यो पुस्तक श्रमिक महिलालाई लक्षित गरेर तयार गरिएको अभियान सामग्री हो । महिलाको समान अधिकारको सम्बन्धमा संयुक्त राष्ट्र संघले पारित गरेको महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलनसम्बन्धी महासन्धि सिइडिएडव्लु श्रमिक महिलाको अधिकारसँग सम्बन्धित आइएलओका अधिसन्धिहरु र २०६२/६३ मा संचालित लालिगुराँस क्रान्तिमा नेपाली महिलाहरुको उत्साहजनक सहभागितापछि संसदले महिला अधिकारको सन्दर्भमा गरेको महत्वपूर्ण घोषणा र व्यवस्था सम्बन्धि विषयवस्तुलाई यस पुस्तकमा समावेस गरिएको छ ।