२०४० को दशकमा पद्यरत्न तुलाधर एकजना प्रेस सञ्चालक जसको सम्पर्क रामेस, मञ्जुल, रघुजी पन्तहरुसंग थियो । पद्यदाइ त्यसवेला खास गरी नेवारहरुको संस्था “मंका खल“को माध्यमवाट परिवर्तनको कुरा गर्ने एकजना अभियन्ता । यस्तैमा २०३६ सालमा अखिल पाचौको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा अचानक वक्ताको रुपमा आमन्त्रण आउछ । सार्वजनिक रुपमा वोल्न लजाउने मान्छे । त्यसमा पनि नेपाली भाषामा कहिल्यै भाषण नगरेको । अप्ठेरो मान्दै जानु भयो । तर भाषण गर्न थालेपछि सहभागिले मन पराइ दिए । तालिमाथि तालि आउन थाल्यो । त्यहीवाट पद्यदाइ राम्रो वक्ताको रुपमा स्थापित हुनुभयो । २०३६ सालको विद्यार्थि आन्दोलनको उपजका रुपमा २०३७ सालमा जनमत संग्रह हुने भयो । यस क्रममा पनि मुलुकको विभिन्न भागमा बहुदलको पक्षमा मत दिन आग्रह गर्दै हिड्ने प्रमुख वक्ता नै हुनुभयो । पद्य दाइको अनुभव हो यो।जनमत संग्रहमा पंचायतले जितेको घोषणा गरेपछि पंचायतको विरुद्ध त्यही संरचनाभित्रैवाट केही गर्नुपर्छ भन्ने छलफल शुरु भयो । त्यही क्रममा २०३८ सालको राष्ट्रिय पंचायतको निर्वाचनको लागि पद्य दाइले मनोनयनपत्र दाखिला गर्नेको सुचीमा नाम गोरखापत्रमा छापियो । पत्रिका चलाउने भएकोले गणेशमान सिंह, मनमोहन अधिकारी जस्ता नेताहरुसंग पनि अन्तरवार्ता लिने क्रममा भेटघाट हुन्थ्यो । कृष्णदास श्रेष्ठ र शम्भुराम श्रेष्ठहरुसंग नियमित नै भेटघाट हुन्थ्यो । गोरखापत्रमा नाम देखेपछि के गरेको भनेर सोध्नुभयो । त्योभन्दा पनि न्हाकन्तलामा हिड्दै गर्दा घाम ताप्दै गरेको काकीले “ए पद्य तिमि पनि पञ्च हुन लागेको“ भनेर सोध्नुभयो । राजनीति र व्यवस्थासंग खासै चासो नभएको एउटा सामान्य महिलाले समेत मन नपराउने काम गर्नु हुदैन भन्ने लागेपछि उहाले मनोनयन फिर्ता लिनुभयो । तर पनि त्यसपछिको अलि बढी समय सामाजिक र राजनीतिक गतिविधिमा वित्न थाल्यो ।

यसरी परिवर्तनको पक्षमा सक्रिय हुदै जादा २०४३ मा अर्को निर्वाचन आयो । तत्कालिन नेकपा (माले) ले पञ्चायतको उपयोगको नीति लिएर राष्ट्रिय पञ्चायतको निर्वाचनमा भाग लिने नीति लियो । काठमाडौमा जनपक्षिय उम्मेदवारको रुपमा उठ्ने प्रस्ताव आयो । अरु वहुदलवादीले पनि सहमती जनाएपछि पद्यरत्न जनपक्षिय उम्मेदवार बन्नुभयो । त्यस क्रममा गणेशमान सिंहले भन्नुभएको “रुपचन्द्र विष्टको जस्तो अडान राखेर जानुपर्छ“ कुराले उहालाई थप दहे बनायो । निर्वाचन अभियानको भाषणमा भन्नुहुन्थ्यो ‘म बहुदलवादी, वामपन्थी, स्वतन्त्र उम्मेदवार हु र रापस भएपछि पनि यही रही रहनेछु ।‘

त्यही सिलसिलामा साप्ताहिक विमर्शमा उहाको अन्तरवार्ता “मैले आफ्नो आस्था बदलेको छैन“ भन्ने ले धेरैको मन जित्यो । त्यस समय निर्वाचनमा चुनाव चिन्ह चयनका लािग गोला थुत्नु पथ्र्यो । सिडिओ कार्यालयमा गोला थुत्दा सूर्य चिन्ह पर्योे । निर्वाचनमा उहाले सवैभन्दा बढी मतकासाथ निर्वाचन जित्नुभयो । त्यसपछि पहिलो पटक राष्ट्रिय पंचायतको वैठकमा वोल्दा पद्य दाइले भन्नुभएको थियो “मलाई बहुदलवादीले वहुदलको पक्षमा कुरा राख्न पठाएको हो र म त्यही गर्छु ।“ सभामा नियमापत्ती भयो । उहा वोलिरहनु भयो । यो प्रक्रिया निरन्तर चलि नै रह्यो ।

२०३८ मा पनि निर्वाचन जितेकोले २०४३ मा आउदा रुपचन्द्र विष्ट अरुभन्दा अनुभवी पर्नुभयो । रुपचन्द्रको वोली अलि रफ हुन्थ्यो तर पनि संसदमा रुपचन्द्रको वोल्ने पालो छ भनेपछि दर्शक दिर्घामा सुन्ने मान्छेको भिड हुन्थ्यो । रुपचन्द्रको भनाइको चुरो ‘प्रशासन निर्दलीय र राजनीति बहुदलीय हुनुपर्छ‘ भन्ने हुन्थ्यो ।

संसदको कुरा गर्दा जनताको विश्वास कायम राख्न बहुदलिय व्यवस्थाको पक्षमा वकालत वाहेक विकास निर्माणको कुरा पनि उठ्ने गथ्र्यो । समय समयमा महिला, युवा, विद्यार्थि, किसान, मजदुर, भाषा, जाती लगायतका विषयमा पनि कुरा उठाइन्थे । त्यतिखेर जनपक्षिय रापसका रुपमा पद्यरत्न तुलाधर, सोमनाथ अधिकारी प्यासी, द्रोण प्रासद आचार्य, जागृत प्रसाद भेटुवाल र नोवल केमी राई निर्वाचित हुनुहुन्थ्यो ।

जनपक्षिय कुरा उठान गर्दा गोविन्द दुवाल, भिम वहादुर श्रेष्ठ र रुपचन्द्र विष्ट पनि संगै हुन्थे । कहिलेकाही सवै जनाले सुन्य समयमा वोल्दा एउटै विषयमा एउटै भाषा प्रयोग गर्नुहुन्थ्यो भने कहिलेकाही सवैले पाउने विशेष समय एकैजनालाई दिएर जनताको पक्षमा खास विषयमा विस्तृत रुपमा कुरा राख्ने गर्नुहुन्थ्यो । यो सिर्जनात्मकताले पनि जनतामा फरक किसिमको प्रभाव दिन्थ्यो भने सत्ताले दवाव महसुश गर्दथ्यो । यो सायद आजसम्मको संसदिय अभ्यासमा सर्वथा नौलो अनुभव नै हुनुपर्दछ ।

संसदमा वहुदलको कुरा उठ्न थालेपछि नेपाली कांग्रेस र सवै कम्युनिष्ट पार्टीका विचमा राजनीतिक परिवर्तनका लागि संयुक्त रुपमा आन्दोलनको कुरा हुन थाल्यो । समन्वय कसले गर्ने भन्ने सन्दर्भमा पद्य दाइ सर्वस्विकार्य समन्वयकर्ताको शहुनुभयो । यसै क्रममा २०४६ सालमा १२ पार्टीको भेला आफ्नै घरैमा डाकेर बहुदलको पक्षमा एउटा साझा वक्तव्य दिने क्रमसंगै वाममोर्चा बन्यो । वैठक वस्ने भरपर्दो ठाउसमेत नभएको त्यस वेला उहाकै घरको कौशीमा चकटी ओछ्याएर वैठक वस्न थालियो । त्यही विचमा गणेशमान सिंहलाई पनि वोलाएर कुरा गरेपछि वाममोर्चा र नेपाली कांग्रेस विच कार्यगत एकता गर्ने सहमती भयो । र, २०४६ को संयुक्त आन्दोलनको पृष्टभुमी बन्यो । पंचायत अन्त्यको आन्दोलन सिर्जना गर्न जनपक्षिय रापसका रुपमा पद्य दाइको भुमिका ऐतिहासिक बन्यो ।

२०४६ फागुन ७ गते पद्यरत्न तुलाधर र हरिवोल भट्टराईले जुलुशको नेतृत्व गर्ने निर्णय अनुसार जुलुश निस्कियो । दुवैलाई तुरुन्तै गिरफ्तार गरीयो । पहिला जनसेवा, त्यसपछि महेन्द्र पुलिस क्लव र अन्तिममा भद्रगोल जेल चलान गरियो । त्यसको केही समयपछि पद्य दाइलाई चौतारा लगियो । जहा राखे पनि जेलमा भेट्न आउने मानिसको भिड हुन्थ्यो ।

आन्दोलन बढ्दै जादा चैत्र २४ को आन्दोलनपछि दरवार वार्ता गर्ने निचोडमा पुग्यो । त्यसको समन्वयका लागि पनि पद्य दाइलाई नै उपयुक्त ठानियो र २५ गते चौतारावाट ल्याएर सिधै प्रधानमन्त्री कार्यालयमा लगि वार्ताको वातावरण बनाउन भनियो । काठमाडौमा कफ्र्यु लागेको थियो । त्यस्तो वेलामा सात दलका मान्छेलाई एक ठाउ ल्याउनु सहज थिएन । सरकारले गाडी दियो । त्यसमा वसेर सवैलाई एक ठाउ ल्याउने उहाले पहल गर्नुभयो । अन्तत नेकावाट कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला र योग प्रसाद उपाध्याय र वाममोर्चावाट सहाना प्रधान, राधाकृष्ण मैनाली र पद्य दाइसहितको वार्ता टोली गठन भयो । गणेशमान सिंहसंग अस्पतालमै गएर कुरा भयो । बहुदल दिने भएपछि राष्ट्रिय पंचायत विघटन गर्दा हुन्छ भन्ने सहमती भयो ।

तर, वार्ता हुदा पञ्चायतको विघटन विना नै बहुदलको घोषणा गरियो । जसका कारण नेकपा माले आक्रोसित भयो । २७ गतेको आमसभामा गिरिजा प्रसादले यो सवैको जित राजाको पनि जित पंचायतको पनि जित र बहुदलवादीको पनि जित भन्दा आमसभाका सहभागिहरु जाइ लागे । भनाइ फिर्ता लिनुपर्छ भन्ने नारा लाग्यो । जनताको भिडलाई नियन्त्रण गर्न पद्यरत्न वोल्नुपर्यो भन्ने आवाज आयो । दुइ हातमा कम्युनिष्ट र कांग्रेसको झण्डा वोकेर पद्यरत्न ‘म पद्यरत्न वोल्दैछु‘ भनेर अगाडी आएपछि भिड नियन्त्रित भयो । पञ्चायत मुर्दावाद भन्दै शुरु भएको भाषण ‘मैले राष्ट्रिय पंचायतवाट राजिनामा दिए‘ भन्ने घोषणा गर्दै टुंगियो । सहभागि खुशी भए । तालि र सिट्ठीले स्वागत गरे । जनमानस नियन्त्रणमा आयो ।

पद्य दाइको अनुभुती छ ‘वाममोर्चालाई लामो समयसम्म टिकाउन सकिएन । त्यतिखेर वाममोर्चा टिकाउन सकेको भए वामपन्थिको सरकार र मुलुकमा वामपक्षिय वर्चश्व अलि पहिला नै हुन्थ्यो । त्यसो हुन सकेको भए नेपाल आज धेरै अगाडी बढिसकेको हुन्थ्यो ।‘ समग्रमा भन्दा त्यतिखेर जनपक्षिय सांस्दहरुले राष्ट्रिय पंचायतको उपयोग राम्रैसंग गरे ।

२०४६ मा बहुदल आएपछि २०४८ को पहिलो निर्वाचनमा नेकपा एमालेले २०४३ सालदेखि नै जनताको विचमा प्रिय भइसकेको सुर्य चिन्ह लियोे । नेपाली कांग्रेसले २०१५ सालमा लिएको चिन्ह रुख लियो । त्यही सुर्य चिन्हवाट २०४८ र २०५१ मा पद्य दाइ काठमाडौवाट निर्वाचित भएर मनमोहन अधिकारीको मन्त्री मण्डलमा स्जास्थ्य र श्रम मन्त्री बन्नुभयो ।

पंचायतको अन्त्यका लागि पंचायतको संयन्त्रभित्रै पसेर काम गर्नुपर्छ भन्ने सोचकासाथ जसरी तत्कालिन नेकपा (माले) ले आफ्नो नीति बनाएर २०४३ मा जनपक्षिय उम्मेदवारलाई निर्वाचनमा सहभागि गरायो, आजको संसदिय प्रणालीको जग त्यसैले बसालेको थियो भन्दा सायद अन्यथा हुदैन । र, उक्त अभियानको मियोको रुपमा पद्यरत्न तुलाधरको नेतृत्वमा जुन भुमिका निर्वाह भयो, आजसम्मको इतिहास निर्माणमा त्यसले निर्वाह गरेको ऐतिहासिक भुमिका हामी सवैले गर्व गर्न लायक छ ।

त्यो लामो आन्दोलनको क्रममा आज पद्यरत्न तुलाधर ७८ वर्ष पुरा भएको उपलक्ष्यमा काठमाडौका जनताले नागरिक अभिनन्दन गरेका छन । यो पद्यदाइप्रतिको सम्मान त हो नै । साथमा, इतिहासमाथिको गर्व र ऐतिहासिक उपलव्धीको सेलिवे्रसन पनि हो भन्ने रुपमा लिदा सायद अन्यथा नहोला । कम्युनिष्टहरु निर्वाचनको वाटोवाट पनि राज्यसत्तामा पुग्न सक्छन भन्ने आजको उचाइको जगमा पद्य दाइ लगायतका जनपक्षिय रापसको भुमिका अविस्मरणीय छ ।

पद्यदाइको सुस्वास्थ्य र दिर्घायुको हार्दिक शुभकामना ।

Padma Dai & parliamentary politics