महिला सहभागिताको विषय आजको सवै खाले आन्दोलनको साझा विषय हो । महिला सहभागिता बृद्धीको लागि हरेक संघ संगठनहरुले महिला सम्बन्धि विशेष नीति र कार्यक्रम बनाएर उनीहरुको सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्ने कुरा पनि आज सामान्य भइसकेको छ । तर कुनै पनि क्षेत्रमा सन्तोष गर्न सकिने किसिमले महिला सहभागिता नहुनु िसंगो सामाजिक परिवर्तनको पक्षपातीहरुको चिन्ताको विषय हो । तर यो अवस्था किन  सवैका सामु एउटा जटिल प्रश्न पनि हो । यसै सन्दर्भमा पटक पटक फरक फरक ठाउ र क्षेत्रमा भएका छलफल र घटेका घटनाको आधारमा महिला सहभागितामा हुन नसकेको सन्तोषको एउटा कारणका रुपमा िलंगिय दुरुत्साहनलाई यहा चर्चा गर्न खोजिएको छ । 

 

के हो िलंगिय दुरुत्साहन  

 

कसैसंग पनि अनिच्छित रुपमा गरिने असहज व्यवहार बोली वा हाउभाउलाई दुरुत्साहन भनिन्छ । सामान्यतया यस्तो व्यवहार सताउने वा हैरानी दिने मनसाय राखेर गरिएको होस् वा नहोस् तर व्यवहार भोग्ने मानिसले असहजता महसुश गर्यो भने त्यसलाई दुरुत्साहन भनिन्छ। यस्तो हैरानी दुई किसिमका हुन्छन् एउटा सामान्य रुपमा हुने हैरानी जसलाई दुरुत्साहन भनिन्छ । यस्तो दुरुत्साहन कुनै पनि व्यक्तिले अर्को कुनै व्यक्तिमाथि कुनै पनि रुप र समयमा गर्न सक्दछ वा महशुस हुन सक्दछ ।

 

अर्को यौनजन्य कुभावना राखेर गरिने दुरुत्साहन जसलाई लिङ्गीय दुरुत्साहन भनिन्छ। यस्तो दुरुत्साहन पुरुषवाट महिला वा महिलावाट पुरुष दुवैवाट दुवैमा हुन सक्छ। तर हाम्रो जस्तो पुरुष प्रधानता रहेको समाजमा भने लिङ्गीय दुरुत्साहन भन्ने वित्तिकै महिलामाथि हुने वा भएको दुरुत्साहन भन्ने बुझिन्छ। यस्तो व्यवहार सामान्यतया उमेरमा पाको पदले माथि वर्गमा हुनेखाने भुगोलमा शहरीया र जातीमा माथिल्लो ठान्ने पुरुषवाट कम उमेरको तल्लो पदमा काम गर्ने गरिव वर्ग गाउले स्वरुप र तल्लो जातीको महिलामाथि बढी हुने गर्दछ। समाजका हिसावले यो समस्या पुजीवादी समाजमा भन्दा सामन्तवादी समाजमा अझै विकराल र विसंगतिपुर्ण रुपमा रहेको हुन्छ ।

 

के र कसरी हुन्छ

िलंगिय दुरुत्साहन शारीरिक शाव्दिक र अशाब्दिक कुनै पनि किसिमवाट हुन सक्दछ। शारीरिक दुरुत्साहनले शरीरमा छोएर वा छुने प्रयत्न गरेर कसैलाई पनि असहज बनाउने व्यवहारलाई बुझाउदछ। यो िहंस्रकमा बलात्कारदेखि अन्यमा बाटो छेक्ने अंगालो हाल्ने पछि लाग्ने चिमट्ने धकेल्ने संवेदनसिल अंगमा छुन खोज्ने असहज हुने गरी छुने समाउने इच्छा विपरित हात मिलाउन खोज्ने आदि यस किसिमको दुरुत्साहनमा पर्दछन्। सहकर्मीका नाममा अनावश्यक फाइदा उठाउन खोज्ने वा लफङ्गा प्रवृत्तिका व्यक्तिबाट यस्तो खालको दुरुत्साहन हुने धेरै सम्भावना गर्दछ।

 

यौनजन्य भाव आउने शव्द प्रयोग गरेर कसैलाई पनि असहज महशुस हुने अवस्था बनाइन्छ भने त्यसलाई शाव्दिक रुपको लिङ्गीय दुरुत्साहन भनिन्छ। फोहोर शव्दको प्रयोग गर्ने फोहोर जोक भन्ने जिस्काउने भद्धा शव्दहरुको प्रयोग गर्ने टेलिफोन मार्फत अश्लिल कुराहरु गर्ने अनिच्छित टेलिफेान गरिरहने आदी यस प्रकारको दुरुत्साहनमा पर्दछ। यस्तो खालको दुरुत्साहन प्रायः संगै काम गर्ने गलत प्रवृत्तीका मानिस र बाटो हिड्ने लफङ्गा प्रबृत्तीको व्यक्तिवाट धेरै हुने गर्दछ।

 

शारीरिक रुपमा परै रहने मुखवाट कुनै शव्द ननिकाल्ने तर गराई वा हाउभाउबाट असहज स्थिती बनाउने अश्लिल चित्र देखाउने कुकार्यलाई अशाव्दिक किसिमको िलंगिय दुरुत्साहन भनिन्छ। फोहोर चित्रहरु देखाउने जिब्रो पड्काउने आँखा झिम्क्याउने हाउभाउ गर्ने जस्ता गतिविधिहरु यस अन्तरगत पर्दछन् । यस्ता दुरुत्साहन सामान्यतया यात्राको क्रममा बढी हुने गर्दछ ।

 

यस्ता दुरव्यवहारले मानिसको स्वभाव मात्र होइन उसको खराव रुप र मनोबृत्ती पनि देखाउदछ । यस्ता घटना जहातही र जुनसुकै समयमा पनि हुन सक्दछ ।

 

के हुन्छ िलंगिय दुरुत्साहनको असर

 

दुरुत्साहनले मानिसलाई धेरै प्रकारको असर गर्दछ। यसले पिडितको भावना मानसिकता मनोविज्ञान र शारीरिक रुपमा नराम्रो क्षति पनि पुर्याउन सक्दछ। दुरुत्साहनका कारणले मानिसहरु बढी रिसाउने झर्कने डराउने त्रसित हुने जस्ता भावनात्मक असर देखिन्छ । शारीरिक रुपमा टाउको दुख्ने ज्वरो आउने निद्रा नलाग्ने दुब्लाउँदै जाने स्थिति बन्छ र लामो समयसम्म यस्तो अवस्था रहिरह्यो भने अन्तत अल्सर उच्च रक्तचाप जस्ता स्थाई प्रकृतिका रोगहरु पनि निम्त्याउन सक्दछ।

 

मानसिक पिडाका कारण पिडितहरु आफैमा दोष खोज्न थाल्ने कमजोर भएको अनुभुत गर्ने आफैमा अष्पस्ट हुने टोलाउने र आत्मविश्वास हराउँदै जाने गर्दछन् । भावनामा परेकेा यो चोटको कारण उनीहरु निराश र हतास हुन्छन्। यसको परिणाम कहिलेकाहीं साह्रै नराम्रो पनि हुन सक्छन्। समयमा नै समस्याले निकास नपाउदा मानसिक चिन्ता बढ्ने मात्र होइन कतिपयले मानसिक सन्तुलन गुमाउने अवस्थामा समेत पुग्दछन्।

 

यही कारण कति वेपत्ता भएका छन् भने कति जीवनको मुल वाटो छाडेर कसैले नचिनोस् भन्ने ध्येय राख्दै भिखारी र साधु बनेका छन् । िलंगिय दुरुत्साहनका जटिल घटनाले निराशाको पराकाष्टमा पुगेर कति व्यक्तिहरुले आत्महत्याको वाटो समातेका घटना हाम्रै वरिपरी थुप्रै पाइन्छन् । यस विषयलाई गम्भिरतापुर्वक लिने र विवरण तयार गर्न थाल्ने हो भने छोटो समयको अन्तरालमा निकै लामो सुची तयार हुन सक्छ ।

 

कहा र किन छ यो समस्या

 

टाढाको कुरा छाडौ आन्दोलन कै विभिन्न मोर्चाहरुमा समेत यस प्रकारका व्यवहार भोग्ने महिला कार्यकर्ताहरुको पंत्ती गणनायोग्य रहेको छ । यहा प्रश्न उठ्ने गरेको छ यस्तो घटना हुदा पनि किन प्रतिकार गरिदैन त्यसो नगर्नु महिलाको कमजोरी हो । फेरी पनि दोष महिलातिर नै तेस्र्याइन्छ । तर यसको प्रतिकार त्यति सहज हुदैन जति सहज रुपमा टिप्पणी गरिन्छ । 

 

यो समस्याको जड हाम्रो समाजमा विद्यमान सामाजिक सोच र प्रबृत्ति हो । यस्ता प्रकारका दुरव्यवहारहरु हुदा प्रतिकारको लागि सवैभन्दा पहिला सामाजिक वातावरण तयार हुनुपर्दछ र यो प्रकि्रया संघसंगठनहरुभित्रवाट शुरु हुनुपर्दछ । सामाजिक परिवर्तनका वाहकका रुपमा स्थापित संघसंगठनहरुभित्र समेत यस्ता कुराको विरुद्ध जुझ्न सहज वातावरण  बनेको छैन । यस्ता कुरा उठाउदा वा कार्वाहीको माग गर्दा उल्टै महिलाका भुत र भविष्य जोडेर यस्ता कुरा सार्वजनिक भयो भने उनैका जीवन धमिलो हुने उपदेश सुनाउदै घटनालाई छोप्ने र पीडकलाई संरक्षण दिने प्रबृत्ती हाम्रो राज्य राजनीतिक पार्टी र सामाजिक संघसंगठनहरुमा समेत विद्यमान छ ।

 

यति गम्भिर परिणाम निम्त्याउन सक्ने िलंगिय दुरुत्साहनको वारेमा हाम्रा राजनीतिक पार्टीहरु जनसंगठन र सामाजिक संघसंस्थाहरुले समेत उचित ध्यान दिन सकेका छैनन् । टे्रड यूनियनहरुले यस विषयलाई पहिचान गरेता पनि प्राथमिकतामा राख्न नसक्दा कार्यथलो िलंगिय दुरुत्साहनका दृष्टिकोणवाट सुरक्षित बन्न सकेको छैन।

 

यस परिवेसमा महिलाहरु ढुक्कैसंग कुनै पनि क्षेत्र वा संघसंगठनमा सहभागि हुन र निरन्तर रुपमा कि्रयाशिल हुन नसक्नु उनीहरुको मात्र दोष होइन । यसमा सम्बन्धित क्षेत्रको ध्यान जानु नितान्त आवश्यक छ । 

 

हिजोसम्म आफैसंग काम गरेको र आन्दोलनमा झण्डा वोकेर हिडेको महिला आज पाखा लाग्दा वा आन्दोलनवाट अलग हुदा पनि यसकॊ वारेमा कोही किन पाखा लाग्यो  भनेर चासो राख्ने र कारण खोज्ने तहको चेतना हाम्रा संघसंगठन र आन्दोलनमा विकास हुन सकेको छैन । महिलाहरु यस्तै हुन आन्दोलनमा टिक्दैनन् वा टिकाउनै सकिदैन भनेर दोष उनीहरुमा नै थोपरेर छाडि दिने प्रचलन हाम्रो आम संस्कार बनेको छ ।

 

निष्कर्ष

 

यस विषयमा राष्ट्रिय नीति र कानुन पनि मौन छ । यसमा पनि आश्चर्य मानिहाल्नु सायद पर्दैन । यो विषयलाई राज्य तहमा पुग्न केही समय लाग्न सक्दछ । महिला सहभागिता र सशक्तिकरणलाई आफ्नो एजेण्डामध्येको एउटा बनाएर हिड्ने संघसंगठनहरुभित्र समेत यस विषयमा कार्वाही परै छाडौ छलफलको विषयसम्म बन्न नसकेको अवस्थामा राज्यको ध्यान केन्द्रीत गर्ने काम सहज छैन । तर यो राजनीतिक पार्टीदेखि संघसंगठन र राज्यको ध्यान यसमा तान्नु अत्यन्त जरुरी छ । सम्भव छ र यसलाई सम्भव बनाउने जिम्मेवारी हामी सवैको हो ।  

 

यसर्थ लिङ्गीय दुरुत्साहनको विषयलाई सानो ठान्दै पन्छाउने संस्कारले आन्दोलनका हरेक मोर्चामा महिला सहभागितामा पारेको नकारात्मक असरलाई सवैले महशुस गर्नुपर्दछ । यहा स्पष्ट हुनुपर्ने कुरा के हो भने यो मात्रै एकल कारण होइन तर धेरैमध्यको एउटा कारण अवश्य पनि हो भन्ने कुरालाई संघसंगठन राजनीतिक पार्टी र राज्य सवैले महशुस गर्ने पर्छ । र  यस विषयलाई आन्तरिक र बाह्य दुवै किसिमले कार्वाहीको विषय बनाउनै पर्छ । यसले संगठन वा समाज सवै क्षेत्रमा रहेको विकृती बिरुद्धको आन्दोलनलाई अगाडी बढाउन हरेक मोर्चामा महिला सहभागिता र नेतृत्वमा दिगोपनको विकास गराउन सकारात्मक सहयोग गर्ने छ ।

 

भदौ २०६२ मा बुधवार साप्ताहिकमा प्रकाशित