उत्पादनका क्षेत्रमा औद्योगिकिकरण र श्रमको औपचारिकीकरणसंगै श्रमिक आन्दोलन पनि संगठित हुदै जाने कुरा स्वभाविक थियो । सामुहिक कार्यथलोमा काम गर्न थालेपछि श्रमिकका विचमा आफुले श्रमको उचित मुल्य पाए नपाएको वारेमा चेतना बृद्धी हुदै जाने कुरा पनि स्वभाविकै हो । यसै क्रममा श्रमको उचित मुल्य र कार्यथलोमा मानवीय व्यवहार हुनुपर्ने कुरा मागसंगै श्रमिक आन्दोलनले आकार ग्रहण गर्दै गयो । यही क्रममा १८४८ मा कार्ल माक्र्स फेडेरिक एंगेल्सको संयुक्त पहलमा “विश्वका मजदुर एक होऔ“ भन्ने नाराका साथ विश्व कम्युनिष्ट पार्टीको घोषणापत्र सार्वजनिक भयो । उक्त घोषणापत्रले श्रमिकहरुको कार्य अवस्थाको उजागर गर्दै न्याय र अधिकारको लागि संगठित रुपमा अगाडी बढ्नका लागि दिशा निर्देश गर्ने काम गर्यो । र, श्रमिकहरुको विचमा संगठन निर्माण अभियानले नया उचाइ लियो ।

श्रमिकहरुको विचमा विद्यमान शोषण र बढ्दै गएको चेतनाले जन्माएको असन्तुष्टिलाई संगठित रुपमा अगाडी बढाउने क्रममा सन् १८६४ मा इन्टरनेसन वर्किंगमेन्स एसोसियनको गठन भयो । र, यसको पहिलो सम्मेलन १८६६ मा भयो । तर, त्यस एसोसियसनमा कुनै महिलाको सहभागिता थिएन । त्यसपछि वेलायतकी वामपन्थी महिला हारियत ल ले एसोसियनको नाममा महिला सहभागिताको वारेमा पत्र पठाउनु भयो । उक्त पत्रका वारेमा १८६७ को शुरुमा भएको वर्किंगमेन्स एसोसियनको वैठकमा छलफल भयो र तयसलाई सकारात्मक रुपमा लिइयो । परिणामत १८६७ जुन महिनामा हारियत ल लाई उक्त एसोसियसनको सदस्यको रुपमा मनोनित गरियो । र, उहा त्यस कमिटीमा रहेर पाच वर्ष काम गर्नुभयो ।

यही विचमा महिला श्रमिकको विचमा काम विस्तार गर्नुपर्ने कुरामा एसोसियसन सहमत भयो । र, महिला सहभागिता बृद्धीका लागि फरक रणनीति हुनुपर्ने कुरा तीनवटा कारणसहित अगाडी सार्दै माक्र्सले भन्नुभयो श्रमिक महिलाहरुलाई संगठित गर्नका लागि छुट्टै संरचना बनाउनु पर्दछ । पहिलो, महिलाका समस्या पुरुषका भन्दा फरक छन् । उनीहरु विचमा छलफल हुन पाउनुपर्छ । दोस्रो, पुरुषप्रधान समाजका कारण उनीहरु कतिपय कुरामा पछाडी परेका छन् । प्रतिष्पर्दी क्षमता विकासका लागि थप तालिम र सिकाइको आवश्यकता छ । र तेस्रो, मुलधारको संगठनमा समावेस हुनुपुर्व आवश्यक राजनीतिक चेत र तार्किक क्षमताको विकास गरी मुलधारको संगठनमा पनि समान रुपमा सहभागि गराउनु पर्दछ ।

यीनै तर्क र अवस्थाको आधारमा खास गरी जर्मनी केन्द्रीत रहेर क्लारा जेट्किन युरोपमा श्रमिक महिलाको विचमा संगठन विस्तार र आन्दोलन निर्माणको काममा लाग्नुभयो । त्यही विचमा अमेरिकाको शिकागोस्थित हे मार्केटका श्रमिकहरुको ठुलो आन्दोलन भयो । जहा दमनको क्रममा कैयौको हत्या गरियो भने दर्जनौ यातनाको शिकार भए । जसको स्मरणमा १८८९ मा सम्पन्न दोस्रो अन्तरराष्ट्रियमा मे १ लाई अन्तरराष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउने निर्णय गरियो । यही सम्मेलनवाट महिला र पुरुष विच समान कामको समान पारिश्रमिकको कुरालाई पनि स्थापित गर्नु गरियो । र, समयक्रमसंगै अगाडी बढ्ने क्रममा विश्वमा भएका श्रमिक महिलाका ठुला ठुला आन्दोलनको सम्मान र सम्झनामा मार्च ८ लाई अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने प्रस्ताव १९१० मा कोपनहेगनमा आयोजित दोस्रो समाजवादी महिला सम्मेलनवाट पारित भयो । र, १९११ वाट यस दिवसलाई क्रमश विश्वभर मनाउन थालियो ।

युनियन आन्दोलनको अन्तररराष्ट्रियकरण

श्रमिक अधिकारको कुरालाई अगाडी बढाउने क्रममा विभिन्न मुलुकमा श्रमिकहरु संगठित हुने क्रमले तिवैता पाउन थाल्यो । तर, युनियनहरुको अन्तरदेशिय संयन्त्रको शुरुवात भने १८८९ मा उत्पादनमुलक उद्योगधन्दामा काम गर्ने श्रमिक युनियनहरुको विचमा इन्टरनेसन टे«ड सेक्रेटारियट (आइटिएस) को गठनवाट हुन गयो । यसपछि अन्य क्षेत्रका युनियनहरुले पनि विषयतग आइटिइसहरु बनाउन थाले । यो क्रम विस्तार हुदै जादा १९१४ मा पुग्दा २४ वटा फरक क्षेत्रका आइटिएसहरुको गठन भइसकेको थियो ।

त्यसैगरी विभिन्न मुलुकमा विकसित हुदै गरेका टे«ड युनियन केन्द्रहरुको विचमा पनि युनियन आन्दोलनलाई अन्तरराष्ट्रिय रुपमा समन्वय गर्नका लागि १९०१ मा इन्टरनेसनल फेडेरेसन अफ टे«ड युनियन सेन्टरर्स (आइएफटियु) को स्थापना गरे । केही सिमिति मुलुकवाट शुरु भएको यस केन्द्रमा १९१३ मा पुग्दा २० वटा मुलुकका टे«ड युनियन महासंघहरुमा आवद्ध ७७ लाख श्रमिक सदस्य रहेका थिए ।

सोभियत संघमा १९१७ मा समाजवादी क्रान्ति सफल भएपछि कम्युनिष्ट पृष्टभुमी भएका श्रमिकहरुले नया युनियन केन्द्र बनाउने पहल थाले र १९१९ मा रेड इन्टरनेसनल अफ लेवोर युनियन (आरआइएलयु) को गठन गरे । क्रिश्चियन पृष्टभुमि भएका श्रमिकहरुको पनि देशिय तहमा पहिलादेखि नै फरक युनियनहरु बनाउदै थिए । १९२० मा पुग्दा उनीहरुले पनि इन्टरनेसनल फेडेरेसन अफ क्रिश्चियन टे«ड युनियन (सिआइएससी) को गठन गरे । यसरी विश्वमा रहेका श्रमिकहरु विच क्रियासिल श्रमिकहरु फरक विचार र आस्थाका आधारमा फरक युनियन केन्द्रहरु बनाएर अगाडी बढ्दै थिए । १९३९ मा दोस्रो विश्व युद्ध शुरु भयो । कलकारखानामा काम गर्ने प्राय पुरुष युवाहरुलाई युद्धमा जान बाध्य पारियो । पुरुषहरु युद्ध मैदानमा गएपछि औद्योगिक क्षेत्रको काम संचालन गर्नका लागि महिलाहरुलाइ परिचालन गरियो । तर, जव युद्धको अन्त्य भयो, महिलाहरुलाई फेरी घरमा सिमित हुने अवस्थाको सिर्जना गर्दै पुरुषहरुलाई नै औद्योगिक क्षेत्रको काममा लगाइ महिला श्रमिकलाई विस्थापित गर्ने काम भयो । यसले महिलाहरुमा असन्तुष्टी बढाउने काम भयो । यसैको प्रतिविम्वका रुपमा १९४९ मा सिमोनको द सेकेण्ड सेक्स भन्ने पुस्तक प्रकाशन भयो । जुन पछि धेरै भाषामा उल्था भयो र नेपालीमा पनि “महिला“ नाम दिएर उक्त पुस्तकको प्रकाशन भएको छ ।

डव्लुएफटियु र आइसिएफटियुको गठन

यता विगतमा विभिन्न केन्द्रमा विभाजित रहेका सवै अन्तरराष्ट्रिय युनियन केन्द्रहरु युद्धका कारण क्षतविक्षत अवस्थामा पुगे । अव तिनै पुराना विचार र आस्थामा विभाजित युनियनहरुलाई पुनस्थापित गर्नुभन्दा एउटै साझा अन्तरराष्ट्रिय केन्द्र बनाउने सोचसहित वेलायतको टे«ड युनियन काउन्सिल (टियुसी), रुसको अल युनियन कम्युनिष्ट सेन्टर अफ टे«ड युनियन (एयुसिसिटियु र अमेरिकाको अमेरिकल फेडेरेसन अफ लेवोर (एएफएल–सिआइओ) कोे पहलमा १९४५ मा लण्डनमा विश्व श्रमिक सम्मेलन आयोजना गरी वल्र्ड फेडेरेसन अफ टे«ड युनियन (डव्लुएफटियु) को स्थापना गरियो ।

तर, त्यसको केही समयमा नै खास गरी कम्युनिष्ट मुलुकका युनियन केन्द्रहरु पार्टी र राज्यवाट नियन्त्रित भएको रहेको भन्दै अमेरिकन युनियन एएफएल युनियन आन्दोलनको स्वतन्त्रताको नारा दिदै डव्लुएफटियुवाट वाहिरियो । त्यसपछि क्रिश्चियानिटीमा विश्वास राख्ने श्रमिकहरुको पुर्व संगठन सिआइएससीका सदस्यहरु पनि वाहिरिए । त्यसपछि अन्य केही सदस्यहरु पनि एकपछि अर्को निष्कृय हुदै गए । अन्ततः १९४९ मा एएफएल र पश्चिम युरोपका युनियनहरुको सहभागितामा इन्टरनेसनल कन्फेडेरेसन अफ फ्रि टे«ड युनियन (आइसिएफटियु) को गठन गरे । अव डव्लुएफटियुको नेतृत्व समाजवादी रुस र आइसिएफटियुको नेतृत्व पुजिवादी अमेरिकान युनियन केन्द्रले गर्न थाले । यसै विच १९६८ मा पहिला क्रिष्चियनिटीमा विश्वास गर्ने श्रमिकहरुले आफ्नो सिद्धान्तमा परिमार्जन गर्दै वल्र्ड काउन्सिल अफ लेवोर (डव्लुसिएल) को गठन गरे ।

यसरी समय क्रममा अन्तरराष्ट्रिय युनियन केन्द्र त्रिकोणात्मक रुपमा क्रियासिल रहदै थियो । १९८९ मा सोभियत रुस र त्यसपछि पुर्वी युरोपका देशमा एकपछि अर्को गर्दै भएका राजनीतिक परिवर्तनका कारण डव्लुएफटियुको शक्ति ठुला मात्रामा क्षण भयो । परिवर्तित राजनीतिसंगै पुर्वी युरोप र विघटित सोभियत रुसका धेरै युनियनहरु आइसिएफटियुमा आवद्ध हुन थाले ।

आइसिएफटियुमा युरोपियन युनियनको प्रभाव बढ्दो क्रममा थियो । यही क्रममा यसको नेतृत्व अमेरिकनवाट युरोपियनको हातमा गएपछि प्रगतिशिल सोचका साथ यसले तुलनात्मक रुपमा अग्रगामी नीति र कार्यक्रमहरु पारित गर्न थाल्यो । र, पुजिको विश्वव्यापीकरण हुदै गएको सन्दर्भमा अन्तरराष्ट्रिय युनियन आन्दोलनलाई पनि एउटै छाताभित्र ल्याउनुपर्ने सोच विकसित हुदै गयो । सवै अन्तरराष्ट्रिय केन्द्रको विचमा एकिकरणको प्रयत्न शुरु भयो । यस क्रममा डव्लुएफटियुीसंग प्रयत्न सकारात्मक भएन । तर, आइसिएफटियु र डव्लुसिएलको विचमा २००४ वाट एकिकरण प्रक्रिया शुरु भयो । विभिन्न मुलुकमा स्वतन्त्र रुपमा क्रियासिल युनियनहरुलाई पनि यस प्रक्रियामा सहभागि हुन प्रोत्साहित गरियो ।

यसै क्रममा नेपालको जिफण्ट, फ्रान्सको सिजिटी, दक्षिण अफ्रिकाको कन्फेडेरेसन आफ साउथ अफ्रिकन टे्रड युनयन (कोसाटु), दक्षिण कोरियाको कोरियन कन्फेडेरेसन अफ टे«ड युनियन (केसिटियु), व्राजिलको युनिफाइड वर्कर्स सेन्टर (सियुटी) लगायतका महासंघहरु पनि यस अभियानमा सामेल भए । र, २००६ को नोभेम्वरमा इन्टरनेसनल टे«ड युनियन कन्फेडेरेसन (आइटियुसी) को गठन भयो । आज १८ करोड सदस्यसहित विश्वमाएउटा शक्तिशाली युनियन केन्द्रको रुपमा आइटियुसी क्रियासिल रहेको छ । यसमा नेपालवाट जिफण्टका साथै एनटियुसी र एएनटियुएफ पनि आवद्ध रहेका छन । यसले कुनै केन्द्रसंग आवद्ध नभइ स्वतन्त्र रुपमा रहेका अल चाइना फेडेरेसन अफ टे«ड युनियन (एसिएफटियु) जस्ता युनियनसंग पनि सहकार्य गर्दै अगाडी बढिरहेकोछ ।

आइटियुसी र आएलओ विचको सम्बन्ध

प्रथम युद्धवाट ध्यस्त दुनियामा मित्रता र शान्तिको सन्देश दिन गठित लिग अफ नेसन्को अंगको रुपमा १९१९ मा आइएलओको स्थापना भयो । युद्धवाट ध्यस्त भएको औद्योगिक क्षेत्रलाई व्यवस्थित गर्दै औद्योगिक शान्ति र सुसम्बन्ध कायम गर्ने उद्देश्यकासाथ स्थापित यसको संगठन निर्माणको पृष्टभुमीमा युद्ध पुर्व श्रम क्षेत्रसंग सम्बन्धित रहेर क्रियासिल रहेका नेटवर्कहरु– इन्टरनेसनल एसोसियसन फर लेवोर लेजिस्लेसन (आइएएलएल–१९००) र समाजवादी श्रमजीवीहरुको नेटवर्क दोस्रो इन्टरनेसनको अंगको रुपमा विकसित आइएफटियुको भुमिका निर्णायक रहन गयो । आइएलओ श्रम क्षेत्रमा रहेका तीनै सामाजिक सहयात्री श्रमिक, उद्यमी र सरकारको संलग्नता रहन गयो । दोस्रो विश्व युद्धकालमा अस्तयस्त हुन पुगेको लिग अफ नेसन् १९४६ मा संयुक्त राष्ट्र संघ (युएन) को रुपमा पुनरगठित भयो । जसमा लिग अफ नेसनकालको संयन्त्रका रुपमा आइएलओ मात्र युएनको विशेष संयन्त्रका रुपमा रहन गयो ।

आइएलओका आधारभुत सिद्धान्तलाई फिलाडेल्फिया घोषणा पनि भनिन्छ । जसमा भनिएको छ, एक, श्रम कुनै बस्तु होइन, जसलाई वजारको वस्तु सरह व्यवहार गर्न सकियोस । हरेक ठाउमा श्रम र पुजीले समान हैसियत पाउनुपर्दछ । दोस्रो, अभिव्यक्ति र संगठन स्वतन्त्रता प्रगतिका सुचक हुन । श्रमजीवी वर्गको शक्ति एकतामा मात्र हुने हुदा संगठन स्वतन्त्रता उनीहरुले आधारभुत रुपमा पाउनुपर्दछ । तेस्रो, दुनियाको एक ठाउको गरिवीले अर्को ठाउको समृद्धीलाई पनि असर गर्छ । त्यसैले विश्व मानव समाजको न्याय र समृद्धीका लागि मर्यादित श्रमका आधारमा आपसी सहयोग, सामुहिकता, सहकार्य र ऐक्यवद्धताकासाथ अगाडी बढ्नु नै आइएलओको मुल मर्म हो । यीनै सिद्धान्तका आधारमा आइएलओले श्रम क्षेत्रको शान्ति, सुसम्बन्ध र समृद्धीको लागि पुर्याएको योगदानको कदर स्वरुप आइएलओ स्थापनाको पचासौ वर्षमा १९६९ को नोवल शान्ति पुरस्कारवाट सम्मानीत गरिएको थियो ।

विश्वभरका १८७ वटा मुलुक सदस्य रहेको आइएलओमा मुलत तीनवटा संरचना छ । श्रम सम्बन्धि नीति र मापदण्ड बनाउने सर्वोच्च संयन्त्र वार्षिक रुपमा हुने अन्तरराष्ट्रिय श्रम सम्मेलन (आइएलसी), हरेक तीन वर्षमा निर्वाचन भएर आइएलओको नीतिगत छलफल र प्रस्तावहरु तयार गर्ने कार्यकारी संरचना गभर्निंग बडी (आइएलओ जीवी) र श्रम सम्मेलन र जीवीले पारित गरेका नीति र कार्यक्रम लागु गर्न प्रशासनिक काम गर्ने आइएलओ सचिवालय हुन ।

श्रम सम्मेलनः वार्षिक रुपमा हुने श्रम सम्मेलनमा सवै सदस्य राष्ट्रहरुले श्रमिक, उद्यमी र सरकारको तर्फवाट एक–एक र दुइको अनुपातमा प्रतिनिधि छानेर पठाउदछन् । गभर्निंग बडीमा छलफल भएर तय भए अनुसारका विषयहरुमा छलफल गरी आइएलओका नीति र श्रम मापदण्डहरुमाथि रेकर्ड मतका आधारमा अन्तिम निर्णय गर्ने अधिकार यीनै त्रिपक्षिय प्रतिनिधिहरुले राख्दछन् ।

गभर्निंग बडीः आइएलओको नीति, कार्यक्रम, वजेट र श्रम सम्मेलनको छलफलको विषयहरु तय गर्ने कार्यकारी संयन्त्र गभर्निंग बडी हो । हरेक तीन वर्षमा निर्वाचित हुने यस संयन्त्रमा पनि श्रमिक, उद्यमी र सरकाराको तर्फवाट एक–एक र दुइको अनुपातमा सदस्य निर्वाचित गरिन्छ । यसरी हुने निर्वाचनमा श्रम सम्मेलनमा आएका प्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रका सदस्य निर्वाचित गर्दछन् । ५६ जना पुर्ण र ६६ जना डेपुटी सदस्यसहित १२२ जना रहेको गभर्निंग बडीको वैठक हरेक चार महिनामा बस्दछ । तिनै पक्षहरुले हरेक विषयमा आ¬आफ्नो समुहमा गरेर बनाएको अवधारणा अनुसार सिंगो वैठकमा छलफल गरी निर्णय दिदा सामान्यतया सर्वसम्मत रुपमा निर्णय हुने गर्दछ । तर, केही पेचिला विषयहरुमा तीन पक्षको विचमा कुरा मिल्न नसक्दा भने मतदानका आधारमा पनि निर्णय गर्ने प्रचलन छ ।

गभनिंग बडीमा श्रमिक प्रतिनिधिः गभर्निंग बडीमा श्रमिकको तर्फवाट प्रतिनिधित्व गर्ने ३३ जना सदस्यको निर्वाचन श्रम सम्मेलनका श्रमिक प्रतिनिधिहरुले गर्दछन् । विश्वमा आइटियुसी र डव्लुएफटियु दुइवटा युनियन केन्द्र रहे पनि आइएलओमा श्रमिक प्रतिनिधि पठाउने सन्र्दभमा आइटियुसीको एकल निर्णायक भुमिका रहदै आएकोछ । हरेक तीन वर्षमा हुने निर्वाचनमा ४० प्रतिशत महिला सुनिश्चित हुने गरी एसिया प्यासिफिक, अफ्रिका, युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकाको तर्फवाट तय गरिएको सन्तुलित सुचीका आधारमा निर्वाचन हुन्छ । यस क्रममा सामान्यतया आइटियुसीले अर्को युनियन केन्द्र डव्लुएफटियु र कुनै पनि अन्तरराष्ट्रिय युनियन केन्द्रमा नरहेको तर विश्वकै ठुलो युनियन चीनको एसिएफटियुका लागि पनि एक–एक जना सदस्यको कोटासहितको सुची तयार गरी श्रमिक प्रतिनिधि निर्वाचित गर्दै आएकोछ । यसरी समग्रमा भन्दा आइटियुसीको सहभागिता र सहमती विना आइएलओको कुनै पनि नीति र निर्णयहरु हुन सक्दैन । नेपालका तर्फवाट यस संरचनामा आइसिएफटियुको जमानामा एनटियुसीका लक्ष्मण वस्नेत चार कार्यकालसम्म सदस्य हुनुहुन्थ्यो भने आइटियुसी बनिसकेपछि २०११ देखि हालसम्म तेस्रो पठक जिफण्टको तर्फवाट विन्दा पाण्डे यसमा प्रतिनिधि रहनुहुन्छ । यस वर्ष नेपाल सरकार पनि यसमा पहिलो पटक निर्वाचित भएकोछ ।

सचिवालयः श्रम सम्मेलन र गभर्निंग बडीले गरेको निर्णय कार्यान्वयनको जिम्मेवारी आइएलओ सचिवालयकोे हो । जेनेभामा रहेको सचिवालयको मुख्य कार्यालय मातहतमा पाच वटा क्षेत्रिय कार्यालय र ४० वटा मुलुकमा राष्ट्रिय कार्यालयहरु सञ्चालनमा रहेका छन् । महानिर्देशकको नेतृत्वमा रहने सचिवालय अन्तरगत झण्डै ३००० कर्मचारी काम गर्दछन् । हरेक पाच वर्षमा गभर्निंग बडीले निर्वाचन गरी नियुक्त गर्ने महानिर्देशकमा २०१२ देखि आइटियुसीका पुर्व महासचिव गाइ राइडर हाल दोस्रो कार्यकालका लागि पुन नियुक्त भएकाछन् । सचिवालय अन्तरगत निर्देशकको नेतृत्वमा श्रमिक विच गतिविधि गर्नका लागि आक्ट्राभ र उद्यमीका विच गतिविधि गर्नका लागि एक्टेम नामको निकाय छ । यी निकायले विश्वभर आइलाओको तर्फवाट श्रमिक र उद्यमी विच आवश्यक विषय पहिचान गरी मुलत श्रम क्षेत्रलाई मर्यादित बनाउने सन्दर्भमा क्षमता अभिबृद्धी सम्बन्धि गतिविधिहरु सञ्चालन गर्दछ । त्यसवाहेक अनय विषयगत काम गर्न उप महानिर्देशकको मातहतमा विभिन्न विषयगत विभागहरु रहेका छन् ।

अन्तरराष्ट्रिय युनियन आन्दोलन नेटवर्कमा जिफण्ट

जिफण्ट लामो समयसम्म अन्तरराष्ट्रिय टे«ड युनियन केन्द्रसंग अलग बस्यो । सन् २००४ वाट एकल टे«ड युनियन केन्द्र बनाउने सिलसिला शुरु भएपछि यस प्रक्रियामा जिफण्टको औपचारिक संलग्नता हुन थाल्यो । र, २००६ मा आइटियुसीको गठन हुने क्रममा संस्थापक सदस्यको हैसियतमा अन्तरराष्ट्रिय केन्द्रमा औपचारिक रुपमा आवद्ध हुन पुग्यो । त्यही सम्मेलनवाट कार्यकारी परिषद सदस्यमा निर्वाचित भएको जिफण्ट हाल अन्तरराष्ट्रिय युनियन आन्दोलनको विचमा राम्रै पहिचानकोसाथ क्रियासिल रहदै आएको छ ।
शुरुका दिनमा आइटिएसको नामवाट स्थापित विषयगत युनियनको अन्तरराष्ट्रिय सञ्जाललाई अहिले ग्लोवल युनियन फेडेरेसन (जियुएफ) भनिन्छ । हाल विश्वमा नौ वटा जियुएफ रहेका छन् । जिफण्ट परिवारवाट सवैभन्दा पहिला आइसिएएम (हालको इन्डस्ट्रिअलमध्येको एक) नामको जियुएफमा जिफण्टको केमिकल तथा आइरन मजदुर (हाल समग्रमध्येको एक) युनियनको आवद्धता रहन गयो । त्यसपछिका दिनमा भने विभिन्न युनियनहरु कामको प्रकृति अनुसार विभिन्न जियुएफमा आवद्ध हुने क्रम जारीछ ।

ग्लोवल युनियन फेडेरेसन जिफण्टका आवद्ध युनियन
१. इन्टरनेसनल युनियन अफ फुड, एग्रिकल्चर, होटल, रेष्टुरेण्ट, क्याटेरिंग, टोव्वाको एण्ड एलाइड वर्कर्स एसोसियन (आइयूएफ)- नेस्वहोमयु, युनिट्राभ, फापुन र ह्विन
२. इन्डष्ट्रिअल ह्विन- नेसकयु, नाटु र जुगकाटेमयु
३. विल्डिंग एण्ड उड वर्कर्स इन्टरनेसनल (विडव्लुआइ)- क्युपेक नेपाल
४. युएनआइ ग्लोवल युनियन (युएनआइ) – नेस्वप्रेमयु (नावुन र वाफ्स्यु–प्रक्रियामा)
५. पव्लिक सर्भिस इन्टरनेसनल (पिएसआइ)- नेभा
६. इन्टरनेसनल ट्रानसपोर्ट वर्कर्स फेडेरेसन (आइटिएफ)- नेयास्वमसं र युनिट्राभ
७. एजुकेसन इन्टरनेसनल (इआइ)
८. इन्टरनेसनल फेडेरेसनल अफ जर्नालिष्ट (आइएफजे)
९. इन्टरनेसनल आर्ट एण्ड इन्टरटेण्डमेण्ट एलाइन्स (आइएइए)
अन्य अन्तरराष्ट्रिय नेटवर्क
१०. स्ट्रिटनेट इन्टरनेसनल (एसआइ)- नेष्ट
११. इन्टरनेसनल डोमेस्टिक वर्कर्स फेडेरेसन (आइडिडव्लुएफ)- हुन

अन्त्यमा,

आज नेपाली टे«ड युनियन आन्दोलन औपचारिक र अनौपचारिक क्षेत्रमा संगठनको हिसावले मात्र विस्तार भएको नभएर संवैधानि रुपमा नै सवै क्षेत्रका श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनुका साथै सामाजिक सुरक्षाको हक र युनियनको सदस्य हुने तथा सामुहिक सौदावाजीको हक हुने कुरा उल्लेख गरिएको छ । यो व्यवस्थाले अन्तरराष्ट्रिय रुपमा नेपालको प्रतिवद्धता अनुसार आधारभुत श्रम अधिकारको संवैधानि सुनिश्चितता हो । यीनै कुराहरुलाई श्रमिकले जीवनमा अनुभुत गर्न सक्ने गरी कार्यान्वयनका लागि भरखरै मात्र संसदवाट पारित भएको सामािजक सुरक्षा र श्रम ऐनले थप स्पष्ट पारेकोछ । यी कानुनमा उल्लेख गरिएका प्रावधानहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकियो भने अन्तरराष्ट्रिय रुपमा नै नेपाली टे«ड युनियनको छवीले अर्को फड्को मार्नेछ ।
त्यसैगरी प्रवासी श्रमिकको वारेमा समेत संविधानमा भएको व्यवस्था शोषणमुक्त, सुरक्षित र व्यवस्थित र रोजगारी र अधिकारको प्रत्याभुती गर्नुकासाथै उनीहरुले आर्जन गरेको पुजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमुलक क्षेत्रमा लगाउने काम गर्न सकियो भने आज विश्व टे«ड युनियन आन्दोलन र आइएलओको समेत प्राथमिकतामा रहेको प्रवासी श्रमिक सम्बन्धि समस्या समाधानमा नेपाल दुनियाका अरु मुलुकका लागि समेत सफलताको सिकाइको नमुना बन्न सक्नेछ । समग्रमा भन्दा यी सवै पक्षहरु समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई विपनामा बदल्ने एउटा कसी हुन सक्नेछ ।

Wordfile: International Trade Union Movement in the history

सन्दर्भ सामग्री
नेपालको संविधान २०७२
नेपाल टेड युनियन महासंघ पाचौ राष्ट्रिय महाधिवेशनको प्रतिवेदन, २०६५
नेपाल टे«ड युनियन महासंघ छैटौ राष्ट्रिय महाधिवेशनको प्रतिवेदन, २०६९

John P. Windmuller, Stephen K. Pursey & Jim Baker (2014). The International Trade Union Movement, Comparative Labour Law and Industrial Relations in Industrialized Market Economies, pp. 75–100, Kluwer Law International BV, The Netherlands.

https://www.ituc-csi.org/about-us

https://en.wikipedia.org/wiki/International_Confederation_of_Free_Trade_Unions

https://en.wikipedia.org/wiki/World_Confederation_of_Labour

https://www.britannica.com/topic/International-Confederation-of-Free-Trade-Unions

https://socialhistory.org/en/events/international-confederation-free-trade-unions

http://www.ilo.org/global/about-the-ilo/lang–en/index.htm

https://gefont.org/GG2303390.html

https://en.wikipedia.org/wiki/Global_union_federation