घरपरिवारको हेरचाहका सवै आयामहरु जस्तो सरसफाइ गर्ने, खाना बनाउने, कपडा धुने, बालबालिका, बृद्ध र अशक्तको हेरचाह गर्ने बगैचा बनाउनेदेखि नीजि सवारी चालक र नीजी घरको सुरक्षा गार्डसम्मको कामलाई आइएलओको घरलु श्रम सम्बन्धि अभिसन्धिले घरेलु श्रमको परिभाषाभित्र समेटेको छ । यस किसिमको श्रमको अनुपस्थितिमा कुनै पनि मानिसले हैसियत अनुसार शान्त, मर्यादित, सम्मानीत र ढुक्कको जीवन जिउन सक्दैन । यसैले पनि घरेलु श्रमलाई मानव जीवनको आधार भन्न सकिन्छ ।
आज दुनियमा यस किसिमको श्रममा संलग्न श्रमिकको संख्या दश करोडको हाराहारीमा रहेको अनुमान गरिन्छ । जसमध्ये ८२ प्रतिशत महिला छन् । यसमध्ये पनि ठुलो अंश प्रवासी र बालश्रमका रुपमा समेत कार्यरत रहेका छन् । यति महत्वपुर्ण र फराकिलो रहेको यस क्षेत्रको श्रम अझै सम्मानीत बन्नुको बदला सवैभन्दा अवहेलित, शोषित, मुल्यविहिन र पहिचानविहिन रुपमा रहेको छ । कतिपय मुलुकमा अझै पनि यस किसिमको श्रमलाई श्रमको परिभाषाभित्रसमेत समेटिएको छैन । धेरै देशमा घरेलु श्रमलाई कानुन र सामाजिक सुरक्षाको दायरामा ल्याइएको छैन । श्रमिकको अधिकारको लागि क्रियासिल कतिपय टेड युनियनले समेत यस क्षेत्रका श्रमिकलाई आफ्नो कार्यक्षेत्रभित्र पार्ने उनिहरुको आवाजको प्रतिनिधित्व गर्न सकिरहेका छैनन । जसका कारण आज पनि यो क्षेत्रमा सवैभन्दा बढी शोषण, दुरव्यवहार, दुरुत्साहन, हिंसा, अन्याय र अत्याचार कायम छ । तरै पनि ती श्रमिकहरु आवाजविहिन अवस्थामा रहन बाध्य छन् ।
राज्यले बनाएको कानुनले यसलाई छुदैन । श्रमिकको हक अधिकारको लागि खडा गरिएको युनियनले यसलाई समेट्दैन । सार्वजनिक चासोको विषयमा काम गर्न बनेका एकाध संस्थवाहेक चर्चामा आउन पाइने र सहज रुपमा कार्यक्रम संचालन गर्न पनउने क्षेत्रभन्दा टाढा जान चाहदैनन् । आम रुपमा भन्दा सामाजिक विषयमा काम गर्न बनेको विभिन्न सञ्जालहरु अर्काको नीजी दायरामा छिर्न चाहदैनन् ।
शहरीकरणसंगै फैलदो अवस्थामा रहेको यस क्षेत्रको असमस्याका वारेमा सहनै नसक्ने दुरव्यवहारको कारण वाहिर आएका घटना वाहेक आम रुपमा यस्ता श्रमिकको आवाज बन्न आज कसैले सकिरहेको अवस्था छैन ।
घरेलु श्रम सम्बन्धि आइएलओको अभिसन्धि
अमानवीयताको यही भयावह अवस्थालाई दृष्टिगत गर्दै अन्तराष्टिय टे«ड युनियन आन्दोलन र अधिकारकर्मीेको लामो प्रयत्न पछि गत वर्ष २०११ जुनमा सम्पन्न आइएलओको १००औं महासभावाट घरेलु श्रम सम्बन्धि अभिसन्धि नंं १८९ र सिफारिस नं. २०१ सर्वसम्मत पारित भएको छ ।
यस अभिसन्धिले मुलत घरेलु श्रमलाई रोजगारीको रुपमा परिभाषित गर्दै यस क्षेत्रलाई मर्यादित र उचित श्रम अभ्यासको दायरामा ल्याउनु पर्ने कुराको सुनिश्चितता गरेको छ । त्यसै गरी श्रमिकको आधारभुत अधिकारको रुपमा रहेको ट्रेड युनियन गठन, सामुहिक सौदावाजी, कामको अवसर र व्यवहार, अनि र सेवा सुविधामा समानता, बालश्रमको अन्त्य र जवरजस्ती श्रम तथा दासतापुर्ण श्रमको अन्त्य लगायतका अधिकार घरेलु श्रमिकले पनि पाउनु पर्ने कुरा यस अभिसन्धिले सुनिश्चित गरेको छ ।
अभिसन्धिमा श्रमिकले काम गरेको परिचयपत्रका साथै कामको कार्यघण्टा, पारिश्रमिक, साप्ताहिक र वार्षिक विदाको व्यवस्था, स्वास्थ्य र सुरक्षा सम्बन्धि व्यवस्था गरिनुकासाथै उनिहरुलाई श्रम कानुनको दायरामा ल्याइ सामाजिक सुरक्षाको समेत सुनिश्चितता गरिनुपर्ने विषय उल्लेख छ ।
नितान्त नीजी कार्यथलोमा काम गर्नुपर्ने भएको कारण आवासिय श्रमिकको लागि सुरक्षित र स्वस्थकर आवास, खाना, कपडाको व्यवस्थाकासाथै कुनै कारणवस हिंसा, दुरव्यवहार वा दुरुत्साहन लगायतको व्यवहार भएमा त्यसको न्यायिक उपचार र क्षतिपुर्तीको समेत उल्लेख गरिएको यस दस्तावेजमा महिला श्रमिकमाथि हुन सक्ने यौन हिंसा वा दुरुत्साहन विरुद्धको व्यवस्था र मातृत्व संरक्षणको प्रावधान समेत समावेस गरिएको छ ।
अभियान १२ बाइ १२
आइएलओमा अभिसन्धि पारित भएपछि यसको पक्षमा रहेका राष्ट्रहरुले एक वर्षभित्र आफ्नो संसदलाई जानकारी गराइ सक्नुपर्दछ । त्यसपछि पनि सम्बन्धित मुलुतले संसद मार्फत यसको अनुमोदन गरी कानुनमा प्रतिविम्वित गरेर कार्वाहीमा ल्याएपछि मात्र यसको व्यवहारत कार्यान्वयन भएको मानिन्छ ।
यस कुरालाई मध्यनजर गर्दै अन्तरराष्टिय ट्रेड युनियन महासंघ (आइटियुसी), युरोपेली टे«ड युनियन महासंघ, इन्टरनेसनल डोमेष्टिक वर्कर्स नेटवर्क लगायत केही श्रमअधिकारसंग सम्बन्धित रहेर क्रियासिल संस्थाहरुको संयुक्त तत्वावधानमा सन २०१२ भित्र कम्तिमा पनि १२ वटा मुलुकमा घरेलु श्रमिकको युनियन स्थापना गराउने, सदस्य संख्या १२ हजार पु¥याउने र १२ वटा राष्ट्रमा यसलाई अनुमोदन गराई कार्यान्वयनमा ल्याउने लक्ष्यकासाथ १२ बाइ १२ को अभियानको थालनी गरिएको छ ।
घरेलु श्रमिकको निश्चित कार्यघण्टा, साप्ताहिक विदा र पारिश्रमिकको मागसहित डिसेम्वर २९, २०११ का दिन विश्वका थुप्रै मुलुकमा एकैपटक प्रदर्शनी गरेर थालनी गरिएको यस अभियान अहिले विश्वभर फैलदो अवस्थामा छ । विगत तिन महिनाको अवभिमा आइटियुसीसंग आवद्ध ३६३ सदस्यहरुमध्ये ८१ मुलुकका ९० भन्दा बढी सदस्य युनियन यस अभियानमा क्रियासिल छन् भने वर्षको अन्तसम्म सिंगो आवद्ध सदस्य संख्याको पचास प्रतिशत संलग्न हुने अपेक्षा गरिएको छ ।
हाम्रो सन्दर्भमा कुरा गर्दा नेपाल टे«ड युनियन महासंघ (निफण्ट)को सदस्य युनियन नेपाल स्वतन्त्र घरेलु श्रमिक युनियन शुरुदेखि नै यस अभियानमा क्रियासिल रहदै आएको छ ।
घरेलु श्रमिक सम्बन्धि अभिसन्धि अनुमोदन गर्ने पहिलो देश उरुग्वे भएको छ । फिलिपिन्सले अनुमोदमको लागि संसदमा पेस गरेको छ । इण्डोनेसिया, भारत, ब्राजिल, दक्षिण अफ्रिका, केन्या, युरोपियन युनियन लगायतका मुलुकमा यस अभिसन्धि अनुमोदनको प्रक्रिया अगाडी बढाउने वारेमा अभियान तिव्र बनाइएको छ।
अधिकांश घरेलु श्रमिकहरु प्रवाशी रहेका र दुनियाकै अगाडी सवैभन्दा बढी समस्याग्रस्त मुलुकको रुपमा पहिचान बनाउदै गरेको साउदी अरेवियामाथि पनि यो अभिसन्धि अनुमोदनको लागि अन्तरराष्ट्रिय दवाव तिव्र रुपमा बढ्दै गएको छ । आइटियुसीको भनाइ अनुसार यस वर्षको अन्तसम्ममा लक्ष्यभन्दा बढी मुलुकले यसलाई अनुमोदन गर्नेछन् ।
हामी के गर्दैछौ ?
हरेक वर्ष जुनमा हुने आइएलओको महासम्मेलनमा गएर आइसकेपछि यदि कुनै अभिसन्धि बनेको छ र त्यसमा सहमती दिइएको छ भने, त्यसको जानकारी संसदलाई गराउने काम सामान्य नियम नै हो । तर नेपाल सरकारले सन् १९९६ भन्दा पछाडी बनेका झण्डै एक दर्जन अभिसन्धिमा सहमती दिए पनि अधिकांश अभिसन्धिको वारेमा आजसम्म संसदलाई औपचारिक जानकारी गराएको छैन । यो अभिसन्धिको अवस्था पनि हालसम्म त्यही छ ।
हाम्रो देशमा लाखौको संख्यामा घरेलु श्रमिक रहेको तथ्य सार्वजनिक भइरहेको छ । तर पनि यसलाई विद्यमान श्रम कानुनले रोजगारीको परिभाषाभित्र समेट्न सकेको छैन । भला गतसाल संदसमा पेस भएको देवानी संहितामा यसलाई समावेस गरिएको थियो । तर, संसदको विघटनसंगै यो पनि वेवारिसे बनेको छ । विगत पाच वर्षदेखि घरेलु श्रमिकहरु आफ्नो छुट्टै युनियन बनाएर जिफण्टको छातामुनी संगठित हुने र यसलाई देशव्यापी रुपमा विस्तार गर्ने अभियानमा छ ।
तर दुई कारणले गर्दा अझै पनि यस युनियनको कामको दायरा फैलन सकिरहेको छैन । पहिलो, यस क्षेत्रको काम अझै पनि श्रमको परिभाषाभित्र नपर्दा र समाजमा विद्यमान सामन्तवादी दृष्टिकोण र व्यवहारका कारण नोकर (वा दास) को रुपमा हेरिने वा घरेलु श्रमिक भनेर चिनाउदा समाजमा अझै हेपिइने हो की (?) भन्ने मनोवैज्ञानिक त्रासका कारण कतिपय वयस्क र अल्पकालिन रुपमा काम गर्ने श्रमिकहरु खुल्न चाहदैनन् ।
दोस्रो, नितान्त नीजी रुपमा काम गर्र्नुपर्ने र विदाको अभावमा पुर्णकालिन र आवासिय श्रमिकहरु घरवाट निस्कन पाउदैनन । जसका कारण संगठनको वारेमा थाहा पाएका र संगठित हुने इच्छा भएकाहरु पनि सम्पर्कमा आउने, संगठित हुने र संगठन विस्तार गर्ने र संगठित रुपमा सशक्त आवाज उठाउने काममा कठिनाइ भोगिरहेका छन् ।
आज विदेशमा काम गर्न जाने महिलाको समेत ठुलो संख्या घरेलु श्रमिकको छ । सवैभन्दा ठुलो समस्या पनि त्यही छ । साउदीमा मात्र ८३ लाख प्रवाशी श्रमिकमध्ये १५ लाख घरेलु महिला श्रमिक रहेको बताइन्छ । यो संख्यालाई आधार मान्ने हो भने मध्यपुर्वी एसियामा झण्डै १८ प्रतिशत प्रवाशी श्रमिक घरेलु काममा क्रियासिल छन् । मलेसिया, हंगकंग, जापान, ताइवान, इजरायल लगायत अन्य विकसित वा विकाससिल भनिने मुलुकहरुमा जाने बहुसंख्यक प्रवाशी घरेलु श्रमिक रहेका छन् ।
हाम्रै देशको कुरा गर्ने हो भने आज झण्डै १३ प्रतिशत महिला वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये हरेक १० जनामा ९ जना घरेलु श्रमका लािग गएको अनुमान गरिन्छ भने थुप्रै पुरुषहरु नीजी सुरक्षाकर्मी र गाडी चालकको रुपमा गएका छन् । कामको पहिचानको आधारमा उनीहरु पनि यही क्याटेगोरीमा पर्दछन् ।
यसरी हेर्दा देशभित्र सवैभन्दा पिधमा परेको । प्रवाश पनि कानुनले समेट्न नसकेको तर हरेक व्यक्तिको जीवनको खम्वाको रुपमा रहेको यस श्रमलाई मर्यादित बनाउन र प्रवाशी श्रमिकको अधिकार रक्षाका लागि सम्बन्धित मुलुकलाई समेत नैतिक दवाव सिर्जना गर्नका लागि यो अधिसन्धि पारित गर्न आवश्यक छ ।
त्यसैगरी हाल संशोधनको प्रक्रियामा रहेका श्रम सम्बन्धि कानुन पारित गर्ने सन्दर्भमा घरेलु श्रमको क्षेत्रलाई उचित रुपमा समावेस गरिनुपर्दछ । यसका लागि खास गरी श्रम आन्दोलनको नेतृत्वले उचित ध्यान दिनु आवश्यक छ । त्यस्तै मुलुक वाहिर काम गर्दै रहेका लाखौ श्रमिकको प्रवाशी श्रम सम्बन्धि सम्झौता गर्ने क्रममा समेत यसमा अन्तरनिहित विषयलाई समावेस गराउने सन्दर्भमा ध्यान दिनु जरुरी छ ।
यसो भयो भने मात्र राज्यको नीति, निर्णय र कानुन फेरी पनि वोल्न सक्ने र टेवल ठोक्ने हैसियत राख्नेको पक्षमा मात्र होइन आवाजविहिन अवस्थामा रहेका वर्गको पक्षमा पनि हुने गरी सांस्कृतिक रुपान्तरणमा इटा थपिने छ । र, २०६२—६३ को जनआन्दोलनको मोर्चामा बाटाभरी छरिएका ति हवाइ चप्पलहरु समेत सम्मानीत हुन थालेको अनुभुती गर्न सकिनेछ ।
असार १७, २०६९