‘जहा“ शोषण हुुन्छ, त्यहा“ संघर्ष हुन्छ, जहा दमन हुन्छ, त्यहा विद्रोह हुन्छ’ भने झै समाजमा व्याप्त पितृसत्तात्मक विभेदमा लामो समय चुपचाप रहेका महिलाहरु चेतनाको विकास र अनुकुल वातावरणको निर्माणसंगै विस्तारै आफ्नो अधिकारको लागि संगठित रुपमा आवाज उठाउन थाले भने समानताका पक्षपाती पुरुषहरु पनि यस अभियानको सहयोगी बने । पन्ध्रौ÷सोहै शताब्दीमा पश्चिमी
यूरोपमा पू“जीवादी उत्पादन कार्य तिव्र रुपा अगाडी बढ्न थाल्यो । खासगरी अठारौं शताब्दीमा पुग्दा बेलायतको औद्योगिक क्रान्तीको सफलतासंगै उद्योगधन्धा र पूंजीको विकासमा तीब्रता आएको थियो । यसले पूंजीपतिहरुको स्थितिलाई मजबुत बनाउनुकासाथै सामन्तवादी सत्ता खोसी पूंजीपतिहरुको हातमा शक्ति केन्द्रीत हुन थालेको थियो । यसरी छिटोछिटो कलकारखानाको बिकासका कारण श्रमिकको माग बढ्दै जादा महिलाहरु पनि घर वाहिरको उत्पादन कार्यमा भाग लिन थाले । तर, उनीहरुलाई दिइने तलव कम र कामको समय अनिश्चित थियो । कम पारिश्रमिक र लामो कार्यघण्टा, महिलाजन्य आवश्यकता (जस्तो महिनावारी, विरामी र सुत्केरी अवस्था) मा वेवास्ता लगायतका व्यवहारले महिलामा असन्तुष्टी बढ्दै जान थाल्यो ।
महिलाहरुको न्याय, समानता र अधिकारका निम्ति भएका बिभिन्न प्रयासहरु
यो परिवेसलाई नजिकवाट नियालिरहेका विभिन्न क्षेत्रका व्यक्तीहरुले महिला विरुद्ध हुने शोषण, दमन र यस किसिमको अमानवीय व्यवहार विरुद्ध आवाज उठाउन थाले । सन् १७७९ मा सवैभन्दा पहिला बेलायतकी महिला मेरी वोल्स्टोनक्राफ्ट (Mary Wollstonecraft) ले महिला अधिकारको वारेमा आवाज उठाउदै महिलामाथि भैरहेको पुरुष प्रधान शासन व्यवस्थाको बिरोध गर्दै राज्य संयन्त्रमा महिलाको समान अधिकारको माग गर्नुभयो । उहाको यस कदमको पक्ष र विपक्षमा गरमागरम वहस शुरु भयो । उहा भने आफ्नो अभियानमा निरन्तर लागि नै रहनुभयो । पछि उहाले समाजवाद र महिला (Socialism and Women) नामको निकै गहकिलो पुस्तक प्रकाशन गर्नुभयो ।
यसको १० वर्षपछि १७८९ अक्टोवरमा पेरिसका गरीब र श्रमजीवी महिलाहरु चरम महंगीको विरोधमा जुलुश र धर्नामा पुगे । श्रमजीवी महिलाहरुमा विकास भएको चेतना १८३२ मा आइपुग्दा नेदरल्याण्डको कपडा काररखानामा काम गर्ने श्रमिक महिला दास प्रथा विरोधी समाजको गठन गरी असमान व्यवहार र तलवको विरुद्ध आवाज उठाउन थाले ।
शोषण विरुद्ध सिंगो यूरोपभरी नै औद्योगिक श्रमिकहरु क्रान्तिको आ“धी चलाउदै थिए । विश्व सर्वहारावर्गको वकालत गर्दै १८४८ मा माक्र्स र एंगेल्सद्धारा ‘कम्युनिष्ट घोषणपत्र’ को प्रतिपादन गरे । यसले सम्पूर्ण श्रमजीवी जनतालाई आपm्नो मुक्तिको लागि संगठित रुपमा अगाडी बढ्न प्रेरित ग¥यो । श्रमिकहरु आन्दोलनको मोर्चालाई बलियो बनाउने सन्दर्भमा श्रमिक महिलाहरुसमेतलाई परिचालित गर्दै अगाडी बढ्यो ।
१८४८ जुलाईमा अमेरिकन महिलाहरुको बीच धार्मिक अधिकार र सामाजिक खराबी (Social Evils and Religious Rights of Women) विषयमा सेनेकाफल्स (Seneca Falls, Newyork) मा एउटा कार्यक्रम आयोजना भयो । यस कार्यक्रमले महिला अधिकार सम्बन्धि घोषणापत्र मार्फत तीन बुदे माग, (१) महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य र समान अधिकार, (२) शिक्षा र रोजगारीमा समान अधिकार र (३) समान मताधिकारको उद्घोष गर्यो ।
यस घोषणाले अमेरिकी महिला बीच सनसनी फैलाउन पुग्यो । १८५०—६० को दशकमा पूंजीबादको तीब्र विकासको क्रममा भएको स्वचालित यन्त्रको विकासले कतिपय शारीरिक कामलाई मेशिनले विस्थापित गर्दै थियो भने अर्कातर्फ लामो र अनिश्चित कार्यघण्टा, मालिकको मन लागी व्यवहार र शोषणका कारण श्रमिकहरुको जीवनप्रति घृणा, रोष, असन्तुष्टि र चिड्चिडाहट थपिदै थियो ।
परिणामतः सन् १८५७, ८ मार्चको दिन अमेरिकाको सूती कपडा उद्योगमा काम गर्ने श्रमिक महिलाहरु कामको घण्टा कम गराउने मागसहित आन्दोलनमा उत्रिए । श्रमिक बीचको एकता र सहकार्यले राष्ट्रिय सिमा नाघ्न थाल्यो । एकतामा मात्र श्रमजीवी वर्गको बल हुन्छ भन्ने कुरा बुझ्न थालेका श्रमिकहरु अन्तरराष्ट्रिय ऐक्यवद्धताको विकासको क्रममा थिए र सन् १८६४ मा पहिलो पल्ट अन्तराष्ट्रिय श्रमिक संघ (International Worker’s Association) गठन गरे । १८६६ मा सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनवाट गठित संघ महिलाविहिन हुदा औपचारिक रुपमा भएको विरोध र असन्तुष्टीपछि वेलायतको हरियता ल लाई थप गरी यसको पहिलो महिला सदस्य बनाइएको थियो ।
अठारौं शताब्दीको अन्तसम्म पनि विश्वका कतिपय मुलुकहरुमा केही कुलिन वर्गले मात्र राजनीतिमा भाग लिन पाउने कानूनी व्यवस्था थियो । समयको माग अनुसार यसको दायरा फराकिलो पार्दै अन्य निम्न वर्गले पनि चुनावमा भाग लिन पाउने व्यवस्था हुदै गयो । तर मतको वजन वर्ग अनुसार फरक थियो । रुसमा १ जना जमिन्दार बराबर ५ जना किसान र एकजना पू“जीपति बराबर ३ जना श्रमिकको मत मानिन्थ्यो । महिलाहरु मताधिकारवाट बञ्चित थिए ।
यस्तो पक्षपातपूर्ण कानूनको विरुद्ध महिलाहरु सचेत हु“दै थिए । १८६५ मा वेलातयतका महिलाहरुले मैनचेष्टरमा महिला मताधिकार समिति (Women Suffrage Committee) गठन गरेर महिला मताधिकारको पक्षमा संकलित हस्ताक्षरसहित महिलाको समान मताधिकारको विषयमा तयार गरिएको विधेयक १८६७ मा जोन स्टुआर्ट मील (John Stuart Mill) मार्फत ब्रिटिस संसदमा पेस गरे । महिला मताधिकारको विषयले संसदमा औपचारिक प्रवेस पाएको यो पहिलो घटना थियो ।
महिला मुक्तिलाई श्रमजीवी वर्गको आन्दोलनसंग जोड्दै आमुल परिवर्तनको अभियानको नेतृत्व गर्दै क्लारा जेट्किन लगायतका महिलाहरु निरन्तर क्रियासिल रहे । सन १८६८ मा कार्लमाक्र्सले महिला अधिकारको प्रश्नलाई शसक्त ढंगले उठाउदै “रोजगारीमा महिलाले अवसर पाउनुकासाथै शिशुस्याहार लगायतको व्यवस्था गरिनुपर्ने मागमा जोड दिदै श्रमिक महिलाको आर्थिक उत्पादनको क्षेत्रमा हुने सहभागिता उनिहरुलाई आत्मनिर्भर बनाउनुकासाथै समाज विकासको लागि महत्वपुर्ण भएको कुरामा जोड दिदै सवै श्रमिक महिलाहरुलाई विश्व श्रमिक आन्दोलनमा सहभागि हुन समेत आग्रह गर्नुभयो ।
१८७१ को पेरिस कम्यून (१८ मार्च—२८ मे) को असफलतापछि पू“जीवादी शासकहरुले श्रमिक आन्दोलनलाई निर्ममतापूर्वक दबाउन थाले । यो अवस्थालाई चिर्न र श्रमिक वर्गको मुक्तिको लागि सामाजिक जनवादी श्रमिक पार्टीको गठन भयो । महिला श्रमिकहरु पनि त्यसमा संगठित हुन थाले । यसरी श्रमिक महिलाहरु राजनीतिक दलमा समेत सहभागि हुन पुगे ।
१८८९ मा पेरिसमा श्रमिकहरुको ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरियो । त्यस सम्मेलनको मञ्चबाट क्लारा जेट्किनले महिला र पुरुष विच समान अधिकारको विषयको उठान गर्ने क्रममा समान कामको समान पारिश्रमिक हुनुपर्ने कुरा पनि उठ्यो । महिला अधिकारको वारेमा व्यवस्थित, स्पष्ट र सशक्त रुपमा समानताको कुरा उठेको यो नै पहिलो घटना थियो । यसले खास गरी औद्योगिक मुलुकका महिला विच थप जागरुकता ल्यायो ।
१८९० वाट महिला मताधिकारमा काम गर्दै आएका संगठनहरु एकजुट हुन थाले । अमेरिकाका बिभिन्न महिला संघहरु मिलेर अमेरिकी राष्ट्रिय महिला मताधिकार संघ (The National American Women Suffrage Association) गठन गरे । त्यसले अमेरिकामा मताधिकार सम्बन्धी आन्दोलनलाई शसक्त ढंगले अगाडी बढाउन थाल्यो । त्यस प्रभाव अन्य देशहरुमा पनि पर्न थाल्यो । व्रिटिस संसदमा महिला मताधिकारको वारेमा कुरा उठेको २५ वर्षपछि १८९३ मा महिलाले मताधिकार पाउने विश्वकै पहिलो देशको रुपमा न्यूजिल्याण्डका महिलाहरुले मताधिकार प्राप्त गरे । त्यस घटनाले विश्व महिला आन्दोलनमा आशाको किरण छर्न थाल्यो । त्यसपछि विश्वभरका महिलामा आशाको किरण फैलन थाल्यो ।
१८९२ वाट क्लारा जेट्किनको सम्पादनमा जर्मनीको श्रमिक महिला आन्दोलनको मुखपत्र ‘समानता’ पाक्षिकको माध्यमवाट अन्तर्राष्ट्रिय क्षेत्रमा नै महिला विच सचेतना अभियानका लागि प्रेरित गर्न थाल्यो । १८९७ मार्च ८ का दिन उचित पारिश्रमिक र निश्चित कार्यघण्टाको माग गर्दै न्यूयोर्कमा श्रमिक महिलाहरु प्रदर्शनमा उत्रिए । यो क्रम अगाडी बढ्दै जादा क्लारा जेट्किनको नेतृत्वमा १९०७ मार्च ८ मा जर्मनीको स्टुटगार्डमा समाजवादी महिलाहरुको पहिलो अन्तरराष्ट्रिय सम्मेलन गरी ‘श्रमिक महिला संघ’ को स्थापना भयो । १९०८ मार्च ८ मा न्यूयोर्कमा श्रमिक महिलाहरुले मताधिकार पाउनु पर्छ भनी पुनः प्रदर्शन गरे । यसले अमेरिकामा महिलाको आवाजलाई एकिकृत गर्न सहयोग पुग्यो । १९०९ मार्च ८ कै दिन शिकागो शहरका महिलाहरु समान अधिकारको मागसहित व्यापक हडताल गर्दै जुलुश प्रदर्शन गर्दै सभामा परिणत भए । यस किसिमका गतिविधिले खासगरी औद्योगिक मुलुकका श्रमिक विचको शक्तिलाई थप सुदृढ बनायो ।
१९१० मा १७ देशका श्रमिक र राजनीतिक महिला प्रतिनिधिहरुकासाथै फिनल्याण्डमा पहिलोपटक निर्वाचित भएका तीनजना महिला सांसदसहित झण्डै १०० जना समाजवादी महिलाहरुको विचमा दोस्रो अन्तरराष्ट्रिय महिला सम्मेलन आयोजना गरियो । यही सम्मेलनमा विश्वभर श्रमिक महिलाहरुले समानताको लागि गरेका आन्दोलनहरुको सम्मान र सम्झनाका लागि समानताका पक्षपातीहरुको विचमा ऐक्यवद्धता दिवसको रुपमा मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउनका लागि क्लारा जेट्किनद्धारा राखिएकोे प्रस्ताव एकमतले पारित भयो ।
१९११ वाट यस दिनलाई विश्वभर समानताको आन्दोलनको रुपमा मनाउन थालियो । १९१४ मा पहिलो विश्वयुद्ध शुरु भएको विभिन्न देशका देशभक्त, शान्तिप्रिय श्रमजीवी जनताहरु त्यस युद्धको विरोधमा उत्रिए । युरोपमा श्रमिक महिलाहरुले युद्ध पिपासुहरुको भण्डाफोर गर्दै विश्वशान्ति र राष्ट्रिय मुक्तिको लागि अन्तराष्ट्रिय लीग गठन गर्दै युद्ध नरोकिएसम्म अन्तरराष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) लाई पनि युद्ध विरोध र विश्व शान्तिको पक्षमा मनाए ।
१९१७ को अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रुसका श्रमजीवी महिलाहरुले भुखमरी, युद्ध र जारशाही विरुद्ध केन्द्रीत गरे । उक्त आन्दोलनमा कारखाना हड्ताल गरी सम्पुर्ण श्रमिकहरुसमेतले साथ दिए । त्यसै वर्ष रुसमा समाजवादी क्रान्ति भयो र महिलाहरुले राजनीतिक रुपमा समानता र स्वतन्त्रता प्राप्त गरे । १९३८ को ८ मार्चमा स्पेनको मेड्रिड शहरमा हजारौ श्रमिक महिलाहरु सरकारको निरंकुशता विरुद्धमा प्रदर्शनमा उत्रिए ।
मार्च ८ कै दिन चिनिया महिलाहरुले जापानी आक्रमणकारीहरुको विरुद्ध लड्न र महिलाहरुको जीवनमा सुधार ल्याउने उद्देश्यले सीमा क्षेत्रिय महिला संघ (Border Region Women’s Federation) गठन गर्दै राष्ट्रिय सुरक्षाको विषयमा आफ्नो सम्वेदनसिलता प्रस्तुत गरे ।
यसरी मार्च ८ विश्वभरका श्रमिक महिलाहरुले आफ्नो मुक्ती आन्दोलनको प्रतिकको रुपमा मनाउन थालेको ६५ वर्षपछि संयुक्त राष्ट्र संघले १९७५ मा आइपुग्दा त्यस वर्षलाई अन्तरराष्ट्रिय महिला वर्ष, १९७५–८५ लाई महिला दशक घोषणा गर्दै मार्च ८ लाई अन्तरराष्ट्रिय दिवसको रुपमा मनाउन घोषणा गरियो । त्यसपछिका हरेक वर्ष संयुक्त राष्ट्र संघका महासचिवले यस सन्दर्भमा अन्तरराष्ट्रिय नारासहित समानताको पक्षमा सन्देश प्रवाह गर्दै आएकोछ ।
नेपालमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च)
नेपाली महिला आन्दोलनले शताव्दी पार गरे पनि अन्तरराष्ट्रिय श्रमिक महिला दिवसलाई आम नागरिकको तहमा मनाउन थालिएको चार दशक भएकोछ । विगतलाई नियाल्दा पहिलो पटक मार्च ८ लाई नेपालमा वि.सं २०१७ मा धनकुटाका केही शिक्षिकाहरुले आइमाइ दिवसको रुपमा मनाएको कुरा केही दस्तावेजमा पाइन्छ । त्यसपछिका डेढ दशक यस दिवसको वारेमा चर्चा भएको पाइदैन।
२०३२ (सन १९७५) मा संयुक्त राष्ट्र संघले मार्च ८ लाई अन्तरराष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरेपछि २०३३ सालवाट दरवारिया र घरानिया महिलाहरुको नेतृत्वमा यस दिवसलाई अन्तरराष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालियो भने २०३४ वाट पारिजातको संयोकत्वमा गोप्य रुपमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको पाइन्छ । तर, २०३६ सालमा श्रमिकको विचमा नेपाल स्वतन्त्र मजदुर युनियनको गठन र २०३७ मा शान्ता मानवीको संयोकत्वमा अखिल नेपाल महिला संघको पुनस्थापना भएपछि मार्च ८ को विश्व इतिहासको मर्मसंग सामिप्यता राख्ने गरी श्रमिक महिलाको अगुवाईमा हेटौडा, विराटनगर, काठमाण्डौ हुदै देशव्यापी रुपमा हरेक वर्ष यसलाई अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन थालियो । आम रुपमा महिला विरुद्धका विभेदहरुको अन्त्य र राजनीतिक, अािर्थक, सामाजिक लगायत सवै क्षेत्रमा महिला समानताको विषयलाई साझा रुपमा उठान गर्दै कार्यथलोमा समान कामको समान पारिश्रमिक, सुत्केरी विदा, शिशु स्याहार केन्द्र, कामको ग्यारेण्टी लगायतका मागहरुलाई महत्वकासाथ उठाउने क्रम जारी रहेयो । त्यसक्रममा देशैभरी प्रहरीसंग छिनाझप्टी हुनुकासाथै दर्जनौ महिलाहरु गिरफ्तार समेत भएका थिए ।
२०४६ सालको अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने बेला देश नरसंहारको भूमरीमा जकडिएको थियो । जनआन्दोलनको क्रममा दुइ दर्जनभन्दा बढी योद्धाहरुले शहादत प्राप्त गरिसकेका थिए । यो परिवेसमा ८ मार्चको संघर्षशील परम्परालाई संघर्षमै हुर्काउ“दै ८०औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस देशैभरी जनआन्दोलनको रुपमा नै मनाइयो । सवै क्षेत्रका प्रजातन्त्रका पक्षपाती महिलाहरुको सहभागितामा सम्पन्न यस दिवसको सन्दर्भमा देशभरवाट सैयौ महिलाहरु गिरफ्तार भए । तर आन्दोलनको नतिजा सुखद नै रह्यो । पञ्चायतको अन्त्यसंगै नेपाली जनताले बहुदलिय व्यवस्था प्राप्त गरे ।
२०४७ सालमा सरकारी तहवाट यसलाई महिला विवस भन्न थालियो । नागरिकको तहवाट ऐतिहासिक परम्परालाई कायम राख्दै श्रमिक महिला दिवसकै रुपमा निरन्तरता पाउदै आयो । तर, २०४७ सालको मार्च ८ साह्ै उत्साहजनक भने हुन सकेन । नया संविधानको घोषणा भए पनि महिलाहरुको सन्दर्भमा अपेक्षित उपलव्धी भएन । संसदीय निर्वाचनमा ५ प्रतिशत महिला उम्मेदवारी सुनिश्चित गरिए पनि नागरिकता र पैत्रिक सम्पत्तीमाथिको समान अधिकार जस्ता आधारभुत कुराको पनि सुनिश्चितता हुन सकेन । प्रजातान्त्रिक भनिएको संविधानले पनि नेपाली महिलालाई समान हैसियतको नागरिकको रुपमा स्विकार गरेन ।
त्यसपछिका दिनमा श्रमिक आन्दोलन, राजनीतिक महिला आन्दोलन र नागरिक आन्दोलनको तहवाट निर्णायक तहमा महिला सहभागिताको विषयसहित समानताका अन्य मागलाई निरन्तर अगाडी बढाउने काम हुदै आयो । २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि २०५९ र २०६० मा आयोगकै तर्फवाट श्रमिक महिला दिवसको रुपमा मनाइयो । त्यसपछिका दिनमा सरकारको नेतृत्वमा को छ (?) भन्ने आधारमा कहिले नारी दिवस, कहिले महिला दिवस र कहिला श्रमिक महिला दिवसका रुपमा मनाउने काम हुदै आयो । र, अन्ततः श्रम कानुन २०७४ (दफा ४१) ले यस दिवसलाई अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा किटान गर्यो । त्यसपछि यो वर्षवाट महिला, बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयले समेत श्रम कानुनको व्यवस्था अनुसार नै अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने निर्णय गरेकोछ । र, गत जेठ १६ गते यस वर्षलाई ंिहसा विरुद्धको अभियान वर्ष घोषणा गरिएको सन्दर्भ समेतलाई स्मरण गर्दै यस वर्षको राष्ट्रिय नाराका रुपमा समानताको पुस्ताः अन्त्य गरौ हिंसा, विभेद र असमानता तय गरेकोछ ।
हालसम्मको उपलव्धी र अवका चुनौती
मुलत श्रमिक महिलाले सिर्जना गरेकोे श्रमको सम्मान र समानताको आन्दोलनको जगमा विश्व समाजवादी महिला आन्दोलनले अन्तरराष्ट्रिय दिवसको रुपमा स्थापित गर्दै अगाडी बढाएको मार्च ८ को इतिहास नेपाली महिला आन्दोलनको पाटोका रुपमा समेत विभिन्न उकाली–ओराली र घुम्तीहरु पार गर्दै आज ऐतिहासिक मर्मलाई आत्मसात गर्दै अगाडी बढ्ने अवस्थामा आइपुगेको छ । यस विचमा नेपाली महिला आन्दोलनले विश्व सामु उचो शिर गर्न सक्ने गरी राजनीतिक रुपमा सफलता पाएकोछ । राजनीतिक सहभागिता, पैत्रिक सम्पत्तीमा समान हक, घरेलु श्रमको गणनाको संवैधानिक प्रावधान, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष व्यवस्था, मातृत्व संरक्षण सम्बन्धि सेवामा विस्तार, आफ्नो शरिरमाथि आफ्नो अधिकार लगायतका विषयमा कानुनी रुपमा नेपाली महिला अधिकारयुक्त बन्दै गएका छन । महिला विरुद्ध परम्परागत रुपमा हुदै आएका विभेदपुर्ण व्यवहार (जस्तो छाउपडी, वोक्सा(वोक्सी, दाइजो लागयत) विरुद्ध राज्यको हस्तक्षेपकारी भुमिका विस्तार हुदै आएकोछ । सामाजिक रुपमा महिला चेतनामा आएको परिवर्तन, सार्वजनिक गतिविधि (शिक्षा, स्वास्थ्य, खेलकुद लगायत) मा बढ्दो महिला सहभागिता र सफलता नेपाली महिला आन्दोलनले गर्व गर्न सक्ने उपलव्धी हुन भन्न सकिन्छ ।
चुनौतीका पक्षलाई केलाउदा निम्न कुराहरुलाई महत्वका साथ उललेख गर्न सकिन्छ । पहिलो, अझै पनि संवैधानिक रुपमा नै महिलालाई समान हैसियतको नागरिकका रुपमा स्विकार गरिएको छैन । पुरुषको सहारा विना एउटी आमाले सन्तानलाई नागरिक पहिचानसमेत दिन नसक्नु लोकतान्त्रिक गणतन्त्रको सवैभन्दा लज्जाको विषय बनेकोछ । सवै नेपालीलाई समान हैसियतको नागरिकका रुपमा स्थापित गर्नु नेपाली महिला आन्दोलनको पहिलो र प्राथमिक विषय हो । दोस्रो, राजनीतिक दल, राज्य संयन्त्र लगायत राज्यका हरेक निकायमा अन्तिम निर्णय गर्ने ठाउमा महिलाको न्युन र सुन्य सहभागिताका कारण महिलाहरु निर्णयकर्ता नभएर पुरुषको एकल समुदायले गरेको निर्णयको पालकका रुपमा सिमित गरिएकाछन । यो अवस्थालाई समानुपातिक सहभागितामा रुपान्तरण गर्नुकासाथै मुल नेतृत्व लैंगिक समानताको विषयमा संवेदनसिल र सचेत नभएसम्म अपेक्षित उपलव्धी प्राप्त हुनेछैन । तेस्रो, आर्थिक रुपमा प्राप्त अधिकारले व्यवहारिक रुप पाएको छैन । पैत्रिक सम्पत्तीमा सवै सन्तानको समान अधिकार र समान कामको समान पारिश्रमिक र सेवा सम्बन्धि कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यी व्यवस्थाको व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्दछ । र, अनौपचारिक क्ष्ँेत्रका श्रमिकलाई स्थानिय तहमा दर्ता गरी योगदानमा आधारित सामाजिक सुरक्षाको छाताभित्र ल्याउने काममा सवैको पहल हुनु जरुरीछ । चौथो, राजनीतिक प्रणाली परिवर्तन भएर पनि आम रुपमा समाजमा विद्यमान पुरुषप्रधान सामाजिक–सांस्कृतिक संस्कार, चालचलन, मुल्य मान्यताका पक्षमा रुपान्तरण हुन सकेको छैन । जुन कुरा हरेक नागरिकको मानसिकता÷सोच, अभिव्यक्ती÷वोली र व्यवहार÷गराइवाट अभिव्यक्तमा अनुभुत गर्न सकिन्छ । यसर्थ सामाजिक सांस्कृतिक रुपमा समाज संक्रमणकालमा छ भन्न सकिन्छ । यो सक्रमणलाई अग्रगामी निकासमा पुर्याउन जरुरीछ । यस किसिमको रुपान्तरण परिवारदेखि समाज र राज्य संयन्त्रसम्मका सवै क्षेत्रमा हुनु आवश्यक छ । पाचौ, समाजमा हिजोसम्म विविध कारणले सिमान्तकृत गरिएका महिला लगायतका समुदायले आफुभित्रको आत्मविश्वास, समयानुकुल उपयोगी र आवश्यक सीप अनि राजनीतिक रुपमा वैचारिक स्पष्टता, सुचनामा अद्यावधिक, प्रस्तुतीमा तार्किकता, निरन्तरतामा धैर्यता र गतिशिलताका पक्षलाई सुदृढ गर्न जरुरीछ ।
यी चुनौतीहरुको समाना गर्दै इतिहासको सम्मान र सम्झना विश्व महिला आन्दोलनप्रतिको ऐक्यवद्धता र सवै नेपाली महिला तथा समानताका पक्षपाती नागरिक विच सचेत र फराकिलो एकता अनि दिर्घकालिक ऐक्यवद्धतालाई अझै कसिलो र दरिलो रुपमा अगाडी बनाउन आवश्यक छ । यसका लागि समृद्ध नेपाल र खुशी अनि सुखी नेपाली को दिशामा अगाडी बढ्न सवैमा थप प्रेरणा मिलोस । मार्च ८ को हार्दिक शुभकामना ।
मार्च ८ काे इतिहास