त्यो मेरो अमेरिकाको तेस्रो यात्रा हो । पहिलोपटक १९९९ मा हवाइ गएको थिए । राजु दाइको परिवार त्यहा बसदै गरेको अवस्थामा दक्षिण कोरियाको ट्रिप परेको समय त्यसलाई अलिकति तानेर हवाइ पुगेको हु । हवाइलाई अमेरिकाकै उउटा सुनदर टापु मानिदो रहेछ, जसको हरियाली र भौगोलिकता र हावापानी रमणीय थियो ।

दोस्रो पटक २०१३ मा प्रवाशी श्रमिक सम्बन्धि उच्चस्तरिय छलफल कार्यक्रम थियो । आइटियुसी परिवारको प्रतिनिधि मण्डलको सदस्य भएर अक्टोवर ३–४ मा संयुक्त राष्ट्र संघको छलफलमा भाग निका लागि आएको थिए । यतिखेर राजु दाइको परिवार फेरी क्यालिफोर्निया सरिसकेको कारण केही दिनका लागि क्यालिफोर्निया गएर न्युयोर्क गएकी थिए । सुवेग कर्नाल कलेजमा पढ्दै गरेको कारण एक साझ उसले मलाइृ स्टाच्यु अफ लिवर्टी, टाइम्स स्क्वायर लगायतको क्षेत्रमा घुमाइ दिएको थियो । त्यसपछि वालिटमोर हुदै म फर्किएकी थिए ।

यस पटक विश्वभरका ट्रेड युनियन प्रतिनिधि र विश्व वैंक तथा आइएमएफको विचमा रोजगारी सम्बनिध विषयमा उच्चस्तरिय छलफलमा सहभागि हुन म वासिंगटन आए । कार्यक्रमको दुई दिन पहिला नै यहा आएका कारण आइपुगेको भोलिपल्ट फेव्रुअरी ७ मा मञ्जु–निरन्जनको विवाहको पाचौ वर्षगाठको लञ्च कार्यक्रममा सहभागि भइयो र साझ हउाहरुकोमा नै वसियो ।

भोलिपलट आइतवार सवैको फुर्सद थियो । विहान लुरे गुफा (Luray Cave) हेर्न जाने कार्यक्रम बन्यो । मञ्जु निराजन, लिवर्टी र म चार जना त्यता लागियो ।

लुरे गुफा पुर्व अमेरिकाको भर्जिनियमा रहेको सवैभन्दा ठुलो र बढी आम्दानी गर्नेमध्येको एउटा ठाउ मानिन्छ । यो अगस्ट १३, १८७८ मा पाच जना व्यक्तिले पत्ता लगाएका थिए।

त्यसपछि विस्तारै यसको वारेमा थप अनुसन्धान गर्दै यसलाई पर्यटकिय षेत्रको रुपमा विकास गरियो । आव धेरै मानिसले भिजिट गर्ने र धेरै आम्दानी गर्ने क्षेत्रमध्येमा पर्दछ यो गुफा । त्यहाभित्र फरक फरक किसिमका आकृती र बनावटहरु पाइन्छ । हेर्दै जादा यस्तो लाग्छ धार्मिक आस्था राखने मानिस जाने हो भने हिनदुले सवैतिर महादेव–पार्वतीको आकृति अनुमान गर्ने, क्रिस्चियनले हेर्दा इशु झुण्डिएको आकृति देख्ने । बुद्धिस्टले चैत्य र गुम्वा जस्तो, अनि मुस्लिमले मस्कको आकृति अनुमान गर्न सकिने जस्तो अनुभुत हुने गर्दथ्यो ।

फर्कने क्रममा स्काइलाइन रुट लिइयो, वहावाट आउदा डाडामाथिवाट सुर्यास्तको समणीय दृश्य अवलोकन गर्न पाइदो रहेछ । पहाडको माथिल्लो भागमा बनाइयको यो वाटोवाट हेर्दा साच्चै पृथ्वीका तल्ला भाग अन्यन्त सुन्दर देखिन्थे कि हामि आकाशवाटै ति भागहरुको अवलोकन गरिरहेका छौ । धन्यवाद मन्जु, निरन्जन र लिवर्टी यो रमाइलो यात्राको व्यवस्थापन गरेकोमा ।