नोभेम्वर १, २००८ को दिन आइएलओ इन्टरनेसनल टेनिड सेन्टर टुरिनले आयोजना गरेको भेनिस भ्रमणमा सहभािग हुने मौका मिल्यो । ट्र्रेड युनियनको आधारभुत मानवअधिकार सम्बन्धि अन्तरराष्ट्रिय नेटवर्क बनाउने सिलसिलामा आयोजित सेमिनार (अक्टोवर २७ देखि नोभेम्वर ७ २००८) मा सहभागि हुने सन्दर्भमा टुरिन पुगेको समयमा परेको कार्यक्रम भएकोले यो अवसर मिलेको थियो ।
सेमिनारको बीचमा शनिवारको दिन पार्टिसिप्याण्ट सर्भिस सेन्टरले भेनिसका भ्रमण राखेको थियो । भेनिस विश्व समपदा सुचीमा परेको एउटा ठाउ हो । हाम्रो टिमका एसिया प्यासिफिक युरोपका अिधंकाश सदस्यहरु यस भ्रमणमा सहभागी थिए । मेरो व्यक्तिगत जीवनमा भन्ने हो भने अहिलेसम्मको जति पनि विदेश भ्रमण भए पर्यटकको रुपमा दिन विताएको यो पहिलो अनुभव हो ।
विहान ४.१५ वजे सेन्टरवाट झण्डै ४० जना सहभागि लिएर गाडी छुट्यो र ९.३० मा भेनिसको गाडी पार्कमा रोकियो । पुरै शहर आधुनिक गाडीको प्रवेशमुक्त थियो । पानी नै पानीको बीचमा झण्डै ७००० ससाना आइल्याण्डमा विभाजित भएर अवस्थित यो शहरको यातायातको साधन भनेको पानी जहाजहरु नै थिए । १० देखि ३०/३५ जनासम्म अठाउने जहाजलाई ट्याक्सी भनिदो रहेछ अनि सानो ४/५ जना अटाउनेलाई गोन्डोला । शहरमा कार र ट्याक्सी भए झै त्यहा व्यक्तिगत प्रयोग र भाडाको लागि प्राय सवैसंग यस्तै पानी ट्याक्सी र गोन्डाला हुदोरहेछ ।
गोण्डोला वास्तवमा हाम्रो रिक्सा भन्दा पनि हुने रहेछ जसले शहरको हरेक कुनामा जानका लागि बनाइएको पानीको साना साना नालावाटसमेत यात्रा गराएर पर्यटकलाई आकर्षित गर्न सफल छ भने अलि ठुला ट्याक्सीहरु भेनिसको वरिपरी र विचविचमा रहेका अलि ठुलो साइजका पानी सडकमा यात्रा गराउनका लागि । यस्ता पानी सडकको संख्या २५ वटा रहेछन् । अनि गाडी पार्कसंग जोड्ने ठुलो जहाज हिड्ने वाटोलाई पानी राजमार्ग भन्दा पनि हुने रहेछ ।
समग्रमा भन्दा भेनिस पुगिसकेपछिको अनुभुती नै अर्कै दुनिया र अर्कै जीवनसैली । मानिसले प्रकृतिको प्रयोग जसरी पनि गर्नसक्ने र जीवनयापनको माध्यम बनाउन सक्ने एउटा नया मोडेल ।
शहरको पृष्टभुमि पनि मजाको छ । इटालीको उत्तर पुर्वमा अवस्थित यो शहर सन् ४२१ अपि्रल २५ मा पत्ता लागेको दिनलाई आज पनि सेन्ट मार्क दिवसको रुपमा मनाइदो रहेछ । पाचौ शताव्दीमा नै इटालीको पहिलो गणतान्त्रिक गणराज्य जसले फेरी कहिल्यै पनि राजतन्त्र व्यहोर्न परेन । ग्लासको मुल उत्पादनरहेको यस शहरको चिनोको रुपमा पनि सवैभन्दा धेरै किनवेच ग्लासका विभिन्न सामानहरु नै रहेछन् ।
हामी त्यहा पुग्दा पर्यटकको आकर्षणको केन्द्रको रुपमा रहेको एस। मार्को स्क्वायर पानीमा डुवेको छ । मानिसहरु सिमेण्टको टेवल जोडेर बनाइएको वाटोवाट अगाडी बढ्दै थिए । हामी साइडको वैकल्पिक वाटो हुदै शहरको बीचमा पुग्यौ । ११।३० वजे गाइडले त्यहा छाडेर १५।४५ मा मार्को स्क्वायरमा जम्मा हुने सुचनासहित विदा भइन । हामी यता र उता घुम्न थाल्यौ । आइल्याण्डको सवैभन्दा अग्लो भागको पारिपट्टी सडक व्यापारीहरु वजारमा व्यस्त थिए । क्ष्टाचली जानु अगाडी काठमाडौंमा सडकको व्यापार हटाउने सरकारी निर्णयका पिवरुद्ध नारा लगाउदै गरेका श्रमिहरु मेरो दिमागमा घुििमरहेका थिए र दिमागमा आइरहेको थियो । आखिर सडक व्यापार जतिसुकै्र विकसित मुलुकमा पनि छ मात्र यसलाई कसरी व्यवस्थित गर्ने महत्वपुर्ण विषय त्यही हो ।
घुम्दाघुम्दा वाटो हरायो । जता गए पनि गोण्डोलामा यात्रा गर्ने यात्री देखिन्थे । मुल ठाउमा जाने वाटो भेटिदैन । झण्डै तीनघण्टाको निरन्तर हिडाइपछि पानीको बीचमा सिमेण्टका टेवलवाट बनाइएको बाटोमा लाम नलागी विकल्प भेटिएन । अन्तत म पनि लामवद्ध भए । तर रमाइलो के भयो भने दिउसो २ वजेवाट घट्न थालेको पानीको सतह ३ वजेसम्ममा सवै हटिसकेको थियो । अव आनन्दसंग सेन्ट मार्को स्क्वायर घुम्न र यसको इतिहासको वारेमा लेखिएका सिलापत्रहरु पढ्न सकिन्थ्यो । सवै मानिस त्यही झुम्मिएका थिए । कोही परेवालाई खाना खुवाउदै र खेल्दैमा व्यस्त थिए भने कोही पर्यटकको फोटो खिच्ने व्यापारमा । पानी ट्याक्सी गोन्डोलाका ड्राइभरहरु यात्रुलाई पानीका बीचबीचवाट शहरका कुनाकाप्चासम्म घुमाउन व्यस्त थिए ।
आखिर प्रकृतिले दिएको सम्पदालाई व्यवस्थापन गर्ने हो भने जसरी पनि मानिसले यसको उचित संरक्षणका साथ उपयोग गर्न र जीवनयापनको साधन बनाउन सक्दा रहेछन् ।