पृष्टभुमी

नेपालमा कम्युनिष्ट विचारको विजारोपण राणाकालमा नै भएको भन्न सकिन्छ । जव १९९७ मा चारजना शहिदहरुलाई मृत्युदण्डको फैसला सुनाइयो, परिवारका सदस्यलाई अन्तिम पटक भेटघाटको अवसर दिइदै गर्दा शहिद गंगालाल श्रेष्ठले आफ्ना भाइ पुष्पलाललाई भन्नुभएको थियो रे “माइला मैले उठाएको झण्डा तिमिले अगाडी वढाउनु है ।“ त्यही प्रेरणाले पुष्पलाल कम्युनिष्ट पार्टी गठनमा लागे । जसको परिणाम २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको गठन भयो ।

त्यसयता पनि कम्युनिष्ट क्रान्तिकारीहरु विभिन्न आन्दोलनमा संलग्न हुदै रहे । कम्युनिष्ट पार्टीका पहिलो नेपाली सदस्य मनमोहन अधिकारीसहितको नेतृत्वमा २००३ सालमा विराटनगरमा मजदुर आन्दोलन भयो । त्यसको केही समयपछि काठमाडौमा नागरिक अधिकारको माग गर्दै भएको जुलुशमा पुष्पलाल, सहाना, साधना लगायतको सहभागिता थियो । यसरी अनौपचारिक रुपमा फैलदै गएको कम्युनिष्ट विचारका पक्षपातीहरुलाई संस्थागत रुपमा संगठित गर्ने काम भने २००६ सालमा नया जनवादी कार्यक्रमसहित पुष्पलालले गर्नुभयो । पछि २०१७ मा पंचायतको आगमनसंगै खास गरी २०१९ वाट छिन्नभिन्न हुन पुगेको नेपाली कम्युनिष्ट आन्दोलनलाई एकत्रित गर्दै २०३५ सालमा नेकपा (माले) को स्थापना गरी अगाडी बढ्ने क्रममा २०४६ सालको जनआन्दोलनको समयमा उक्त पार्टीको नेतृत्व मदन भण्डारीले काधमा आइपुगेको थियो ।

नया विचारका प्रवर्धक मदन

मदन भण्डारी एकजना स्वप्न द्रष्टा राजनीतिज्ञ हुनुहुन्थ्यो । जुन कुरा पार्टीको सर्वोच्च पदमा निर्वाचित भएको छोटो समयमा उहाले त्यो क्षमता पार्टीभित्र मात्र होइन, अन्य दलका नेता र आम जनताले समेत अनुभुत गर्ने गरी प्रदर्शन गर्नुभयो । दुनियामा फेरिदै गरेको राजनीतिक अवस्थाको आंकलन गर्दै आन्दोलनको सुरक्षित भविष्य निर्माणको लागि स्थापनाकालदेखि स्थापित कार्यक्रम “नया जनवाद“को मुलत राजनीतिक पक्षलाई फरक धारवाट अगाडी बढाउने कामको नेतृत्व गर्नुभयो । फरक विचारलाई पनि आम मानिसको मन र मष्तिष्कलाई एकैपटक प्रभावित पार्ने गरी दृढतापुर्वक राख्नसक्ने क्षमता मदन भण्डारीले देखाउनु भयो । सन् १९८९ मा सोभियत युनियनको विखण्डन र पुूर्वी युरोपमा समाजवादी व्यवस्थाको विघटन हँुदै गर्दा झण्डै सात दशकदेखि चल्दै आएको कम्युनिष्ट पार्टीको नेतृत्वमा सर्वहारा÷श्रमिक वर्गको नाममा सञ्चालन हुदै आएको राज्यसत्ता विघतन उन्मुख हुन थाल्यो । विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको यस घटनालाई समेत ध्यानमा राखेर त्यही वर्ष सम्पन्न नेकपा (माले) को चौथो महाधिवेशनवाट नेपालमा पनि स्थापनाकालदेखि पछ्याउदै आएको नयाँ जनवादी कार्यक्रमको परम्परागत वाटोवाट अगाडी बढ्न सम्भव छैन भन्ने सोचसहित बहुलतामा आधारित दलिय प्रतिष्पर्धामा जानुपर्ने कुरामा वहस शुरु भयो ।

राजनीतिक रुपमा संकटको डिलमा पुगेको विश्व कम्युनिष्ट आन्दोलनको त्यो परिवेसमा नेपाली कम्युनिष्ट आन्दोलनको मुलधारको रुपमा रहेको नेकपा (माले) भने फरक विचार वोक्ने दलसंग समेत साझा उद्देश्यको लागि संयुक्त आन्दोलनको नीतिका आधारमा कार्यगत एकताको प्रस्ताव अगाडी सार्दै थियो । राजनीतिमा “स्थायी शत्रु र मित्रु हुदैन“ भन्ने कुरालाई व्यवहारमा स्थापित गर्दै मदन भण्डारीको नेतृत्वमा पञ्चायत इतर राजनीतिक शक्ति विचमा रहेको असामञ्जस्यताको अन्त्य गर्दै पञ्चायतको निरंकुशताको अन्त्यका लागि सात वामपन्थी दल विच वाममोर्चा गठन गर्दै नेपाली कंग्रेससंग समेत संयुक्त आन्दोलन अगाडी बढाउने प्रस्ताव अगाडी सार्यो । जसले बहुदलिय प्रजातन्त्र प्राप्तीको आधार तयार पार्यो र संयुक्त आन्दोलनका कारण तीन दशकदेखि प्रतिवन्धित अवस्थामा रहेका दलहरु निरंकुशताको अन्त्य गर्दै बहुदलिय राजनीतिक प्रणालीमा प्रवेस गरे । मदन भण्डारीले आजको नेपाल निर्माणका लागि दिनु भएको बुद्धीमत्तापुर्ण, साहसी र दिर्घकालिन महत्व राख्ने सवैभन्दा ठुलो योगदान यही हो, जसले गणतन्त्र नेपाल निर्माणको लागि अगाडी बढ्ने मार्गलाई फराकिलो बनाइ दियो ।

२०४६ सालको आन्दोलनवाट प्राप्त बहुदलिय व्यवस्थाको स्थापनापछि मदन भण्डारी नेपालीे राजनीतिको शिखर व्यक्तित्व हुनुभयो । जेलनेल र यातनाको गणनाको आधारमा राजनीतिक नेतृत्वको उचाइ मापन गरिने त्यस समय जीवनभर प्रहरी–प्रशासनको नजरवाट छलिद्र र जोगिदै जनताको विचमा राजनीतिक कर्ममा जुटेका र जनताकै विचवाट आफ्नो क्षमता स्थापित गर्न सफल मदन भण्डारी जनआन्दोलनपछि खुल्ला मैदानमा उत्रनुभएको थियो । कतिपयले त्यस समयमा “कहिल्यै जेलको अनुभवसम्म नभएका र फुत्त दुलावाट निस्किएर नेता हुन आएका“ जस्ता आलोचना समेत गरिएका मदनका पाइलाहरु छोटो समयमा नै राजनीतिक नेतृत्वको असिमित उचाइमा पुग्न सफल भयो । त्यो सफलता बहुदलिय व्यवस्थाको आगमनपछि पनि पार्टीको विकास विस्तार मात्र होइन, फरक राजनीतिक धारका नेताहरुसंग समेतको सुझवुझपुर्ण विचार र समझदारीपुर्ण व्यवहारको प्रतिफल थियो ।

कम्युनिष्ट राजनीतिलाई सर्वहारा श्रमजीवी वर्गको अधिनाकत्वको सोचवाट मुक्त गर्दै लोकतान्त्रिक प्रक्रियावाट व्यापक जनताको सहभागितामा अगाडी बढाउनु पर्ने विचारमाथि २०४६ सालमा सम्पन्न चौथो महाधिवेशनवाट औपचारिक रुपमा नीतिगत छलफल अगाडी बढ्दै गयो । विश्व कम्युनिष्ट आन्दोलनमा आएको उतार चढावका समयमा सही वाटो पहिल्याएर नया मोडवाट अगाडी बढ्ने काम अझै चुनौतीपुर्ण थियो । तर, संकटको त्यो घडीमा आवयक नेतृत्व दिन सक्ने क्षमता मदन भण्डारीले देखाउनु भयो । कतिपय आफ्नै सहकर्मीवाट समेत विरोध हुदै गर्दा समेत रत्तिभर विचलित नभै दृढतापुर्वक नया विचारलाई स्थापित गर्न मियोका रुपमा नेतृत्व गर्नुभएका मदन भण्डारीले नेकपा एमालेलाई सांगठनिक रुपमा जन–आधारित कार्यकर्ता पार्टीको रुपमा परिभाषित गर्नुभयो । र, सिंगोपार्टी पंक्तीको मन जितेर एक्काइसौ शताव्दीको संघारमा आइपुगेको राजनीतिक नेतृत्व जनताको मन र मत दुवैवाट उत्कृष्ट सावित हुनुपर्छ भन्ने सोचलाई नीतिगत रुपमा स्थापित गर्ने वहसको निरन्तर नेतृत्व गर्नुभयो । यसरी अगाडी बढेको विचारलाई स्थापित गर्दै २०४९ सालमा सम्पन्न पार्टीको पाचौ महाधिवेशनको मञ्चवाट अत्यधिक बहुमतसहित नेपाली क्रान्तिको कार्यक्रमको नाम “नया जनवाद“ वाट “जनताको बहुदलिय जनवाद“ मा रुपान्तरण गराउन सफल हुनुभयो ।

मदन भण्डारीको यो योगदानले पूर्वी युरोपका देशहरु र सोभियत संघमा कम्युनिष्ट पार्टीको विघटनपछि कम्पास हराएको जहाज झै हुन पुगेको विश्व कम्युनिष्ट आन्दोलनको परिवेसमा नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियावाट अगाडी बढ्न सकिन्छ भन्ने नया दिशा प्रदान गर्यो । यही प्रक्रिया अगाडी बढ्दै गर्दा जनताको बलमा स्थापित बहुदलिय प्रणालीको विपक्षमा अलिअलि सलवलाउन थालेको दरवारलाई मदन भण्डारीले खुल्ला रुपमा श्रीपेच खोलेर प्रजातान्त्रिक प्रक्रियामा प्रतिष्पर्धा गर्न आउन दिनुभएको चुनौतीले नागरिक सर्वोच्चताको मान्यतालाई जनमानसमा स्थापित गर्ने पक्षमा जनताको मनोवललाई व्हात्तै बढाउने काममा ठुलो योगदान गरेको थियो ।

लोकतान्त्रिकरणका पाटाहरु

आजको नेपाल निर्माण र राज्यसत्ताको लोकतान्त्रिकरण मदन भण्डारीले पुर्याउनु भएको ठूलो योगदान हो । विश्व मानव समाजमा आधारभुत अधिकार । लोकतान्त्रिक मुल्यका रुपमा स्थापित मान्यताहरुलाई आत्मसात गर्दै एउटा व्यक्ति वा संस्थामा शक्ति केन्द्रीत गर्ने कुरा गलत हो भन्ने सोचका साथ शक्ति पृथकिकरणका आधारमा बहुलता र बहुदलियताका आधारमा हुने आवधिक निर्वाचनवाट निर्वाचित व्यवस्थापिका, बहुमत जनप्रतिनिवाट निर्मित कार्यपालिका र स्वतन्त्र न्यायपालिकाको सोच नै राज्यसत्ताको लोकतान्त्रिकरणको सन्दर्भमा जनताको बहुदलिय जनवाद (जवज) को मुल पक्ष थियो, जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई नया मोडवाट अगाडी बढाउन सक्यो ।

जवजका आधारमा लोकतान्त्रिकरणलाई तीन पक्षवाट हेर्न सकिन्छ । पहिलो, राज्यसत्ताको लोकतान्त्रिकरण । जसमा खास गरी विश्व कम्युनिष्ट आन्दोलनमा देखिदै आएको सर्वोच्च नेताले आजिवन सत्ता सञ्चालन गर्ने प्रबृत्तीलाई चुनौती दिदै आवधिक निर्वाचनवाट अनुमोदित राजनीतिक नेतृत्वले सरकार सञ्चालन गर्ने कुरा स्थापित गर्दै बहुमतको सरकार र अल्पमतको प्रतिपक्षको सोच अगाडी सार्यो । यही सोचका आधारमा स्थानियदेखि केन्द्रीय स्तरसम्म आवधिक निर्वाचनवाट अनुमोदित भएर मात्र जनतामाथि शासन गर्ने कुरा स्थापित भयो । केन्द्रीय तहमा निर्वाचनवाट सरकारमा पुगेर समाजवादको निर्माणका पक्षमा काम गर्न सकिन्छ भन्ने कुराको उदाहरण २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको सरकारले ल्याएका लोककल्याणकारी नीति, कार्यक्रम र बजेट मार्फत जनतामा संप्रेषण गर्यो, जसलाई अहिलेसम्म कै सवैभन्दा जनपक्षिय सरकार र उसको नीतिको रुपमा लिने गरिन्छ ।

दोस्रो हो समाजको लोकतान्त्रिकरण । समाजको इकाइको रुपमा रहने परिवारदेखि समाज र समुदायका हरेक गतिविधिहरुमा सवै समुदायको समावेसी सहभागिता र निर्णय प्रक्रियामा पहुचको विकास गरिनु समाजको लोकतान्त्रिकरणको पक्ष हो । समाजको प्रभावकारी लोकतान्त्रिकरण विना राष्ट्रिय स्तरमा लोकतन्त्रको सही प्रयोग हुन सक्दैन । यही सोचका साथ जवजमा भनिएको छ– स्थानिय निकायहरुले नै आफ्नो क्षेत्रको विकास, निर्माण र प्रशासनको नेतृत्व र सञ्चालन गर्ने संवैधानिक व्यवस्था गरिनेछ र जवजको कार्यनीतिलाई व्यवस्थित रुपमा क्रमशः विकसित, समृद्ध र सुदृढ पारिनेछ (जवज, पेज ६, २०४९) ।

समाजको लोकतान्त्रिकरणको आधार भनेको स्थानिय सरकार हो । अधिकार स्थानिय तहमा मात्र होइन, व्यक्तिसम्म पुर्याउनुपर्दछ भन्दै मदन भण्डारीले २०४८ सालमा संसदमा वोल्दै भन्नुभएको थियो– ‘स्थानीय निकायहरु भविष्यमा बिस्तारै आफ्नो विकास, निर्माण र आफ्नो क्षेत्रका समस्याहरु हल गर्नका निम्ति आफैं स्वावलम्बी हुन सकून्, आफैं निर्णायक ढङ्गगले जान सकून् र आफ्नो ठाउँको बौद्धिक प्रतिभा, मानवीय श्रमशक्ति र अरु जे साधनस्रोत छ, त्यो साधनस्रोतलाई ठीक ढङ्गगले प्रयोग गर्न सक्ने बनून् भन्नका निम्ति स्थानीय तह÷निकायहरुलाई स्वायत्त शासनको निकायका रुपमा स्थापित गरिनुपर्दछ ।’ यही आसय अनुसारको स्थानिय सरकारको पहिलो पटक निर्वाचन सम्पन्न भएको छ । यसको व्यवस्थित र प्रभावकारी सञ्चालनवाट नै वास्तविक रुपमा समाजको लोकतान्त्रिकरण सम्भव हुन सक्दछ ।

तेस्रो हो पार्टीको लोकतान्त्रिकरण । लोकतान्त्रिक संस्कार र संस्कृति विनाको नेतृत्व जननिर्वाचित भए पनि व्यवहारमा लोकतान्त्रिक हुन सक्दैन । राज्यसत्ताको लोकतान्त्रिरणलाई प्रभावकारी बनाउने काम राजनीतिक कार्यकर्ताले गर्ने हो भन्ने कुरालाई आत्मसात गर्दै जवजमा भनिएकोछ– पार्टी संगठनभित्र सदस्यहरुले रुचाएका व्यक्तिले नेतृत्व गर्ने प्रणालीको विकास गरिनुपर्दछ । नेतृत्व पहलकदमी र प्रतिसपर्दावाट नै स्थापित हुनुपर्दछ । यसको लागि पार्टी संरचनामा पनि सघर्ष, सेवा, पहलकदमी र आन्तरिक प्रतिस्पर्धावाट स्थापित नेतृत्वले मात्र उक्त आवश्यकता पुरा गर्न सक्दछ ।

यसरी जवजले पार्टीको नेतृत्व विकासलाई पनि थप समावेसी, गतिसिल, प्रतिष्पर्धी बनाउने सन्दर्भमा प्रक्रियागत रुपमा नै श्रेष्ठता हासिल गर्दै अगाडी बढ्नुपर्ने नया मान्यता कुरामा स्थापित गरेकोछ । यो भावनालाई आज राज्यको संविधानले समेत स्विकार गर्दै राजनीतिक दलहरुभित्र पनि समावेसी सहभागिता हुनुपर्ने कुरालाई निर्देशित गरेकोछ ।

तीन खम्वे आर्थिक नीति

ऐतिहासिक रुपमा कम्युनिष्ट आन्दोलनको मुल आधार भनेको अर्थतन्त्रको सार्वजनिकीकरण हो, जसले नीजि सम्पत्तीको अन्त्य गर्दै सार्वजनिक स्वामित्वको कुरा गर्दछ । चिनिया क्रान्तिसंगै माओत्से तुंगले चिनिया सन्दर्भमा शुरु गरिएको मिश्रित अर्थतन्त्रको सोचलाई पछिल्लो चरणमा अरु विकास र विस्तार गरिएको थियो । नेपाली सन्दर्भमा पनि मिश्रिमत अर्थतन्त्रको प्रणालीलाई मुलुकको समृद्धी र जनतामा सुखको आधार सिर्जना गर्ने कार्यक्रमका रुपमा अरु मजवुत बनाउदै जवजले तीन खम्वे अर्थतन्त्रको नीतिलाई अगाडी सारेकोछ । यस अन्तरगत नागरिकका जीवनका आधारभुत आवश्यकतासंग जोडिएका पुर्वाधारको विकास, शिक्षा, स्वास्थ्य लगायतका विषय राज्यको नियन्त्रणमा हुनुपर्ने, अन्य उत्पादनका क्षेत्रलाई प्रगतिशिल करको नीतिसहित नीजी क्षेत्रले पनि सञ्चालन गर्न सक्ने कुरा उल्लेख छ ।

आम नागरिकसंग रहेका उपलव्ध सानो आकारको पुजीलाई संकलन गरी उनीहरुको पनि स्वामित्व रहने गरी सहकारी आन्दोलनलाई अगाडी बढाउनु पर्ने सोचलाई जवजले बढावा दिदै भनिएको छ– समाजमा बढ्दो वर्गिय असमानता, वसाइ सराइको समस्या, शहर र गाउ बीचको बढ्दो दुरी र केही सिमित क्षेत्रमा मात्र सुविधा र विकास गतिविधि केन्द्रीत गर्ने प्रबृत्तीको अन्त्य गरी जन आधारित अर्थतन्त्र निर्माण गर्दै विकासको लाभ उपेक्षित र आधारभुत वर्गका जनता वीच पुर्याउन स्थानिय विकासको माध्यमवाट देशलाई समग्र विकासको नमुनाको रुपमा अघि बढाइनेछ (जवज, पेज १०, २०४९) ।

परिणाम आज सहकारी आन्दोलन व्यापक रुपमा अगाडी बढेकोछ । यद्यपी यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र पुजीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जनाको क्षेत्रमा ध्यान दिनुपर्ने ज्वलन्त आवश्यकता बढ्दोछ । आज यो तीन खम्वे अर्थनीति जवजको मात्र विषय नभएर मुलुकको संविधानले नै निर्देशक सिद्धान्तको रुपमा स्विकार गरिसकेकोछ ।

विभेदरहित समाजकाे निर्माण

नेपाली समाजमा रहेका विभेदका रुपहरु विश्व मानव समाजमा भन्दा फरक थिए र छन् । सामान्यतया विश्वभरको कम्युनिष्ट दर्शन आर्थिक न्यायको विषयलाई केन्द्रमा राखेर विकास भएको दर्शन हो । तर मानव समाज विकासको आधार आर्थिक पक्षका साथमा सामाजिक र सांस्कृतिक पक्षहरु पनि त्यत्तिकै महत्वपुर्ण छ । र, हाम्रो समाजमा सामाजिक र सास्कृतिक आधारमा हुने लैंगिक, जातिय र क्षेत्रिय विभेद समेत समानतामा आधारित समाज निर्माणका लागि वाधकका रुपमा रहदै आएको छ । यस सन्दर्भमा लैंगिक आधारमा रहेको विभेदको अन्त्यका लागि आर्थिक उत्पादनमा महिलाको सहभागितामा जोड दिदै आएको माक्र्सवादी दृष्टिकोणमा परिवर्तन गर्दै जवजले “राष्ट्रिय र सामाजिक जीवनका सवै क्षेत्रहरुमा महिला र पुरुष बीच पुर्ण समानताको ग्यारेण्टी गरिनेछ र राजनीतिक, आर्थिक, सामाजिक जीवनका हरेक क्षेत्रमा महिलाहरुको सक्रिय सहभागितालाई बढाउदै लगिने छ“ (जवज, पेज १३, २०४९) भन्ने कुरा उल्लेख गर्दै सार्वजनिक क्षेत्रको उत्पादनको काममा महिला सहभागिता बृद्धी गर्ने मात्र नभएर घरपरिवार र समाजको काममा समेत महिला पुरुषको समान सहभागिता हुनुपर्ने कुरालाई समेटेकोछ । यसरी महिला मुक्तीका सन्दर्भमा रहदै आएको माक्र्सवादी महिलावादी दृष्टिकोणलाई जवजले समाजवादी महिलावादी दृष्टिकोणमा रुपान्तरण गरेकोछ । जुन कुरा आज नेपालको संविधानमा समेत एकहतसम्म प्रतिविम्वित हुन पुगेकोछ । यद्यपी यसलाई अझ सहज रुपमा वोधगम्य र व्यवहारजन्य बनाउने प्रक्रियामा थप मेहनतको आवश्यकता छ ।

त्यसैगरी जातिय आधारमा हुदै आएको विभेदको समुल अन्त्य गरिनुपर्ने कुरामा संस्कार र संस्कृतिमा रुपान्तरण हुनुपर्ने कुरामा जवजले जोड दिएकोछ । आज संवैधानिक रुपमा समेत जातिय आधारमा हुदै आएको विभेदको क्षतिपुर्तीसम्मको कुरा उल्लेख छ । हाम्रो भौगिोलिकताका कारण क्षेत्रिय आधारमा समेत कतिपय विभेदहरु कायम रहेको कुरालाई समेत ध्यान दिनुपर्ने कुरामा मदन भण्डारीको ध्यान गएको थियो । २०४८ मा मधेशमा रहेको विभेदपुर्ण अवस्थाको अध्ययनका लागि पार्टीकै तर्फवाट आयोग बनाएर अध्ययन गर्न लगाउने कुराले क्षेत्रिय विभेदको अन्यमा मदनको दुरदृष्टि रहेको अन्दाज गर्न सकिन्छ । तर पछिल्लो चरणमा उक्त आयोगको प्रतिवेदनलाई कार्यान्वनयनमा पार्टीका तर्फवाट समेत उचित ध्यान दिन नसक्दा क्षेत्रिय रुपमा अझै पनि समानता र समृद्धी सम्बन्धि समस्या रहेको कुरालाई मनन गर्नु आवश्यक छ ।

यसरी सामाजिक सांस्कृतिक रुपमा रहेको समस्या समाधानको वारेमा पनि कतिपय नीतिगत रुपान्तरणको आवश्यकता अनुभुत गर्दै नेतृत्व मदन भण्डारीले पहल गर्नुभएको थियो । अद्यापी ति क्षेत्रका कामलाई पुर्णतामा पुर्याउन निरन्तरताको आवश्यकता छ ।

उच्च विचार सरल जीवन

२०४६ वाट पार्टी नेतृत्वको सर्वोच्च कार्यकारी पद र २०४८ वाट जनताको प्रतिनिधिका रुपमा निर्वाचित भइ खुल्ला रुपमा आफ्ना विचार र भावनाहरु राख्ने समय प्राप्त गर्नुभएको मदन भण्डारी छोटो समयमा नै सवै उमेर, जाती, लिंग, वर्ग र क्षेत्रका जनताको मन र मष्तिष्कमा वास गर्न पुग्नुभयो । त्यसको पछाडीको मुल कारण भनेको उहाँमा रहेको राजनीतिक दुरदृष्टि र सिर्जनात्मक सोच नै हो । यसका साथमा आफ्ना सोच र विचारलाई यथेष्ट तथ्य र तर्कले पुष्टि गर्दै जनताले बुझ्ने भाषामा प्रभावकारी रुपमा संप्रेषण गर्न सक्ने प्रस्तुतीकला र वाकपटुता उहालाई शखिर व्यक्तित्वका रुपमा स्थापित गर्ने अर्को महत्वपुर्ण क्षमता थियो । मदनमा रहेको उच्च राजनीतिक र वैचारिक क्षमता अनि सरल र सहज जीवन शैली आम जनताको मन जित्नका लागि पर्याप्त कारण बनेको थियो ।
पञ्चायतको अन्त्यपछि प्राप्त बहुदलिय व्यवस्था संस्थागत नहुन्जेल प्रजातन्त्रवादी शक्ती विच सहमती गरेर जानका लागि मदन भण्डारीले नै नेपाली कांग्रेससंग प्रस्ताव राख्नु भएको थियो । जसमा सहमती हुन सकेन । उक्त प्रस्ताव तत्कालिन अवस्थामा असाध्यै उपयुक्त थियो भन्ने कुरा आज पनि राजनीतिक नेतृत्व विच चर्चा हुने गरेकोछ । विश्वमा खस्कदो कम्युनिष्ट आन्दोलनको अवस्थामा पनि नेपाली जनता विच कम्युनिष्ट पार्टीप्रति जनतालाई आकर्षण दिएर आशाको दियो जगाउने काम मदन भण्डारीको नेतृत्वमा नै सम्भव भएको थियो । त्यसैले पनि त्यस समय टाइम्स पत्रिकाले “कार्ल माक्र्स इज अलाइभ इन नेपाल“ हेडिंगमा मदनको अन्तरवार्ता छापेर दुनियाभरका कम्युनिष्टहरुलाई आशाको किरण छर्ने काम गरेको थियो ।

नया संविधानको आधार जनताको बहुदलिय जनवाद

२०४७ सालमा बन्दै गरेको संविधान निर्माणको प्रक्रियामा मदन भण्डारीले पर्याप्त ध्यान दिनुकासाथै उपलव्धीलाई सस्ंथागत गर्ने काममा दुरदृष्टिकासाथ आफ्नो विवेकको प्रयोग गर्नुभएको थियो । जसका कारण वामपन्थी, नेपाली कंग्रेस र दरवारसहित तीनपक्षिय शक्ति सन्तुलनको दस्तावेजको रुपमा आएको संविधान घोषणा गर्ने सन्दर्भमा पार्टीको तर्फवाट २७ वटा बुदामा असहमती राख्दै आलोचनात्मक समर्थनको घोषणा गर्नुभएको थियो । त्यतिखेर “आलोचनात्मक समर्थन“ वाक्यांसलाई लामै समय धेरैले हासोको विषय बनाउने प्रयत्न समेत नगरिएको होइन । तर, कालान्तरमा त्यो कति दुरदृष्टिपुर्ण कदम थियो भन्ने कुरा २०६३ को आन्दोलनपछि जेठ ४, २०६३ मा गरिएको संसदको घोषणा, अन्तरिम संविधानमा समावेस गरिएका विषयहरु र अन्तत २०७२ मा घोषणा गरिएको नेपालको संविधानमा ति २७ बुदा समेटिनुले देखाएको छ ।

२०७२ मा हाम्रा जनप्रतिनिधिहरुको हस्ताक्षरसहित प्राप्त नया संविधानको प्रारम्भमा नै नेपाल समाजवादप्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने कुरा उल्लेख छ । यदि मदन भण्डारीको नेतृत्वमा कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने काम भएको थिएन भने सायद आज नेपाली जनताले समाजवादका आधारहरुसहितको नया संविधान प्राप्त गर्ने कुरा सम्भव थिएन । यसर्थ आधुनिक नेपाल निर्माणमा मदन भण्डारीको योगदानलाई अलग गरेर हेर्नै सकिदैन ।

Article- Kantipur Kosheli

http://kantipur.ekantipur.com/printedition/news/2017-09-23/20170923114105.html