नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवशेन सम्पन्न भएको छ । नागरिक समानता र सामाजिक न्यायको नारासहित स्थापित गरिएको नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारको रुपमा स्थापित यो पार्टी विगत २२ वर्षदेखि लोकतान्त्रिक अभ्यासमा आफुलाई क्रमश खार्दै अगाडी बढेको छ । शताव्दिऔदेखि समाजको हरेक क्षेत्रमा घेरा वाहिर पारिएका महिला समुदायले माग गर्दै आएको सहभागिताको कुरा २०६१ मा तत्कालिन राजाले शक्ति आफ्नो हातमा लिएपछि त्यसका विरुद्ध आन्दोलन उठाउने क्रममा राजनीतिक क्षेत्रमा महिलाका विषयले थप प्राथमिकता पायो । २०६२ भदौ नेकपा एमालेको केन्द्रीय कमिटीले बंश, अंश, महिला हिंसा, एकतिहाइ महिला सहभागिताको विषय लगायत ८ वटा विषयलाई आफ्नो एजेण्डाको रुपमा औपचारिक रुपमा अनुमोदन ग¥यो । त्यसमध्येका महत्वपुर्ण चारवटा विषयलाई २०६२–६३ को आन्दोलनले पुनस्थापित संसदले सार्वजनिक महत्वको प्रस्तावका रुपमा पारित गर्दै राष्ट्रिय एजेण्डाको रुपमा स्विकार ग¥यो ।
यीनै पृष्टभुमीमा उभिएर नेकपा एमालेको आठौ महाधिवेशनवाट संशोधित विधानको धारा ६६ को उपधारा ४ मा पार्टी संरचनाका सवै निर्वाचित कमिटीमा एकतिहाइ महिला सहभागिता गराउने प्रतिवद्धतालाई स्पष्ट रुपमा उल्लेख ग¥यो । नवौ महाधिवेशनले यही वैधानिक व्यवस्थालाई निरन्तरता दियो । यसै गरी अंश र वंशमा समानताको कुरालाई राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नुका साथै महिला विरुद्ध हिंसा र सहभागिताको कुरा संगठनात्मक प्रस्तावमा समेत समावेस गर्नु सकारात्मक कुरा हो ।
नेपाली समाजमा विकराल बन्दै गएको महिला विरुद्ध हिंसा अन्त्यको लागि अनेमसंघले चलाउदै आएको अभियानलाई एमाले आवद्ध २० वटै जनसंगठनको सहमतीमा महाधिवेशन हलमा पेस हुनु र महाधिवेशन समापनको सन्दर्भमा यसलाई विशेष प्रस्तावको रुपमा पारित गर्दै देशव्यापी रुपमा सवै जनसंगठन र पार्टी पंक्ती क्रियासिल हुने घोषणा आफैमा महत्वपुर्ण रहेको छ । महिला विरुद्ध हिंसाको वारेमा नेकपा एमाले नै सवैभन्दा बढी संवेदनसिल बनेको कुरा विगत र वर्तमान दुवैले देखाएको छ । भविष्यमा यसको प्रभावकारी कार्यान्वयनको लागि केन्द्रीय अनुशासन आयोगले बढी ध्यान दिनै पर्दछ ।
महिला सहभागिता सर्वाधिक प्रतिक्षित विषय थियो । तर, यस विषयमा भने विधानमा गरिएको व्यवस्थालाई सम्मान गर्दै कार्यान्वयन गर्ने तर्फ भरखरै सम्पन्न नवौ महाधिवेशन पनि उचित ध्यान दिन सकेन । नवौ महाधिवेशनवाट निर्वाचित कमिटीमा प्रतिवद्धताभन्दा आधा मात्र महिला निर्वाचित भएका छन् । सिंगो संख्याको ४२ प्रतिशत आरक्षित कोटाको एकतिहाइ संख्या अर्थात २२ वटा कोटा महिला आरक्षित गरियो । त्यसमा ४४ जनाको उम्मेदवारी प¥यो भने वाकी अन्य समुदायका लागि आरक्षित गरिएका ६७ प्रतिशत कोटामा ५ जना मात्र महिलाको उम्मेदवारी प¥यो, जसमा ४ जना विजयी भए । त्यसै गरी १४ पदाधिकारीसहितको ५६ वटा खुल्ला सिटमा तीनजना महिलाको मात्र उम्मेदवारी प¥यो र सवै नै विजयी भएका छन् । भुगाेलवाट एकजनाकाे उम्यमेलवारी परेकाेमा पराजय हुन पुग्याे । यसरी हाल नया कमिटीमा आरक्षित सहित २९ जना महिला विजयी भएका छन्, जुन कुल संख्याको १८ प्रतिशत हुन आउदछ । एकतिहाइ महिलाका लागि उम्मेदवारी मात्र पनि ५३ पदमा हुनुपर्ने थियो । तर, ४४ जना आरक्षित र ९ अन्य गरी जम्मा ५३ जना महिलाको उम्मेदवारी प¥यो, जुन पदीय रुपमा ३१ वटा स्थानमा मात्र थियो ।
यसरी हेर्दा सवै महिला उम्मेदवार विजयी हुदा पनि १९.५ प्रतिशत मात्र महिला निर्वाचित हुने अवस्था रह्यो जव कि सदस्यमा १८ र महाधिवेशन प्रतिनिधिमा २१ प्रतिशत भन्दा बढी महिला थिए । यसरी निर्वाचित महिला संख्या प्रतिवद्धताभन्दा कम मात्र होइन, सदस्य संख्या र प्रतिनिधिको अनुपातभन्दा पनि कम रहन गयो । जव कि आठौ महाधिवेशनमा १२ प्रतिशत सदस्य र १७ प्रतिशत प्रतिनिधि हुदा १८ प्रतिशत महिला केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए । महिलाहरु निर्वाचित नभएका मात्र होइनन् आफैले माग गरे अनुसारको एकतिहाइ उम्मेदवारी दिने क्रममा नै चुके वा चुकाइयो । यो विषय सिंगो महिला आन्दोलनकासाथै पार्टीको नेतृत्व पंक्तीका लागि पनि समिक्षाको विषय बन्नु जरुरी छ ।
माथिको नतिजा आउनुका पछाडी रहेको कारणको खोजी र विश्लेषण गर्दा दुवै पक्षवाट गरिनुपर्दछ । महिला पक्षवाट विश्लेषण गर्दा उनीहरुमा अझै पनि आफुलाई पुरुष समान प्रतिष्पर्दीका रुपमा उभ्याउने मानसिकताको विकास भएको रहेन छ भन्ने कुरालाई मनन गर्नु जरुरीछ । विद्यार्थी आन्दोलनको चर्चित नेतादेखि दशकौसम्म महिला आन्दोलनको केन्द्र भागमा रहेर पटक÷पटक मन्त्री, सांसद÷सभासद र पार्टी केन्द्रमासमेत रहेर काम गरिसकेका महिला नेतासमेत महिला आरक्षित कोटामा सुरक्षित उम्मेदवारीमा खुम्चने प्रबृत्तीवाट यो महाधिवेशन पनि मुक्त हुन सकेन । यस अभ्यासवाट स्विकार गर्नै पर्दछ हाम्रो मुलुकको महिला नेतृत्व अझै आटमा दरिलो र मैदानमा भरिलो भैसकेको रहेनछ । आफ्नै आन्दोलनले स्थापित गरेको माग र आवश्यकतालाई पुरा गर्न नेपाली महिला आन्दोलनले यो अवस्थामा परिवर्तन गर्नै पर्दछ । यसको लागि अव पुरुष नेतृत्वको आलोचना गर्ने मात्र भन्दा पनि रणनीतिक योजनाकासाथ महिलाहरुले आर्थिक, राजनीतिक र सामाजिक रुपमा मात्र होइन, मानसिक र मनौवैज्ञानिक रुपमा समेत समान हैसियतको नागरिक अनुभुती गर्न सक्ने र सिंगो पार्टी र समाजलाई नेतृत्व गर्न सक्छौ भन्ने भावनाको विकास गर्नै पर्दछ ।
यसको लागि निर्वाचनको समयमा महिलाको खोजी गर्ने मात्र भन्दा पनि भविष्यमुखी भएर राजनीतिक र वैचारिक स्पष्टताकासाथ आत्मविश्वासी र प्रतिवद्ध महिला अभियन्ता तयार गर्ने काममा निरन्तर प्रयत्न गर्नै पर्दछ । परिवेसको अर्को पाटोतिर हेर्दा आन्दोलन अझै जेण्डर सचेत हुन सकेको छैन । शिर्ष नेतृत्व नै महिला क्षमताप्रति ढुक्क छैन । महिलालाई आफुजस्तै पुरुषको समकक्षमा देख्न सक्दैन । र, नेतृत्व चयनको कुरा गर्दा उनीहरुमा प्रतिष्पर्दी मानसिकता उकास्न सहयोग गर्नुको वदला उल्टै हतोत्साहित गर्ने व्यवहार र अभिव्यक्तीवाट मुक्त छैन । सकेसम्म महिलाहरु खुल्ला मैदानमा नआइदिए पुरुष समुदायका लागि मैदानमा फराकिलो बन्ने र एकांकी ढंगले प्रतिष्पर्दा गर्न पाउने कुत्सित भावनावाट मुक्त छैन । यस पक्षमा पुरुष मानसिकता बदलिनै पर्दछ ।
निर्णयकर्ताको रुपमा रहने जोकोहीले नेतृत्व चयनको समयमा मात्र संख्या र क्षमताको कुरा उठाउने भन्दा पनि किटानी लक्ष्यकासाथ सिमान्तकृत पारिएका र बहुसंख्यामा रहेर पनि पुरुषप्रधान मानसिकताका कारण शिर ठाडो पारेर तर्क र तथ्यका आधारमा प्रभावकारी रुपमा प्रस्तुत हुन र हरेक चुनौतीलाई सामना गर्न सक्ने अवस्थामा नपुगी सकेको महिला समुदायवाट समावेसी आधारमा नै पार्टी र समाज रुपान्तरणको लागि आवश्यक जनशक्तिकोे विकासमा ध्यान दिनै पर्दछ । महिला र पुरुष हरेक क्षेत्रका सहयात्री हुन र सवै मैदानमा समान रुपमा सहभागि हुनु नै सुन्दर र समृद्ध समाजको आधार हो भन्ने कुरा सिंगो पुरुष समुदायले पनि आत्मसात गर्दै महिला नेतृत्व विकासमा प्रोत्साहित गर्ने कामलाई सवैको दायित्वको रुपमा लिनु पर्दछ ।
जनताको बहुदलिय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको नेकपा एमालेका सवै नेता कार्यकर्ताले “सामाजिक सांस्कृतिक रुपान्तरणको सन्दर्भमा समान नागरिक अधिकार र मर्यादा” अनि नेतृत्व विकासको सन्दर्भमा “पहलकदमी र प्रतिष्पर्दावाट श्रेष्टता” हासिल गर्ने कुरालाई आत्मसात गर्दै व्यवहारमा उतार्न लाग्नु जरुरी छ । अन्यथा जननेता मदन भण्डारीले “कुराले च्युरा भिज्दैन” भन्नुभए झै कुरा ठुला र दस्तावेज सुन्दर बनाएर मात्र समाजमा समानता र समृद्धी आफै आउने छैन ।
http://www.ekantipur.com/np/2071/4/2/full-story/392508.html