सभामुख महोदय,

  • संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यास, आधारभुत श्रमिक अधिकार र सामाजिक सुरक्षाको हक सुनिश्चित गरेकोछ । र यसको कार्यान्वयनका लागि गत वर्ष नै संसदवाट श्रम कानुन र सामाजिक सुरक्षा ऐन पारित भइ सकेकोे कुरा सर्व विदितै छ ।
  • तर, मुलुकमा कार्यरत झण्डै सवा करोड श्रमिकमध्ये ९५ प्रतिशत श्रमिकहरु अनौपचारिक क्षेत्रमा कार्यरत रहेका अवस्थामा उनीहरुको पञ्जिकरण विना संविधान र कानुनले व्यवस्था गरेको यी अधिकार उपभोग गर्न सक्ने अवस्था छैन ।
  • यस सन्दर्भमा निर्माण, यातायात, कृषि, लगायत सम्पुर्ण अनौपचारिक क्षेत्रका ज्याला आर्जक र स्वरोजगार क्षेत्रका श्रमिक समेतको पञ्जिकरण गर्ने प्रक्रिया कहा, कसरी र कहिलेदेखि शुरु हुन्छ ?

सदनलाई जानकारी गराउनका लागि सभामुख महोदय मार्फत सम्बन्धित मन्त्रालयलाई आग्रह गर्दछु ।
धन्यवाद