माघ १५ गते अर्थात जनवरी २८ तारिक नेपाल नर्सिं संघको ५१औ स्थापना दिवस थियो । मुलुकभरी महिला विरुद्ध हिंसाका घटनाहरु निसास लाग्दो रुपमा घटीरहेका थिए । झण्डै सत प्रतिशत महिला क्रियाशिल रहेको क्षेत्रको संगठन नेपाल नर्सिड संघलाइ यस विषय नछुने कुरै भएन । आम रुपमा महिलाको नाताले हुने हिंसा त छदै थियो, त्यसमाथि पेशागत सेवामा रहदा व्यवस्थापन र सहकर्मीवाट मात्र होइन, कहिलेकाही विरामी र कुरुवावाट समेत हिंसाको शिकार हुनुपर्ने वाध्यता उनीहरुले भोग्दै आएका छन् । त्यसैकारणले पनि, यस वर्षको नसिंडदिवसको नारा चयन गरिएको थियो “महिला ंिहंसा विरुद्ध नर्सिड. एसोसियनको ऐक्यवद्धता ।”
नर्सिड. दिवसको यही कार्यक्रममा ऐक्यवद्धताका लागि म पनि खुल्ला मञ्च पुगेकी थिए । नाराको विषयमा चर्चा चल्दै गर्दा एकजना सहभागिले भने “जवसम्म महिला हिंसाको मुद्दा मानवता विरुद्धको अपराधको कोटीमा पार्दै राजनीतिक दलहरुले आफ्नो मुलधारको विषय बनाउदैनन्, तवसम्म यो रोकिने वाला छैन । महिला हिंसाका अपराधीहरुलाई कार्वाही गर्नुको बदला राजनीतिक दलहरुले संरक्षण दिइरहेसम्म यस्ता नारा र सभाले चेतना उठाउने काम त गर्ला, तर अपराधीको मनोवल गिराउने र हिंसात्मक गतिविधिमा लाग्न हतोत्साहित हुदैनन् । महिला विरुद्ध हिंसा गर्ने अपराधिहरुका विरुद्ध राजनीतिक नेतृत्व साच्चै प्रतिवद्ध नभएसम्म यस्ता घटनामा न्युनिकरण हुने सम्भावना देखिदैन ।”
“राजनीति राज्य संचालनको मुल नीति हो । र, राजनीति नसुध्रिएसम्म मुलुक सुध्रदैन । अनि, राजनीतिलाई सुधार गर्न डिलमा बसेर आलोचना गरेर मात्र हुदैन । यसका लागि राजनीतिक माहौलभित्रै पसेर पहल गर्नुपर्छ” भन्ने विश्वासकासाथ राजनीतिक गतिविधिमा क्रियासिल व्यक्तिको नाताले माथि अभिव्यक्त कुराले मलाई अलि बढी झस्कायो । र, मैले भने राजनीतिक दलका मान्छेले यदि यस्ता आपराधिक कार्य गरेका छन् भने सम्बन्धित पार्टीमा जानकारी गराउदै उजुरी त दिन पर्यो नी । पार्टीहरुलाई औपचारिक रुपमा थाहा भएर पनि कार्वाही गरेनन् भने अनि संरक्षणको आरोप लागउन मिल्छ । अपराधिको संरक्षण गर्छन् भनेर आरोप मात्र लगाएर त समस्या समाधान गर्न सकिदैन ।
छेउमा वसेर हाम्रो छलफल सुनिरहेकी अस्मिता अगाडी सरिन र भनिन् के त्यस्ता घटना राजनीतिक दललाई जानकारी गराउदा कार्वाही हुन्छ भन्ने कुरामा तपाई विश्वस्त हुनुहुन्छ ? मेरो कुराप्रति उनले धावा वोलिन् । औपचारिक जानकारी गराएमा अपराधिलाई पार्टीहरुले कार्वाही गर्छन् भन्ने ग्यारेण्टी गर्न सक्नुहुन्छ ? उनले चुनौतीको भाषामा थपिन् । मैले विश्वासकासाथ प्रतिवाद गर्दै भने “उजुरी गर्न त लगाउनोस् । त्यसपछि पनि कार्वाही भएन भने अनि भन्नुहोला ।”
त्यसपछि शुरु भयो वास्तविक कथा । हामी सवै अलिपर कुनामा स¥यौ । अनि अस्मिताले घटना बताउन थालिन । घटना उनीमाथि नै घटेको रहेछ । विश्वविद्यालय तहमा अध्ययन गर्दै गरेकी उनलाई एउटा विद्यार्थी नेताले भन्यो “उसलाई उनी मन पर्छिन, त्यसैले उससंग उनले विवाह गर्न पर्छ ।” राजनीति बुझ्ने तर आफु राजनीतिमा क्रियासिल नभएकी अस्मिताले उसको प्रस्ताव इन्कार गरिन । तर, उनीमाथिको यो दवाव केही समय जारी रह्यो । अन्ततः उनले निरन्तर अस्विकार गर्दै गएपछि उसले एकदिन हतियार देखाउदै धम्यायो “मैले भनेको मानिनस भने तलाई मारिदिन्छु । मलाई कसैले केही गर्न सक्दैन ।” उसले आफ्नो पहुच गृह मन्त्रालयसम्म रहेको वतायो । यस्ता अपराधिको प्रस्ताव मैले स्विकार गर्न सक्दिन भन्दै पुन इन्कार गरेपछि अस्मिताले असुरक्षाको महसुस गर्न थालिन । उनले उक्त कुरा सहपाठीहरुसमेतलाई भनिन सहयोगको याचना गरिन । तर कतैवाट सहयोग नपाएपछि उनी कलेज जान छाडिन् । मानसिक पिडामा छट्पटाउदै उनी आफुलाई कसरी सुरक्षित बनाउने भन्नेमा चिन्तित थिइन ।
यही अवस्थामा एकदिन अचानक एक अपरिचित व्यक्तिको फोन आयो । कुराकानी भयो । उसले अस्मिताको समस्यामा सरोकार देखायो । पार्टीका एकजना उच्च तहका नेताको नाम लिदै आफु उनको छोरा सरह नजिक रहेको र चाहेमा भेटाइ दिनसक्ने कुरा ग¥यो । अन्यौलतामा रहेको उनलाई सहारा पाए झै भयो । उनीहरुले कलेजमा भेटे । उसले ति ठुला नेतालाई भेटाइ दिने आश्वसन दियो । उनले सोचिन उनलाई धक्याउने केटा त्यही पार्टीका विद्यार्थी नेता थियो र भेट गर्न पाए सवै कुरा भनेपछि धम्की र त्रासवाट मुक्ती पाइनेछ ।
त्यही आशामा बसेकी अस्मिताको फोनमा एकदिन फेरी रिड. बज्यो र उक्त नेताको नाम लिदै भेट्न जान तुरुन्त वाहिर निस्कन भन्यो । अस्मिता डेरावाट वाहिर आइन् । उसले वाइकमा वसाउदै भन्यो – नेताजी अहिले व्यस्त हुनुभयो । हामी एउटा होटलमा वसेर चियासिचा खाऔ । उहा फुर्सद भएपछि खवर आउछ, भनि भेटौला । उनले हुन्छ भनिन् । उनलाई एउटा गेष्ट हाउसमा पु¥याइयो र कोठामा लगियो । त्यसपछि उनले अनुमान गरिन यो मानिसको नियत साफ छैन । अन्तत, उनको अनुमान सत्य सावित भयो । उनले प्रतिवाद गर्ने प्रयत्न गरिन । तर, उनको केही लागेन । उसले अस्मिताको यौन शोषण ग¥यो । र, भन्यो चिन्ता नगर, यस्तो त कति हुन्छ–हुन्छ । भन्दै आफ्नो आपराधिक कुकर्म लुकाउन सारा नेपाली महिलाको इज्जतमाथि धावा बोल्यो ।
अस्मिता किंकर्तव्य विमुढ भएर के गर्ने र कसो गर्ने भन्ने अन्यौलतामा दिनहरु विताउदै थिइन । त्यही अवस्थामा बाबु सिकिस्त विरामी भएको खवर आयो र घर गइन । जादाजादै बाबुको पनि मृत्यु भयो । उनको निराश र हतास अनुहार बुवाको मृत्युको कारण भन्ने धेरैले अनुमान गरे । तर, उनी आफुमाथि घटेको घटनाका कारण भित्रभित्रै जलिरहेकी थिइन ।
बुवाको काम सकियो । त्यसपछि उनले तिन पटकसम्म आत्महत्याको प्रयाश गरिन, तर उनी असफल भइन । अन्तत, फेरी काठमाडौ आइन र एकजना विद्यार्थी महिलाको सहयोगमा पुनरस्थापना गृह पुगिन । त्यहीवाट परामर्ष सेवा र स्वास्थ्य परिक्षण गरी औषधि सेवन गर्न थालेपछि उनी विस्तारै सम्हालिन थालिन । आत्मविश्वास बढ्न थाल्यो । उनले सोच्न थालिन उक्त घटनामा उनको के दोष थियो र जिन्दगीभर पिल्सिएर बस्ने ? अनि अपराधी चाही संधै ठाडो शिर गरेर हिड्ने ? आफु चुप लागेर बसेमा उनलाई आफैमाथि अन्याय गरिरहेको हुनेछु भन्ने कुराले पिरोल्न थालेको रहेछ ।
आफुमाथि अपराध गर्ने अपराधिलाई सार्वजनिक गर्ने उपायमा उनी भौतारिन थालेको लामै समय भएको रहेछ । जुन नेताको नाम लिएर आफुमाथि कसैले अपराध ग¥यो, उनीसम्म पुग्ने र घटनाको वारेमा बताउने उपायको खोजीमा रहिछन् । जुनसुकै पार्टीको भए पनि उक्त नेतालाई भेटाइ दिने विश्वास दिलाएपछि उनले नाम खोलिन् ।
उक्त नेता एउटा पार्टीको शिर्ष नेता रहेछन्, जसको नामको दुरुपयोग गरी उनको यौन शोषण गरिएको थियो । अन्तत विभिन्न प्रयाशपछि अस्मिताले उक्त नेतालाई भेटिन् र कसरी नेताको नामको दुरुपयोग गर्दै उनीमाथि दुर्व्यवहार गरियो भन्ने वारेमा सवै कुरा भनिन् । उक्त अपराधी नेताको चिनजानको व्यक्ति रहेको कुरा साचो रहेछ ।
घटनाको सवै विवरण बताइ सकेपछि विदा हुनु अगाडी अस्मिताले भनिन् – “राजनीतिक नेताले अपराधिलाई जोगाउछन् वा कार्वाही गर्छन् ? यो तपाइको लागि टेस्ट केस हो । कार्वाही गर्नुृहुन्छ वा जोगाउनु हुन्छ, तपाइको कुरा हो । मैले त यो घटनावाट जिन्दगीभर कसै गरे पनि न्याय पाउदिन । तर, तपाइहरु जस्ता राजनीतिक नेताले अपराधिलाई संरक्षण दिनुको बदला कार्वही गर्नु भएमा अरु धेरै महिलाले राजनीतिको आडमा अपराधको शिकार हुनु पर्ने छैन । मेरो अपेक्षा त्यति मात्र हो ।”
नेताजीले भने आफुले यस सन्दर्भमा बुझ्ने र अस्मिता जसता उत्पिडितहरुले पनि सचेनता अभियानमा लाग्नु पर्ने कुरा के उच्चारण गरेको थिए, उनले प्रतिवाद गर्दै भनिन मलाई उत्पिडित नभन्नुस । म एउटा नागरिक हु सिर्फ नेपाली नागरिक । सक्नुहुन्छ अपराधिलाई कार्वाही गर्नुस अन्यथा मलाई मानसिक रुपमा कमजोर बनाउन यस्ता शव्द प्रयोग नगर्नुस् । यस घटनामा मेरो के दोष थियो ? परिवारवाट टाढा रहनु, उच्च शिक्षा अध्ययन गर्न आउनु, कसैले राखेको एकपक्षिय प्रस्तावलई अस्विकार गर्नु र त्यही परिवेसको फाइदा उठाउदै तपाईहरु जस्ता ठुला मान्छेको वरिपरी घुम्ने दानवले बुनेको आपराधिक जालो बुझ्न नसक्नु नै मेरो कमजोरी हो ? उनको आत्मविश्वास उच्च थियो ।
त्यती भनेर अस्मिता वाहिर निस्किन र छुट्ने वेलामा चुनौतीपुर्ण भावमा भनिन्– यो तपाइका लागि पनि टेस्ट केस भयो । आपराधिक घटनाको जानकारी गराएपछि राजनीतिक पार्टीले अपराधिलाई जोगाउदछ वा संरक्षण गर्छ ? म दुरीमा सवेर हेर्नेछु । र, कार्वाही भएको खवर संचार माध्यममा पढ्न वा सुन्न पाए भने तपाइहरुको कुरामा विश्वास गर्नेछु ।