्र होइन, एउटा असल आमाले सन्तानप्रति निर्वाह गर्नुपर्ने आदर्श भुमिकामा समेत जेनीले कुनै कमी महशुस हुन दिनुभएन । बरु एक ठाउवाट अर्को मुलुकमा निर्वासनको क्रममा जस्तै अभाव र गरिवीको विचमा पनि पुराना लत्ताकपडा समेत वेचेर खर्चको जोहो गर्ने र परिवार सम्हाल्दै माक्र्सको जीवनमा निरन्तर सहयोग पु¥याउने मात्र होइन, जनु लक्ष्यको साथ माक्र्स आफ्नो काममा लागेका थिए, त्यसमा निरन्तरताका लागि जेनीको अदम्य साहस र उत्साहपुर्ण संलग्नता रहिरह्यो ।
सन्तानको मुत्युले दिएको पिडा
जेनी–माक्र्सका सात सन्तानहरु थिए । तिमध्ये कति जन्मने र मर्ने क्रम जारी रह्यो र यस घटनाले जेनीलाई धेरै दुखितबनायोे । खास गरी सन् १८५० देखि १८५५ को अवधिमा उहाका ७ सन्तानमध्ये ४ जनाको मृत्यु भयो । एकपटक त छोरी मर्दा कात्रो किन्ने पैसासम्म नभएर छिमेकीसंग २ पाउण्ड सापटी लिएर मृत छोरीका लागि कात्रोको व्यवस्था गर्नुपरेको थियो । तर, दुरदृष्टि र स्पष्ट लक्ष्य वोकेर दायित्ववोधकासाथ अगाडी बढेको यस परिवारका लागि यी सवै दुख र चिन्ताहरु क्रमश गौण बन्दै गयो । आखिर त्यो यात्रा जारी राख्नुको विकल्प पनि त थिएन । तसर्थ, यस्ता घडीमा पनि अविचलित रुपमा आफ्नो लक्ष्य केन्द्रीत काममा लागिरहन माक्र्सलाई जेनीकोे निरन्तर प्रेरणा रही नै रह्यो । सवै परिवेसलाई जेनीले सहजतापुर्वक स्विकार गर्दै जीवनप्रति गुनासोरहित यात्रा जारी राख्नुभयो । वाचेका तीनजना छोरी भने वेजोड तेज, बुद्धिमान, विवेकी र समझदार थिए । जसले जेनी परिवारलाई जीवनभर सन्तोष र गर्व महशुस गराइ रह्यो ।
एउटा अविचलित योद्धा
एउटा हुनेखाने परिवारमा जन्मिएर हुर्किएकी जेनीले “सुखमा नमात्तिनु र दुखमा नआत्तिनु” भन्ने भनाइलाई जीवनमा अनुभुती गर्नुभएको थियो । आफ्नो विवेकले चयन गरेको जीवनको यात्रामा आइपरेका हरेक अप्ठेराहरुलाई समझदारीपुर्वक सामना गर्ने आट र साहस जेनीले देखाउनु भयो । “चाहे जस्तो सुकै गरिवीले लखेटोस्, मेरो आफ्नो लक्ष्यतिर जानुछ र म आफुलाई वुर्जुवा पुजिवादी समाजको पैसा कमाउने मेसिन बनाउन दिन्न” भन्ने माक्र्सको प्रतिवद्धतालाई वास्तविकतामा बदल्न जेनी माक्र्सको यही आट, साहस,समर्पण र कर्मनिष्ठताले काम गरेको थियो ।
जीवनमा आइपरेका जस्तासुकै समस्यामा पनि जेनी आफु अविचलित रुपमा रहने मात्र होइन, माक्र्सलाई पनि विचलित हुन दिनु भएन । त्यसैले त भनिन्छ “जेनी नभएको भए सायद माक्र्स आज विश्वको अगाडि कार्ल माक्र्सका रुपमा चिनिने र (१०००–२०००ई) सहस्राब्दी सवैभन्दा चर्चित व्यक्तित्व” नहुन पनि सक्थे। सायद यसैले पनि भन्न थालिएको होला हरेक पुरुषलाई सफल बनाउन महिलाको धेरै हात हुन्छ ।
धेरै सफल पुरुषको सन्दर्भमा उठाइने यस प्रशंग महिलाको हकमा लागु हुन्छ कि हुदैन ? सवैका मन आउने कुरा हो । यसमा ढुक्कसंग भन्न सकिन्छ “आजसम्मको मानव विकासको इतिहासमा हरेक एउटा महिलालाई सफल बनाउन पनि अर्को महिलाको हात हुन्छ ।”यो कुरा जेनीको जीवनलाई हेरे पनि भनन सकिन्छ । जेनी जव पहिलो छोरीको जन्मपछि १८४४ मा आमालाई भेट्न जर्मनी जानु भयो, किसान परिवारमा जन्मिएर सानैेदेखि वेष्टफालेन परिवारको सहयोगीको रुपमा काम गर्दै आएकी हेलेन डेमुथलाई जेनीको आमाले छोरीको सहयोगीको रुपमा पठाइदिनुभयो । सन् १८४५ मा जेनीको परिवारमा जादा हेलेन २२ वर्षको हुनुहुन्थ्यो, जो त्यसपछि जीवनभर निस्वार्थ जेनीको परिवारमा सहयोगी भएर रहनुभयो । उहालाई जेनी परिवारमा “लेनचेन र निम” को नामले सम्बोधन गरिन्थ्थ्यो ।
सायद हेलेनको सहयोग नभएको भए आज जुन रुपमा जेनीको वारेमा हामी चर्चा गर्न पाइरहेका छौ, त्यो सम्भव हुने थिएन । किन की सात–सातजना बच्चाको हेरचाह र परिवारको अन्य कामको वोझले गर्दा जेनीले माक्र्सको राजनीतिक र दार्शनिक काममा सहयोग गर्ने समय नै पाउनु हुने थिएन । यसर्थ जेनीको सफल जीवनको पछाडी अर्को महिला हेलेनको हात रहेको कुरालाई सहजतापुर्वक स्विकार गर्नुपर्दछ । आज पनि दुनियाको धेरै भागमा पुरुषहरुले पारिवारिक जिम्मेवारी लिएर महिलालाई अगाडी बढाउने व्यवहार नगन्य मात्रामापाइन्छ । तर एउटा महिलाले अर्को महिलाले गर्ने कामको जिम्मा लिइदिएको अवस्थामा महिलाहरु सार्वजनिक जिम्मेवारीमा अव्वल र प्रतिष्पर्धी रुपमा अगाडी आएको घटना अनगिन्ती छ ।
यस सन्दर्भमा “हरेक सफल व्यक्तिको पछाडी अर्को महिला मानवको हात हुन्छ” भन्ने भनाइ बढी सान्दर्भिक हुनेछ । यही सत्यताले नै जेनीलाई आज विश्व सामु जेनीको रुपमा चर्चा योग्य रुपमा स्थापित गराउन सम्भव भयो ।
पुख्र्यौली सम्पत्तीले दिएको स्थायित्व
सन् १८५६ मा जेनीको आमाको मृत्यु भयो । आमाको मृत्युपछि दिदि–भाइ जेनी र एड्गोरको विचमा पुख्र्यौली सम्पत्तीको वाडफाड भयो । आफ्नो अंश भागमा पाएको पुख्र्यौली सम्पत्ती लिएर जेनी लण्डन फर्कनुभयो । यसपछि उहाहरुको जीवनमा थोरै परिवर्तन आयो । लण्डनमा सानो बगैचासहितको दुईतले घर लिएर बस्न थालेपछि जीवनमा केही स्थिरता आयो । त्यसपछि जीवनको अन्तिम घडीसम्म पनि उहाहरुले लण्डनमा नै विताउनु भयो । वगैचासहितको दुइतले घरमा बस्न थालेको सन्दर्भमा जेनीले ठट्टा गर्दै भन्नुभएको थियो रे “हामि विस्तारै पुजीवादी (वुर्जुवा) बन्ने वाटोमा जादैछौ ।”
भनिन्छ पुख्र्यौली सम्पत्तीले कसैलाई पुग्दैन । तर, जव मानिस समस्यामा रुमल्लिरहेको हुन्छ, स्थायित्वको थातथलोको व्यवस्था गर्न यो सहयोगी पनि बन्न सक्दो रहेछ । यसर्थ यो पुग–अपुगको विषयभन्दा पनि वरावरी अधिकारको रुपमा लिदा कहिले–काही समस्यामा ठुलै भरोसा हुदोे रहेछ । जेनी परिवारको जीवनमा यस घटनाले ठुलै फन्को लगाएको अनुभुत गर्न सकिन्छ ।
प्रभावाशाली व्यक्तित्व
पारिवारिक सम्बन्धका रुपमा लगभग एउटै परिवारको सदस्यका रुपमा रहेका र दर्शनको क्षेत्रमा संधै माक्र्सको साथमा रहेका फ्रेडेरिक एंगेल्स जेनीको पनि नजिकको मित्र हुनुहुन्थ्यो र उहाले नै वास्तवमा जेनीको वारेमा आधिकारिक रुपमा भन्न सक्ने हैसियत पनि राख्नुहुन्थ्यो । त्यही व्यक्तित्व फे्रडेरिक एंगेल्सले एउटा प्रसंगमा भनेका छन्– अर्काको खुशीमा नै आफ्नो खुशी देख्ने कुनै महिला कोही छन भने तीे जेनी माक्र्स हुन।” जेनीको जीवन आम रुपमा समकालिन रुपमा माक्र्ससंग निकट रहेर काम गर्ने सवैका लागि प्रभाव पार्ने व्यक्तित्वका रुपमा नै रह्यो ।
यसै सन्दर्भमा मेरी ग्याव्रियलले भन्नुभएकोछ “ महिलाको जीवन विना माक्र्स, माक्र्स हुने थिएनन् र माक्र्स विना दुनिया आज हामिले देखेको जस्तो पनि हुने थिएन ।” यो भनाइले पनि उहाहरुको व्यक्तित्व र प्रभावलाई बताउदछ ।
आज पनि हाम्रो समाजमा बाबु आमा हिडेको वाटोमा सन्तान खुशसिाथ हिडेको विरलै पाइन्छ । त्यसमा पनि त्यो भोकमरी, गरिवी र अभावमा हुर्किएका सन्तानले राजनीतिको त्यही वाटो पक्रने कुरा कमै कल्पना गर्न सकिन्छ । तर जेनीले आफ्ना जिउदा रहेका तिनै जना छोरीहरुलाई असल संस्कार र संस्कृति दिन सक्नुभयो । जसको कारण ठुलो भएपछि सवै नै समाजवादी विचारको समर्थक मात्र होइन, कट्टर अनुयायी र प्रचारक भएर देखा परे । जेठी छोरी जेनीले ठुलो भएपछि बाबुको लेखन कार्यको पाण्डुलिपी तयार गर्ने जिम्मेवारी नै लिनुभयो भने लाउरा जेनी उक्त कृतिहरुलाई फ्रेन्च र अंग्रेजी भाषामा उल्था गरेर प्रचार गर्ने काममा सक्रिय हुनु भयो । कान्छी छोरी जेनी जुलिया इलेनोर संगठन निर्माण र परिचालनको क्षेत्रमा बढी क्रियासिल रहनुभयो । यसरी “भौतिक दुख जति नै भए पनि अर्थ उपार्जन र पारिवारिक सुख–सुविधा प्राप्तीभन्दा सामाजिक परिवर्तनको काम महान हो” भन्ने कुरा सन्तानलाई सिकाउन सक्नु हरेक आमा बाबुका लागि महत्वपुर्ण दायित्व हो । र, त्यो काम जेनीको परिवारका हुन गयो । यसको जस स्वभाविक रुपमा बढी समय छोरीहरुसंग विताएको, उनीहरुको शिक्षा–दिक्षामा सहभागि भएको कारण पनि जेनी माक्र्समा जान्छ नै ।
जेनीको योगदान
कार्ल माक्र्स बुद्धिमा जति तिक्ष्ण थिए, दर्शनमा जति दुरदृष्टि राख्दथे र विश्लेषण र व्याख्यामा जति गहिराईमा पुग्दथे, उहाका अक्षर भने बुझि साध्यका थिएनन् । त्यसैले पनि माक्र्सका जति पनि लेख र कृतिहरु वाहिर आए, त्यसको पहिलो पाठकका रुपमा भने जेनी नै रहनु भयो । अधिकांश लेखनलाई सफा र सुन्दर अक्षरमा पाण्डुलीपी तयार गरेर पठन योग्य बनाउने काम जेनीले नै गर्नुभयो । पछिल्लो समयमा भने छोरी जेनी क्यारोलिनले बाबुको लेखनको पाण्डुलिपी तयार गर्ने काममा आमालाई पालो दिनुभएको थियो । जेनीका आमा–छोरीले माकर्सको लेखनको पाण्डुलिपी तयार गर्ने काममा त्यसरी सहयोग नगरी दिएको भए, सायद आज माक्र्सका भोलुमहरु संसारभरका श्रमजीवी वर्गले आफ्नो मार्ग सिद्धान्तका रुपमा उपलव्ध नहुन पनि सक्ने थियो । यसका लासग विश्व श्रमजीवी वर्ग जेनीप्रति आभारी हुनै पर्दछ ।
माक्र्सका तर्फवाट विश्व श्रमिक आन्दोलनको नेताहरुलाई पत्राचार गर्ने काम पनि जेनीले नै गर्नुहुन्थ्यो । गम्भिर विषयलाई पनि सहज र सरल भाषा र ठट्यौली समेत मिसाएर रसिक र पठन योग्य रुपमा अभिव्यक्त गर्न सक्ने खुवी जेनीसंग थियो, जसको माक्र्स संधै नै प्रशंसक रहे । जेनी विश्व श्रमिक आन्दोलनलाई नजिकवाट नियाल्नु हुन्थ्योे र त्यस्को विरुद्धमा कसैले औला उठायो भने लेख रचनाको माध्यमवाट समेत खण्डन गर्ने काम जेनी स्वयं गर्नुहुन्थ्यो । यसै प्रसङ्गमा कर्निनाण्ड मसालका विषयमा जेनी माक्र्सको मृृल्याङ्कन र विष्लेषण एकदमै चाख लाग्दो रहेको छ । उहाले एउटा पत्रमा यसैको एउटा उदाहरण हो अंग्रेज पत्रकार रोल्सटोनले रुसी क्रान्तिकारी साहित्य वारे १८७७ मे महिनामा लाञ्चनापुर्ण लेख छपाउदा, जेनीले त्यही पत्रिका मार्फत त्यसको खण्डनमा अर्को लेख छपाउनु भएको थियो । श्रमजीवी वर्गको क्रान्तिकारी गतिविधि विरुद्धको प्रहार उहाको लागि असैह््य हुन्थ्यो । तर, जेनीको आफ्नै नाममा स्वतन्त्र पहिचानसहितको कृतिहरु भ्ने खासै उपलव्ध छैनन् । त्यसैले जेनीको जीवन भनेको “अर्कालाई उज्यालो दिन चाहने वस्तुले आफै जल्न तयार हुनुपर्दछ” भन्ने भनाइलाई सार्थक बनाउदै जेनीले आफ्नो जीवनको सम्पुर्ण उर्जा माक्र्सको जीवनमा उज्यालो भर्नमा नै खर्च गर्नुभयो, जसमा उहाको खासै गुनासो पनि रहेन । जेनीको मृत्युपछि अन्त्येष्टिमा एंगेल्सको अभिव्यक्ती– “आफ्ना पतीको प्रारव्ध, श्रम र संघर्षमा जेनी सहभागि मात्र बन्नु भएन, बरु सचेत रुपमा उत्साहकासाथ सक्रियतापुर्वक भाग लिनुभयो” ले पनि यस कुरालाई थप पुष्टि पार्दछ ।” उहा अगाडी भन्नुभएको छ “यसबाट क. जेनीको राजनीतिक विश्लेषणको तीष्णता र परिस्थितिलाई दार्शनिक किसिमले अथ्र्याउन सक्ने कस्तो योग्यता थियो भन्ने पनि बुझ्न सकिन्छ ।” यहाँ भनिएको छ । जहाँसम्म उनका “लास्सियाली” सिद्धान्तहरुको सवाल छ ती सिद्धान्तहरुमा बिस वर्ष अघि कार्लवाट विकसित गरिएका सिद्धान्तहरुको सबभन्दा निर्लज्ज चोरी र उनको आफ्नै केही स्पष्ट प्रतिक्रियावादी कुराहरु थिए । फलस्वरुप ती सत्य र कल्पनाको एउटा अनौठो मिश्रण थियो । तापनि ती सवैवाट मजदुर वर्ग प्रभावित भयो ।
माथिका पंत्तिहरुमा रहेको जेनि माक्र्सको अनुभुती कति सशक्त एवं विवेक पुर्ण रहेको थियो भन्ने कुरा यसवाट पनि प्रष्ट हुन्छ । समकालिन समाजमा कम्यूनिष्टहरु र पूँजीपति वर्गका विचको संघर्ष कति तिव्र थियो ? पुँजीपति वर्गको सत्ताले कम्यूनिष्टहरुका विरुद्ध चालेका कदमहरु कतिसम्म घृणित थिए भन्ने विषयमा जेनी माक्र्सको राजनैतिक चेत कति उच्च कोटिको थियोे भन्ने कुरा उनले एडोम कल्सलाई लेखेका पत्रको निम्न अंशवाट अवगत हुन्छ । त्यस पत्रमा भनिएको थियो “यी सारा पुलिसका गाथा कथाहरुले जनताको अदालतको ध्यानलाई कम्युनिष्टहरुका विरुद्ध लगाईएका अभियोगहरुलाई अर्कै तर्पm मोड्रन चाहन्छन् र पूँजीपतिको भयानक लुटाहा प्रवृत्तिप्रति जनतामा जुन प्रकारको घृणा रहेकोछ, त्यसलाई पुलिसले गरेको ज्यादतीवाट पनि प्रष्ट हुन्छ । त्यसै कुराले पनि हामीलाई लागिरहेको छ –हाम्रा साथिहरुमाथि लगाईएको अभियोग झुट्टा प्रमाणित हुनेछ र उनिहरु अभियोग मुक्त हुने छन् । यो कुरा अहिल्यै पनि हामीले अनुमान गरिरहेका छौ । पैसा र हतियारहरुले सम्पन्न अधिकृत शक्तिका विरुद्ध चालिएको यो संघर्ष निश्चय पनि ज्यादै चाखलाग्दो छर यदि हामी यसमा विजय भएर निस्कियौ भने त्यसको गौरव त्यतिकै महान हुनेछ किनभने एकातिर पैसा शक्ति र सबैथोक छन् भने हामीसंग चिठी लेख्नका लागी कागज सम्म पनि छैन ।”
यी पंक्तिहरुमा उल्लेखित जेनी माक्र्सका भावनाहरुले समकालिन युगमा उहाँहरुले सञ्चालन गरेको विश्व कम्युनिष्ट आन्दोलनको मूल भावना र मर्मलाई आत्मसात गर्न पुगेको देखिन्छ ।
सौन्दर्यको प्रशंसामा विलाएको वौद्धिक तीक्ष्णता
उहाको जीवनका विभिन्न पाटाहरुको अध्ययन गर्दा जेनी असाध्यै तीक्ष्ण बुद्धी भएकी सुशिल, साहसी, समस्यासंग नआत्तिने र जस्तो सुकै अवस्थासंग पनि जुध्न सक्ने उत्कृष्ट महिला भएको अनुभुती गर्न सकिन्छ । तर, आम रुपमा उहाको सौन्दर्यको वारेमा हुने गरेको चर्चाले उहामा भएका ति आन्तरिक गुण र क्षमतालाई छायामा पारिदिएको भान हुन्छ ।
जेनीको सौन्दर्यको प्रशंसा गर्दै माक्र्सले समेत भनेका थिए “जसलाई सारा ट्रियरले स्वर्गकी अप्सरा जस्ती भनेर प्रशंसा गथ्र्यो, त्यस्ती महिलासंग विवाह हुनु एक प्रकारले सुखद भए पनि कताकता आश्चर्यजनक कुरा थियो ।” अर्को प्रसंगमा माक्र्सले भनेका छन् “संसारमा थुप्रै महिलाहरु छन र ति मध्ये कति त अति नै सुन्दरी हुन्छन् भन्ने कुरा निर्विवाद छ । तर, म अरुको अनुहारका ति रेखाहरु यस्ता छैनन्, जसको चाउरीले मेरा जीवनको उत्कृष्ट दिनहरुको सम्झना दिलाउछ ।” यी अभिव्यक्तिलाइ हेर्दा, जति नै महान व्यक्तित्व भए पनि महिलाप्रतिको पहिलो दृष्टिकोण भने रुपमा नै जादो रहेछ भन्ने कुरा नकार्न सकिन्न । जेनीको सौन्दर्यको जसरी वर्णन गरिएको छ, उहाको प्रतिभाको वारेमा कमै चर्चा गरेको पाइन्छ । यस पक्षलाई समकालिन विश्वले पनि आम रुपमा अनुभुत गर्दै सौन्दर्यको आधारमा महिला क्षमताको अवमुल्यनको संस्कृतिलाई सच्याउने तर्फ ध्यान दिनु जरुरीछ ।
आम रुपमा जेनीलाई एउटा छुट्टै व्यक्तित्वको रुपमा भन्दा माक्र्सको श्रीमती र सहयोगीको रुपमा बढी परिचित गराएको पाइन्छ । जसको सारा जीवन लेखन कार्यमा नै वित्यो, इतिहासले उनको आफ्नै कृति समेत सुरक्षित गर्न नसक्नु महिला क्षमताको अवमुल्यन हो, भन्दा सायद अत्युक्ति नहोला । “पुरुषलाई बृक्ष र महिलालाई लहरा” तथा “पुरुषलाई सुर्य र महिलालाई चन्द्रमा” को रुपमा प्रतिविम्वित गर्ने जुन संस्कार र संस्कृति छ, माक्र्स र जेनीको जीवन र व्यक्तित्वमा पनि यो झलक पाउन सकिन्छ, जुन आजको विश्वमा समेत कतिपय सन्दर्भमा देखा पर्दछ, लाई रुपान्तरण गर्नु जरुरीछ ।
जेनीको वारेमा श्रमिक आन्दोलनका अर्का एक नेता लिव्नेटले भनेका छन् – “माक्र्सकी श्रीमतीले पनि ममाथि झण्डै माक्र्सले जति नै प्रभाव पार्नुभएको थियो कि त्यस्तो सौम्य, शुसिल, बुद्धीमानी महिलालाई भेटे, जसले म जस्तो एक्लो व्यक्तिलाई एउटी आमा र दिदीले जस्तै व्यवहार गर्नुभयो ।” यसले देखाउछ महिलालाइ ममताको खानीका रुपमा मात्र हेरिन्छ । उनले पनि जेनीको काम र विद्धताको वारेमा खासै चर्चा गर्न आवश्यक ठानेन, जव की माक्र्सका अधिकांश लेख र रचनाहरुको पहिलो अध्यता, सुझावकर्ता र साफिकर्ता जेनी नै हुनुहुन्थ्यो ।
जेनीवाट लिन सकिने शिक्षा
इतिहासले जसरी उभ्याउने र परिचित गराउने प्रयत्न गरे पनि जेनीवाट सिक्ने कुराहरु पहिल्याउन गाहे छैन । मानिसलाई हर कदम देखा पर्ने समस्या हो आर्थिक अभाव । “यदि तिमि महान उद्देश्यमा लागेका छौ भने समस्यामा नरुमल्ल । हरेक समस्या समाधान वोकेर आएको हुन्छ” भने झै आर्थिक समस्याले पनि कुनै न कुनै समाधान वोकेर नै आएको हुन्छ, मात्र सुविधा सम्पन्न जीवनको अपेक्षालाई त्याग्न सक्नुपर्दछ । जेनीको जीवनवाट लिन सकिने यो सवैभन्दा महत्वपुर्ण शिक्षा हो भन्ने लाग्दछ ।
असाध्यै विश्वास गरिएको प्रतिवद्ध श्रीमतीप्रति एउटा विश्वासीलो र इमान्दार श्रीमानले गर्नै नसक्ने जुन गल्ती माक्र्सले गरे, त्यसलाई मानविय गल्तीको रुपमा जेनीले क्षमा गरिदिनु भयो । जतिसुकै गम्भिर गल्तीमा पनि मानिसलाई सुध्रनका लागि समय र वातावरण दिइयो भने सुधार हुन सक्छ भन्ने कुरा जेनीले आफ्नै जीवनलाई उदाहरणको रुपमा पेस गर्नुभयो । यस किसिमको महानता साह्ै न्युन व्यक्तिहरुमा मात्र हुन सक्दछ । यो पक्ष संधै सवैले सिक्न सक्ने÷हुने विषय नभए पनि यो महानता देखाउनु जेनीमा रहेको उच्च मानवीय गुणका रुपमा लिन सकिन्छ ।
परिवारको मानिस लागेको वाटोका कारण आइपर्ने अभाव र समस्याका समयमा गुनासो गर्नु र असहमती देखाउनु भन्दा समस्यालाई सामुहिक रुपमा ठिक ढंगवाट समाधान गर्ने वातावरण बनाइयो भने अभावको विचमा पनि सन्तानलाई असल वाटोमा लाग्न प्रेरित गर्न सकिन्छ र अभिभावकले अवलम्वन गरेको गोरटोमा आm्ना सन्तानलाई हिडाउन सकिन्छ भन्ने कुराको उदाहरण्को रुपमा पनि जेनी परिवारवाट लिन सकिन्छ । त्यो अभाव, र दुखमा हुकाइएका जेनीका तीनै सन्तान आमा–बाबुले कोरेको समाजवादी पथमा सगौरव लामबद्ध हुदै आफ्नो जीवनलाई सार्थक बनाउन तत्परताकासाथ लागि परे ।
मानवीय जीवनमा भौतिक सुख र दुख आउने जाने पाहुना हुन । मुल कुरा लक्ष्यप्रतिको लगाव र निरन्तर प्रयत्न भयो र त्यस सन्दर्भमा सिंगो परिवारको समझदारीपुर्ण बुझाइ भयो भने कस्तै समस्याले पनि हार खानुपर्छ । मानिसले जे विश्वास लिन्छ, जीवनमा त्यही किसिमको व्यवहार पनि गर्न सक्दा अनुयायीहरुको सहयोग र साथ निरन्तर पाइन्छ । समाज परिवर्तनको लागि अभियन्ताको लागि यो नै सवैभन्दा ठुलो कुरा हो । जेनी परिवारभित्र पटकपटक आक्रमण गर्ने गरिवी र अभावको हारले यही कुरा सिकाउदछ । र, माक्र्स परिवारलाई फ्रेडरिक एंगेल्सको निरन्तर र निस्वार्थ सहयोगले यही कुरालाई उजागर गर्दछ ।
जेनी–माक्र्सको जीवनकाे अन्त्य
जीवनमा आइपरेको धेरै हण्डर र ठक्करलाई जित्न सक्ने जेनीले कलेजोको क्यान्सरलाई भने जित्न सक्नुभएन । यही विमारको कारण लामो समय थला पर्नुभयो र अन्तत फोक्सोको निमोनिया समेतको कारण ६७ वर्षको उमेरमा उहाको डिसेम्वर २, १८८१ म लण्डनमा मृत्यु भयो ।
जीवन यात्राको ओराली उकालीहरुमा पारिवारिक मात्र होइन, राजनीतिक रुपमा समेत सवैभन्दा निकट साथिका रुपमा साथ दिने जेनीको मृत्युको समयमा माक्र्स आफै विरामी भइ ओछ्यान परेका कारण जेनीलाई अन्तिम श्रद्धान्जलीका लागि अन्त्येष्टीमा सहभागि हुन सक्नुभएन । उक्त अन्त्येष्टीमा सहभागि एंगेल्सले भनेका थिए – “आफ्नो श्रीमानको जीवन, श्रम र संघर्षमा जेनी सहभागि मात्र बन्नुभएन, त्यसमा सचेतन रुपमा ठुलो उत्साहकासाथ सक्रियतापुर्वक भाग लिनु भयो । जेनीमा आम महिलामा भन्दा फरक गुण, क्षमता, ममता र सहनसिलताको मात्रा अदम्य रहेको थियो ।” त्यस सभामा चर्चा गरिएको थियो ।
जेनीको मृत्युको समयमा नै विरामी रहेका माक्र्सको पनि १५ महिनापछि मार्च १४, १८८३ मा ब्रोंकाटिसको कारण मृत्यु भयो । जेनी–माक्र्स परिवारमा भएका सवै सुखदुखका साथी बनेकी हेलेन १८८३ मा माक्र्सको मृत्युपछि त्यस घरवाट विदा भइ १८९० मा आफ्नु जीवनको अन्त्य नहुन्जेल फ्रेडेरिक एंगेल्सको घरमा बस्नुभयो ।
सायद हेलेनको सहयोग नभएको भए जेनीले जे जती काम गरेर जसरी माक्र्सलाई सहयोग गर्ने समय निकाल्नु भयो, त्यो सम्भव हुने थिएन । र, जेनीको त्यो सहयोग नभएको भए माक्र्स आज सहस्राब्दी र शताव्दी पुरुषको रुपमा विश्वचर्चीत बन्ने थिएनन् । महान माक्र्स बन्नका लाग एउटा घरेलु सहयोगीको पनि प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा पर्याप्त योगदान छ भन्ने कुरालाई यहानेर कम आक्न सकिदैन ।
माक्र्स कै शव्दमा भन्ने हो भने हेलेन एकजना कुशल सांगठनिक र प्रशासनिक क्षमताले पुर्ण महिला हुनुहुन्थ्यो, जसले माक्र्सको परिवारलाई २२ वर्षको उमेरदेखि निस्वार्थ सेवा गर्नुभयो । जो, माक्र्स परिवारमा आउने सवै साथिहरुलाई तत्तत किसिमको सत्कार, सेवा र व्यवहार गर्न सक्नुहुन्थ्यो । हेलेनका कारण जेनीले घरायसी कामको जिम्मेवारीवाट छुट्कारा पाएकै कारण उहाले ढुक्कसंग माक्र्सको काममा सहयोग गर्न सक्नुभयो । आफुमा भएको बौद्धिकता, विवेक र चलाखीपनको सही सदुपयोग गर्न सक्नुभयो भन्नु जेनी र हेलेन दुवैको पक्षमा न्याय हुनेछ ।
कार्ल माक्र्सको निधन हुनुभन्दा झण्डै दुई महिना अगाडी जनवरी ११, १८८३ मा जेठी छोरी क्यारोलिन जेनीको पनि आमासयको क्यान्सरका कारण ३८ वर्षको उमेरमा नै मृत्यु हुन पुग्यो । कान्छी छोरी जेनी इलेनोरको प्रेमीले उनलाई पत्तै नदिइकन अर्को महिलासंग विवाह गरेको थाहा पाएपछि १८९८ मा ४३ वर्षको उमेरमा विष सेवक गरेर आत्महत्या भयो ।
माहिली छोरी लाउरा जेनी र उनको श्रीमान दुवै माक्र्सको कामको प्रशंसक, उल्थाकार र प्रचारक थिए । लामो समयसम्म यस काममा लागि परेको यो जोडीले पनि जीवनको उत्तरार्धमा १९११ मा आत्महत्या गरे ।
यसरी शुरुका दिनमा आर्थिक अभावमा सन्तानको मृत्युवाट पिरोलिन पुगेको जेनी–माक्र्सको परिवार पछिल्लो समयमा रोगका कारण आमा बाबुको मृत्युसंगै छोरीहरु पनि एकपछि अर्को गर्दै संसारवाट विदा भए । धन्न त्यो सवै दुखान्त जेनीले अनुभुत गर्न परेन ।
धमिलोभित्रै हराइरहेको प्रसंग
१८५१ अप्रिलमा जेनीको घरेलु सहयोगी हेलेनले छोरा जन्माइन । उक्त बच्चाको वाबु को हो ? भन्ने विषयमा कुरा गोप्य नै राखियो । समस्याको समाधानका लागि एंगेल्सले आफ्नो बच्चा भनेर स्विकार गरे र अर्कै परिवारमा लगेर लालनपालनको कामका लागि दिइयो । धेरैको विश्वास छ उक्त बच्चाको गैर–कानुनी बाबु माक्र्स नै हुन । जुन कुरा थाहा पाएर पनि फेरी गल्ती नदोहो¥याउने चेतावनीसहित यस घटनालाई मानवीय कमजोरीका रुपमा लिदै जेनीले माक्र्स र हेलेन दुवैलाई क्षमा गरिदिनुभयो । र, माक्र्सप्रतिको जुन व्यवहार र विश्वास थियो, त्यसमा कमी देखाउनु भएन । एउटा महिलाको लागि सायद यो भन्दा गाहे कुरा अरु नहुन सक्छ, तर जेनीले यसलाई व्यवहारमा नै देखाउनु भयो । र, माक्र्स परिवारमा आएको यस समस्या समाधानका लागि माक्र्सका अन्योन्य मित्र एंगेल्सले हेलेनको छोरालाई आफ्नो बच्चाको रुपमा नाम दिन तयार हुनुभयो ।
यदि त्यो वच्चा एंगेल्सकै थियो भने हेलेन र बच्चा एंगेल्ससंगै गएर वस्न सक्थे । तर त्यस्तो भएन । बच्चा अरु कसैको परिवारमा हुर्कियो र हेलेन पनि माक्र्स परिवार रहेसम्म त्यही परिवारमा नै रहनु भयो । यी सवै कुराले पनि बताउछ, त्यो समस्याको समाधानको व्यवस्थापन मात्र थियो । हेलेनको छोरा फ्रेडी पनि समाजवादी विचारको अनुयायी थिए । आमा त्यही रहेकोले माक्र्सको परिवारमा आउने जाने राम्रै सम्बन्ध भएको कारण फ्रेडी माक्र्सकी छोरी इलेनोरका मिल्ने साथि थिए । लामो समयको अन्तरलापछि मात्र आमा बाबु दुवैको मृत्यु पश्चात मात्र इलेनोर ले थाहा पाउनु भयो कि फ्रेडी उहाको दाइ पनि हुन सक्छन्, तर अन्तिमसम्म पनि यो कुरा कुहिरोभित्र हराएको काग झै अलमलमा नै रह्यो र रहि नै रहेकोछ ।
निष्कर्ष
आज २०१४ को सन्दर्भ पारेर जेनी माक्र्सको असल कर्महरुद्धारा विश्व कम्युनिष्ट आन्दोलन र सर्वहारा वर्गको उत्थानको अभियानमा परेको प्रभाव र योगदानहरुको चर्चा एवं स्मरण गरिरहेका छौ । समग्र जीवनको अध्ययन गर्दा जेनीको व्यक्तित्व दृढ, साहसी, क्षमताशील, सहनसिल, धैर्यवान, अविचलित, क्षमावान लगायतका गुणहरुको संगालोका रुपमा अनुभुत हुन्छ । यो कुरा उहाको घरेलु व्यवहार एवं कृतित्ववाट पनि वुझ्न सकिन्छ ।
१८५६ तिर कार्ल माक्र्सका परम मित्र जोसेफ वेड मेयरको पत्नीलाई लेखेको पत्रमा जेनीमाक्र्सले भन्नुभएको थियो –“तपाई प्रति अत्याधिक मैत्री पुर्ण संझना छ । यस कठिन समयमा साहसिलो हुनुहोस । संसार साहसीहरुको हो । आफ्नै पतिका लागी एउटा सच्चा र दह्रो आधार बन्नुहोस, शारिरिक र मानसिक रुपले फुर्तिलो बन्नुहोस् र आफ्ना प्यारा केटाकेटीहरुको सच्चा कमरेड बन्नुहोस् ।”
आफ्ना साथि संगतिहरुलाइ यसरी सुख दुःख मा लेखिएको पत्रले जेनी माक्र्सको सम्पूर्ण जीवन दर्शनलाई छर्लङ्ग पार्दछ । यसरी प्रस्तुत भएका विचारहरु उहाका कृतिहरुमा जताततै पाउन सकिन्छ । आजसम्म पनि कार्ल माक्र्सको व्यक्तित्व र कृतित्वले उहालाई सहस्राब्दी पुरुष बनायो त्यसमा जेनी माक्र्सको प्रचुर योगदान रहेको कुरा निर्विवाद छ । यस अवसरमा उहाको योगदानको स्मरण गर्दै एकपटक पुन हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छु ।
धन्यवाद
२०७१ पौष १६ गते, जेनी माक्र्सकाे िद्ध-शतवार्षिकी कार्यक्रममा प्रस्तुत कार्यपत्र