कमरेड अध्यक्ष,
नेकपा (एमाले), केन्द्रीय कमिटी
मदननगर, बल्खु

विषयः संविधान निर्माण सम्बन्धि विशेष प्रस्तावमाथि सुझाव
मितिः  साउन १२, २०७२

प्रिय कमरेड,

नेपालको कम्युनिष्ट आन्दोलनले स्थापनाकालदेखि नै सवै किसिमको विभेद र असमानताको अन्त्य गर्दै सुदृढ राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्ने कुराको वकालत गर्दै आएको हो । यही मान्यतालाई निरन्तरता दिने प्रतिवद्धतासहित नेकपा (एमाले) आज यहासम्म आइपुगेको कुरामा हामिलाई गर्व छ ।

समाजमा विद्यमान पुरुषप्रधान मानसिकता, प्रबृत्ती र व्यवहारका कारण नेपाली महिलाप्रति राज्यले गर्दै आएको मुलत बंश, अंश र अवसरमा विभेद तथा समाजले परम्परा र संस्कार–संस्कृतीका नाममा गर्दै आएको अमानवीय व्यवहारका विरुद्ध नेकपा (एमाले)ले लिदै आएको नीतिका कारण जनता यसप्रति आशावादी हुदै यसैको नेतृत्वमा तमाम किसिमका विभेद र असमानताको अन्त्यको अगुवाइको पर्खाइमा थिए र छन् । समानताका पक्षपाती तमाम महिला र पुरुषहरु यही लामवद्ध भएर अगुवाइको प्रतिक्षामा छन् ।

तर, विभिन्न दल र व्यक्तिमा रहेको पितृसत्तात्मक सोच र व्यवहारका कारण प्रारम्भिक मस्यौदामा थुप्रै विभेद, असमाता र प्रतिवद्धता विपरित व्यवस्थाहरु पाइएकोले सारभुत समानता लक्ष्यित सुधारका लागि सुझावको प्रति यसैसाथ संलगन गरी पेस गरेका छौ । मस्यौदालाई अन्तिम रुप दिने क्रममा यी विषयहरुलाई अवश्य पनि नेकपा (एमाले) का प्रतिनिधिले उठाउनु हुनेछ भन्ने अपेक्षा हामिले लिएका छौ ।

pdf-File केन्द्रीय सदस्यहरुले सामुहिक रुपमा बुझाएको सुझाव