सेप्टेम्वर १७–२०, २०१५

नेकपा एमालेको प्रवासी नेपाली मञ्च ओमानको प्रथम रँष्ट्रिय अधिवेशन यही सेप्टेम्वर १८ का दिन सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागि हुनका लािग १७ तारिकका दिन ओमानएअरवाट मस्कट पुगिएको थियो ।

ओमानको मस्काटस्थित मोतीमहलमा झण्डै एकसय नेपालीको विचमा सम्पन्न उक्त अधिवेशनले गगन कार्कीको अध्यक्षतामा ३१ सदस्यीय राष्ट्रिय कमिटीको गठन गरेको छ । कार्यक्रममा नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा प्रवास इन्चार्जको हैसियतमा मेरो उपस्थिती रहेको थियो भने कार्यवाहक राजदुत रोजिना ताम्राकार, यूएइ र बहराइनका ओएनएफका अध्यक्षहरु क्रमश प्रकाश कोइराला र दुर्गा गिरी लगायत स्थानिय अन्य संघसंस्थाका अतिथिहरुले अधिवेशनलाई सम्वोधन गरेका थिए । ओमानमा हाल नेपालीहरु विच १४ वटा संघसंस्थाहरु रहेकोेछन् ।

शुभकामना दिने क्रममा स्थानिय प्रतिनिधिहरुले ओमानका श्रमिकहरुले भोग्दै आएका समस्याको वारेमा जोड दिएका थिए भने छिमेकी मुलुकवाट आएका अतिथिले आफु रहेको मुलुकमा काम गर्दाको अनुभव बताएका थिए । कावा राजदुतले समस्या समाधानमा दुतावासले खेल्दै आएको भुमिका र संघसंस्थाले गर्दै आएको सहयोगको वारेमा जानकारी गराउदै आगामी दिनमा ओएनएफसंग अझै नजिकको समन्वयनमा काम गर्ने अपेक्षा सहित शुभकामना दिनुभएको थियो ।

पार्टी नेतृत्वका तर्फवाट मन्तव्य राख्ने क्रममा विचार विश्वव्यापी हुने हुदा विचार मिल्नेहरुको आस्था जोगाउने र हुर्काउने संस्थाको रुपमा ओएनएफलाई विकास गर्दै नेपालीहरुलाई सहयोग गर्ने र विदेशी भुमिमा सामाजिक सांस्सकृतिक काममा आफुलाई केन्द्रीत गर्नुपर्ने भन्दै राजनीति हरेक मुलुकको नागरिक अधिकार भएकोले अरुको मुलुकमा राजनीतिक गतिविधि गर्दा त्यहाको कानुनी सिमासभित्र रहन निर्देशन दिइयो ।

मुलुकले नया संविधान पाएको प्रशंगमा सवैका केही न केही असहमतीका वावजुध मुलुकमा लामो समयदेखि रहेको राजनीतिक अस्थिरतावाट मुक्त गर्न सम्झौताका दस्तावेजको रुपमा आएको यो संविधानले लोकतान्त्रिक संधिय गणतन्त्रलाई संस्थागत गर्दैै मुलुकलाई धर्मनिरपेक्ष र समावेसी रुपमा अगाडी बढाउदै आम नागरिकको आधारभुत आवश्यकता गास, आवास, रोजगारी शिक्षा, स्वास्थ्य र साकाजिक सुरक्षाको सुनिश्चित गरेकोले कतिपय असहमतीका वावजुध यसलाई स्विकार गर्दै अगाडी बढ्नुपर्ने कुरा बताइयो ।

प्रवाशीको वारेमा विदेशमा आर्जित सीप, पुजी र अनुभवको लगानी मुलुकका विकासमा लगाउनु पर्ने कुरा संविधानले समेत संस्थागत गरेको सन्दर्भमा ठोस योजनासहित विदेशमा वस्ने नेपालीले सिर्जनात्मक रुपमा सहयोग गर्नु पर्ने कुरा सम्बोधनको क्रममा आग्रह गरियो।

मुलुक भुकम्पवाट थिलथिलो भएको अवस्थामा पुनरनिर्माणको लागि सीपयुक्त श्रमशक्ती र मर्यादित कामको व्यवस्थाका लागि पारिश्रमिक, विमा र सामाजिक सुरक्षाको उचित व्यवस्थाको लागि युनियनहरु लागि परेकोले आवश्यक पर्दा मुलुक फर्कन पनि नेपालीलाई आव्हान गरियो ।

खास गरी विदेशमा रहेका प्रवासी श्रमिकले मत राख्न पाउने अधिकारको वारेमा व्यवहारिक सुझावसहित अगाडी आउन सवै संघसंस्था विच समन्वयका लागि अगुवाइ गर्न ओएनएफलाई निर्देशन दिइयो ।

द्धन्द्धवाट रुपान्तरणको दिशामा रहेको मुलुकमा सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा विदेशी भुमिमा रहेर पनि कुसंस्कार र अन्धविशवासको विरुद्ध आफु, आफ्नो परिवार र संस्थावाट नै पहल शुरुवात गर्ने वारेमा पनि आवश्यक ध्यान दिन आग्रह गर्दै अधिवेशनको पुर्ण सफलताको कामना गरिएको थियो ।

अधिवेशनको दोस्रो सत्रमा मुक्ति वरालको अध्यक्षतामा दुर्गा गिरी र प्रकाश कोइराला रहेको अध्यक्ष मण्डल तथा निर्वाचन कमिटी बनाइएको थियो । उक्त सत्रमा मान वहादुर विकवाट प्रस्तुत हालसम्म जम्मा आम्दानी ३२३६.७०, खर्च ३०८१.८९ र बचत १५६.८१ रियाल रहेको आर्थिक प्रतिवेदन हलले पारित गरेको थियो । त्यसै गरी गगन कार्कीले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्नुभयो । हाल ओमान रहेको १८ लाख प्रवासी श्रमिकमा झण्डै १३ हजार नेपाली रहेको उनी विच १४ वटा नेपाली संस्था रहेको र ओएनएफ झण्डै सय जना सक्रिय सदस्यसहित अग्रस्थानमा रहेको जानकारी गराउदै आगामी दुइ वर्षमा संगठित सदस्य हाल रहेको २० वाट बढाएर १०० पु¥याउने र साधारण सदस्य विस्तारको लागि अधिकतम प्रयास गर्ने योजना राख्नुभयो ।

प्रवासी नेपाली संघको नाममा २०१३ सेप्टेम्वरमा ६ जनाको सक्रियतामा स्थापना गरिएको यस संस्था अक्टोवर ५, २०१३ मा ओएनएफमा परिणत गरी विगतमा ३६ सदस्यीत कमिटी र ९ सदस्यीय सचिवालय रहेको कमिटीको यस विचमा २१ वटा वैठकहरु सम्पन्न भएको जानकारी दिनुभयो ।

सांगठिन प्रतिवेदन पारित गर्नुकासाथै २९ सदस्यीय नया कमिटी बनाउने प्रस्तावसहितको विधान पारितसंगै गर्दै शुरु भएको निर्वाचन कार्यक्रमवात कमरेड गगन कार्कीको अध्यक्षतामा निम्न सदस्य रहेको कार्य समिति को निर्वाचन गरेको छ ।

       पद            नाम          जिल्ला

  • अध्यक्ष       गगन कार्की (दैलेख),
  • उपाध्यक्ष    लिलानाथ कोयराला(मोरङ)
  • उपाध्यक्ष    तेज बहादुर तमाङ्ग (सिन्धुपाल्चोक)
  • उपाध्यक्ष    रामहरि गिरी (काठमाण्डु)
  • महासचिव   सोमकृष्ण श्रेष्ठ (दोलखा)
  • सचिव        विश्णु चौलागाइँ(कभ्रेपलाञ्चोक)
  • सचिव        रञ्जित अचार्य (झापा)
  • सचिव       जनकलाल महतो (धनुषा)
  • कोषाध्यक्ष  मान वहादुर नेपाली (बाके)
  • सह–कोषाध्यक्ष अनु (हिरा) पौडेल (पर्वत)
  • संगठन विभाग छत्र प्रसाद मिश्र मोरंग
  • अनुशासन विभाग जयराज कटवाल कञ्चनपुर
  • प्रचार विभाग दुर्गा (पशुपती) जीसी अर्घाखाची
  • महिला विभाग शरदा तिवारी झापा
  • सांस्कृतिक विभाग राजेन्द्र तिमल्सिना काभ्रे
  • खेलकुद विभाग नरायणराज चौलागाइ दोलखा
  • सदस्य      अञ्जन गुरुंग (कास्की)
  • सदस्य      रामु कुवर (गुल्मी)
  • सदस्य      याम पौडेल (तेह्थुम)
  • सदस्य      बुद्धी वहादुर थापा (बर्दिया)
  • सदस्य      निशान्त शर्मा (बाके)
  • सदस्य      राजेश दुलाल (झापा)
  • सदस्य      गोमा पाण्डे (गुल्मी)
  • सदस्य      पुजा राइ (इलाम)
  • सदस्य      अरुण बञ्जाडे (अर्घाखाची)
  • सदस्य      कमल गौतम (अर्घाखाची)
  • सदस्य      भुपाल चौहान (नुवाकोट)
  • सदस्य      राजु रायमाझी (काठमाडौ)
  • सदस्य      रेशम बहादुर शाही (सुर्खेत)
  • सदस्य      रेशम सिलवाल (काठमाडौ)

सल्लाहकार

  • मुक्ती बराल कास्की
  • मिठु कोइराला स्यांजा
  • मान बहादुर श्रेष्ठ झापा
  • राजेन्द्र खतिवडा मोरंग

युनियनसंगको भेटघाट

ओएनएफको कार्यक्रम सकिएपछि सोही साझ ६ वजे ओमान ट्रेड युनियन महासंघ (जनरल फेडेरेसन अफ ओमान टे«ड युनियन) को डेपुटी अध्यक्षसंग एउटा कफि पसलमा ओमान–ओएनएफका अध्यक्ष लगायतका साथिहरुसंग भेटघाट गरियो । उक्त भेटमा नेपाल आउनका लागि जिफण्टको निमन्त्रणापत्र दिदै जिफण्टसंग द्धिपक्षिय सम्बन्ध विकास गर्ने वारेमा छलफल गरियो । जस अनुसार उनीहरु २०१६ को कुनै समय नेपाल भ्रमण गर्न सक्ने बताएका छन् ।

त्यसपछि ओमानस्थित नेपाली प्रवासी श्रमिकको समस्यामा हातेमालोको कुरा गरियो । उनीहरु त्यसमा सकारात्मक रहेका छन् । कुनै पनि समस्या आउदा युनियनको कार्यालयमा आउन आग्रह गर्दै आवश्यक सहयोगका लागि सम्बन्धित विभागको साथिहरुसंग परिचय गराइ दिने र आवश्यक सहयोग हुने कुरामा उनले आश्वस्त बनाए । झण्डै एकघण्टाको कुराकानीपछि हामी विदा भएर आ–आफ्नो काममा लाग्यौ ।

नव निर्वाचित कमिटीका सदस्य विच प्रशिक्षण कार्यक्रम

साझ झण्डै आठ वजेवाट १० वजेसम्म ओएनएफको पृष्टभुमी, काम कर्तव्य, सिद्धान्त, जवज लगायतका विषयमा उपलव्ध नवनिर्वाचित सदस्यहरुको वारेमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन गरियो । छलफलका क्रममा साथिहरुलाई अनुभव र अनुभुतीका आधारमा आफ्ना कुराहरु राख्नु भएको थियो । मुलत गैर आवाशिय नेपाली संघको वारेमा साथिहरुमा रहेको फरक धारणाको वारेमा अलि बढी नै वहस भएको थियो । खाडी क्षेत्रमा काम गर्न आउने नेपालीहरु एनआरएन नभएको केही साथिहरुको बलियो मत थियो । जुन कुराको लागि हालै संविधानमा उल्लेख गैर आवाशिय नागरिकताको प्रमाणपत्रको व्यवस्थाले समेत स्पष्ट पारेको कुरा साथिहरुको रहेकोछ भने केही साथिहरुको मुलुक वाहिर गएर २ वर्ष वसेपछि एनआरएनएको सदस्यह हुने तर्क थियो । यस विषयमा पार्टीको अलि स्पष्ट निर्देशन आवश्यक रहेको कुरामा साथिहरुको जोड रहेको थियो ।

ओमानको मेघा परियोजनाको भ्रमण

सेप्टेम्वर १९ का दिन विहान केही मेघा परियोजनाहरुको निर्माणस्थलका साथै यहाका केही रमणिय ठाउहरु घुम्न गइयो । उक्त मेघा परियोजनाको मेनेजरका रुपमा कार्यरत इन्जिनियर ओएनएफका उपाध्यक्ष समेत रहेकोले पनि उक्त स्थलहरु घुम्न जान सहज भयो । फर्कने क्रममा सुल्तानको दरवार, समुन्द्रको किनार, केही वगैचाहरु घुम्दै अन्तिममा घुम्तीमाथिको डाडा हुदै मस्कट फर्कने काम गरियो ।

नेपाली विच अन्तरक्रिया

साझ ६ वजे ओमानस्थित नेपाली संघसंगठनको प्रतिनिधि विचमा बसेकै होटलमा अन्तरक्रिया कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका साथिहरुले मुलत प्रवासी श्रमिकको समस्यामा केन्द्रीत भएर आफ्ना भनाइहरु राख्नु भएको थियो । कार्यक्रममा नेपाली एकता समाज, एनआरएनए, नेपाली सम्पर्क समिति, नेपाली समाज लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । १३००० नेपालीमध्ये करिव ९० प्रतिशत नेपाली निर्माण क्षेत्रमा कार्यरत रहे पनि भेलामा भने अन्य क्षेत्रका साथिहरुको नै उपस्थिति थियो । प्रवासी समस्या लगायत नेपालको समसामयीक विषयमा गरिएको छलफलमा मुलत निम्न विषयहरु उठाइएका थिए ।

छलफलमा उठाइएका विषयहरु

  • प्रवासी श्रमिकको इन्सुरेन्सको समस्या भएकोले यसलाई कि त ३० महिनाको गरिनुपर्ने वा दुतावासवाट नै नविकरण गर्न सकिने व्यवस्था हुनुपर्ने
  • श्रम नविकरणको व्यवस्था दुतावासमा हुनुपर्ने
  • पुराना घरेलु श्रमिकको लागि ४०० रियाल धरौटी राख्ने कुरा खारेज गरिनुपर्ने
  • हरेक श्रमिकवाट मासिक १००० देखि ५००० सम्म स्वेच्छिक रुपमा रकम निर्णय गरी अनिवार्य संकलनको नियम बनाइ मुलुक निर्माणको प्रक्रियामा लगानी गरिनुपर्ने
  • पर्यटन विकासका लागि विदेशमा रहेका संघसंस्थाहरुलाई परिचालन गरिनुपर्ने
  • मुलुकमा व्यवासायिक तथा प्राविधिक शिक्षामा जोड दिइनुपर्ने
  • निशुल्क भिषाको नीतिलाई कडाइकासाथ लागु गरिनुपर्ने
  • कम्पनीले पासपोर्ट राख्ने कुरा ९० प्रतिशत कम्पनीमा हुने गरेको र नेपाली र अन्य मुलुकको नागरिक विच एउटै काम गर्दा पनि फरक तलव दिने विभेदकारी अवस्थाको अन्त्यका लागि श्रम सम्झौता मार्फत व्ववस्गित गरिनुपर्ने
  • घरेलु श्रमिकको वारेमा सम्झौता गर्दा सपताहन्त विदामा निश्चित ठाउसम्म रोजगारदाताले लगेर छाड्ने र लिन जाने व्यवस्था हुनुपर्ने
  • विदेश जादा तालिम दिइनुपर्ने, एअरपोर्टमा मर्यादित व्यवहार गरिनुपर्ने
  • विदेशमा रहदा हासिल गरेको सीपलाई मुलुक फर्किएपछि उपयोग गर्ने व्यवस्थित योजना हुनुपर्ने, मर्यादित कामको व्यवस्था, काममा सुरक्षाको व्यवस्था, शैक्षिक श्रृण दिने प्रावधान लगायतको व्यवस्था हुनुपर्ने
  • राष्ट्रियता (लिकुलेक) को वारेमा एमालेले अलि ध्यान दिनुपर्ने ।
  • प्रवासी श्रमिकहरु नेपाली नागरिक नै भएको र गैह्¬–आवासिय नेपाली नभएको कुरा स्पष्ट गर्दै सोही अनुसार कानुनमा परिवर्तन हुनुपर्ने । र
  • सम्भव हुने सम्मका सेवा र सुविधालाई अनलाइन सेवामा लगिनुपर्ने पनि साथिहरुको माग रहेको थियो ।

सहभागिहरुले उठाएको यी विषयहरुमा खास गरि श्रमिक समस्या जस्तोप्रवासमा काममा जादा पैसा तिर्नुपरेको, फकर तलव दिएको, पासपोर्ट राखेको लगायत विषयमा प्रमाण तथा तथ्यगत सुचना उपलव्ध गराउन आग्रह गरियो । मुलुक निर्माणको सन्दर्भमा लगानी गर्न सरकारले गर्नुपर्ने नीतिगत व्यवस्थामा सुधार गर्न ठोस सुझाव आउदा पहल गर्न सकिने, लगानीको सन्दर्भमा एनआरएनए लगायतका संघसंस्थाले आफ्नो पहलमा केही मोडल इन्टरप्य्रुनरसिप विकासको काममा पहल गर्नु पर्ने कुरा सल्लाह दिइयो ।

तालिमको सन्दर्भमा प्रवासमा काम गर्न जाने श्रमिक आफै पनि सचेत हुनुपर्ने, विना तालिम प्रमाणपत्र लिने कुरामा उनीहरुले पनि अस्विकार गर्नुपर्ने लगायतका विषयमा सवैले हातेमालो गर्नुपर्ने । व्यक्तिले ध्यान दिनुपर्ने कुरामा सरकार वा युनियन वा अन्य संस्थाको मात्र पहल प्रभावकार िहुन नसक्ने कुरा बताइयो ।

सवै प्रवासी एनआरएन होइनन् । इच्छच हुनेले दुइवर्ष पुगेपछि सदस्य बन्न सकिने तर एनआरएनले पाउने सुविधा भने सवेले पाउनुपर्ने व्यवस्था गरिएको हो । यस सन्दर्भमा निश्चित तलव स्केलको आधारमा प्रवासी श्रमिकका लागि सदस्यता शुल्क नोमिनल मात्र राख्नका लागि एनआरएनएले ध्यान दिनुपर्ने विषय उठान गर्नुपर्ने सुझाव पनि दिइयो ।

छलफलमा उठेका सवै सवालहरुलाई प्रतिवेदनका रुपमा पार्टीको केन्द्रीय कार्यालयमा समेत उपलवध गराउन ओएनएफलाई आग्रह गर्दै उक्त अन्तरक्रिया कार्यक्रमसंगै यस पटकको ओमानको भ्रमणको औपचारिक कार्यक्रम सकियो र २० तारिकको दिन विहान काठमाडौ फर्किइयो ।

Conference News-Report Oman (Report Organisational and financial)