इन्टरनेसनल टे्रड युनियन कन्फेडरेसन (आइटियुसी) को ्रसिया प्यासिफिक सम्मेलन यही मे ११ देखि १३ २०११ सम्म िसंगापुरमा सम्पन्न भयो । यसभन्दा अघिल्लो दुई दिन मे ९ र १० मा महिला सम्मेलन र मे १० का दिन युवा सम्मेलन आयोजना भएको थियो ।

महिला सम्मेलनमा मुलत महिला श्रमिकसंग सम्बन्धित विषयहरुलाई टे्रड युनियन आन्दोलनले आफ्नो विषय बनाउन सक्नुपर्दछ भन्ने कुरा आम रुपमा उठान भएका थिए भने जेण्डर मुलप्रवाहीकरण र महिला नेतृत्व विकासको लागि विभिन्न देशमा भएका प्रयत्नहरुको अनुभव आदानप्रदान पनि भएको थियो ।

यस सन्दर्भमा नेपालको युनियन आन्दोलनमा २०५२ मा जिफण्टले महिला सशक्तिकरणका लागि हरेक कार्यक्रममा २५ प्रतिशत महिला सहभाििगता र महिला कार्यक्रममा अल्पमतका रुपमा कार्यक्रममा रहनुका साथै महिलाका कुरा प्रत्यक्ष सुन्ने र अनुभुत गर्ने अवसरका लागि २५ प्रतिशत पुरुष सहभागिताको नीति बनाइ लागु गर् यो । पछि २०५७ मा पुग्दा अरु युनियनसहित यो पहललाई अझै फराकिलो रुपमा अगाडी बढाउन अन्य युनियनसहितको सहभागितामा टे्रड युनियन कमिटी फर जेण्डर इक्वालिटी एण्ड प्रमोसन टुकगेप बनाएर कामलाई अगाडी बढाइयो ।

विद्यमान नीति र कानुनको श्रमिक र महिला दृष्टिकोणवाट विशलेषण गरी कार्यथलोसंग सम्बन्धित १० वटा जेण्डर विषयको पहिचान गरियो । यी विषयहरुको पहिचानपछि उद्यमीहरुको संगठन र सरकारको प्रतिनिधिहरुसहितसंग छलफल गरी सवैले यसलाई अनुभुत गर्ने अवस्था बनाउदै अव बन्ने नीति र कानुनमा यी विषयहरुलाई सम्बोधन गरिनुपर्ने सहमती गरियो । यसलाई टुकगेप मार्फत गरिएको कामको सवैभन्दा ठुलो उपलव्धीका रुपमा लिन सकिन्छ ।

पछिल्लो चरणमा आएर सातवटा टे्रड युनियन महासंघको संयुक्त संयन्त्र जेटियुसिसि अन्तरगत महिला कमिटी बनाएर विषयलाई निरन्तरता दिने काम भइरहेको छ भने कतिपय विषय नया संविधानमा समेत समावेस गर्ने प्रकि्रया चल्दैछ । नेपालको तर्फवाट राखिएका यी विषयहरुले महिला सम्मेलनका सहभागिहरुलाई उत्साही बनाएको थियो ।

सम्मेलनले आइटियुसीको संयन्त्रमा समेत महिला सहभागिता बृद्धी गर्नुपर्ने विषयमा जोड दिएको थियो भने युवा सम्मेलनले भोलिको युनियन आन्दोलनको सशक्तिकरणको लागि आजका युवामा काम केनद्रीत गर्नुपर्ने विषयको उठान गरेको थियो ।

मे ११ गतेवाट शुरु भएको मुल सम्मेलन विगत चार वर्षको गतिविधिको प्रतिवेदन भावि कार्ययोजना र विषयगत रुपमा तयार पारिएका २१ वटा प्रस्ताव पारित गर्दै नया नेतृत्वको चयन गरी मे १३ मा सम्पन्न भयो ।

सदस्यमा ४०-५० प्रतिशत र प्रतिनिधिमा ४४ प्रतिशतभन्दा बढी महिला सहभागि रहेको सम्मेलनले नेतृत्वमा ४० प्रतिशतभन्दा कम नहुने गरी महिला सहभागिता हुनुपर्ने नीति पारित भयो । ३२ सदस्यीय कार्यकारी कमिटीमा कम्तिमा छ जना महिला हुनै पर्ने व्यवस्था गरिएको थियो । फलत निर्वाचनवाट कार्यकारीमा त्यही छ जना महिला सदस्य निर्वाचित भए जुन समग्रमा २३ प्रतिशत हो भने पहिलो वैकल्पिकमा ५० र दोस्रो वैकल्पिकमा ५७ प्रतिशत महिलाको नाम राखेर समग्रमा ४४ प्रतिशत भन्ने भ्रम फैलाउन यहा पनि सफल भए ।

महिला सहभागिताको कुरा गर्न जति सहज छ कार्यान्वयन त्यती सजिलो छैन भन्ने कुरा यहा पनि देखियो । कारण महिला तयार नभएर होइन पुरुषहरु पद छाड्न तयार नभएर नै हो भन्ने कुरा यहा पनि देखियो । त्यस सम्मेलनमा नेतृत्व लिन एक से एक महिला नेताहरु तयार थिए । तर पुरुषहरु आफुले विगतमा ओगट्दै आएको स्थान छाड्नका लागि तयार भएनन् । जसका कारण प्यासिफिक क्षेत्रवाट मात्र ४० प्रतिशत महिला पुर्ण सदस्यका रुपमा कमिटीमा आए । सवैभन्दा कम दक्षिण एसियावाट १४ प्रतिशत जुन स्थानमा पुरुष जानै सक्दैन थिए । यो सम्मेलनले अझै धेरै अनुभुत गराएकोछ -हामी महिलाहरु बीच अझै सशक्तता र रणनीतिक योजनासहित काम गर्न जरुरी छ । अधिकारको वारेमा कुरा गर्न सवैले सक्दछन् तर दिन कोही तयार हुदैनन् । हामी आफैले लिन सक्नुपर्दछ ।

यसैले भनिने गरिएको छ – अधिकार मागेर पाइदैन खोसेर लिनुपर्दछ । यसको लागि देशमा हास वा अन्तरराष्ट्रिय सरकार र राजनीतिक दलमा होस वा अन्य जनसंगठनमा हामि महिलाहरुको एककतावद्ध प्रयत्न सशक्त हुनु आवश्यक छ ।
May 17, 2011