- पुर्व अनुमानको आधारमा काम गर्ने वानी बसाऔ । जसका लागि व्यक्तिगत रुपमा पुगिने ठाउ “ध्येय र लक्ष” तथा प्राप्त गरिने उद्देश्यको वारेमा स्पष्टता आवश्यक हुन्छ ।
- संधैभरी आफ्नो दिमागमा भएको कुराको आधारमा नया कामको शुरुवात गरौ । अर्काको दिमागवाट चल्ने होइन । यसले व्यक्तिगत रुपमा नेतृत्व क्षमताको विकास र प्रदर्शन गर्दछ ।
- भए–गरेका कामलाई पहिला भएकालाई अगाडी र पछिकालाई पछाडी क्रमवद्ध रुपमा राख्ने वानी बसाऔ, जसले व्यक्तिगत रुपमा भएको व्यवस्थापन क्षमतालाई देखाउदछ र विकास गर्न मद्दत गर्दछ ।
- संधै जीत जीतको सोच राखौ, जसले गर्दा समझदारी, सहयोग र समन्वयको भावनाको विकास गर्छ, र सकारात्मकताले नकारात्मक पक्षमामाथि राज गर्दै जान्छ ।
- हरेक कुरालाई पहिला बुझ्ने प्रयत्न गर, अनि मात्र बुझेको अनुभुत गरौ । यसले आफैभित्र रचनात्मकताको विकास गर्दछ ।
- बुझाइलाई अझै धारिलो बनाऔ, जसले आफैलाई सन्तुलन कायम गर्नुकासाथै भित्र र वाहिरको कुरा र काम विच एकता कायम गर्दछ ।