आश्रय, सुरक्षा र सम्पर्कका सारथि- भुइमान्छे (२०८१)

नेकपा स्थापनादेखि वर्तमानसम्मकाे इतिहास समेटिनुकाे साथै २०२८ देखि २०४६ सम्म नेकपा (माले) कालमा पार्टी निर्माणमा खाम मान्छेले निर्वाह गरेकाे भुमिकामा केन्द्रीत पुस्तक भुइमान्छे सार्वजनिक भएकाेछ । पुस्तक २०३२ मा काेके गठनकाे समयमा आश्रय व्यवस्थापन गर्ने भक्त वहादुर आले (मनाेहर) र २०३५ मा नेकपा (माले) गठनकाे आश्रयदाता टेक वहादुर राईवाट २०८१ फागुन २१ गते सुखानीमा विमाेचन भएकाे हाे । हाल वजारमा उपलव्ध यस पुस्तक छिटै इ-वुक र अडियाेे वुकका रुपमा उपफव्ध हुने प्रक्रियामा छ ।

पुस्तककाे वारेमा
हिजोका विषम अवस्थामा जोखिम मोलेर आममान्छेले आश्रय (खाने, लाउने र बस्ने), सुरक्षा (पार्टी र जीवन रक्षाको प्रत्याभूति) का साथ सम्पर्क (राजनीतिक सम्पर्क र सम्बन्ध स्थापना) को जिम्मेवारी लिएर टो र बस्तीहरुमा भूमिगत नेताका सारथि नबनेका भए आज न मुलुकमा लोकतान्त्रिक गणतन्त्र आउ“थ्यो, न पार्टीको मान ब“च्थ्यो, न त नेता–कार्यकर्ताको सान रहन्थ्यो । तिनै भुइ“मान्छेको इमानको पृष्ठभूमिमा तयार पारिएको आश्रय, सुरक्षा र सम्पर्कका सारथि ः भुइ“मान्छे यहा“समक्ष आउनुका पछाडिका घटना सामान्य भए पनि पात्र र प्रवृत्ति महङ्खवपूर्ण छन् ।
जीवनको उचाइ र गहिराइ यात्राका विपरीत ध्रुव हुन् । मेरो राजनीतिक निरन्तरका चार दशक जीवनको उचाइ भर्ने क्रममा गए । तर, विगत केही वर्षदेखि म जीवनको गहिराइ खोज्न रमाउन थालें । खा गरी विद्यावारिधि अनुसन्धान सुरm भएपछि म उचाइको त्यो विन्दुबा पछाडि फर्किएर हेर्न थालें— नेपाली समाजमा परिवर्तनको अभिया कसरी सुरm भयो ? त्यसमा राजनीतिक अभीष्ट कसरी जोडियो ? सो अभियानको राजनीतिक आन्दोलनमा आममान्छेको स्थान कहा“, कस्तो रह्यो ? आदि, इत्यादि । बिस्तारै मेरो अध्ययनको केन्द्रविन्दु त्यही दिशातर्पm उन्मुख हु“दै गयो ।
विद्यावारिधिको शोधपत्रलाई पुस्तकाकार रुप दिने क्रम चल्दै थियो त्यहीबिच २०७४ सालमा सङ्घीयता अन्तर्गतको पहिलो निर्वाचन भयो । स्थानीय तह निर्वाचनमा आम्नेसाम्ने रहेका दुई दल नेकपा (एमाले) नेकपा (माके) २०७४ कात्तिक १७ गते अप्रत्याशित सहमतिपछि प्रदे र सङ्घीय निर्वाचनमा गठबन्धन गरेर जाने भए । गठबन्धन दलक दुईतिहाईनजिक विजय प्राप्तिस“गै सरकार बन्यो । त्यसको छ महिनापछ २०७५ जेठ ३ गते दुई पार्टीबिचको एकता पनि अप्रत्याशितै भयो । नीति विधि, विधान, प्रक्रिया र पद्धतिबारे छलफल भएन— बिहान दुई नेताबि सहमति, दिउसो दुवै पार्टीका केन्द्रीय कमिटीबाट निर्णय र सा“झ एकता घोषणा ।
एकतापछि बनेको नेकपाको कमिटीमा महिला सहभागिता प्रचलि राजनीतिक दलसम्बन्धी कानुनस“ग बाझिएको सन्दर्भ उठ्यो । त्यसक एउटै कारण थियो— सुशासनको कुरा गर्ने दलहरुले पहिला आपैm कानु पालना गर्नुपर्छ । तर, त्यो सन्दर्भलाई कानुनसम्मत बनाउनेतर्फ सोच्नुभन्दा फरक ढङ्गबाट लिइयो । अन्ततः सो विषय अदालत पुग्यो ।
यता प्रक्रियागत रुपमा पार्टी संरचनाको वैकल्पिक व्यवस्थाबिनै दुवै पार्टीका मातहतका सबै संरचना विघटन भए । केन्द्रको अधिकार न सदस्यीय सचिवालयमा सीमित रह्यो भने आधारभूत तहमा पार्टी सदस्य मात्र रहे । बिचमा समन्वय कमिटीहरु बने तर विधानतः मातहतम कमिटीहरु बन्न सुरm भएकै थिएन, सचिवालयका नेताबिच मतान्तर सुरु भयो । २०७७ मङ्सिरदेखि चुलिएको विवाद पुस ५ गते संसद् विघटनस“ग विस्फोटको तहमा पुग्यो । स्थायी कमिटीदेखि सिङ्गो पार्टीपङ्क्ति दुई धारमा बा“डियो । एउटा पक्ष संसद् विघटनको विरोधमा सडकमा गयो अर्को पक्ष ब“चाउमा । विगतमा पार्टी निर्माणमा सर्वस्व दिएका सदस्य र समर्थक चिन्तित भए ।
पार्टीपङ्क्तिका अधिकांश मानिसको चाहना ‘नेतृत्वबिच सहमति भ एकता जोगियोस्’ भन्ने थियो । तर, २०७७ फागुन २३ गते सर्वोच् अदालतको निर्णयबाट एकता टुटेपछि सिङ्गो विवाद नेकपा (एमाले) भित् केन्द्रित भयो ।
२०५४ सालको फुटबाट त्रस्त आमपार्टीपङ्क्ति ‘कसै गरी पार्टीमा फु आउनु हु“दैन’ भन्ने पक्षमा थियो । त्यही क्रममा २०७८ वैशाख दोस्रो साता नागपोखरीस्थित म्यारिएट होटलमा विगतमा १५ वर्ष पार्टीको नेतृत्व गरेक माधव नेपाल र तत्कालीन अध्यक्ष केपी ओलीबिच पार्टीभित्रको विवाद सल्टाउन भएको वार्तास्थलमा खिचिएको फोटोसहित पत्रिकामा समाचार छापिए— वार्ता असफल ! त्यही मेसोमा २०७८ वैशाख १५ गते एउटा टेलिभिजन बहस ९जततउकस्ररथयगतग।दभरघतवछmल्)छख्दय० मा प्रस्तोताले सोधे— नेताहरुबिचको वार्ता त मिलेन नि, के भन्नुहुन्छ ?
अचानक आएको अनपेक्षित प्रश्नको जबाफ एक्कासि फु¥यो – झुपडीमा बसेर बनाएको पार्टीको समस्या पा“चतारे होटलको वार्ताले किन मिल्थ्यो ! झोपडीमै बसेर छलफल गरेको भए सायद मिल्थ्यो होला ! स्वस्फुरित त्यो जबाफले त्यतिखेर पार्टी निर्माणका लागि झोपडी व्यवस्थापन गरिदिने धेरैको मन छोएछ । तिनैमध्ये एक ओम कोइरालाले भोलिपल्ट बिहानै फोन गरी विगतमा पार्टी बनाउन सर्वस्व दिन तयार हुने भक्त, सोहन, दुखी, वासु, दाउरे लगायतको कथा सुनाउनुभयो ।
त्यसको केही समयपछि सवलबहालका प्रकाश नेपालीको फोनले पार्टी निर्माणमा आममान्छेको योगदान सम्झायो । त्यसै गरी काभ्रेका उद्धव केसीले पार्टी निर्माणमा आमा मानकुमारी र श्रीमती जानकीका भोगाइ सुनाए । यु–ट्युबमा उपलब्ध त्यो बहस हेरेपछि खास गरी पहिला जिफन्टमा स“गै काम गरेका धेरै श्रमिक साथीहरुको फोन आउने क्रम जारी थियो । यता नेताहरु ‘यो पार्टी मैले बनाएको र मैले उठाएको’ भन्दै आना पदीय हैसियतसमेत बिर्सिएर सार्वजनिक बहस गर्दै थिए । आमकार्यकर्ता ‘कतै फेरि पार्टी विभाजन हुने त हैन ?’ भनेर त्रस्त भए ।
यही परिस्थितिबिच २०७८ असार १२ गते विना श्रेष्ठसहित काठमाडौंस्थित सवलबहालमा प्रकाश नेपाली, जुना नेपाली, मैया“ पोडे र वसु नेपालीस“ग बसेर लामै छलफल भयो । पोडे बस्तीमा चेतना जगाउन २०३०–०३१ सालदेखि नै सुलोचना मानन्धर, रविलक्ष्मी चित्रकार लगायतको काम र पार्टी निर्माणमा समुदायको भूमिकाका साथै आज नेपाली श्रमजीवी वर्ग मात्र होइन, अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनमा समेत लोकप्रिय रहेको नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) को स्थापना २०४६ साउन ५
गते यही बस्तीका अगुवा प्रकाश नेपालीको घरको भुइ“तलामा भएको कथा सुनियो ।
तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यस“ग २०७८ साउन १२ गते कुराकानी हु“दा २०३०–०३१ सालबाटै ‘मुस्लो परिवार’ मार्फत श्रमिकबिच सङ्गठन विस्तारदेखि नक्खु जेल विद्रोहपछि पार्टी निर्माणका क्रममा आमनागरिकले गरेको योगदानका थुप्रै घटना आए ।
जिफन्टमा काम गर्दा उद्धव केसीको ‘आनै कथा’ सम्पादन गर्ने क्रममा पार्टी निर्माणमा श्रमजीवी परिवारको योगदानको केही झलक आएको थियो । २०७८ साउन १६ गते केसी परिवारको थप कुरा सुन्न काभ्रे पुग्दा सन्तानले माटो बेचेर कापी किन्दै गर्दा पनि बनीबुतो गरेर गर्वका साथ भूमिगत नेताका लागि खाने, बस्ने व्यवस्था गरेको घटना सुनाउ“दै केसी दम्पतीको ‘हामीजस्तै अनगन्ती श्रमजीवी भुइ“मान्छेको श्रम र पसिनामा खडा भएको पार्टीका नेताहरु आज धुरीमा बसेर आगो लाउन आसपमा गा“ड कोराकोर गरेको सुन्दा नमज्जा लाग्दो रहेछ’ भन्ने दुखेसो मनमा नराम्ररी गढ्यो ।
२०७८ भदौमा पोखरा जा“दा भूमिगत, नेता, कार्यकर्ता र केन्द्रीय बैठक आयोजना गरिएका परिवार भेट्ने क्रममा सोमनाथ अधिकारी ‘प्यासी’ को घर पुग्दा सम्पर्कका थुप्रै पाटाहरु खुले । उहा“ले २०१२ सालदेखि पार्टी निर्माणमा लागेका देवीदत्त तिवारीदेखि केआई सिंह पुलछेउमा चिया पसल गर्ने आमासम्मको योगदानका कथा सुनाउनुभयो । त्यसपछि पोखराको बसाइ दुई दिन लम्याएर भेटघाट गर्ने क्रममा गर्भवती अवस्थामा घामकोकिरण देख्न नपाएकै कारण लोचना अधिकारीका छोरा समिरमा बौद्धिक
अपाङ्गता भएको घटनाले अझ गम्भीर बनायो ।
त्यही क्रममा पार्टी निर्माणको सन्दर्भमा गण्डकी–धवलागिरि क्षेत्रमा भएका काम र त्यस क्षेत्रका भूमिगत नेताहरुको अनुभव स“गालिएको ‘रातो गण्डकी’ पुस्तक हात प¥यो । सो पुस्तक पढेपछि यसमा केही सीमा तोक्नु अनिवार्य लाग्यो । त्यसैले कम्तीमा केन्द्रीय कार्यक्रम भएका ठाउ“हरुमा जाने र संलग्न व्यक्तिहरुस“ग कुराकानी गर्ने योजना बन्यो । त्यसै अनुसार पुसमा फेरि पोखरा जा“दा भूमिगत कार्यकर्ता मिनराज पौडेलदेखि
पार्टीको केन्द्रीय गतिविधि आयोजना गर्न आश्रयस्थल व्यवस्थापन गर्ने व्यक्ति र ठाउ“हरुमध्ये वेगनाशमा गोकर्ण तिवारी, गगनगौंडामा प्रकाशचन्द्र गिरी (पागोल), कास्कीकोटमा भुवनेश्वर सुवेदी, पुरनचौरमा नीलकण्ठ बा“स्तोला, दीपक पौडेल, कृष्ण गौतम र ‘आजाद’ को हत्यापछि गोमा देवकोटालाई बहिनी र छोरी जोसिलालाई भान्जीका रुपमा साथ दिने सूर्य अधिकारीहरुस“ग कुराकानी भयो । ईश्वर आचार्य, सूर्य सुवेदी लगायत पोखरामा श्रमिक साथीहरुले गरेको सहयोगबारे पनि छलफल भयो ।
पर्वतको कार्कीनेटा, स्याङ्जाको गोला“दी लगायत क्षेत्रमा पार्टीका केन्द्रीय बैठक भएका आश्रयस्थलहरुमा बसेर स्थानीयस“ग कुराकानी भयो । यी भेटघाट र कुराकानी अनेक सूचना र उच्च प्रेरणाका स्रोत बने । गण्डकी क्षेत्रको यस भेटघाटमा सम्पर्क र यात्रामा साथ दिने माधव बा“स्तोला, हीरा गिरी, पानबहादुर क्षत्री, हिरm पुन, विष्णु पहारीहरुको सहयोगले ऊर्जा थपियो ।
विभिन्न ठाउ“ पुगेर भेटघाट र कुराकानीमार्पmत समेटिएका सूचना र जानकारीको सत्यापन परीक्षण पनि उत्तिकै आवश्यक थियो । अझ त्यसका लागि त भुक्तभोगी नै चाहिन्थ्यो । बुझ्दै जा“दा कोके गठन हुनुअगिदेखि २०४६ सालमा व्यवस्था परिवर्तन नहु“दासम्म कुनै बैठक नछुटाएका र अहिलेसम्म पनि निरन्तर पार्टी नेतृत्वमा रहेर अटुट काम गरिरहेका एक मात्र पात्र अमृत बोहरा रहेको जानकारी प्राप्त भयो । अमृत कमरेड कहिल्यै गिरतार हुनु भएन र अन्य कारणले पार्टीमा जिम्मेवारीबाहिर पनि रहनु भएन । त्यही आधारमा २०७८ माघ २९ गते इचङ्गुनारायणस्थित अमृत बोहराको घरमा बसेर जेठदेखि पुससम्म विभिन्न ठाउ“मा भएका कुराकानीको तथ्य परीक्षण गरियो, कतिपय सूचना तथ्यको कसीमा घोटियो । त्यसै अनुसार हरेक ठाउ“को भ्रमणपछि उहास“ग थप कुराकानी गर्ने क्रम निरन्तर रह्यो ।
२०७८ पुसमा रुपन्देहीको कार्यक्रममा जा“दा दलबहादुर र अमृता गुरmङको सहयोगमा सीतापुरको छाउनीटोल पुगियो । तर, पूर्वपरिचय नभएको र हाम्रो भाषिक अक्षमताका कारण त्यहा“का कमरेडहरुले खुलेर कुरा गर्नुभएन ।
पहिले ‘नक्खु जेलबे्रक’ को सन्दर्भ चल्दा चुमकला बन्जाडेको प्रसङ्ग आएको थियो । यात्रा फलदायी बनाउन छाउनीटोलबाट फर्कने क्रममा चुमकला कमरेडलाई भेट्न भैरहवा पुगियो । उहा“स“ग भएका विस्तृत कुराको लिखत रिन्कु वाग्लेले तयार गर्नुभयो ।
त्यसपछि नेकपा (माले) निर्माणमा लुम्बिनी क्षेत्रको योगदानको वास्तविक सूचना लिन त्यस क्षेत्रमा लामो समय भूमिगत जीवन बिताउने शान्ता मानवीको साथ उपयुक्त हुने सुझाव अनुसार फागुनमा शान्ता कमरेडसहित फेरि रुपन्देही गइयो । सो क्षेत्रका विभिन्न बस्ती र टोल पुगेर पार्टी बनाउन आधार दिने धेरै आश्रयदाता, सहयोगी र कार्यकर्तास“ग कुरा भए । भुताहास्थित इन्द्र सुवेदी र विष्णुमाया सुवेदीको घरमा दर्जनौं नेताले सयौं पटक आश्रय लिएर बस्ता पनि कहिल्यै सदस्यता दिने कुरा नगरेपछि विष्णुमायाले ७९ वर्षको उमेरमा आफैले मागेर पार्टी सदस्यता प्राप्त गरेको कुरा सोचनीय लाग्यो । शान्ता मानवी सीतापुरको छाउनीटोल पुग्दा भूमिगत कालका समकालीन साथीहरुमा देखिएको प्रफुल्लता गजबको थियो । छिनभरमै बस्तीका सबै पुराना कमरेडहरु जम्मा भएपछि खुलेरै विगतबारे कुराकानी भयो । ‘प्रहरीस“ग झोला खोसेको’ प्रसङ्ग उठ्नासाथ कुस्मीको उत्साहले धुरी छोयो । खेताला जा“दा खाजामा प्राप्त मुराई ल्याएर भूमिगत नेता–कार्यकर्तास“ग बा“डेर खाने शकुन्तला चमार र शान्ता मानवीको भेटले माहोल अत्यन्त भावुक बन्यो ।
त्यसपछि छपिया र अमुवाका धनबहादुर बोहरा, गणेश पोखरेल, ज्ञानु थापा, इन्दु लोदहरुस“ग भेट भयो । यस क्षेत्रमा प्रदीप नेपाल, गोपाल शाक्य, अशोक न्यौपानेहरु २०३४ सालदेखि लामै समय आश्रय लिएका थिए । २०३७ सालको दसैंमा ‘एक लस्कर भरिया’ नाटक देखाउने क्रममा तारापति भट्टराईको शहादतस“गै सयौंलाई प्रशासनले दुख दिएको रामापुरमा पुराना आश्रयदाता शान्ता कमरेडलाई भेट्न पाउ“दा खुसी भएका थिए । भूमिगत कालमा केन्द्र शासित आश्रयस्थल मानिने यो ठाउ“मा मुक्तिमोर्चा र सन्देश समूहस“ग कोकेको एकता भएको थियो । दलबहादुर र विद्यालक्ष्मी गुरmङसहितको अर्को यात्रामा झपेन्द्र जिसी, देवेन्द्र घिमिरे, लीला गिरी लगायत पुराना नेताहरुस“ग पनि भेटघाट र कुराकानी भयो ।
मधेसका श्रमजीवीहरुका बस्ती नेकपा (माले) का उर्वर भूमि हुन् र रामअवतार पासवान त्यही भूमिका एक योद्धा । २०७८ चैतमा उहा“ले मधेसको मुढिवादेखि ठेरा कचुरीसम्मका पुराना कमरेडहरुस“ग भेट गराउनुभयो । मुडिवाका लडाकु टोलीदेखि चुल्हाय महराजस्ता श्रमजीवीले क्रान्तिको सपना स“गाल्दै पार्टी निर्माणमा गरेको योगदानको चर्चा सुनियो । त्यो यात्रामा मञ्जु यादवको साथ र सहयोग निकै महङ्खवपूर्ण रह्यो ।
तराई र पहाडबिच पर्ने महोत्तरीको कालापानीको मगर बस्ती अर्को केन्द्र शासित आश्रयस्थल थियो । त्यस क्षेत्रमा २०२८–०२९ सालदेखि नै सुरm भएको किसान र सुकुम्बासी आन्दोलनमा गोमा देवकोटा, सरिता ढुङ्गाना, रञ्जना माझीहरुले देखाएको साहसको बयान सुन्दा गर्व अनुभूति हुन्थ्यो । कर्मजीवी जनताको यो बस्तीले अभावमा बरm ग“गटा खोजेर छाक टा¥यो तर ‘सत्तैmनौं’, छैन’, ‘हु“दैन’ कहिल्यै भनेन । मानकुमारी बलामीको योगदान नेकपा (माले) निर्माणमा नमुना थियो भन्ने कुरा २०७८ को अन्तिमतिर त्यस बस्तीमा पुग्दा हरेक व्यक्तिबाट सम्मानपूर्वक अभिव्यक्त अनुभूतिले प्रस्ट पाथ्र्यो । ती भेटघाटमा गोमा देवाकेटा र रञ्जना माझी साथै हुनुभएकाले सहजता थपियो ।
२०७९ असारमा अच्युत मैनालीको सहयोगमा बाराका टोकनीदेखि रामापुर, परवानीपुर, लौतन, विसनपुरवा लगायत भूमिगत कालमा बढी आश्रय लिइएका परिवारस“ग भेट गरियो । सबैभन्दा भरपर्दो आश्रयस्थल नानीको झुपडीदेखि अप्ठ्यारो अवस्थाको बैठक स्थल वासु चौधरीको घरसम्मको यात्राले पार्टी निर्माणमा आधारभूत वर्गको माया र योगदान झल्काए ।
२०७९ मङ्सिरमा सौराहाको कार्यक्रमबाट फर्कने क्रममा गोपी नेपालको सहयोगमा चौथो महाधिवेशनको अन्तिम तयारी बैठक भएको नेपालटोल र दराईटोलका आश्रयदाताहरुस“ग कुराकानी भयो । नाथुराम विक भन्दै थिए— ती दिनमा गरिब, दलितले नया“ जुत्ता, कपडा लाउ“दा पनि चोरीको आरोप लाग्थ्यो । जातीय भेदभाव चरम थियो । अहिले त्यो अवस्था परिवर्तन भएको छ तर पार्टीले जनतालाई देखाएका सपना पूरा भएका छैनन् ।
भूमिगत राजनीतिको अर्को थलो हेटौडास्थित ललित बस्नेतस“गको कुराकानीले पार्टी निर्माणमा औद्योगिक क्षेत्रका श्रमिकले निर्वाह गरेको भूमिका एवं मकवानपुरमा भएका अन्य कार्यक्रमबारे जानकारी लिइयो । त्यसपछि गीता कार्कीको सहयोगमा राजदेवी गाउ“स्थित बालकुमारी थापा र राईगाउ“मा भैरव राईको घरमा जम्मा भएका भूमिगत कालका कार्यकर्ताहरुबिच अन्तरक्रिया भयो । ती भ्रमणले तत्कालीन नारायणी क्षेत्रमा भएका ठुला गतिविधि र योगदानको झल्को राम्रैस“ग दिएको थियो ।
झापा–मोरङ क्षेत्र आजको नेकपा (एमाले) को उद्गम विन्दु हो । त्यहा“ क्रियाशील दुई पार्टी मिलेर मोरङको मिल्स एरियामा कोके हु“दै पछि इटहरामा नेकपा (माले) गठन भएको थियो । २०७९ चैतमा घर खोज्दै जा“दा विराटनगर रानी मिल्स एरियामा कोके स्थापनाको आश्रयस्थल व्यवस्थापक भक्तबहादुर आले (मनोहर) इनरmवाको मासु पसलमा व्यस्त थिए । अनेक उपेक्षाका बाबजुद पार्टीप्रतिको आस्था जोगाउ“दै जीवन निर्वाहमा लागेका मनोहर निराश नभए पनि सन्तुष्ट छैनन् । पार्टीले लक्ष्य अनुसार काम गर्न नसकेको गुनासो छ उनमा । नेकपा (माले) गठनको आश्रयदाता टेकबहादुर राईस“ग उहा“कै घरमा कुराकानी भयो । पार्टी
गठन भएको घर आगलागीबाट जलेपछि छेउमा अर्को घर बनाएर बसेका राईले उक्त ठाउ“ ‘मदन आश्रित स्मृति पार्क (नेकपा–माले स्थापना केन्द्र)’ बनाउन जग्गा दान गर्न त सकेनन् । तर, पार्टीप्रतिको आस्था अटल छ र स्मृतिपार्क बनाउन त्यहा“का आमकार्यकर्ता र माया गर्ने सहयोगीहरुस“ग राई पनि हातेमालो गरिरहेकै छन् । सा“चो अर्थमा आजको एमाले यिनै भक्तबहादुर र टेकबहादुरहरुको आस्थाको धुरी हुनुपर्ने हो । तर, त्यो वर्ग आपूm पर डिलमा बसेर पार्टीमा अरुकै रजगज हेर्ने अवस्थामा पुगेको
आभास गर्दै छ । पार्टी निर्माणका आधार यी सब भुइ“मान्छेका कुरा सुन्दा लाग्छ, कोकेबाट माले हु“दै जबजको जगमा उभिएको नेकपा (एमाले) ले श्रमजीवी वर्गमा आधारित आनो जग जोगाउन समयमै स“च्चिनुपर्छ ।
मेची, त्यसमा पनि झापा श्रमजीवी वर्गको न्यायको पक्षमा विद्रोहको विगुल फुकेको पवित्र ठाउ“ हो । नेकपा (माले) बनाउनुमा झापाको योगदान उच्च छ । जनमुक्तिको उद्देश्यले विद्रोहको विगुल फुकेकै कारण वर्षौं जेल बस्ने दर्जनौं राजबन्दीदेखि श्रमजीवी वर्गको मुक्तिमा सुखानीमा छातीमा गोली थाप्ने योद्धाहरुको रणभूमि हो झापा । पार्टी निर्माणमा जा“दै गर्दा रत्नको रगतले सिञ्चित इभाङ (इलाम) को माटो भनौं वा ताप्लेजुङ– शङ्खुवासभातिर चन्द्र पुरी र हरि नेपालको रगत बगेको अप्ठ्यारो बाटो
झापाली ऊर्जाकै अस्तित्व हुन् । त्यही ऊर्जाको आर्जन हो कोके, माले हु“दै आजको एमाले । त्यही रगतको मूल्य खोज्ने क्रममा देशभरि गरीखाने वर्गका हजारौं परिवारको दुख, मेहनत, श्रम र पसिनाको उपज हो आज पार्टीले प्राप्त गरेको सान, मान, इमान । पार्टी निर्माणको जग मेची–कोसी भ्रमणको सहजीकरणमा राजिव घिमिरे, डम्बर अधिकारी, राधा आचार्य, गङ्गा डा“गी, मञ्जु भण्डारीहरुको भूमिका उदाहरणीय थियो।
राजधानी काठमाडौंले क्रान्तिकारीका लागि सधैं छहारी दियो । विद्यार्थीका रुपमा होस् वा कर्मचारी, मजदुर होस् वा भूमिगत नेता–कार्यकर्ता, राज्यको शङ्कालु नजर र सरकारको तानाशाही दमनका बाबजुद धेरै क्रान्तिकारीहरुलाई आफैमा लुकाएर राख्न सक्ने काठमाडौंले परिवर्तनका लागि ठुलो गुण लगाएको छ । पा“गाको किसान बस्ती होस्वा टोखाका स्वायत्त क्षेत्र, काठमाडौं उपत्यकाका भित्री सहरको भन्दा कम थिएन वरिपरिका गाउ“ र बस्तीहरुको योगदान । काठमाडौंबारे धेरै सूचना र जानकारीका लागि कविन्द्रशेखर रिमाल, कृष्णगोपाल श्रेष्ठ, विना श्रेष्ठ, बाबुलाल डङ्गोलहरुको उच्च सहयोग रह्यो ।
२०३६ सालताका धनकुटाको छिन्ताङ हत्याकाण्ड नसेलाउ“दै २०३८ सालमा पोखरामा भएको नमिता–सुनिता–मिरा हत्याकाण्डपछि न्यायको पक्षमा जनता जाग्न थालेका थिए । २०४० माघको पिस्करकाण्ड देशव्यापी रुपमा देखा परेको जनआक्रोशलाई अझै सङ्गठित रुपमा अभिव्यक्त गर्ने घटना बन्यो । त्यसैको जगमा उभिएर २०४३ सालमा भएको ‘पञ्चायती आमनिर्वाचन उपयोगको नीति’ अन्तर्गत जनपक्षीय उम्मेदवारीले जनताको आवाज राष्ट्रिय पञ्चायतको रोस्ट्रममा पु¥यायो भने स्थानीय निर्वाचनको उपयोगले जनताबिचमा सेवा र सुधारको कामको नमुना प्रदर्शन भयो । यी सबै घटना, बलिदान, योगदान, समर्पण, क्रियाशीलता, पहल र अभियानहरुको समुच्च उपलब्धि थियो २०४६ सालमा पञ्चायतको अन्त्य र बहुदलीय व्यवस्था स्थापना । भविष्यमा मुलुकको नेतृत्व गर्ने आजको पुस्ताले इतिहासका यी शृङ्खलाहरु बुझ्नु जरmरी छ ।
पुस्तक तयारीका लागि इतिहासका पाना पल्टाउने क्रममा सङ्कलन गरिएका २०१५ सालको पहिलो आमनिर्वाचन भनौं वा २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा उठाइएका जनपक्षीय उम्मेदवार र उपलब्ध भएसम्मका स्थानीय तहमा विजयी प्रधानपञ्च÷उपप्रधानपञ्चका नामावली र राजनीतिक आवश्यकता, परिवेश, बाध्यताले भूमिगत (२०२८ देखि २०४६ सालसम्म) भएका नेता–कार्यकर्ताको नामावली अनुसूचीमा समावेश गरिएको छ । छुटेका नामहरु उपलब्ध हु“दै जा“दा दस्ताबेज आधिकारिक हु“दै जाने आशा गरिएको छ ।
अन्तमा, यो पुस्तक तयारीमा धेरै साथीहरुको साथ र सहयोग रहेको छ । आश्रय, सुरक्षा र सम्पर्कका सारथिका रुपमा आममान्छेबिच पार्टी पु¥याउन अथक् योद्धाहरुले आआना अनुभव, अनुभूति, पुराना सूचना र तथ्यगत जानकारी दिएर अमूल्य सहयोग गर्नुभयो, सबैलाई अन्तर्हृदयदेखि आभार व्यक्त गर्छु । साथै यस कार्यका लागि विभिन्न ठाउ“को भ्रमण गर्दा कुनै न कुनै रुपमा सहभागी भएर साथ, सहयोग र ऊर्जा थपिदिने सबै मित्रहरुप्रति नतमस्तक छु । उहा“हरुका प्रेरणादायी सल्लाह, सहयोग, पार्टीप्रतिको अगाध आस्था र शुभेच्छाले आनै राजनीतिक र व्यक्तिगत जीवनमा आइपरेका विषम परिस्थितिमा समेत भयरहित रुपमा सतीसालभैm“ उभिन भरपूर साहस भरेको छ ।
यस पुस्तकको पाण्डुलिपि आद्योपान्त हेरी छुटेका कुरा सम्झाउन र विरोधाभास निक्र्योल गर्न सहयोग गर्ने अमृत बोहरा, बिचबिचका प्रसङ्ग सम्झाएर यथार्थपरक लेखनमा सहयोग गर्ने गोपाल शाक्य, मस्यौदामै रmचिपूर्वक पढेर सुझाव दिने वसन्त बस्नेत, अन्तिम पाण्डुलिपिमा सुझाव दिने ईश्वर पोखरेल र युवराज ज्ञवालीप्रति आभारी छु । पूर्वी क्षेत्रका भुइ“मान्छे । कतिपय सन्दर्भको जानकारीका लागि अगम बान्तवा, गणेश बराल, भक्त केसी, मञ्जु भट्टराई, सन्तोष खतिवडा, हरिचरण बा“निया“, होमप्रसाद गौतम धन्यवादका पात्र हुन् । पुस्तकको पूर्णताका लागि सम्पादनस“गै कतिपय सूचना सङ्कलन गरी अद्यावधिक बनाउने सम्पादक होम भट्टराई जति धन्यवाद दिए पनि पुग्दैन ।
पुस्तकको नाम सुनेदेखि छिटो गर्न घचघच्याउने आन्विका गिरी, आकर्षक आवरणका लागि अनामिका गौतम, समयको पाबन्दीमा सचेत धु्रव बस्नेत एवं छोटो समयमै पाठकसमक्ष पुस्तक ल्याइदिने साङ्ग्रिला मिडिया ग्रुपका मणि शर्मा र मदन खनालप्रति कृतज्ञ छु । यो महङ्खवपूर्ण क्षणमा ती महान् सहिदहरुप्रति अगाथ श्रद्धासुमन व्यक्त गर्दछु, जसले नागरिकको स्वाभिमान, जनताको अधिकार, समानता र सामाजिक न्याय स्थापनार्थ हा“सीहा“सी जीवन बलिदान दिए ।
यस पुस्तकका राम्रा कुरा प्रचार गर्दै कमीकमजोरी खुट्याएर छुटेका सूचना र थप जानकारी गराई लेखनमा प्रेरणा प्रदान गर्ने अहम् दायित्व तपाईं विज्ञ पाठक र अध्येताहरुमा !

केही लिंकहरु https://www.radiovision.com.np/news-details/18597/2025-03-06?fbclid=IwY2xjawI7QilleHRuA2FlbQIxMAABHU1vTwITWDmqePkHdxYLzdmrlyOXWo9pIy-KZjQuRgleON4GBZfHx8qlLw_aem_aCDCutN9TJeSf66_rcEWFw

भुइमान्छे’ पुस्तक परिचर्चा सम्पन्न, बामपन्थी आन्दोलनको योगदानबारे चर्चा

https://www.setopati.com/art/book/352699?fbclid=IwY2xjawI7QllleHRuA2FlbQIxMAABHcWppqL1hAL9G2xi1ck8t8IZ8mRmG8hjwaozC2oaMOXD8hshum4WMgkylQ_aem_OUEnjb71umkSNIsrwzIJKQ