गैर आवशिय नेपाली संघ (एनआरएनए) आफ्नो दशक लामो अनुभवले खारिदै अहिले फेरी स्थापना दिवस मनाउने तयारीमा छ । स्थापना दिवसको संघारमा संघका घोषित उद्देश्यहरु पुरा गर्न सफलता मिलोस भन्ने शुभकामनाका साथै आगामी दिनमा यसका गतिविधिहरुले थप संस्थागत स्वरुप ग्रहण गर्दै जान सकुन् भन्ने कामना पनि गर्न चाहन्छु ।
नेपालीको प्रवाशीने क्रम नियती र संस्कार नै बनिसकेको छ भन्दा पनि फरक पर्दैन । नेपालीहरु औपचारिक रुपमा प्रवाशीन थालेको झण्डै दुईसय वर्ष हुन थालेकोछ । सन् १८१६ मा नालापानीको युद्धमा साम्राज्यवादी अंगे्रजसंग विरतापुर्वक लडेर पनि हार खेप्नु परेको पिडा एउटा राष्ट्रवादी नेपाली मनले सहन गर्न सकेन । जसका कारण अंग्रेजसंग वदला लिने नाममा बलभद्र कुवर लगायतका केही नेपाली विदेशी सेनामा गएर पनि अंग्रेज विरुद्धको लडाइ लडेका थिए । तर, विडम्वना तत्काल उनको मनमा लागेको चोट निको हुन सकेन । उनको उतै मृत्यु भयो ।
सन् १९१४ मा शुरु भएको पहिलो विश्वयुद्धमा ९ लाख १७ हजार नेपाली युवाहरु लडाइको मोर्चामा सहभागि भए, जुन संख्या तत्कालिन नेपाली जनसंख्याको आधारमा निकै ठुलो थियो । त्यसै गरी सन् १९४५ मा सकिएको दोस्रो विश्व युद्धमा साढे दुइ लाख नेपाली युवाहरुको सहभागिता रहेको कुरा इतिहासमा पाइन्छ । यसरी विश्वयुद्धमा गोरखा सैनिकको रुपमा लड्ने क्रममा हजारौ युवाहरु हताहत भए । हजारौ घाइते र अपांग हुन पुगे भने लाखौ युवाहरु नया चेनता र अनुभव वोकेर देश फर्किएका थिए । यसरी वैदेशिक रोजगारीको क्रममा नेपाली युवाहरु प्रवाशीने क्रम नेपालीका लागि नया भएन । राणाकाल र पञ्चायत कालमा पनि गोर्खा भर्तीमा नेपालीहरु जाने क्रम जारी रह्यो, जुन आजसम्म पनि निरन्तर छ । गोरखा सैनिकको रुपमा प्रवाशिएका नेपालीहरुमध्ये पनि कतिपयले उतै घरजम गरेर वसे भने निृत्तीभरणपछि कतिपय अन्य व्यवसायका संलग्न हुन थाले । यही क्रममा ठुलो संख्याका नेपालीहरु गैर आवाशिय नेपाली बन्न पुगे ।
गोर्खा भर्ती केन्द्र मार्फत विदेशमा लड्दाको चेतना र अनुभव राणाशासक विरुद्ध जनचेतना फैलाउन र प्रजातान्त्रिक आन्दोलन हाक्नका लागि पनि निकै सहयोगी भएको कुरा इतिहासमा पढ्न पाइन्छ । तर, उनीहरुको जवानीलाई आफ्नो मुलुकको हितमा उपयोग गर्ने तिनै देशका शासकहरुले उनीहरु विरुद्ध विभेद गर्दै आए । उक्त विभेदको विरुद्ध आवाजलाई संगठित रुपमा बुलन्द गर्ने काम भने २०४६ सालको जनआन्दोलनको सफलतासंगै बहुदलिय व्यवस्थाको शुरुवातपछि मात्रै हुनसक्यो । वेलायती सरकारले गोर्खा सैनिकलाई गर्दै आएको त्यो विभेद अन्त्यको लडाइ नागरिक समाज, अदालत र संसदमा अध्यापी जारी छ । यस घटनाले पनि हामिलाई सिकाएको छ हरेक अन्याय र विभेदका विरुद्धमा आवाज संगठित गर्न पनि प्रजातन्त्र नै चाहिदो रहेछ । त्यसैले त नागरिक अधिकारको कुरा गर्दा “प्रजातन्त्रको विकल्प प्रजातन्त्र” भन्ने कुरा प्रचलनमा आएको हुन सक्दछ ।
पञ्चायतको अन्त्यसंगै नागरिक तहमा पनि अध्ययन–अध्यापन, अन्य व्यापार–व्यवसाय र वैदेशिक रोजगारीमा समेत नेपाली नागरिक, खास गरी युवाहरु जाने क्रमले तिव्रता पायो । विगत दुई दशकको अवस्थालाई हेर्ने हो भने यो एउटा प्रचलन नै बनिसक्यो भन्दा हुन्छ । १७÷१८ वर्ष उमेर पुगेका घरानिया र उच्च वर्गका युवाहरु को सपनाको संसार युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका विकसित मुुलुक बन्ने गरेको छ भने मध्यम वर्गको सपना कोरिया, हंगकंग र जापान जस्ता एसियाका विकसित मुलुक बन्ने गरेका छन् । आर्थिक रुपमा अलि कमजोर निम्न र निम्न–मध्यम वर्गका अधिकांश युवाको सपना पसिनासंग रोजगारी साट्ने गरी मुलत मलेसिया र खाडी मुलुकहरुमा हुने वैदेशिक रोजगारी हुने गरेको छ । परिणाम आज मुलुकको आधाभन्दा बढी घरपरिवारवाट कोही न कोही मुलुक वाहिर रहेका छन् । राज्यको अर्थतन्त्रमा तिनै वैदेशिक रोजगारीमा लागेका मुलत मलेसिया र खाडीमा पसिना वगाउने युवा पिढीले ठुलो भरथेग गरिरहेका छन् । विकसित मुलुकमा जाने उच्च वर्गका नेपालीहरुमध्ये धेरैजसो उतै वसोवासको मेलोमेसो मिलाउने पहलमा देखिन्छन् । तर पनि, जन्मे–हुर्केको मुलुकको नाताले मुटुभरी माटोको माया संगाल्नेको संख्या कम छैन । त्यही परिवेसको परिणाम भन्दा हुन्छ सन् २००३ मा भएको गैर आवशीय नेपाली संघ (एनआएनए) को स्थापना ।
आफ्नो स्थापनाको एक दशक पार गर्ने क्रममा एनआरएनएले मुलुकभित्र धेरै क्षेत्रमा हात हालेको छ । नेपालसंगको आफ्नो निरन्तर सम्बन्धको पहिचानको मागदेखि सामाजिक सेवाका क्षेत्रमा केही कामहरु गर्दै आएको छ । तर यसले अझै संस्थागत आकार ग्रहण गर्न नसकिरहेको अनुभुती भने हुन्छ । यसको सुक्ष्म प्रभावको वारेका त अलि व्यवस्थित अध्ययन गर्नै पर्दछ । तर सतहवाट हेर्दा पनि सहज रुपमा देख्न सकिने कुरा भनेको संस्थागत रुपमा एनआरएनको तर्फवाट गरिने काम भन्दा पनि अधिकांशले आफु जन्मे हुर्केको गाउ–ठाउ वा आफन्तको सम्झनामा गरिने कामहरु धेरै भएको देखिन्छ । यस कुराले आधारमा भन्ने पर्छ एनआरएनएको नाममा भएको जति पनि परियोजनाहरु छन् यसको छनौट र स्थानले पनि अझै संस्थागत रुप धारण गर्न सकेको छैन । यस सन्दर्भमा अव एनआरएनले सोच्ने समय आयो जस्तो लाग्दछ । लगानीकर्ताले “आफ्नो ठाउ र नातागोता”लाई मात्र आफ्नो ठान्नु भन्दा पनि अलि फराकिलो भएर कम्तिमा “सिंगो नेपाल र नेपाली”लाई आफ्नो ठानेर आवश्यकता र सान्दर्भिकताको आधारमा सामाजिक सेवाका कार्य गर्ने तर्फ उन्मुख हुन सके कामले संस्थागत स्वरुप धारण गर्दै जान सक्नेछ । यसो गर्न सके आम नेपालीले एनआरएनएलाई आफ्नो सहयोगी संस्थाको रुपमा समेत अनुभुत गर्न सक्नेछन् । यस किसिमको कामका लागि निश्चितै रुपमा क्षेत्र अनुसार हातेमालोका लागि देशभित्र विज्ञतासहितको भरपर्दो संस्थाको आवश्यकता पर्दछ । एनआरएनएले आफ्नो तर्फवाट क्षेत्र र प्रक्रिया निर्धारण गर्ने हो भने अव नेपालमा त्यस किसिमले हातेमालो गर्ने संस्थाको अभाव हुन्छ जस्तो लाग्दैन । आवश्यकता “सोचमा फराकिलोपन र दृष्टिकोणमा स्पष्टता” हो भन्ने लाग्दछ ।
दोस्रो, कुरा आज नेपालीहरु विश्वभर छरिएका छन् । खास गरी रोजगारीसंग पसिना साट्न गएका श्रमिकहरु धेरै ठाउमा समस्यामा पर्दा आफ्नो बुताले भ्याएसम्म उनआरएनले सहयोग गर्दै आएका समाचारहरु पनि पढ्न पाइएकै छ । तर संस्थागत रुपमा अझै पनि एनआरएन नेपाली प्रवाशी श्रमिकको भरपर्दो साथी बन्न सकेको अनुभुती भने हुन सकेको छैन । जसको र जहा पहुच छ, अनि एनआरएनएको कार्यकारीमा रहने नेतृत्वको सोच श्रमिक–मैत्री छ, त्यस्ता ठाउमा श्रमिकहरुले अलि बढी सहयोग पाइरहेको देखिन्छ । तर, संस्थागत रुपमा यसले प्रवाशी श्रमिकको वारेमा काम गर्न कार्यदलको शुरुवात गरेको भए पनि संरचनागत रुपमा गरिने काम के हो र डायस्पोरामा समस्या पर्दा एउटा नेपालीले एनआरएनको सहयोगका लागि सम्पर्कमा आउन सक्ने संयन्त्र र माध्यम के हो भन्ने वारेमा सहज पहुचको वारेमा एनआरएनएले सोच्ने वेला भैसकेको छ । आजको विश्वमा प्रविधिको विकासले दिएका उपलव्धीहरुको उपयोग गर्दै कम्तिमा पनि जो जहा रहे पनि, आवश्यक पर्दा सम्पर्क गर्न सकिने विद्युतिय वाटाहरुको व्यवस्था गर्न सक्दा यस संस्थाप्रति विदेशमा रहेका नेपाली र स्वदेशमा रहेका उनका परिवारको समेत सद्भावमा बृद्धी हुनेछ, जुन हरेक संस्थाको अग्रगतिका लागि आफैमा एउटा ठुलो पुजी हो ।
तेस्रो, श्रमिकको घनत्व बढी रहेको खास गरी मलेसिया र खाडी लगायतका मुलुकहरुमा रहेका नेपालीहरुलाई भोली दुइृ वर्ष, तीन वर्ष वा पाच वर्ष विदेशमा रोजगारी गरेर मुलुक फर्किएपछि आफुले दुख गरेर कमाइ गरेको पुजीको केही अंशलाई त्यही आर्जन गरेको सीप र अनुभवका आधारमा कसरी उत्पादनमुलक काममा लगाउन सकिन्छ भन्ने उद्यमशीलताका केही खाकाहरु तयार गर्ने काम एनआरएनएले गर्न सक्दछ । यस्ता खाकाहरुको वारेमा जानकारी दिदै प्रवाशी श्रमिकलाई दिगो भविष्यको रेखांकन गर्ने अवसर आएआरएनएले प्रदान गर्न सक्ने हो भने “एक पटकको प्रवाशी संधैको प्रवाशी” नभएर, “एकपटकको प्रवाशी जीवनभरलाई रोजगारी” को संस्कार र संस्कृतिको विकास गर्न सकिनेछ । मुलुकभित्रको आवश्यकता र प्रवाशको अनुभवको संगम विन्दुका रुपमा रहेका एनआरएनएले यस क्षेत्रमा सोच्ने हो भने मुलुकलाई उद्यमशीलता उन्मुख बनाउन ठुलो भुमिका निर्वाह गर्न सक्नेछ । यसो गर्न सक्दा अर्को कुरा, मुलुकमा रहनेहरुले देश विगारे मात्र भन्नुभन्दा विश्वभरको अनुभवको लगानीले देश यसरी बनाउनुपर्दछ भन्ने सकारात्मक पाठ पनि हुन सक्ने थियो होला ।
चौथो, मुलुक राजनीतिक रुपमा अझै संक्रमणकालमा रहे पनि विस्तारै विकासका लागि राष्ट्रको प्राथमिकताका क्षेत्रहरु पहिचान हुन थालेका छन् । सरकारले पहिचान गरेका विकासका क्षेत्रमा एनआरएनए क्रियासिल रहेका मुलुकहरुका लगानीकर्तालाई कसरी बढी भन्दा बढी सुचना र जानकारी दिएर नेपालमा लगानीको लागि विश्वास दिलाउन सकियो भने संघको उद्देश्यमा भनिए झै मुलुकमा लगानी भित्र्याउन वा रोजगारीको सिर्जना गर्न सहयोग पुग्नेछ ।
पाचौ, विदेशमा व्यापार व्यवसाय गरेर केही आर्थिक उपार्जनमा लागेका व्यक्तिहरुले देशभित्र कतिपय उत्पादनका क्षेत्रमा लगानी गर्ने कामको शुरुवात त भएको छ । तर, यो अझै आम जनताले अनुभुत गर्न सक्ने पहुचयोग्य बनेको छैन । यस क्षेत्रमा अलि योजनावद्ध रुपमा मुलुकभरीकै नागरिकलाई थोरै–थोरै पुजी संकलन गरेर पनि देखिने काम गर्न सकिन्छ भन्ने केही मोडेलहरु तयार गर्न सके देशैभित्र जम्मा भएर अनुत्पादक रुपमा बसेका पुजी र विदेशमा मध्यम खालको कमाइमा लाग्ने प्रवाशीहरु बीच पनि सोच र प्रबृत्तीमा रुपान्तरण भइ सहकार्यको मानसिकता र व्यवहार गति लिने छ ।
“एकपटकको नेपाली संधैको नेपाली” को मागसहित पहिचानको निरन्तरतामा लागेको यो संस्थाले मुलुकमा अवको आवश्यकता आर्थिक–सामाजिक रुमान्तरणको हो भन्ने कुरालाई पक्कै आत्मसात गरिससकेको छ । हरेक अधिकारको मागका जगमा कर्मनिष्ट दायित्वको भरपर्दो विश्वास आर्जन गर्न सके मात्र आपसी सद्भाव, सहकार्य र समझादारीको विकास हुनेछ । दायित्व पुरा गर्दै जादा नै अधिकारको दायरालाई पनि फरकिलो पार्दै जान सकिन्छ । र, त्यसको सुनुवाइ पनि तुलनात्मक रुपमा सहज हुन्छ भन्ने कुरा हामिलाई अनुभवले सिकाएको कुरा नै हो ।
यसर्थ, आगामि दिनमा एनआरएनएको अगाडी आफ्ना गतिविधि र सोचहरलाइृ थप फराकिलो, दायित्वपुर्ण रुपमा संस्थागत गर्ने तर्फ सोच्न जरुरीछ भन्ने तर्फ ध्यान दिन सके हुर्कदै गरेको विरुवाको रुपमा रहेको यस संस्थाको पहिचान, कार्यक्षेत्र, जनविश्वासले बृक्षको रुपमा धारण गर्ने र आवश्यक जनलाई छहारी प्रदान गर्न सक्नेछ । फेरी पनि स्थापना दिवसको सन्दर्भमा हार्दिक शुभकामना ।
NRNA- atticle, Oct, 2014