आईएलओ गभर्निङ बडीको बैठकमा पहिलो पटक सहभागि हुने मौका मिल्यो। नोभेम्बर २ देखि १७ सम्म जेनेभा सम्पन्न उक्त बैठक मुलत सिकाइको हिसाबले राम्रो रह्यो ।
मिटिङमा सामान्यतया ट्रेड युनियन, उद्यमी र सरकारको सहभगिता रहने भए पनि बिषयमाथिको बहसको हिसाबमा श्रमिक र उद्यमिको बिचमा नै बढि छलफ़ल हुने कुरा स्वभाबिक नै हो । त्यहा पनि त्यस्तै नै हुदो रहेछ । श्रमिक र उद्ध्मीको बिच्मा कुरा मिल्यो भने बिसय सहजै तुन्गदो रहेछ । अन्यथा, सरकारि प्रतिनिथिको सुझाव र सिफ़रिसको पहल हुदो रहेछ ।
खासमा मैले दुईवटा बैठकमा भग लिए । पहिलो दुई दिन नोभेम्बर ३ र ४ मा सन्गठन स्वतन्त्रता सम्बन्धि कमिटि (सिएफ़ए) मा सहभगि भए । यो काम निकै नै चुनैतीपुर्ण रहेछ । दुनियाका प्राय सबै मुलुकमा भएका श्रम बिवाद्का मुद्दाहरु यसमा आउने गर्दछ । यस कमिटिमा भएको छलफ़ल कहि कतै कसैलाई भन्न र सुझाव लिन मनाहि छ । यतिसम्म कि आफ़्नै युनियनका सदस्य र गभर्निङ बढीको सदस्यलाई समेत भन्न नपाइने आचार संहिता रहेको छ ।
नोभेम्बर २ को अपरान्हमा सुरु भएको वर्कर्स ग्रुपको बैठक ३ र ४ को बिहान ९:००-११:०० र अपरान्ह १४:०० -१५:०० मा पनि जारी रह्यो भने ११:००-१३:०० र १५:००-१८:०० बजे दुबै दिन सिएफ़एको पुर्ण बैठक बसी कमिटीमा पेस गरिएको ४५ मध्ये ४३ वटा मुद्धामा छलफ़ल र निर्णय गरी समापन गरियो ।
यी दुइ दिनमा भएको छलफ़लको आधारमा तयार पारिएको ड्राफ़्ट प्रतिबेदन १० तारिखमा बाडियो र यसलाई भेरिफ़ाइ गर्ने काम ११ तारिख १२:40 भएको टेली कनफ़ेरेन्स मार्फ़त गरियो, जुन १५ तारिखमा गभर्निङ बडीको सदस्यलाई वितरण गरी १६ तारिकमा पुर्ण बैठकमा पेस गरी पारित गरिएको थियो ।
गभर्निङ बडीको बैठक नोभेम्बर ७ तारिकबाट शुरु भयो । पहिलो दिन बिहान ९ बजेदेखि दिउसो १३:०० बजेसम्म र अन्य सबै दिन बिहान ९:००-१०:३० र दिउसो १४:३०-१५:30 सम्म वर्कर्स ग्रुपको बैठक बसेर त्यसपछि गरिने छलफ़लको एजेन्डा बारे ब्रिफ़िङ गर्नुका साथै सदस्यहरुको सुझाव र कमेन्ट सुन्ने काम हुने गरिन्थ्यो ।
त्यसै गरी गभर्निङ बडीको पुर्ण बैठकको शुरुवात ७ तारिकको दिउसो ३ बजे भएर अन्य सबै दिन बिहान १०:३०-१३:०० र अपरान्ह १५:३०-१८:३० सन्चालन भएको थियो ।
कार्यक्रममा सामान्यतया नीतिगत र ब्यबहारिक सबै बिसयमा छलफ़ल भएका थिए । कार्यक्रममा हरेक बिसयमा कार्यालयको तर्फ़बाट ब्रिफ़ गरिसकेपछि त्यसमा उध्यमी र श्रमिक प्रतिनिधिले आफ़्नो बिचार राख्ने समय पाउदथिए । त्यसपछि सरकारको क्षत्रिय प्रतिनिधि र अनि इच्छुक अन्यले आफ़्नो सरकारको तर्फ़बाट कुरा राखि सकेपछि फ़ेरि पनि उध्यमी र श्रमिक प्रबक्ताको सहमतीपछि आबश्यक निर्णय गरिन्थ्यो ।
यसपटकको बैठकमा खास गरी श्रमिकसंग प्रत्यक्ष सम्बन्ध राख्ने बिसय रोजगारी र सामाजिक सरक्षण अन्तर्गत बातानुकुलित रोजगारी, मर्यादित काम र दिगो बिकास, आईएलओको १००औ सम्मेलनबाट पारित सामाजिक सुरक्षा सम्बन्धी बिसयको कार्यान्वयको कार्य योजना, दिगो प्रतिष्ठानको बिकास अनि काम र जीवन बिचको सन्तुलनको बारेमा छलफल गरिएको थियो, जसमा श्रमिकको तर्फबाट न्युजिल्यान्दको हेलेन केल्लीले प्रवक्ताको रुपमा कुरा राख्नु भएको थियो ।
त्यसै गरी सामाजिक सम्बादको सम्बन्धमा ग्लोबल सम्बाद मंचको सिकाई, आईएलओको १००औ को सम्मेलनबाट पारित श्रम प्रशासन र श्रम निरिक्षणको अनुगमन, बिश्वब्यापी खाद्य आपूर्ति संजाल र मर्यादित काम लगायतको बिसयमा छलफल भएको थियो, जसमा श्रमिकको तर्फबाट अमेरिकाको साराह फक्सले प्रवक्ताको रुपमा भूमिका निर्बाह गर्नु भएको थियो ।
त्यसपछि अर्को बिसय थियो टेक्निकल कोअपेरासन । यस अन्तर्गत विभिन्न देशमा संचालित मर्यादित काम सम्बन्धि परियोजना, क्षमता बिकास कार्यक्रम, अरब मुलुकमा गरिनु पर्ने कार्यक्रमको सशक्तता र आधारभूत श्रमिक अधिकार सम्बन्धि बिसय र कामको अधिकारका सन्दर्भमा रोजगारी र पेशामा हुने विभेदको अन्त्यको बिसयमा अनुगमन रहेको थियो । यस बिसयमा ल्याटिन अमेरिकाका प्रतिनिधि रोबरटले प्रवक्ताको रुपमा भूमिका निर्बाह गरेका थिए।
अर्को बिसय कानुन र नियमसंग सम्बन्धित थियो । यसमा आईएलओ आफ्नै विधानको संसोधन, महासभामा गरिने प्रतिनिधित्वमा त्रिपक्षिय सन्तुलन कायम गर्ने बिसय, गभार्निंङ बडीको पुनर्रसंरचना सम्बन्धि व्यवस्था लगायतका बिसय थिए ।
त्यसै गरि अन्तरराष्ट्रिय श्रम मापदण्ड र मानव अधिकार सम्बन्धि बिसयमा आइएलओ मापदण्डको कार्यान्वयन पुनरावलोकन संयन्त्र निर्माण सम्बन्धि नीति, रोजगारी समाप्ति सम्बन्धि मापदण्ड १५८ र सिफारिस १६६ को परिक्षण सम्बन्धि प्रतिबेदन, कमिटि अफ द एप्लिकेसन अफ द रिकमेनडेसन को शिक्षण पेशा सम्बन्धि शिक्षक युनियनको आरोपका बारेमा तयार गरिएको प्रतिबेदनमाथि छलफल गरिएको थियो ।
अर्को बिसय संगठनको कार्यक्रम, आर्थिक ब्यबस्थापन र प्रशासन अन्तर्गत नियमित रुपमा हुदै आएका कार्यक्रम, बाकी रकमको सदुपयोग, २०१२-१३ को कार्यक्रम, भवनको पुनरनिर्माण, सुचना प्रबिधिमा थप लगानी, अडिट प्रतिबेदन, स्टाफ़ युनियनको प्रतिबेदन, स्टाफ़ नियमाबलीमा संशोधन लगायतका बिसयमा छलफ़ल भएको थियो, जसमाथि श्रमिक प्रतिनिधिको रुपमा समुहको अध्यक्ष लुकले आफ़्नो भनाई राखेक थिए ।
त्यसपछि बैठकको अर्को बिसय हाई लेभल एजेन्डा थियो । यस अन्तर्गत रणनीतिक नीति अन्तर्गत ‘पोलिसी कोहेरेंस इन् द मल्टिल्याटरल सिस्टम’ मा छलफल थियो । यस बिसयमा अलि ब्यापक छलफल भएको थियो कि जसरी कुरा गरिन्छ, तर ब्यबहारमा लागु गर्ने सन्दर्भमा त्यस्तो नभएर देखा परेका समस्याको बारेमा प्रश्नहरु उठेका थिए ।
त्यसै गरि बिश्वब्यापिकरणको सन्दर्भमा सामाजिक गतिसिलताको बारेमा वर्किङ पार्टीको भूमिकामा छलफल भएको थियो ।
अन्तत आइएलओको महासम्मेलन र क्षत्रिय बैठकलाई कसरी बढी ब्यबहारिक र प्रभाबकारी बनाउने भन्ने बिसयमा छलफल भएको थियो । पछिल्ला दिनमा भएका छलफलमा श्रमिकको तर्फबाट अध्यक्ष लुकले नै प्रतिनिधित्व गरेका थिए भने सबै बिसयमा प्रस्तुत गरिएका बिचार र धारणामा प्रतिक्रिया तयार गर्ने काममा अईटियुसिको जेनेभा कार्यालयको निर्देशक राकेल गोंजैलासको महत्वपुर्ण भूमिका रहेको थियो ।
यसरी दुई हप्ताभन्दा बढी चलेको बैठक नोभेम्बर १७ मा सम्पन्न भयो ।
बास्तबमा बिगतमा आइएलोको कुनै पनि त्रिपक्षिय कार्यक्रममा सहभागी नभएका कारण पनि यो बैठक मेरा लागि सिकाईको राम्रो अवसर बन्यो । अर्को पटकदेखिको बैठक मा भने योगदान पनि गर्न सकिन्छ भन्ने लागेको छ ।