कुवेतमा रहेको प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशनको सन्दर्भमा अक्टोवर ८ का दिन विहान त्यहा पुगियो । त्यहा मञ्चको अधिवेशनको साथमा कुवेत टे«ड युनियन फेडेरेसनसंगको भेटघाट गरियो भने मञ्चको अधिवशेन भएको दिन अक्टोवर ९ का दिन अपरान्हमा लालिगुरास सांस्कृतिक परिवारको कार्यक्रममा सहभागि हुदै साझमा त्यहावाट निस्कने नेपाली पत्रिका कोशेलीको पच्चिसौ अंकको रजत अंक कार्यक्रममा सहभागि हुने अवसर मिल्यो ।
कुवेत ट्रेड युनियन फेडेरेसनसंगको वैठक
२०१२ देखि नै प्रवासी नेपाली श्रमिकको समस्याको वारेमा त्यहाको टे«ड युनियन कुवेत ट्रेड युनियन फेडेरेसनसंग जिफण्टको सम्झौता अनुसार सहकार्य अगाडी बढ्न नसकिरहेको अवस्थामा त्यसको पुनरताजकिकरणका लागि पनि उनिहरुसंग भेट गर्नु थियो । सोही उद्देश्य अनुसार मैले समय माग गर्दै पत्राचार भएको थियो । अन्तत उनीहरुले अक्टोवर ८ साझ ६ बजेको समय दिएका थिए । सोही अनुसार हामी उनीहरुको कार्यालयमा गयौ । कार्यालय निर्देशक मित्री, विदेश सचिव र कल्चरल डाइरेक्टरसंग कुराकानी भयो ।
भेटका सन्दर्भमा खास गरी तीनवटा कुरा– यस युनियनका नेताहरुको नेपाल भ्रमणका लागि निमन्त्रणा, विगतमा गरिएको द्धिपक्षिय सम्झौताको कार्यान्वयन र सम्भव भएमा आगामी डिसेम्वर १८ का दिन जिफण्ट र केटियुएफको संयुक्त आयोजनामा प्रवासी श्रमिक दिवस मनाउने कुरा राखियो । यी सवै विषयमा उनीहरु सकारात्मक हुदाहुदै पनि औपचारिक निर्णय यही महिनाको अन्त्यतिर हुने कार्य समितिको वैठकवाट मात्र गर्न सकिने जानकारी गराए ।
भेटघाटको सिलसिलामा विगतमा भएको सम्झौता अनुसार एनआएनसंग कुवेतको कानुनको सन्दर्भमा चार हप्ताको कार्यक्रम गरिएको तर त्यसपछि नेपालीहरुले त्यसलाई उपयोग गर्न नसकिएको जानकारी गराएका थिए भने यता एनआरएनको नेतृत्वमा रहने साथिहरुले पनि एकपटक तालिम लिए पनि त्यसलाई निरन्तरता दिएर काममा उपयोगी बनाउन नसकिएको नै जानकारी गराएका थिए ।
कुवेतमा काम गर्ने अधिकांश श्रमिकहरुको सन्दर्भमा श्रम कानुन राम्रो रहेको तर प्रवासी श्रमिकहरुले त्यसको उपयोग गर्न नसकिरहेको उनीहरुको भनाइ थियो ।
आगामी डिसेम्वरमा यदि कार्यक्रम गर्न सम्भव भयो भने के विषयमा, किन र कसरी भन्ने विषयमा स्पष्ट हुनुपर्ने र त्यसपछिका दिनमा कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा समेत योजना बनाउनु पर्ने कुरामा दुवैपक्ष सहमत भएका थियौ ।
विगतदेखि नै जिफण्टको तर्फवाट सम्पर्क व्यक्तिको माग गरिरहेको सन्दर्भमा ओएनएफको पुर्व महासचिव तथा वर्तमान सल्लाहकार रवि बन्झाडेलाई तत्कालको लागि सम्पर्क व्यक्तिको रुपमा परिचय गराएर छाडिएको छ । हेरौ आगामी दिनमा काममा प्रगति कति र कस्तो रहन्छ।
प्रवासी नेपाली मञ्च, कुवेतको दोस्रो अधिवेशन सम्पन्न
उद्घाटन सत्र
२०१० मा स्थापना भइ नेपाली समुदायको विचमा क्रियासिल नेपाली प्रवासी मञ्चको दोस्रो अधिवेशन कुवेतस्थित राजनधानी रेष्टुरेण्ट, खैतानमा यही अक्टोवर ९ का दिन सम्पन्न भएको छ । नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा प्रवास इन्चार्जको रुपमा म उक्त कार्यक्रममा उपस्थित थिए भने केन्द्रीय सदस्य तथा खाडी इन्चार्ज श्रीप्रसाद शाह र कुवेतस्थित नेपाली राजदुत महामहिम यज्ञ वहादुर हमालको विशेष आतिथ्यका रुपमा सहभागि हुनुभएको थियो ।
झण्डै २५० नेपालीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कुवेत स्थित विभिन्न राजनीतिक विचार राख्ने संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य गर्दै नया निर्वाचित हुने कार्यसमितिको सफलताको कामना गरेका थिए । कार्यक्रममा ओमानस्थित प्रवासी नेपाली मञ्चको उपाध्यक्ष रामहरी गिरीले पनि सम्बोधन गरेका थिए ।
अधिवेशनलाई सम्बोधन गर्ने क्रममा राजदुतले नेपालीहरुको विचको एकता र सहकार्यको कुरामा जोड दिनुभएको दिदै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । अर्का विशेष अतिथि एमाले केकस तथा मध्यपुर्व इन्चार्ज कमरेड श्रीप्रसाद शाहले नेपालमा चलिरहेको तराई क्षेत्रको आन्दोलनको विषयमा जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्ने र विदेशीको आडमा राष्ट्रियता विरोधि कुराको सामना गरेर जानुपर्ने कुरामा जोड दिनुभएको थियो । प्रवासमा रहेका नेपालीहरु आपसमा संगठित भएर प्रवासी खास गरी श्रमिकले भोग्दै आएका समस्याको वारेमा सामुहिक रुपमा समाधानको पहल गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
प्रमुख अतिथिको रुपमा वोल्ने क्रममा मैले विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरु विचारको हिसावले फरक भए पनि सवैभन्दा पहिलो पहिचान नेपालीको शिर नझुकाउने कुरामा ध्यान दिन आग्रह गर्दै मुलुक वाहिर रहेर आपसमा विवाद र मतभेद राख्नुभन्दा पनि वैचारिक आस्था जोगाउदै मुलुकको समृद्धीको लागि आफुले आर्जन गरेको पुजी, सिप र अनुभवलाई कसरी लगाउन सकिन्छ भन्ने विषयमा चिन्तन मनन गर्न र ठोस योजनासहित नेपाल सरकार र नीति निर्माता समक्ष सुझाव अगाडी बढाउन ध्यान दिनु पर्ने कुरा राखेकी थिए, जुन विदेशमा बस्ने नेपालीको विचमा गर्नै पर्दथ्यो ।
ओएनएफ र नेकपा एमालेलाई एउटै सुत्रमा बाध्ने माध्यम जवजको विचार भएको र राजनीतिक रुपमा लोकतन्त्र, आर्थिक रुपमा तीन खम्वे अर्थनीति, सामाजिक रुपमा विभेदसहित समानतामा आधारित समाज र सांस्कृतिक रुपमा सवैका समान सम्मान र मर्यादासहितको समाज निर्माणमा विश्वास गर्ने जो कोही नेपाली ओएनएफको दायरामा रहन सक्ने कुरा जानकारी गराइयो ।
नया संविधानको विशेषताको कुरा गर्दै यसले शहिदहरुको जीवन उद्सर्ग गरेर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेसीता र सहभागिताको विषयमालाई संस्थागत गर्दै नेपाली नागरिकको आधारभुत आवश्यकता खाद्य, आवास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई समेटेको चर्चा गर्दै अवको कार्यभार यसको कार्यान्वयन भएको र त्यसका लागि आवश्यक झण्डै तीन सय कानुन बनाउदासम्म राजनीतिक दलहरु बीचको एकता कायम हुनुपर्नेमा जोड कुरा राखियो ।
नाकाबन्दीले मुलुकमा जटिलता थपिदिएको प्रसंगमा नेपाली जनताले दुख खप्न परे पनि स्वाभिमान बन्धकी राख्न नसकिने कुरामा जोड दिदै आन्तरिक मामिलामा हस्तक्षेप, भुपरिवेष्ठित मुलुकको अधिकार हनन, आयल निगम विचको सम्झौता कार्यान्वयनमा वेवास्ता गरिरहेको कुरालाई नेपाल सरकार र राजनीतिक दलहरुले अन्तररराष्ट्रिय करण गर्ने कुरा बताउदै प्रवासी नेपालीले पनि आफ्नो ठाउवाट यस विषयमा सहयोग गर्न आग्रह गर्दै यो कठिनाइको घडिमा राजनीतिक दलहरुले आपसमा गरेको भद्र सहमतीमा अडेर त्यसको कार्यान्वयनको लागि राष्ट्रिय सरकार बनाउनु पर्ने कुरामा राजनीतिक दलहरु अड्नुपर्ने कुरामा सवैले आफ्नो ठाउवाट दवाव दिन आग्रह गरियो ।
बन्द सत्र
कार्यक्रमको दोस्रो सत्रमा अर्जुन गुरुंगको अध्यक्षतामा रामहरी गिरी र शिव कोइराला रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । उक्त सत्रमा निवर्तमान अध्यक्षले सांगठनिक प्रतिवेदन, महासचिवले विधान र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो ।
२०१३ मा पहिलो अधिवेशन भएदेखि हालसम्म मञ्चको आम्दानी १९९३ केडी, खर्च १८०५ केडी र हालको बचत १८८ केडी रहेको प्रतिवेदन पारित गरेको थियो भने सांगठनिक प्रतिवेदनमा विगतमा भएका गतिविधिको आधारमा आगामी दिनका लागि प्रसतावित कामसहितको प्रस्ताव पारित गरेको थियो ।
नया विधान अनुसार २७ सदस्यिय राष्ट्रिय कमिटी गठन गर्न सकिने प्रस्ताव पारित गर्दै निम्न अनुसारको पदाधिकारी रहेको मञ्चको नया कार्यसमितिको सर्वसम्मत निर्वाचन गरियो ।
नया कार्यसमिति
- अध्यक्ष राजकुमार थापा
- उपाध्यक्ष अमृता वान्तवा
- उपाध्यक्ष युवराज गैरे
- उपाध्यक्ष नीर बहादुर नेपाली
- महासचिव धिरेन्द्रजंग शाह
- सचिव पवन कुमार ओली
- सचिव प्रेम वहादुर पुन
- कोषाध्यक्ष भक्त प्रवासी
- सदस्य केदारनाथ खरेल
- सदस्य नानुराज बराल
- सदस्य इन्द्रा ओली
- सदस्य मोहन केसी
- सदस्य सन्तोष गुरुंग
- सदस्य भरत न्यौपाने
- सदस्य अक्कल कुमारी स्वर्णकार
- सदस्य श्रीधर अधिकारी
- सदस्य सागर खड्का
- सदस्य सुरेस खड्का
- सदस्य गोविन्द तिमल्सिना
- सदस्य डोल्मा तामांग
- सदस्य दिपेन्द्र थापा मगर
- सदस्य नारायण प्रसाद श्रेष्ठ
- सदस्य नवराज आचार्य
- सदस्य होमनाथ खतिवडा
- सदस्य मनविर लामा
- सदस्य उदास श्रेष्ठ
- सदस्य वाग वहादुर श्रेष्ठ
सल्लाकार
- अमृत गुरुंग
- गणेश रावल
- मेघनाथ अर्याल
- ठाकुर प्साद पाण्डे
- ओम आचार्य
- रुपेन्द्र विक्रम हमाल ठकुरी
- उत्तम थापा
- झविन्द्र बन्जाडे
- शिव कोइराला
- धर्मराज गिरी
नया कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुकासाथै खादा र अविरले बधाइ तथा शुभकामनाकासाथै सपथ ग्रहणपछि अधिवेशन समापन गरिएको थियो ।
सांस्कृितक कार्यक्रम
लािलगुरास सांस्कृितक परिवारकाे अायाेजना गरिएकाे सांस्कृितक कार्यक्रममा िनमन्त्रणा गरिएकाे कारण एेक्यवद्धताकाे लािग केही समय सअभािग भइयाे । नेपालवाट प्रकाश कटुवाल र िमलन लामाकाे अतििथ कलाकारकाे रुपमा रहेकाे कार्यक्रम हेर्दा लाग्याे जन िगतका कलाकार फलगेर समेत यस िकसिमकाे कार्यक्रम गर्ने वारे याेजना बनाउन जरुरीछ । त्यहाका कलाकारहरु नेपाल अाउदा सम्भव हुदा जनकलाकारसंग भेटाउने कुरा भएकाे छ ।
काेसेलीकाे रजत अंक
काेसेली कुवेतमा प्रकाशिच हुने नेपाली पत्रिका हाे । यसकाे रजत अंक िनस्केकाे सन्दर्भमा एउटा राम्रै हाेटलमा कार्यक्रम राखिएकाे िथयाे । राजदुतकाे
प्रमुख अातिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुवेतमा रहेर नेपालीका सान राख्ने गरी काम गर्दै गरेका र यस पत्रिकाकाे िवकास र विस्तारमा सहयाेग गर्नु हुने १० जना नेपालीलाइ सम्मान गरिएकाे िथयाे । पत्रिकाकाे लािग सहयाेग गर्ने विविध क्षेत्रका नेपालीहरुकाे सहभागिता रहेकाे िथयाे ।
प्रशिक्षण
अधिवेशनको भोलिपल्ट अक्टोवर १० का दिन कार्यसमितिमा रहेका सदस्यहरुलाई विभिन्न राजनीतिक, वैचारिक र कामको सन्दर्भमा केन्द्रीय प्रतिनिधिको रुपमा नया कमिटीको सदस्य र सल्लाहकारलाई प्रशिक्षण दिने काम गर्नुै यस पटकको औपचारिक कार्यक्रम सहियो ।
मजराकाे भ्रमण
अपरान्हमा नेपालीहरुसहित ४०० श्रमिक कार्यरत रहेको कृषि फर्म मजरा हेर्न वार्फा क्षेत्रमा गइयो, जहा ४५ डिग्रिको तापक्रममा ग्रिन हाउसको प्रयोग गरि सवै किसिमको सागसव्जीको उत्पादन गरिएको थियो । श्रमिकको काम गर्ने अवस्था ठिकै रहेको र आवास खासै स्वस्थकर नरहेको अवस्था थियो । तर पनि मासिक करिव ३५ हजार आम्दानी गर्दै गरेका दांग र ललितपुरका दुई भाइहरुलाई भेट भएको थियो ।
त्यही साझ नेपालको लागि प्रस्थान गरियो र अक्टोवर ११ मा प्रधानमन्त्रीको निर्वाचनको परिणाम आउने समयमा नेपाल आइपुगेकी थिए ।