मृत्यु आफैमा दुखद सत्य हो । कसैको पनि मृत्युले अर्को मानिसको मनस्थितिमा संवेदना उत्पन्न हुने कुरा सामान्य मानवीय अनुभुती हो । त्यसमा पनि आफ्नै उमेर समुहका व्यक्तिको मृत्यु अरुभन्दा पिडादायी हुने गर्दछ । त्यसमा पनि एउटै उमेर समुह र लामो समय एउटै आन्दोलनमा संगै काम गरेको सहकर्मीको मृत्यु अरुभन्दा थप पिडादायी हुदो रहेछ । आज रामनाथजीको मृतयुमा त्यही अनुभुती भएको छ ।
रामनाथ गुल्मीवाट अखिलमा संगठित, म नुवाकोटवाट । काठमाडौ आइसकेपछि अखिलको काममा निरन्तरता दिने सन्दर्भमा उनको नाम सुनियो।
सायद २०४३÷४४ सालमा होला, उनी पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु र अखिलको केन्द्रीय कमिटीमा रहेर काम गर्दै थिए । एक विहान उनीमाथि मण्डलेहरुले उनको पेटमा छुरी प्रहार गरे । पेटमा राखिएको डायरी छेडेर पेटमा लागेकोले उनी घाइते मात्र भए । उपचारको लागि तुरुन्तै काठमाडौ ल्याइ विर अस्पतालमा भर्ना गरिएको थियो । घाइते साथी भेट्न जाने क्रममा उनीसंग पहिलो भेटघाट र प्रत्यक्ष चिनजान भयो । २०४६ सालको आन्दोलन हुदा अखिलको दशैे राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्यको हैसियतमा फरक मोर्चा र एउटै कमिटीमा रहेर पञ्चायत विरोधि आन्दोलनमा लागियो । र, त्यसपछि २०४७ मा सम्पन्न सम्मेलनवाट दशौ केन्द्रीय कमिटीमा रहेर काम गरियो । उनी पोखराको मोर्चामा सक्रिय रहे । मेरो भने काठमाडौमा वसेर सम्पर्क सुत्रका रुपमा काम गर्ने जिम्मेवारी थियो । यस क्रममा पनि देशभरीको अवस्थाको जानकारी दिने र पोखराको जानकारी लिने क्रममा पटकपटक कुराकानी भएको थियो । तर सांगठनिक कामको सन्दर्भमा भन्दा वाहेक कुरा खासै हुदैन थियो । पोखराको पृथ्वी नारायण क्याम्पसमा जादा सुमित्रा सुवेदीसंग पनि भेट भएको थियो ।
२०४५ सालमा त्यति ठुलो क्याम्पसमा अखिलको स्थानिय कमिटीमा सचिवको रुपमा काम गर्ने सुमित्रावाट म प्रभावित भएको थिए । किन की तयतिखेर सामान्यतथा महिलाहरु कोषाध्यक्षभन्दा अरु पदमा सायदै अवसर पाउथे । तर कमिटीको सचिव हुनु थोरै औलामा गणना गर्न सक्ने महिला मात्र थिए । पछि उनै सुमित्रासंग रामनाथको विवाह भयो । समय क्रमसंगै सुमित्रा आन्दोलनको मोर्चावाट छाया पर्नुभयो । यस कुराले मलाइ कौतुहलता जन्माउथ्यो । आफैसंग काम गर्ने मोर्चाकै साथिसंग विवाह गरेर पनि महिलाहरु किन अलप हुन्छन ? तर रामनाथजी यस विषयमा कुरा गर्नवाट पन्छिन चाहने कारण यस्ता विषयमा कहिल्यै कुराकानी भएन । वुटवल जादा सुमित्राजीलाइृ भेट्न उक साझ घरैमा गएकी थिए । तर उहामा अव आन्दोलनमा पहिला झै लाग्ने उर्जा हराइ सकेको अनुमान गरेपछि भने यो च्याप्टर बन्दै भयो ।
२०४८ सालवाट हाम्रो मोर्चा फरक भयो । म अनेमसंघ हुदै श्रमिक आन्दोलन मार्फत अगाडी बढे , रामनाथ जी फेरी पनि विद्यार्थीको मोर्चामा नै रहदै महासविच र अध्यक्षको कार्यभार पुरा गर्ने क्रममा अध्यक्ष रहदैमा २०५१ सालमा सांसदको भुमिकासहित राष्ट्रिय राजनीतिमा प्रवेस गर्नुभयो।
त्यस विचमा २०५२ सालमा म हंगकंगमा कमिटी फर एसियन विमेनको प्रोग्राम कोअर्डिनेटरको रुपमा काम गरिरहदा हंगकंग हुदै जापान जाने क्रममा भेट भयो । हंगकंग बसाइमा हामिसंगै रहनु भयोे । त्यतिखेर उहाका वारेमा चलेका कतिपय चर्चाको वारेमा उहा खुल्न चाहनु भएन । हामिले कर गरेनौ । यद्यपी उनका कतिपय व्यवहारले उक्त कुरालाई पुष्टि गर्दै थियो । त्यस समय हामी राजन, सुजिता, प्रेम र म हामी एउटै मोर्चाका साथिहरु फरक मोर्चामा हंगकंगमा कार्यरत थियौ ।
तीन वर्षपछि म पनि काठमाडौ फर्किए र पुन श्रमिक आन्दोलनवाटै आफ्नो राजनीतिक गतिविधिलाई निरन्तरता दिए । रामनाथजी पार्टी निर्माणको मोर्चामा रहनु भयो । हामी एउटै राजनीतिका फरक मोर्चावाट अगाडी बढ्ने सहकर्मी रहदै जाने क्रममा २०६४ सालको संविधानसभाको निर्वाचनपछि पुन संविधानसभाको सदस्य हुदै उनी संसदतर्फको राज्यव्यवस्था समिति र म संविधानसभातर्फको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको अध्यक्ष भएर एउटै मोर्चामा फरक रुपमा कार्यरत रहन पुग्यौ । तर पनि उनको व्यवहारमा भिन्नता थिएन । म महिला विषयमा अलि बढी कुरा उठाउने कारण पनि उनको पारिवारिक सन्दर्भ उठाउदै कतिपयले मसंग समेत कुरा गर्थे । म विना प्रमाणको माग गर्थे । तर, त्यो कसैका अगाडी स्पष्ट थिएन । यो घुरमैलो चर्चाको वारेमा कुरा गर्न उनको कहिल्यै इच्छा रहेन । यस्तैमा एकदिन उनका एकजना नातेदारलाई मैले सोधेको थिए । परिवारमा समेत सवै कुरा स्पष्ट नभएको कुरा सुनेपछि उनको त्यो अपारदर्शी सम्बन्धका वारेमा स्पष्ट नभएसम्म चासो नराख्नु राम्रो भन्दै गए ।
त्यही अवधिमा वुटवलमा सम्पन्न आठौ राष्ट्रिय महाधिवेशनको सफलताको लागि उहाको महत्वपुर्ण भुमिका रह्यो । निर्वाचनको समय आयो फेरी पनि विविध कुराहरु चर्चामा रहन थाले तर प्यानलमा निर्वाचन हुने अवस्थामा आफु वाहिरै रहने आवरणमा उनले उम्मेदवारी दिएनन । एउटा कारण त्यही अपारदर्शी सम्बन्धको विषय पनि थियो । तर, वाहिर भन्दा समुहगत निर्वाचनमा भाग नलिने तर्क दिइयो । संविधानसभाको विघटनको केही समयमा पारिवारिक पक्षलाई कानुनी र व्यवहारिक रुपमा समेत व्यवस्थापनको काम गरी त्यो अपारदर्शी सम्बन्ध पारदर्शी गरे । आलोचकहरु प्नि थाकिसकेका थिए । फरक प्रतिक्रिया खासै सुनिएन ।
नवौ राष्ट्रिय महाधिवेशनको मैदानमा आइपुग्दा व्यवस्थापन कमिटीमा हामि फेरी फरक जिम्मेवारीसहित एकसाथ मैदानमा तैनाथ थियौ । आ–आफ्नो भुमिका निर्वाह गर्ने क्रममा काममा राम्रो समन्वय भयो । केन्द्रीय कमिटीमा र खुल्ला मोर्चावाट संगै प्रतिष्पर्दा ग¥यौ । निर्वाचित पनि भयौ र अन्नत पोलिट व्युरोमा पनि निर्वाचित भयौ । कार्य विभाजनको क्रममा नेपालकै एउटा भुभाग लुम्बिनीको इन्चार्ज बनाइयो । म आन्दोलनमा लाग्ने क्रमदेखि नै आकाश देखाइदै आएकी थिए र कार्य विभाजनमा पनि प्रवास अर्थात आकाशै कै जिम्मा प¥यो । रामनाथ जीसंगको राजनीतिक सामिप्यता यसरी बढे पनि उनले व्यक्तिगत कुराहरु कहिल्यै खुल्ला रुपमा गरेनन । त्यस अर्थमा मेरो बुझाइमा पारिवारिक वा व्यक्तिगत ामिलामा रामनाथ धेरै पारदर्शी मानिस होइन भन्ने नै लाग्दछ । कुनै कुरा प्रश्नको जवाफ दिन अप्ठेरो भयो भने हासेर टार्ने र झुटो नवोल्ने उनको स्वभाव रह्यो । जसका कारण अनुत्तरित कतिपय चर्चाहरु समय क्रमले आफै उजागर गर्दै गयो भने कतिपय कुराहरु धमिलो–धमिलोमा नै विलिन हुन पुगे ।
सवैभन्दा पछिल्लो पटक उनीसंग मेरो दोहोरो वार्ता सन्दिपको विवाहको दिन भयो । विवाह समारोहमा पुग्दा उनको एकजना आफन्तले मलाई प्रश्न गरे दिदि आउनु हुन्न होला भनेको आउनु भएछ ? मलाई छक्क लाग्यो र कारण सोधे । मैले केही वर्ष पहिला कन्यादान गर्ने विवाहमा नजाने घोषणा गरेकी थिए र त्यस विवाहमा उक्त आइटम पनि रहेकोले म जान्न होला भन्ने सोचेका रहेछन् ।
तर विडम्वना प्रगतिशिल विचारका वाहक दुई जोडी कमरेडको सन्तान विच भएको विवाहमा मैले कन्यादान पनि हुन्छ भन्ने अनुमान गर्नु नै कसरी सक्थे । थाहा पाएपछि मैले ठाडै सोधे यो के गरेको ? रामनाथको तर्कने जवाफ थियो परिवारले मानेन । खासमा त वेहुली पट्टीवाट सवै विधि गर्ने शर्त राखियो । मैले यसमा चित्त बुझाउने कुरै थिएन । “यस्ता कुरा गरेर तपाइ एमालेको पोलिट व्युरो सदस्य कमजोरीवाट उम्कन सक्नुहुन्न । अव त आचारसंहिता पनि लागु हुन्छ नी कमरेड । आफ्नैे स्वभावमा उनले फेरी पनि हासेर टारिदिए । कुनै जवाफ आएन ।
हिड्ने वेलामा दुइ दिनपछि हुने केटातर्फको आशिर्वाद समारोहमा आउनै पर्ने कुरा सम्झाए । मैले सहज जवाफ दिए । एकजोडि वेहुला–वेहुलीलाई आशिर्वाद दिन दुइ दिन खर्च गरिदैन । मैले आजै वधाइ दिइ सके । उनले धेरै राम्रो त मानेनन । तर पनि म उक्त वार्तालापपछि अभिवादनका साथ धुम्वाराहीको पार्टी प्यालेसको सिढीवाट विदा भए । त्यही कुराकानी नै रामनाथसंगको अन्तिम भेट अथवा विदाइ वार्ता हुन पुग्यो ।
रामनाथ एउटा जुझारु, क्रियासिल र गतिशिल व्यक्तित्वको नाम हो । विद्यालय कालदेखि क्याम्पस जीवन हुदै पार्टी राजनीतिमा संलग्न भएर आफुलाई निरन्तर समाजको रुपान्तरणका लागि लागिरहने योद्धा हो । राजनीतिमा लाग्ने हरेक व्यक्तिले यति लामो निरन्तरता दिनसक्ने कुरा कुनै पनि समाजमा सहज छैन । उनको वारेमा सम्झना गर्नुपर्ने एउटा महत्वपुर्ण पक्ष यो नै हो भने पार्टी संगठन भित्र असहजता देखा पर्दा नेतृत्वका विचमा रहेको दुरी कम गर्ने अभियानमा पनि उनको क्रियासिलता रहने गर्दथ्यो ।
आज युवा अवस्थामा नै हामि सवैको विचवाट विदा भएका छन । हार्दिक श्रद्धान्जलीका साथ अल विदा कमरेड । आन्दोलनको क्रममा पुजिकृत भएका तपाइका योगदानहरुले समाजलाई अग्रगामी रुपान्तरणमा फड्को मार्न सहयोगी भइरहनेछन् ।