जेण्डर समानतामा आधारित समाज निर्माणका लागि आगामी संविधान र पार्टी निर्माणका सन्दर्भमा गरिनुपर्ने व्यवस्थाहरु
नेकपा एमाले को महिला सभासद र महिला केन्द्रीय सदस्यको बीचमा यही माघ २७-२९ २०६६ मा धुलिखेल माउण्टेन रिसोर्टमा आयोजित अन्तरकि्रयात्मक कार्यशालाको निष्कर्षको रुपमा निकालिएका सुझावहरु निम्न अनुसार रहेको छन् । जसमा ३० जना सभासद र ४ जना पोलिटव्युरोसहित ८ जना महिला केकसको सहभागिता रहेको थियो ।
नया संविधान निर्माणको सन्दर्भमा
भ्ााषिक प्रयोग
-
नया संविधानमा प्रयोग हुने भाषा जेण्डर दृष्टिकोणवाट सचेत र तटस्थ हुनुपर्दछ ।
पहिचान
-
महिला र पुरुषलाई समान वंशीय अधिकारको सुनिश्चितता हुनुपर्दछ ।
समानता
-
अंश बंश समान कामको समान पारिश्रमिक सेवा र सुविधा लगायतका कुरामा समानता हुनुपर्दछ ।
नागरिकता
-
नेपाली महिला र पुरुषसंग सम्बन्धित भएर प्रापत गरिने अंगिकृत नागरिकताको लागि राखिने प्रावधानको आधार समान हुनुपर्दछ ।
-
थप दायित्वका लागि थप प्रावधानका रुपमा महिलामा निहित रहेको प्रजनन दायित्वलाई थप सामािजक दायित्वका रुपमा स्विकार गर्दै बाबुले स्विकार नगरेका वा पहिचान दिन नचाहेका वा बाबु पहिचान हुन नसकेका नेपाली आमाका सन्तानले बंशजको नागरिकता प्राप्त गर्ने थप प्रावधानको व्यवस्था हुनुपर्दछ ।
-
वैवाहिक अंगिकृत नागरिकता पाउने व्यक्तिलाई नागरिकता नपाउन्जेलका लागि परिचयपत्रको व्यवस्था गरिनुपर्दछ ।
सहभागिता
-
राज्य संयन्त्रका सवै निकायमा महिलाको समावेसी आधारमा समानुपातिक सहभागिताको व्यवस्था हुनुपर्दछ
संविधानका विभिन्न भागमा उल्लेख गरिने निम्न अनुसारका निकायमा समावेसी सहभागिताको उल्लेख गरिनुपर्दछ । -
शासकीय स्वरुप – राजनीतिक दल र कार्यकारी संरचना संघिय प्रादेशिक र स्थानीय सरकार
-
व्यवस्थापकीय स्वरुष – जननिर्वाचित संस्था÷व्यवस्थापीका संघिय र प्रादेशिक व्यवस्थापिका तथा स्थानीय निकाय
-
न्यायपालिका -सर्वोच्च तथा उच्च अदालत र स्थानिय न्यायिक संयन्त्र
-
संवैधानिक निकाय र आयोगहरु – राष्ट्रिय महिला आयोग संवैधानिक हुनुपर्ने / अन्य आयोग र नियुक्तीमा समावेसी र समानुपातिक सहभागिता हुनुपर्ने
चक्र प्रणालीको व्यवस्था
-
राष्ट्र, कार्यकारी, व्यवस्थापीका, न्यायपालिका, संवैधानिक निकाय, राजनीतिक दल लगायतका सवै क्षेत्रका प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनुपर्दछ ।
-
प्रमुख पदमा एकपटक महिला र अर्कोपटक पुरुष हुने गरी चक्र प्रणालीको व्यवस्था गरिनुपर्दछ ।
निर्वाचन प्रणाली
-
मिश्रित निर्वाचन प्रणाली अन्तरगत प्रत्यक्ष र समानुपातिक दुवैमा महिला उम्मेदवार आधा-आधा हुनुपर्दछ ।
महिला विरुद्ध िहंसा
-
महिला विरुद्ध हुने कुनै पनि किसिमको िहंसालाई दण्डनीय र परिपुरणको व्यवस्था क्षतीपूर्ती गरिनुपर्दछ ।
बलात्कार मानव वेचविखन जस्ता जघन्य अपराधका अपराधिलाई जुनसुकै समयमा फेला परे पनि दण्ड सजाय गर्न सकिने र त्यस्ता अपराधीलाई राष्टप्रमुख वा अदालतले माफी दिन नसकिने व्यवस्था गरिनुपर्दछ ।
प्रजनन अधिकार
-
प्रजनन स्वास्थ्यको अधिकार हरेक नागरिकलाई हुनुपर्दछ ।
-
प्रजनन अधिकार महिलामा निहित हुनुपर्दछ ।
-
मातृत्व संरक्षण सम्बन्धि हक हरेक महिलालाई हुनुपर्दछ ।
घरायसी श्रमको गणना
-
घरायसी श्रममा परिवारका सवै सदस्यको सहभागितालाई प्रोत्साहन गर्नुकासाथै गणनाको व्यवस्था गरिनुपर्दछ ।
उत्पादनका साधनमाथि महिलाको स्वामित्व
उत्पादनका साधनमाथि महिलाको स्वामित्व स्थापित गर्न विशेष व्यवस्था गरिनुपर्दछ ।
पार्टी निर्माण महिला सहभागिता र नेतृत्व विकासका सन्दर्भमा
पार्टी निर्णयको कार्यान्वयनको अनुगमन कसरी र कस्ले गर्ने
-
अध्यक्षको प्रतिवेदनमा महिलासंग सरोकार राख्ने निर्णय कार्यान्वयनको वारेमा पनि उल्लेख हुनुपर्दछ ।
-
अनुगमन विभागमा आधा सदस्य महिला हुनुपर्दछ र यसलाई सकि्रय बनाउनु पर्दछ र निर्णय कार्यान्वयनको प्रतिवेदन आवधिक रुपमा सम्बधत कमिटिमा छलफल हुनुपर्दछ ।
-
मोर्चा संगठनमा पुरुष र महिला सहभागिता समान रुपमा हुनुपर्दछ र महिला फाटको कामको अनुगमन आफैले गर्नुपर्दछ ।
सदस्यता बृद्धीका लागि के गर्ने?
-
जनसंगठनका सदस्य मात्र पार्टी सदस्य हुन पाउने प्रावधान राखिएको सन्दर्भमा सवै जनसंगठनले आफ्नो क्षेत्रमा महिला सदस्य संख्याको लक्ष्य निर्धारण गरेर अभियान साचालन गर्नुपर्दछ।
-
पार्टी जिल्ला गाउ कमिटीहरुले समय किटान गरी निश्चित लक्ष्य निर्धारण गरी महिला सदस्य बृद्धीको योजनाबद्ध अभियान साचालन गर्न केन्द्रले निर्देशन गर्नुपर्दछ । योजना अनुसार काम गर्नेलाई पुरस्कार र कार्यान्वयन नगर्नेलाई कार्वाहीको व्यवस्था हुनुपर्दछ ।
महिला नेतृत्व विकासका लािग
-
तहगत रुपमा महिला केन्द्रीत राजनीतिक प्रशिक्षण साचालन गरिनुपर्दछ ।
-
नया प्रविधि र सीपमुलक तालिमहरु दिइनुपर्दछ ।
-
यस्ता कार्यक्रममा सवै जाती वर्ग र क्षेत्रका महिलाको प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्दछ ।
कामको समन्वय (युवा श्रमिक विद्यार्थी किसान जातीय र क्षेत्रीय मोर्चाका महिला बीच कामको समन्वय)
-
कामको समन्वय आ-आफ्नो क्षेत्रमा सम्बन्धित संस्था वा संयन्त्रले जिम्मा लिनुपर्दछ
-
अन्तरपार्टी महिला साजाल – राजनीतिक पार्टीका महिला नेताहर बीचको समन्वय गर्ने ।
-
महिला सभासद समुह – सभासद महिला बीचको कामको समन्वय गर्ने ।
-
अनेमसंघ – महिला संघहरु र जनसंगठनका महिला बीचको समन्वय गर्ने ।
-
गैससमहासंघ र एलाइन्स – नागरिक समाज अन्तरगतको कामको समन्वय गर्ने ।
-
पार्टीभित्र महिला फाट प्रमुखको अध्यक्षतामा कॆकस महिला वीच एउटा टिम÷विभाग बनाइ सवै जनसंगठन र मोर्चा संगठन बीचको कामको समन्वय र नेतृत्व विकास गर्ने कामको जिम्मेवारी दिनुपर्दछ ।
February 14, 2010