डिसेम्वर १८ लाई हरेक वर्ष अन्तरराष्ट्रिय प्रवाशी श्रमिक दिवसको रुपमा मनाइन्छ । हाम्रो मुलुकमा सन् २००६ देखि यस दिवसलाई मनाउदै आइएको छ । सन् १९९० मा संयुक्त राष्ट्र संघले प्रवाशी श्रमिक र उनका परिवारको अधिकार सम्बन्धि महासन्धि पारित गरेको सम्झनामा २००० वाट यस दिनलाई औपचारिक रुपमा प्रवाशी श्रमिकको अधिकार सुनिश्चित गर्ने अभियानको रुपमा मनाउन थालिएको हो । तर विडम्वना उक्त महासन्धि अनुमोदन गर्ने मुलुकको संख्या ६६ मात्र पुगेको छ । जसमा दक्षिण एसियाको तर्फवाट बंगलादेश र श्रीलंका अनि एसियाको अरु मुलुकमा फिलिपिन्स, इण्डोनेसिया र क्याम्वोडिया यस सुचीमा रहेकाछन ।
विश्वमा सवैभन्दा बढी प्रवाशी श्रमिक खपत गर्ने अमेरिका, एसियामा खाडीका मुलुकहरु र मलेसिया तथा श्रमिक निर्यात गर्ने भारत लगायतका देशले यस महासन्धि अनुमोदन गरेका छैनन् । हाम्रै सन्दर्भमा पनि रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको र ५६ प्रतिशत घर–परिवारवाट कोही न कोही प्रवाशमा रहेको तथ्यांक पेस गर्ने सरकार त्यही रेमिट्यान्स पठाउने श्रमिक र उनको परिवारको अधिकार सुनिश्चित गर्ने यो महासन्धि अनुमोदन गर्ने विषयलाई हालसम्म औपचारिक एजेण्डा समेत बनाएको छैन ।
सन २०१४ मार्चसम्मको तथ्यांकलाई हेर्दा विश्वभरका अज २३ करोड २० लाख मानिस प्रवाशीएका छन्, जुन विश्व जनसंख्या ३.१ प्रतिशत हुन आउछ । यसमध्ये १६ करोड ४२ लाख दक्षिणी र ६ करोड ७४ लाख उत्तरी गोलाद्र्धका नागरिक रहेछन् । यो संख्यामध्ये ९० प्रतिशत मानिस रोजगारीको खोजीमा विदेशिएका छन्, जसमध्ये ४८ प्रतिशत संख्या महिलाको छ । प्रवाशीको यो संख्यामा १२.५ प्रतिशतको उमेर १५ देखि २४ वर्ष मात्र रहेको पाइन्छ ।
२०१३ को तथ्यांक अनुसार दक्षिणी गोलाद्र्धवाट उत्तरमा प्रवाशीनेको संख्या ८ करोड १९ लाख (३५ प्रतिशत) छ भने दक्षिणवाट दक्षिणमा नै प्रवाशीनेको संख्या ८ करोड २३ लाख (३६ प्रतिशत) रहेको छ । उत्तरी गोलाद्र्धमा जन्मिएर उत्तरमा नै प्रवाशिनेको संख्या ५ करोड ३७ लाख (२३ प्रतिशत) र उत्तरवाट दक्षिणमा प्रवाशीनेको संख्या एक करोड ३७ लाख अर्थात ६ प्रतिशत मात्र रहेको छ । यो तथ्यांकलाई हेर्दा सिंगो प्रवाशीको उत्पत्तीको हिसावले झण्डै ७१ प्रतिशत दक्षिणमा र ५८ प्रतिशत खपत उत्तरमा हुने गरेको छ । दक्षिणी गोलाद्र्धवाट रोजगारीको खोजीमा प्रवाशिने श्रमिकको ठुलो संख्या म्यानुअल र शारिरीक श्रमको क्षेत्रमा रहेका छन् भने उत्तरका बहुसंख्यक श्रमिक सेवा क्षेत्रमा कार्यरत रहने गरेको पाइन्छ ।
क्षेत्रगत रुपमा सवैभन्दा बढी ९ करोड २५ लाख श्रमिक निर्यात गर्ने एसियन मुलुक आफैले ७ करोड ८ लाख खपत गरेको छ, जसमध्ये एसियाकै नागरिकको संख्या ५ करोड ३८ लाख रहेको छ । नागरिक प्रवाशीनेको दोस्रो ठुलो क्षेत्र युरोप हो, जहाका ५ करोड ८४ लाख नागरिक आफ्नो मुलुक वाहिर काम गर्दछन् र त्यसमध्ये ६५ प्रतिशत युरोपभित्र छरिएर रहेका छन् ।
एसियामा खास गरेर तेल उत्पादन गर्ने पश्चिम एसियाका मुलुकमा धेरै प्रवाशी श्रमिकहरु खपत भएको छन । तथ्यांक अनुसार भारतवाट मात्र यूएइमा २९ लाख र साउदीमा १८ लाख श्रमिकहरु काममा रहेका छन् । विश्वमा सवैभन्दा धेरै प्रवाशी श्रमिक श्रमिक रहेको अमेरिकामा म्येक्सिकोवाट १ करोड तिस लाख, चीनवाट २२ लाख, भारतवाट २१ लाख र फिलिपिन्सवाट मात्र २० लाख प्रवाशीहरु कार्यरत रहेका छन ।
नेपालीहरु प्रवाशिन थालेको २०० वर्ष हुन थाल्यो । नालापानीको युद्धमा हार खाएको चोटको बदला लिने नाममा बलभद्र कुवर लगायतका लडाकुहरु अंग्रेज विरुद्ध अरु मुलुकको तर्फवाट लडेर पनि बदला लिने उद्देश्यसहित विदेशिन थालेको पाइन्छ । सेनाको लागि विदेशिने यस क्रममा पहिलो विश्वमा मात्रै झण्डै साढे नौ लाख नेपालीको संलग्नता रहेको तथ्यांक भेटिन्छ । लामो समयसम्म नेपाली युवाहरु विदेशी सेनामा जाने क्रम रहे पनि पछिल्लो चरणमा खास गरी २०४६ सालमा बहुदलको आगमनसंगै अन्य कामका लागि पनि श्रमिकहरु प्रवाशिने क्रम बढ्यो ।
श्रम मन्त्रालयले दिएको तथ्यांक अनुसार २०५०÷५१ देखि हालसम्म प्रवाशी श्रमिकको रुपमा विदेश जानेको संख्या ३४ लाख ४७ हजार पुगेको छ, जसमध्ये महिलाको संख्या १ लाख १४ हजार रहेको छ । २०६८ को जनगणना अनुसार यो संख्या १९ लाख १७ हजार ९०३ रहेको छ, जसमध्ये महिलाको संख्या १३.३ प्रतिशत रहेको देखिन्छ ।
प्रवाशी श्रमिक आज एउटा अन्तरराष्ट्रिय प्रबृत्ती र वास्तविकता नै बनिसकेको छ । यसलाई रोक्न खोजेर पनि रोकिने स्थिति छैन । यस कुरालाई अनुभुत गर्दै यति ठुलो संख्यामा रहेको प्रवाशी श्रमिकको आधारभुत अधिकारको सुनिश्चितता गर्दै उनीहरुको श्रमलाई मर्यादित बनाउने अभियानमा विश्वको ध्यान आकर्षित भएको छ । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) ले प्रवाशी श्रमिक सम्बन्धि महासन्धिहरु ९७ र १४३ अनि घरेलु श्रमिक सम्बन्धि महासन्धि १८९ अनुमोदन गरी लागु गर्नका लागि अन्तरराष्ट्रिय रुपमा सवै सदस्य राष्ट्रलाई आव्हान गरिरहेको छ ।
अन्तरराष्ट्रिय टे«ड युनियन महासंघ (आइटियुसी) ले विश्वभरको आफ्ना सदस्य युनियनलाई प्रवाशी श्रमिकलाई संगठित गर्न र उनीहरुको अधिकारको लागि अभियान सञ्चालन गर्न आग्रह गर्नुकासार्थै विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएकोछ । यही अभियानमा अन्य ग्लोवल युनियन र राष्ट्रिय टे«ड युनियन केन्द्रहरु पनि लामवद्ध हुदै छन् । यसै क्रममा दक्षिण एसियाका ३१ वटा राष्ट्रिय युनियनको केन्द्र सार्टुकले न्युनतम पारिश्रमिक र सुविधा, जेण्डर समानता, सामाजिक सुरक्षा, आधारभुत करारपत्र र प्रवासिने प्रकियामा सार्क मुलुक विच साझा अवधारणा बनाउन माग गर्दै आएकोछ । यस प्रक्रियामा अन्य सरोकारवालाहरुको पनि निरन्तर साथ रहदै आयो । परिणामस्वरुप पहिलो पटक सार्कको घोषणापत्रमा सुरक्षित प्रवाशी श्रम व्यवस्थापनको विषय समावेस भएको छ । यद्यपी यसको कार्यान्वनयन कसरी अगाडी बढ्छ, हेर्न वाकि छ ।
विश्व टे«ड युनियनले मुल रुपमा प्रवाशी श्रमिकलाई पनि युनियनको सदस्य हुने र सामुहिक सौदावाजी गर्ने अधिकारकासाथै जवरजस्ती वा दासतापुर्ण कामवाट मुक्त रहने र प्राप्त गर्ने पारिश्रमिक र सुविधामा “घरवासी र प्रवाशी”को विचमा विभेद गर्न नहुने कुरालाई जोड आएको छ । त्यसै गरी सवै किसिमको श्रमलाई मर्यादित श्रमका रुपमा स्थापित गर्दै श्रमिकको सामाजिक सुरक्षा र सम्बादको वातावरण बनाउने कुरामा जोड दिदै आएको छ ।
श्रम निर्यात गर्ने र आयात गर्ने दुवै देशले प्रवाशी श्रम सम्बन्धि नीति र कानुन बनाउने काममा श्रम क्षेत्रका सामाजिक सहयात्रीको त्रिपक्षिय सहभागिता गराउनुका साथै प्रवाशी श्रम सम्बन्धि सवै विषय श्रम मन्त्रालय मातहत हुनुपर्ने कुरामा जोड दिदै आएको छ । अहिले विदेशमा गएर काम गर्ने श्रमिकमा सवैभन्दा बढी दयनीय अवस्थामा घरेलु श्रमिक रहेका छ्न, जुन क्षेत्र धेरै देशमा श्रम कानुनको दायराभन्दा वाहिर पर्दछ । यस सन्दर्भमा श्रम कानुनले नसमेटेको क्षेत्रमा श्रमका निर्यात तथा आयात नगर्न दुवै थरीका मुलुकसंग माग गर्दै आएको छ ।
यीनै सेरोफेरोमा यस वर्षको डिसेम्वर १८ पनि विश्वभर प्रवाशी श्रमलाई सुरक्षित, अधिकारयुक्त र मर्यादित बनाउने मागका साथ मनाइदैछ । यस सन्दर्भमा संगठित रुपमा आफ्नो आवाज उठाउन प्रवाशी श्रमिकहरु थप सक्षम हुन सकुन र यस प्रक्रियामा सवैको साथ र सहयोग पप्त हुन सकोस । र, प्रवाशी श्रमिक र उनीहरुको परिवारको अधिकार सुनिश्चित गर्ने काममा नेपाल सरकारको थप ध्यान दिन र ठोस कदम चाल्न यस दिवसले प्रेरणा प्रदान गर्न सकोस । अन्तरराष्ट्रिय प्रवाशी श्रमिक दिवसको सन्दर्भमा सवै पक्षलाई हार्दिक शुभकामना ।
IMD- 2014