२०४६ सालको जनआन्दोलनबाट प्राप्त प्रजातन्त्र र जनअधिकारमाथि राजाले २०५८ साल असोज १८ गते धावा बोलेपछि जनता राजदरवारतर्फ औंला ठड्याउदै आफ्नो अधिकार रक्षाका लागि मैदानमा उत्रिए ।

शुरुका दिनहरुमा आन्दोलन राजनीतिक पार्टीहरुबाट भए पनि यसको उत्कर्षमा राजनीतिक कर्मीकासाथै पत्रकार नागरिक समाज पेशाकर्मी र समाजका सवै क्षेत्र र तहका जनसमुदायहरु बहुदलीय प्रजातन्त्र र जनअधिकारको वहालीको मागसहित आफ्नो पेशागत र क्षेत्रगत पहिचानसहित आन्दोलनको मैदानमा उत्रिएका छन् । यस क्रममा अन्तिम चरणमा मैदानमा उत्रनॆ जमात भनेको निजामती कर्मचारी रह्यो जो आफ्नो पेशालाई हत्केलामा राखेर गत बैशाख २९ र ३० गतेवाट आम हड्तालको दिनबाट मैदानमा आए । राष्ट्रमा राजनीतिक सरकार नभइरहेको अवस्थामा स्थायी सरकारको रुपमा चिनिने कर्मचारी प्रशासन पनि प्रजातान्त्रिक लडाइको मैदानमा हुनुले िसंगो राज्यको राजाको एक्लो मनोकांक्षामा चलिरहेको कुरा छल्र्ल¨ै छ । र दैनिक रुपमा टेलिभिजनको पर्दामा देखाइने ूराजाको बहुँदलिय प्रजातन्त्रप्रतिको प्रतिबद्धता नेपाली जनताको बीचमा राम्रो किस्सा बनेको छ ।

शिक्षामा महिलाको सहभागिताले सामाजिक विकास र चेतनाको अवस्थालाई अनुमान गर्न सकिन्छ भने झै जनअधिकार बहालीको आन्दोलनमा महिला सहभागिताले समाजको राजनीतिक चेतनाको अवस्थालाई आङ्कलन गर्न सकिन्छ । यस पटकको आन्दोलनमा महिला सहभागिताको अवस्था र निरन्तरताको पक्षलाई हेर्दा विगत १२ वर्षमा राजनीतिक रुपमा महिलाहरु फड्को मारेर अगाडि बढेका रहेछन् भन्ने कुरालाई सहजै अनुभूत गर्न सकिन्छ ।

२०६० बैशाख २१ गते बाट जनअधिकार पुनर्बहालीको लागि शुरु भएको जनआन्दोलनमा महिला सहभागिता उल्लेखनीय रहँदै आएको छ । अझै २०६० चैत्र १९ गतेबाट नयाँ सिराबाट अगाडि बढेको आन्दोलनको अग्रपंक्तिमा प्रेरणादायी भूमिका निर्वाह गर्ने छाँयादेवी पराजुली लगायत दैनिक रुपमा सैयौंको संख्यामा आन्दॊलनको मोर्चामा उत्रने महिलाहरुको रामैै्र जमात रहेको छ । यो महिलाहरुको पंक्ति मूलतः राजनीतिक कर्मीहरु नै हुन् । उनीहरुको यो सहभागिताको आधार राजनीतिक आस्था र राजनीतिक पार्टी नै हुन् भन्नेमा दुई मत छैन । विगत १२ वर्षको अवधिमा राजनीतिक पार्टीहरुलाई जसले जति दोष दिए पनि प्रहरीको बर्बर दमनका वावजुद पनि निरन्तर रुपमा मैदानमा उत्रने महिलाको यो पंक्ति तयार हुनुको जस राजनीतिक पार्टीहरुलाई दिनै पर्छ ।

यसमा संख्यात्मक रुपमा अझै पनि सन्तोष गर्ने ठाउँ छैन तर जति सहभागि बनेका छन् उनीहरुमा निरन्तरता छ उत्साह र जनताको जित हुने कुरामा विश्वास छ । यो नै दीर्घकालीन रुपमा महिला नेतृत्व विकास र स्थायित्वका लागि देखा परेको उत्साहजनक पक्ष हो । मानिसलाई राजनीतिक चेतना र प्रतिबद्धताले मात्र स्वाभिमानीपूर्वक अगाडि बढ्न पे्ररित गर्छ भन्ने कुरा यस आन्दोलनमा रहेको महिला राजनीतिक कर्मीहरुको सहभागिताले देखाएको छ ।

विद्यार्थी र युवाहरु आन्दोलनको मैदानमा निरन्तर देखिने शक्ति रहे । विषयको उठान र आन्दोनलको निरन्तरतामा विद्यार्थीको भूमिका अतुलनीय नै रह्यो । यस समुदायमा पनि महिलाहरुको निरन्तर सहभागिताको अवस्था उल्लेखनीय नै रहँदै आएको छ । द¨ा क्षेत्र घोषणाको अवधिभर पद्मकन्या कलेज अगाडि पुगेपछि प्रहरीहरु त्यत्तिकै पनि आत्तिने अवस्थामा रहिरह्यो । यति हुँदाहुँदै पनि िस¨ाे सामाजिक रुपान्तरणको निरन्तर आन्दोलन र भोलिको नेतृत्व विकासको उर्वर भूमिको रुपमा समेत रहेको यो विद्यार्थी र युवा समुदायमा महिला सहभागिता अझै सवल र सशक्त बनाउने पक्षमा योजनाबद्ध रुपमा लाग्नु पर्ने आवश्यकता भने छँदै छ ।

पेशागत क्षेत्रको कुरा गर्दा अध्यापनको क्षेत्रमा तुलनात्मक रुपमा महिलाको सहभागिता राम्रो छ र उनीहरु पढेलेखेका मानिस पनि हुन् । पेशाको हिसावले पनि यस क्षेत्रमा महिला सहभागिता शुरु देखि राम्रो रहँदै आएको छ भने संगठन साचालनको हिसाबले पनि यो पुरानो क्षेत्रमा पर्दछ । तर पनि यस क्षेत्रबाट आन्दोलनमा महिला सहभागिता उत्साहजनक रहन सकेन । आफ्नो सुझबुझका साथ कति मानिसहरु कसरी मैदानमा उत्रिए अर्को कुरा हो तर आ-आफ्नो पेशागत पहिचानसहित सडकमा आउने महिला पेशाकर्मीको संख्या हेर्दा निश्चित अनुहारहरु मात्रै देखिन्थे । तुलनात्मक रुपमा टे्रड यूनियनहरुले आफ्नो पहिचानसहित निकालेका जुलुसहरुमा केही महिला संख्या देख्न सकिन्थ्यो तर त्यो पनि त्यति सन्तोषजनक भने फेरि होइन ।

यस आन्दोलनको अर्को महत्वपूर्ण पाटॊ पत्रकार क्षेत्र रह्यो । आन्दोलनकारीले जत्तिकै दमनको सामना गर्ने र आन्दोलनलाई निर्णायक मोडमा पुर् याउन उर्जा थप्ने काममा यस क्षेत्रको भूमिकालाई प्रशंसा गर्नै पर्छ । यस क्षेत्रले आन्दोलनको पक्षमा समाचार संप्रेषण गर्ने मात्र नभएर आन्दोलनको चरणबद्ध कार्यक्रमसहित आफै आन्दोलनमा उत्रने कुरा आफैंमा प्रशंसनीय छ । तर बहुदलको स्थापनासँगै महिला सहभागितामा तीव्र वृद्धि हुन गएको यस क्षेत्र पनि आन्दोलनको मैदानमा महिला सहभागिता गराउने सन्दर्भमा निकै पछाडि नै छाडिएको अवस्था रह्यो । आफ्नै पहिचानमा आयोजित आन्दोलनको कार्यक्रममा पनि महिला उपस्थिति गणनायोग्य रहन सकेन भने आन्दोलनको समाचार संकलन र सम्पादनको क्षेत्रमा महिला पत्रकारको उपस्थिति नगण्य नै रहन गयो । ूसूचना नै शक्तिू बन्न पुगेको यस शताब्दिमा संचार क्षेत्रमा नै महिला सहभागिता सन्तुलित हुन सकेन भने आगामी दिनमा सामाजिक परिवर्तनको पक्षमा हुने निरन्तर आन्दोलन महिला सहभागिताको दृष्टिबाट फेरि पनि लंगडो नबनोस् भन्ने दिशामा यस क्षेत्रले सोच्नु बााछनीय देखिन्छ ।

आन्दोलनको महत्वपूर्ण पाटो मध्येको हो नागरिक समाज । यस क्षेत्रमा कि्रयाशील नागरिकहरु अधिकांश दिन अनुगमनको काममा लागेका थिए भने कुनै कुनै दिन आफ्नो व्यानरसहित ऐक्यबद्धताका लागि मैदानमा उत्रिएका थिए । तर ती पंक्तिहरुमा महिलाको संख्या बहुत कम देख्न पाइन्थ्यो । नागरिक समाजका क्षेत्रमा रोजगारीमा महिलाको संख्या उल्लेख्य भएको र जनताको बीचमा आपुूले ूसबैभन्दा बढी काम गरेकोू दावी गर्ने यस क्षेत्रका महिलाहरु जनअधिकार रक्षाको आन्दोलनमा भने सबैभन्दा कम सहभागिता रहनु निश्चितै रुपमा राम्रो कुरा होइन । र यसले स्पष्ट देखाएको छ ूजागिरे चेतना र प्रजातन्त्रप्रतिको प्रतिबद्धताू फरक कुराहरु हुन् ।

समाज स्वाभाविक रुपमा चलिरहेको समयमा ूमानवअधिकार-महिला अधिकारू भनेर चिल्लाउनेको जमात रामै्र देखिन्थ्यो । तर सडकमा उत्रिएर जनताले लाठो खाइरहेको समयमा निलो पट्टी लगाएर ूमानवअधिकार र महिला अधिकारू को अनुगमनको काममा समेत महिला अनुहारहरु देख्न मुस्किल पर् यो भने लाठो खाने सम्भावनासहितको जुलुसमा त कमै आशा गरौं । आन्दोलनमा ऐक्यबद्धताको लागि एक सय वटाभन्दा बढी सदस्य संस्था रहेको ूमहिला सुरक्षा दवाव समूहू ले बैशाख ९ गते निकालेको जुलुशमा ५० जनाको पनि उपस्थित नहुनु र संस्थाको रुपमा १० वटाको पनि प्रतिनिधित्व नहुनुले गैर सरकारी संस्थाका नाममा महिला आन्दोलन र अधिकारको कुरा र प्रजातन्त्रप्रति उनीहरुको प्रतिबद्धतालाई सहज रुपमा देख्न सकिन्थ्यो ।

सहज परिस्थितिमा चेतना र जागरणका ठूला कुरा गर्ने नागरिक समाजलाई जनअधिकार र प्रजातन्त्र अप्ठेरो पर्दा मैदानमा पनि आउन सक्ने बनाउने पक्षमा अझै थप मेहनत गर्नु पर्ने संकेत यस आन्दोलनले दिएको छ ।

आन्दोलन महिला अधिकार र सहभागिताको कुरा गर्ने क्रममा अर्को एउटा महत्वपूर्ण घटनालाई सायद हामीले भुल्नु हुँदैन । अक्षर चिन्ने अवसरबाट समेत बिाचत छायादेवी पराजुलीहरु र शिक्षा क्षेत्रमा विद्यावारिधिसम्मका अवसर पाएका र आपुूलाई केही प्रतिष्ठित महिलामध्येको सुचीमा राख्नेहरु बीच जनअधिकार र प्रजातन्त्रको लडाइका सन्दर्भमा भने तुलनै गर्न नसकिने अवस्था देखियो । शिक्षा र अवसरमा पछाडि उमेरले पाको र शाारीरिक रुपमा जीर्ण भए पनि छायादेवीहरु स्वाभिमानको प्रतिमूर्ति उत्साहको खानी र आन्दोलनको दरिलो हस्तीको रुपमा स्थापित हुन पुगेका छन् । जनअधिकार र महिला समानता सामन्तसँग मागेर होइन जनताको संघर्षबाट स्थापित हुन्छ भन्ने अटल विश्वास सँगाल्दै आम नेपालीमा यही सन्देश संचार गर्न पुगेकाछन् । प्रजातन्त्रप्रति महिलाको सहभागिता र प्रतिबद्धतामा कसैले प्रश्न गर्न नसक्ने जवाफ बनेका छन् ।

शिक्षामा रामै्र अवसर पाएका उमेरले छायादेवीहरुभन्दा निकै नयाँ पुस्ता नेपालको मात्र होइन दुनियाभर कै महिला आन्दोलनको बारेमा पढेका जानेका र व्याख्यान दिन सक्ने र सामाजिक जीवनमा राम्रै चलखेल गर्ने अवसर र क्षमता राख्ने महिलाहरुको एउटा जमात राजाको निगाहाबाट महिला समानता आउँछ भन्ने भ्रम पाल्दै राजदरवारतिर लाग्छन् । आन्दोलनको मैदानमा महिला आन्दोलनकारीमाथि पुरुष प्रहरी र सरकार-संरक्षित गुण्डाबाट लछारपछार हुँदा एकशव्द लेख्न र आन्दोलनमाथिको बर्बर दमन हेर्न सडकको किनारासम्म पनि आउन नसक्ने वा आवश्यक नदेख्ने यो जमात सामन्तवादको प्रतिकका रुपमा रहेको राजालाई विन्तीपत्र लेखेर उनैको निगाहाबाट महिला अधिकार ल्याउने सपना सँगालेर हिडेका छन् । यो नेपाली महिला आन्देालनको लागि विडम्बना नै हो प्रत्येक स्वाभिमानी नेपाली महिलाहरुको लागि सरमको कुरा हो ।

यसले के देखाउँछ भने राजनीतिक चेतना स्पष्टता परिपक्वता र प्रजातन्त्रप्रतिको प्रतिवद्धता हरेक मानिसको स्वाभिमानको आधार हो र जनतामाथिको अटल विश्वास र भरोसा जनअधिकार प्राप्ति र रक्षाको सही मार्ग हो । यी दुई कुराको अभावमा अवसर र क्षमताले मात्रै मानव जातिले स्वाभिमानको शीर ठाडो पारेर सामाजिक परिवर्तनमा सही कदम चाल्न र सकारात्मक योगदान गर्न सक्दैन ।

जबसम्म महिलाहरुमा राजनीतिक चेतना विचारप्रतिको परिपक्वता प्रजातन्त्रप्रतिको प्रतिवद्धता र जनताप्रतिको भरोसाको विकास हुँदैन तवसम्म जनअधिकार र प्रजातन्त्रको रक्षा र विकासमा महिला सशक्तीकरण हुनै सक्दैन । जबसम्म राजनीतिक पार्टीहरु र जनआधारित संघसंस्थाहरु महिला अधिकार समानता र सहभागिताको विषयमा स्पष्ट नीति र कार्यक्रमसहित अगाडि आउन सक्दैनन् जुनसुकै नाममा चलाइएको भए पनि अन्य संघसंस्थाका विविध नामका ूसहज रोजगारी उन्मुख ू अभियानबाट मात्र महिला अधिकार समानता र उत्थानको आशा राख्नै सिकंदैन । यसर्थ महिला सशक्तीकरणका लागि क्षमतावान अराजनीतिक महिलाको होइन राजनीतिक स्पष्टतासहितको सक्षम महिला जमात आजको आवश्यकता हो। यही नै कुरा यस पटकको जनआन्दोलनले दिएको शिक्षा पनि हो ।

(नेकपा एमालेको मुखपत्र नवयूगमा प्रकाशित साउन २०६१)