यस वर्ष जीवनमा पहिलो पटक विदा मनाउनकै लागि सिमाना पारीको यात्रा गरियो । विगत वर्षदेखि नै एकपटक अमेरिकाको भ्रमण गर्ने सोच बनाइ रहेको भए पनि परिस्थितिले साथ दिइरहेको थिएन । कहिले समय नमिल्ने र उपयुक्त कारण । तर यस पटक, डिसेम्वरको १५ मा सुविज्ञाको दिक्षान्त कार्यक्रम रह्यो । मौसमको आधारमा क्यालिफोर्नियामा आसै गर्मी पनि थिएन । साथै, क्रिष्टमस र नया वर्षको नजिक भएकोले दाइको पनि अलि लामो छुट्टी लिने सहज समय भएकोले हप्ता लामो घुमाइको योजना बनिरहेको अवस्था पनि । यता नेपालमा यदिखेर संसद सदन पनि शुरु नभइसकेको र संसदिय समितिमा पनि खासै धेरै काम नभइरहेको अवस्था पारेर एक महिनाको यात्रामा निस्किएको थिए । तर, क्यालिफोर्निया पुगेको हप्ता दिनमा नै नेपालमा संसदको वैठक वोलाइयो । तसर्थ, किटान गरिएको यात्रालाई सम्पन्न गरी बसाइलाई १० दिन छोट्याएर फर्कने योजना बन्यो ।

यस यात्रासंग जोडिएको पहिलो र महत्वपुर्ण पक्ष सुविज्ञाको दिक्षान्त थियो । अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटी अफ वक्र्लेवाट सुविज्ञाको स्नातक तहको दिक्षान्त थियो । डिसेम्वर १३ मा रिभरसाइड पुगेर १४ को विहान ओन्टारियो एअरपोर्ट हुदै एकघण्टाको उडान पार गरी अक्ल्याण्ड एअरपोर्ट उत्रिइयो । सुवेग, सरिता, आमा र अनामिका अघिल्लै दिन आएर सन प्रलान्सिस्कोमा वसेका थिए । अपरान्हमा त्यतै गइयो र सिटस् हल लगायत समुन्द्रको तटतिर घुमफिर भयो । क्रिस्मस आइरहेकोले उज्यालोको चहलपहलले शहरलाई थप आकर्षणयुक्त बनाएको थियो । त्यस दिन साझ वक्र्ले फर्किएर भोलिपल्टको तयारीको वारेमा साझ खाना खान समयमा छ लपल भयो । १५ तारिकका दिन दिक्षान्तमा सहभागि हुन विहानै गइयो । वाहिरवाट कुनै पनि वेला आक्रामणसमेत हुन सक्ने भन्दै उच्च शतर्कताकासाथ आगन्तुकहरुलाई सकेसम्म हाते झोलासमेत नल्याउनका लागि पहिला नै सुचना जारी गरिएको थियो । भित्र पस्ने गेटको सुरक्षा जाच उच्च तहको नै थियो । दिक्षान्तपछि फोटो सेसन सक्याएर हामी फर्कियौ । दिनभर त्यसै वित्यो । साझ खाना खाएपछि सुवेग न्युयोर्क फर्कियो । १६ तारिकका दिन पर्यटकिय गाडी लिएरु सन फ्रान्सिस्कोको यात्रा गर्ने योजना बन्यो । सोहि अनुसार विहान खाजा खाएर ८ वजेतिर ट्याक्सी लिएर सन फ्रान्सिस्को गइयो । केही समयमा नै पानी पर्न थालेकोले मुलत त्यहा रहेको गोल्डेन गेट र चाइना टाउनको भ्रमण गरियो । चाइनिजहरुले भाग्य हेर्ने खेलसहितको रोटी बनाउने कारखाना हेरेर साझ फर्कियौ । त्यही दिन सुविज्ञाको केही सामान प्याकिंग गर्ने काम पनि थियो । साझ त्यसैमा सहभागि भइयो ।

त्यसको भोलिपल्ट १७ तारिक दिउसो वक्र्ले युनिभर्सिटीको केही भाग भ्रमण गरियो । गुगल कारको कुरा मात्र सुनेका हामी त्यहा जादा सानो गुगल मसिन वाटोमा गुड्दै रहेछ । उक्त स्वचालित यन्त्रले रेष्टुरेष्टमा अर्डर गरिएको खानालाई विना मानव ग्राहकसम्म पुर्याउने र फर्कने गर्दो रहेछ । मानिस इमान्दार हुने र पुर्वाधार सहज हुने हो भने यस्ता यन्त्रहरुले आगामी दिनमा मानव जीवन थप सहज र रोमान्चकारी हुदै जाने प्रत्यक्ष अनुभुत गर्न पाइयो ।

१७ तारिककै अपरान्हमा हामी सवै तीनतिर हुदै आ–आफ्नो ठाउ फर्कियौ । अनामिका सन फ्रान्सिस्को अनि सरिता र आमा अक्ल्याण्डवाट नेभ्रास्कातर्फ लाग्नुभयो । हामी अक्ल्याण्डवाट राति रिभरसाइड आयौ । यात्राको थकाइ अझै मरेको थिएन । १८ देखि २२ तारिकसम्म घरतिरै वसियो ।

यसै विचमा एक विहान नारायण श्रेष्ठसंग लामै कुरा भयो । सामान्य औपचारिकतापछि हामी राजनीतिक विषयमा प्रवेस गर्यौ । विशेषत अमेरिकामा कानुन कसरी बन्छ ? नेपालमा प्राप्त नया प्रणालीलाई संस्थागत गर्न के गर्न सकिएला ? भन्ने लगायतका विषयमा हालको अवस्था, वाहिर हुने गरेका आलोचना र टिप्पणी, अवका दिनमा सम्भावित परिवर्तन लगायतका विषयमा लामो कुराकानी भयो । सायद आगामी दिनमा केही विषयमा उहाले अमेरिकामा कसरी काम हुन्छ भन्ने वारेमा केही लेख मात्र लेखेर पठाउन सक्दा पनि मुलुकका लागि दुरीमा वसेर गरिने योगदानमध्येको एउटा नया तरिका हुन सक्नेछ ।

२३ तारिक शनिवारको दिन अमेरिकाको गाउ क्षेत्र हेर्न निस्कियौ । अपरान्हमा हवाइवाट प्रा.डा. कविराज न्यौपाने र मित्रा न्यौपाने आइ पुग्नुभयो । साझ स्वामी नारायण मन्दिर हेर्न गइयो । भारतिय मुलका नागरिकहरुको पहल र योगदानमा बनेको यस मन्दिरको बनावट अद्धितिय थियो । सवै सामानहरु भरतवाटै झिकाएर बनाइएको यस मन्दिरमा हरेक विहान र साझ पुजा आराधना गर्नुकासाथै अन्य सामाजिक सांस्कृतिक गतिविधि गर्नका लागि पनि भव्य हलहरुको व्यवस्था रहेछ । यो र यस्ता ठाउहरु बनाउने काममा मुलत तेस्रो चौथौ पुस्ताका रुपमा अमेरिकामा रहेका भारतिय व्यापारिक समुदायको योगदान ठुलो रहने गरेको रहेछ ।
त्यसका भोलिपल्ट हाम्रो साता लामो यात्रा शुरु भयो । २४ तारिक विहान शुरु भएको यात्रा साझ लस भेगस पुगेर न्युयोर्क–न्युयोर्क होटलमा बसियो । लस भेगसलाई जुवाको राजधानी पनि भनिदो रहेछ । त्यहा जुवा खेल्नेदेखि चुरोट रक्सी खाने काम खुल्ला रुपमा हुदो रहेछ । यसर्थ नेपालीहरुले यसलाई अमेरिकाको नकृ भन्दा रहेछन, जहा आम रुपमा लागु हुने गरेको सामाजिक कानुन लागु हुदैन । त्यही माहोल हेर्दै २५ तारिकका दिन लस भेगल मुख्य वजार क्षेत्रतिर घुमघाम भयो । २६ तारिकको दिन विहान कोस्टल रोलर यात्रा गरियो । वास्तवमा यो यात्रा मैले पहिला पनि हंगकंग र वैंककमा गरिसकेको थिए । यहा समुहलाई साथ दिने हिसावले मात्र त्यसमा सहभागि बनेकी थिए । त्यसपछि विहानको खाजा खाएर हामी पेरिस इफल टावरको मिनियचर हेर्ने क्रममा वाहिर निस्कियौ । शहरको पैदल यात्रा लामै भयो । त्यहाको विख्यात ।। रेष्टुरेष्टमा गएर विहानको खाना खाइयो । साझ विलियस होटलमा हुने सर्कस हेर्न गइयो । त्यहाको सर्कस हेर्दा लाग्थ्यो मानिसको शरिर यदि अभ्यास गर्ने हो भने रवर भन्दा कम लचकदार होइन रहेछ । उक्त रोमान्चकारी सर्कसले त्यस्तै भान दिन्थ्यो ।

२६ तारिक विहान हामी हुवर वाध तर्फ लाग्यौ । क्यालिफोर्निया र … राज्यको विचमा रहेको कोलोराडो नदिलाई वाध बाधेर पानी संकलन र विजुली उत्पादन गर्ने र सिंचाइको लागिसमेत पानीको उपयोग गरिएको उक्त परियोजनालाई अमेरिकामा नै उदाहरणीय रुपमा लिइदो रहेछ । यसको अवलोकनका लागि विभिन्न ठाउवाट पर्यटकको समेत भिड लाग्ने रहेछ । त्यस किसिमको वाध वाध्ये योजना बनाउन सक्ने हो भने नेपालको लागि पनि यो उपयोगी प्रविधि हुनसक्ने धेरैको भनाइ छ । त्यसपछि हामी ग्राण्ड क्यानोनको लागि अगाडी बढ्यौ । साझ फ्लागस्टाफको एउटा होटलमा वास वसियो । हिमालयन रेष्टुरेण्टमा खाना खान गएको झण्डै ४५ मिनेट कुर्न पर्यो । नेपालीले चलाएको व्यवसायमा यति धेरै मानिस लाइन लागेर खाना खान आएको देख्दा खुशी पनि लाग्यो ।

२७ तारिकको विहान ग्राण्ड क्यान्योन भ्रमणमा निस्कियौ । यो ठाउ विश्वका सातवटा प्राकृतिक आचर्यमध्य एक रहेछ । प्राकृतिक रुपमा रहेको अनौठो बनावट मासेर विकास गर्ने योजना ल्याउदा नागरिकले विरोध गरेपछि अहिले यो ठाउलाई प्राकृतिक संग्रहालयको रुपमा संघिय र प्रादेशिक सरकारको संयुक्त पहलमा संरक्षण गरिएको रहेछ । विश्वभरवाट नै यो ठाउ हेर्न आउनेको लर्को नै लाग्दो रहेछ । तर, ट्रम्प सरकारमा आएको वजेटको संकटका कारण उक्त गार्डेनको केही भाग बन्द रहेछ । प्रादेशिक सरकारले संचालन गरेको क्षेत्र मात्र खुल्ला रहेकोले र संघिय सरकारको जिम्मा रहेको सेवाको क्षेत्र बन्द रहेछ । तर यसले संघियता भएको मुलुकमा कसरी सरकार चल्छ भन्ने वारेमा जानकारी पाउन सहयोगी नै भयो । ती क्षेत्र घुमघाम गरेर साझ फर्कियौ । साझ होटल फर्कने क्रममा परेको हिउले यात्रालाई थप एड्भेन्चरसकासाथै थोरै डरलाग्दो पनि बनाएको थियो । एक ठाउमा ट्राफिक लाइटमा रोकिएपछि गाडी अगाडी बढेन । हामी अलमलमा थियौ । त्यहीको एउटा युवाले हिउका कारण गाडी रोकिएको गाहा पाएर दौडिएर आएर पछाडीवाट घचेटी दिएपछि पो थाहा भयो, हिउको कारण गाडी रोकिएको रहेछ ।

२८ तारिक विहान त्यहावाट फोनिक्सको लागि हिड्यौ । वाटोमा पर्ने सेडोनाको दृष्य सोचिएभन्दा राम्रो थियो । जादै गर्दा विचमा एउटा आर्ट म्युजियम पनि रहेछ । त्यहा विभिन्न क्षेत्रका आर्टहरु संग्रह गरेर दृष्यावलोकन गर्नुकासाथै आर्ट विक्री कक्षहरु प्नि राखिएको रहेछ । उक्त कप्लेक्सको अवलोकनपछ नजिकै थाइ रेष्टुरेष्टमा खाना खाएर अगाडी बढ्यौ । वाटोमा रहेका विभिन्न क्यान्योनहरु हेर्दै जादा हामी एयरपोर्ट मेसा भन्ने ठाउमा पुग्यौ, जहावाट ३६० डिग्रीमा फैलिएको क्यान्योन देख्न सकिन्थ्यो । यो वाटोभरीकै सवैभन्दा रोमान्चकारी अवलोकन यहीवाट भयो । प्रकृतिले दिएको स्थायी संरचनामा अधिल्लो साझ परेको हिउले थप सुन्दरता भरिदिएकोले पनि दृष्य साच्चै मनमोहक थियो । त्यसको केही पर ठुलो घण्टको आकारको पहाड थियो, जसको नामै वेल–रक राखिएको रहेछ ।

हामी त्यहावाट साझ फोनिक्स पुग्यौ । ज्ञान न्यौपानेको घरमा वस्ने कुरा पहिला नै तय भएको थियो । त्यहा नै मिलन श्रेष्ठ पनि आउनु भयो । वेलुका सामान्य कुराकानी भयो । ज्ञानजी नेपालमो बनविज्ञानको विद्यार्थी अहिले अमेरिकामा पर्यटन सम्बन्धि नीति निर्माणको प्राध्यापकका रुपमा कार्यरत हुनुहुदो रहेछ । अर्को दिन विहान हामी वोटानिकल गार्डेन हेर्न गयौ । विभिन्न विरुवाहरुको राम्रो संकलन गरिएको त्यस गार्डेनमा मुलत सिउडीको संकलन मनमोहक थियो । सिउडी त्यस राज्यको प्रादेशिक वनस्पती पनि रहेछ ।

त्यहावाट फर्किएर मिलनजीको घरमा खाना खान गयौ । रामपुरमा पढ्ने क्रममा राजु र कवी दाइको विद्यार्थी रहेका मिलन एकजना होनहार विद्यार्थी मात्र नभएर अहिले पनि आफ्नो क्षेत्रमा राम्रो पकड राख्ने विज्ञका रुपमा काम गर्दै रहेछन् । नेपालको सन्दर्भमा त्यहीवाट पनि योगदान गरौ भन्ने भावना मिलन र ज्ञानजी दुवै साथिहरुमा रहेको पाइयो । हामी त्यहावाट शहरी योजनाकार अम्विका प्रसाद अधिकारीको घरमा जान हिड्यौ । वाटोमा पर्ने मानव निर्मित ताल हेरियो, जुन नदि थुनेर पानी जमाएर बनाइएको थियो । अम्विकाजीको घरमा केही समय कुराकानी गरिसकेपछि साझको खाना खाएर हामी रिभरसाइड घर फर्कन हिड्यौ । शुरुमा ३० तारिक मात्र फर्कने योजना भए पनि त्यहावाट पाच घण्टामा रिभरसाइड पुगिने भएकोले एक दिन जोगाउनका लािग पनि फर्कने निर्णयमा हामी पुगेका थियौ । जसका कारण ३० तारिकको दिन विहान भाडामा लिएको गाडि समयमा नै फिर्ता गरेर हामी अर्टिसानका लागि हिड्यौ । यस क्रममा नेपाली समुदायले बनाएको पशुपतीको मन्दिर अवलोकन गरियो, जहा वुद्धको मुर्ती पनि स्थापना गरिएको रहेछ ।

आर्टिसानमा खास गरेर भारतिय वजार धेरै रहेछ । त्यसको साथमा केही चिनिया र जापानीज पसलहरु पनि रहेछन । त्यहा केही सामानहरु खस गरेर मित्रा भाउजुले हवाइ लैजानका लागि किन्नुभयो । साझमा सुदिपको घरमा गएर चिया खाजा खाएर घर फर्कियौ । साता लामो भ्रमणपछि ३१ तारिक विहान कवि दाइ र मित्रा भाउजुलाई सान डिइगो एअरपोर्टमा पुर्याएर हामी केही समय वजार घुम्यौ ।

यस क्रममा केही समय समुन्द्रको किनारतिर टहल्लिएर हामी बालबोआ पार्क घुम्न गयो । त्यहा मानव विकास सम्बन्धिको हेर्न लायक संग्रहालय रहेछ । तर समयको अभावले हामी भित्र छिर्न सकेनौ । त्यसको साइडमा रहेको जापानीज वगैचा अनि खास गरेर जेष्ट नागरिक महिलाहरुको वाहुल्यता रहेको आर्ट वजार रहेछ, जहा उनिहरु त्यही आर्ट पनि गर्ने र विक्रि पनि गरेर खास गरेर अवकास प्राप्त जीवनको समयलाई सिर्जनात्मक रुपमा विताउने गर्दा रहेछन् । मानिसलाई जीवनको उत्तारार्थमा सिर्जनात्मक र सक्रिय राख्ने यस किसिमको कामले पर्यटकहरुलाई समेत लिभिंग आर्ट हेर्न आउने गरी तान्दो रहेछ । हामीले हाम्रा पर्यटकिय क्षेत्रहरुमा समेत स्थानिय कला र संस्कृतीलाई यस किसिमले व्यवस्थापन गर्न सक्दा जीवन यपयोगी मात्र होइन, परम्परागत सीप र प्रविधिलाई सकेत जोगाउन मद्दत पुग्ने रहेछ ।

यसै विच नया वर्षको दिन क्यालिफोर्नियाको रिभरसाइड नजिक वसोवास गरिरहेका चिनेजानेका केही साथि र भाइ वहिनीहरुसंग भेटघाट गर्ने काम भयो । रामचन्द्र–कविता, प्रभाकर, विनय–रुपा, सुदिप–पिंकी, नमुना–दिवाकर, गणेश लगायतका परिवारसंगको भेटघाट रमाइलो रह्यो । नया वर्षको यो दिन यसै गरी वित्यो ।
वस्दा वस्दै याद आयो २०४५ सालमा अखिलमा काम गर्दै रहदाको साथ दिलमाया विकको याद आयो । तर उहा अलि टाढा हुुनुहुदो रहेछ । कामको कारण समपर्क हुन सकेछ । मिना शाक्य दिदिसंग कुरा भयो । नेभ्रास्कामा रहनु भएको उहासंग कुरा गर्दा राधा पौडेल क्यालिफोर्नियामा नै रहेको कुरा जानकारी गराउनुभयो । राधाजीलाई सम्पर्क गरे । उहाले सहजतापुर्वक साझमा घरमा आएर भेटघाट गर्ने कुरा गर्नुभयो । शान्ता अधिकारी लगायत उहाहरु साझ आउनुभयो । कुराकानी भयो । खुशी लाग्यो । त्यसै क्रममा विना दराइ वोस्टनमा र सिता कडेल मन्टासान्टामा रहेको थाहा भयो । सितालई खवर पठाए । भोलिपल्ट फोनमा कुरा भयो ।

अमेरिका वसाइको अन्तिम दिन जनवरी तीनमा टिका पांग्मा र दुर्गा गुरुंग घरमा आउनु भयो । साथमा विजया राई पनि हुनुहुन्थ्यो । लामो समयपछि उहाहरुसंग भेटघाट र कुराकानी गर्ने अवसर मिलेकोले पनि धेरै खुशी र रमाइलो दुवै भयो । वेलुका उहाहरुले राखेको फोटो देखेर अर्को दिन विहान विना दाइले फोन गर्नुभयो । कुराकानी रमाइलो भयो । हिड्ने वेलामा मेरै गाउको भाइ पुरुसोत्तम ढकालसंग पनि छोटो कुराकानी भयो । अरुभन्दा फरक ढंगले पुरुषोत्तम स्थानिय राजनीतिमा संलग्न भएको सुनाउनु भयो । नेपाली संस्कार अनुसार वैचारिक सैद्धान्तिक आधारमा भन्दा पनि अवसरको सम्भावनाको आधारमा डेमोक्र्याटको वाहुल्य रहेको क्याफिोर्निया राज्यमा उहा रिपव्लिकन पार्टीमा संलग्न हुनुहुदो रहेछ । कारण सिधै भन्नुभयो, डेमोक्र्याटमा लागेर अवसर पाउने सम्भावनै छैन ।

त्यसै दिन दिउसो ३ वजेको कतारी हवाइजहाजवाट नेपाल फर्कने योजना मुताविक यात्रा शुरु भयो । आठ घण्टाभन्दा वढी समय ट्रान्जिट हुदा होटल दिने कतारी जहाज कम्पनीको नीति अन्तरगत दोहाको डेस्कमा आग्रह गर्दा उनिहरुले होटल दिने भए । वाहिर जाने भएपछि त्यहाको संगठनको अध्यक्षलाई कन्कर्ड होटलमा आउदै गरेको खवर गरे । अध्यागमन पार गर्दै त्यहा पुगेको केही समयमा नै ५÷६ जना साथिहरु आउनु भयो । कुराकानीका साथमा साझको खाना खाएर उहाहरु विदा हुनुभयो । म राती नै एअरपोर्ट फर्किए र जनवरी ६ तारिक विहान ३.२० को उडानवाट नेपाल आए । १०.१५ मा ल्याण्ड हुने अवस्थामा रहेको जहाज आकाशमा ४५ मिनेट फन्को मारेपछि ११ वजे मात्र ल्याण्ड गर्यो । सामान संकलन गर्न अर्को डेढ घण्टा लाग्यो । त्यसै विच उक्त दिनको सदनमा प्रधानमन्त्रीको सम्बोधन रहेको जानकारी पछि १२.४५ मा घर पुगेर सामान राख्ने वित्तिकै खाना खाएर सदन १३.३० मा सदन पुग्दा प्रम वोल्दै हुनुहुन्यो । एकघण्टा लामो सम्बोधन सकिएपछि प्रश्न उत्तर गर्न नपाएको झोकमा प्रतिपक्ष नेपाली कंग्रेसले सायद इतिहासमा पहिलो पटक वेल घेर्ने काम गर्यो र उक्त दिनका लागि सदन स्थगित गरियो ।

 

trip to usa 2108